मोहन दुवाल
भानुभक्तको जन्म गण्डकी अञ्चलको तनहुँ जिल्लाको रम्घा गाउँमा वि.सं. १८७१ असार २९ गते भएको हो । करिव दुई सय वर्षभन्दा अगाडि विद्वान् आचार्य परिवारमा जन्मेका यिनले हजुरबुबा श्रीकृष्ण आचार्यबाट शिक्षादीक्षा प्राप्त गरेका थिए । राणा प्रधानमन्त्री जुद्धशमसेरले आदिकविका रुपमा सम्मान गरेका भानुभक्तका चर्चित पुस्तकहरुमा रामायण (१९१०), प्रश्नोत्तरमाला (१९१०), भक्तमाला (१९२१), बधुशिक्षा (१९१९), रामगीता (१९२५) आदि छन् । भानुभक्तका त्यसबेलाका रचना निकै लोकप्रिय रहेको मानिन्छ ।
यिनै भानुभक्त आचार्यको चर्चा हुँदा अक्सरतया भानुभक्तको रामायणकै चर्चा हुने गर्छ । हुनतः सर्वसाधारणलाई निकै प्रभाव परेकै कारणले वा भाषाको राम्रो प्रयोगकै कारणले पनि यस कृतिको चर्चा भएको हुनुपर्छ । बुढापाकादेखि, बालबालिका र गाउँले सर्वसाधारणले समेत बुझ्ने सरल भाषाकै कारणले पनि यस ग्रन्थको व्यापक चर्चा भएको देखिन्छ । रामायणमार्फत् नै भानुभक्तको राष्ट्रिय पहिचान बनेकोमा दुईमत छैन । २०४ वर्ष अघि तनहुँ जिल्लाको एउटा ब्राह्मण कुलमा जन्मेका भानुभक्त आचार्य यही पुस्तकबाट नै सामाजिक, धार्मिक प्रतीकजस्तो भइसकेका छन् । भानुभक्त मेधावी बालकका रुपमा त्यसताका उनका गाउँमा चिनिन्थे । तर पनि उनी २२ वर्षका हुँदा ‘घाँसी’सँग सम्वाद भएपछि मात्र ज्ञान खुलेको जस्तो देखाइएको छ । घाँस काटेर बचाइएको पैसाबाट कुवा खन्ने इच्छा घाँसीले बताएपछि भानुभक्त आफू धनी भएर पनि केही सामाजिक कार्यहरु गर्न नपाउँदाका हैरानीहरु कवितामा व्यक्त गरेर मार्मिकता पोखेर आफ्नो संवेदनशीलता देखाएका छन् । अनि कविता लेख्ने आफ्नो दृढता भानुभक्तले व्यक्त गरेका छन् ।
भानुभक्तका कृतिहरुमध्ये सामाजिकता, बौद्धिकता र चिन्तनशीलताका हिसावले उत्कृष्ट लागेर यहाँ प्रश्नोत्तरमाला कविताबारे चर्चा गर्न खोजिएको छ । भानुभक्तका रचनाहरु पढेर भन्न सकिन्छ उनी उच्च विचारका भावनाशील कवि हुन् । उनी समाज सुधारमा विश्वास गर्ने कवि हुन् । तत्कालीन समाजका अगुवाहरुले सोच्ने दृष्टि र चिन्तनलाई आधार मानेर यिनले कविता लेखे । नेपालीको जातीय विकासको निम्ति, नेपालको भाषालाई सम्वद्र्धन र संरक्षित गर्नका लागि भानुभक्तले आफ्नो काव्य–कृतिबाट अथक प्रयत्न गरेको देखिन्छ ।
साहित्य लेखन भनेको सचेत, संवेदनशील मनको अभिव्यक्तिपूर्ण लेखाइ हो । अझ काव्य–लेखन त उत्कृष्ट लेखाई र बौद्धिक संरचना मानिन्छ । समाजवृत्तका लागि, देशको अवस्था, स्थितिको लागि र मानव जातिका लागि भावनात्मक संवेग पोख्ने दृष्टि पनि साहित्य हो । भानुभक्तले सोचेका र कवितामा लेखेका कुुराहरुले पनि जीवन र जगत्का कुराहरु कसरी तरङ्गित हुन्छन् सोको प्रमाण बोल्छन् । लोककै हित गर्ने भावनासहित साहित्यमा प्रवेश गरेका भानुभक्त, लोक कल्याणकारी कार्य नै साहित्य हो सम्झेर कविता लेख्दै आएका भानुभक्तका सबै कवितामा लोकको भलो गर्ने भावना मुखरित छन् । भानुभक्त समग्रमा अध्यात्म चेत बोकेका कवि हुनाका साथै सामाजिक व्यङ्ग्यकार कवि पनि हुन् । यिनी बेथितिका विरोधी छन् । प्रशासनका कर्मचारीहरुले व्यवहारमा देखाउने भोलिवादका यिनी कट्टर विरोधी छन् । अर्थलोलुपहरुका यिनी विरोधी, सामाजिक सचेतना व्याप्त त्यसताकाका चेतनशील युवा भानुभक्तमा संस्कारयुक्त भावना र विचारहरु रहनु आश्चर्यका विषय मान्नु हुँदैन । आफूले भोगेको, देखेको र नराम्रो सम्झेको यथार्थलाई उनी नलुकाइकन व्यङ्ग्य कथेर कवितामा सरल ढङ्गले आफ्नो विचार पोख्ने गर्थे । सरल भाषाका धनी कवि भानुभक्तका कवितामा तत्कालीन समाजका लागि उपयुक्त विचार दर्शन व्याप्त छन् ।
भानुभक्तको चर्चा गर्दा भन्न सकिन्छ उनले नेपाली साहित्य र भाषामा एउटा सुन्दर उल्लेखयोग्य गन्तव्य दिए । यहाँ मैले उल्लेख गर्न खोजेको सन्दर्भ र विषयवस्तु हो; भानुभक्तको चेतनशीलता, विचारमा देखिने उच्चता, सामाजिक भावनामा पोख्दै आएको काव्यात्मक ऊर्जाशीलता र विशेषता उल्लेख गर्न लायकका छन् । यही वृत्तमा राखेर भानुभक्तको संवेदनशीलताबारे छलफल गर्न खोजिरहेछु । प्रश्नोत्तरमाला भानुभक्तको विचार श्रृङ्खला जस्तै बनाइएको कविता कृति हो भन्न सकिन्छ । ४८ अध्यायमा विभाजित ४–४ लाइनमा लेखिएको प्रश्नोत्तरमालामा श्रीरामको पाऊ नै मुख्य नाउँ हो भन्ने कविता संप्रेषित छन् । श्रीरामका भक्त भानुभक्त आचार्यले वैराग्यले मानिसलाई बन्धनमा पार्छन् र मुक्तिको लागि वाधा दिन्छन् भन्दै नरक र स्वर्गको तुलना गरेर कविता यसरी लेखेका छन् ः
ठूलो नरक कुन् छ भनेर जान्नू ?
यही शरीरै छ भनेर मान्नू ।
कस्तो स्वभाव स्वर्ग भनेर जान्नू ?
तृष्णा छुट्या स्वर्ग भनेर मान्नू ।।३।।
नरक त आफ्नै गतिविधिले पु¥याउँछन्, स्वर्ग पुग्नु भनेको आफ्नो तृष्णा छोड्न सक्नु हो । कविताको भावार्थमा ‘स्वर्ग’ र ‘नरक’ आफूभित्र नै हुन्छन् उनको ठम्याई र दृष्टि छ । ज्ञान नै सबैथोक हो । मान्छेको मोक्ष हुनु र नहुनुमा यही ज्ञानले नै भूमिका खेल्छन्, उनको निष्कर्ष छ; त्यसैले उनी लेख्छन् ः
कुन हो सहज मोक्ष गरायिदिन्या ?
ज्ञान् हो अरुको किन नाम लीन्या ।।५।।
सत् असत्को पहिचान गर्न सक्ने मात्र विवेकशील हुन्छन्; उनी कवितामा व्याख्या गर्छन् । शत्रु–मित्र पनि आफैभित्र रहन्छन् । आफ्नो दशै इन्द्रिय शत्रु पनि हुन्, मित्र पनि हुन् । त्यसैले त उनी कवितामा लेख्छन् ः
कस्लाई खूब मित्र भनेर मान्नू ?
जीत्या तिनै इन्द्रिय मित्र जान्नू ।।७।।
आदर्श मात्र छैनन् भानुभक्तका प्रश्नोत्तरमालामा व्यावहारिक दृष्टि र विचार पनि संप्रेषित छन् । तल उच्चारण भएका चारलाइन कविता अंशले व्यावहारिक दृष्टि र विचारहरु कविको कस्तो छ स्पष्ट बुुझ्न सकिन्छ । मान्छे कस्तो रहनुपर्छ, कस्तो रहँदा मान्छेको मुहारमा सुन्दरता खुल्छ ? उनी कवितामा मान्छेको सुन्दरताबारे यसरी लेख्छन् ः
दरिद्र नाऊँ नरमा छ कस्को ?
विशाल तृष्णा घरमा छ जस्को ।
कुन् हो धनी सब् नरले कह्या को ?
सन्तोषले जो छ खुसी रह्या को ?
सन्तोषम् परम सुखम्का हिमायती देखिन्छन् उनी । तृष्णा हुनेहरु नै दरिद्र हुन्छन् । जो सन्तोषले बाँच्न जान्छन् उनीहरु त हुने हुन् धनी भन्छन् उनी । विचारमा विशालता रहनुले नै भानुभक्तको गहनता आँकलन गर्न सकिन्छ । मलाई लाग्छ; भानुभक्त समाजमा चेतना संप्रेषित गर्न रुचाउने व्यावहारिक कवि हुन् ।
प्रत्येक कविता अंशमा व्यावहारिकता झल्किन्छन् । त्यसैले उनी लेख्छन्, कवितात्मक भावनामा यसरी कविताका हरफहरु ‘जिउँदै म¥याको भनि नाउँ छ कस्को ? उद्यम् विना बित्तछ काल जस्को ।’ कवितामा आफैले प्रश्न गर्छन् र कवितामा आफै जवाफ लेख्छन् अनि यस्तै कवितालाई हुन् । उनी समाज सुधारमा विश्वास गर्ने कवि हुन् । तत्कालीन समाजका अगुवाहरुले सोच्ने दृष्टि र चिन्तनलाई आधार मानेर यिनले कविता लेखे । नेपालीको जातीय विकासको निम्ति, नेपालको भाषालाई सम्वद्र्धन र संरक्षित गर्नका लागि भानुभक्तले आफ्नो काव्य–कृतिबाट अथक प्रयत्न गरेको देखिन्छ ।
साहित्य लेखन भनेको सचेत, संवेदनशील मनको अभिव्यक्तिपूर्ण लेखाइ हो । अझ काव्य–लेखन त उत्कृष्ट लेखाई र बौद्धिक संरचना मानिन्छ । समाजवृत्तका लागि, देशको अवस्था, स्थितिको लागि र मानव जातिका लागि भावनात्मक संवेग पोख्ने दृष्टि पनि साहित्य हो । भानुभक्तले सोचेका र कवितामा लेखेका कुुराहरुले पनि जीवन र जगत्का कुराहरु कसरी तरङ्गित हुन्छन् सोको प्रमाण बोल्छन् । लोककै हित गर्ने भावनासहित साहित्यमा प्रवेश गरेका भानुभक्त, लोक कल्याणकारी कार्य नै साहित्य हो सम्झेर कविता लेख्दै आएका भानुभक्तका सबै कवितामा लोकको भलो गर्ने भावना मुखरित छन् । भानुभक्त समग्रमा अध्यात्म चेत बोकेका कवि हुनाका साथै सामाजिक व्यङ्ग्यकार कवि पनि हुन् । यिनी बेथितिका विरोधी छन् । प्रशासनका कर्मचारीहरुले व्यवहारमा देखाउने भोलिवादका यिनी कट्टर विरोधी छन् । अर्थलोलुपहरुका यिनी विरोधी, सामाजिक सचेतना व्याप्त त्यसताकाका चेतनशील युवा भानुभक्तमा संस्कारयुक्त भावना र विचारहरु रहनु आश्चर्यका विषय मान्नु हुँदैन । आफूले भोगेको, देखेको र नराम्रो सम्झेको यथार्थलाई उनी नलुकाइकन व्यङ्ग्य कथेर कवितामा सरल ढङ्गले आफ्नो विचार पोख्ने गर्थे । सरल भाषाका धनी कवि भानुभक्तका कवितामा तत्कालीन समाजका लागि उपयुक्त विचार दर्शन व्याप्त छन् ।
भानुभक्तको चर्चा गर्दा भन्न सकिन्छ उनले नेपाली साहित्य र भाषामा एउटा सुन्दर उल्लेखयोग्य गन्तव्य दिए । यहाँ मैले उल्लेख गर्न खोजेको सन्दर्भ र विषयवस्तु हो; भानुभक्तको चेतनशीलता, विचारमा देखिने उच्चता, सामाजिक भावनामा पोख्दै आएको काव्यात्मक ऊर्जाशीलता र विशेषता उल्लेख गर्न लायकका छन् । यही वृत्तमा राखेर भानुभक्तको संवेदनशीलताबारे छलफल गर्न खोजिरहेछु । प्रश्नोत्तरमाला भानुभक्तको विचार श्रृङ्खला जस्तै बनाइएको कविता कृति हो भन्न सकिन्छ । ४८ अध्यायमा विभाजित ४–४ लाइनमा लेखिएको प्रश्नोत्तरमालामा श्रीरामको पाऊ नै मुख्य नाउँ हो भन्ने कविता संप्रेषित छन् । श्रीरामका भक्त भानुभक्त आचार्यले वैराग्यले मानिसलाई बन्धनमा पार्छन् र मुक्तिको लागि वाधा दिन्छन् भन्दै नरक र स्वर्गको तुलना गरेर कविता यसरी लेखेका छन् ः
ठूलो नरक कुन् छ भनेर जान्नू ?
यही शरीरै छ भनेर मान्नू ।
कस्तो स्वभाव स्वर्ग भनेर जान्नू ?
तृष्णा छुट्या स्वर्ग भनेर मान्नू ।।३।।
नरक त आफ्नै गतिविधिले पु¥याउँछन्, स्वर्ग पुग्नु भनेको आफ्नो तृष्णा छोड्न सक्नु हो । कविताको भावार्थमा ‘स्वर्ग’ र ‘नरक’ आफूभित्र नै हुन्छन् उनको ठम्याई र दृष्टि छ । ज्ञान नै सबैथोक हो । मान्छेको मोक्ष हुनु र नहुनुमा यही ज्ञानले नै भूमिका खेल्छन्, उनको निष्कर्ष छ; त्यसैले उनी लेख्छन् ः
कुन हो सहज मोक्ष गरायिदिन्या ?
ज्ञान् हो अरुको किन नाम लीन्या ।।५।।
सत् असत्को पहिचान गर्न सक्ने मात्र विवेकशील हुन्छन्; उनी कवितामा व्याख्या गर्छन् । शत्रु–मित्र पनि आफैभित्र रहन्छन् । आफ्नो दशै इन्द्रिय शत्रु पनि हुन्, मित्र पनि हुन् । त्यसैले त उनी कवितामा लेख्छन् ः
कस्लाई खूब मित्र भनेर मान्नू ?
जीत्या तिनै इन्द्रिय मित्र जान्नू ।।७।।
आदर्श मात्र छैनन् भानुभक्तका प्रश्नोत्तरमालामा व्यावहारिक दृष्टि र विचार पनि संप्रेषित छन् । तल उच्चारण भएका चारलाइन कविता अंशले व्यावहारिक दृष्टि र विचारहरु कविको कस्तो छ स्पष्ट बुुझ्न सकिन्छ । मान्छे कस्तो रहनुपर्छ, कस्तो रहँदा मान्छेको मुहारमा सुन्दरता खुल्छ ? उनी कवितामा मान्छेको सुन्दरताबारे यसरी लेख्छन् ः
दरिद्र नाऊँ नरमा छ कस्को ?
विशाल तृष्णा घरमा छ जस्को ।
कुन् हो धनी सब् नरले कह्या को ?
सन्तोषले जो छ खुसी रह्या को ?
सन्तोषम् परम सुखम्का हिमायती देखिन्छन् उनी । तृष्णा हुनेहरु नै दरिद्र हुन्छन् । जो सन्तोषले बाँच्न जान्छन् उनीहरु त हुने हुन् धनी भन्छन् उनी । विचारमा विशालता रहनुले नै भानुभक्तको गहनता आँकलन गर्न सकिन्छ । मलाई लाग्छ; भानुभक्त समाजमा चेतना संप्रेषित गर्न रुचाउने व्यावहारिक कवि हुन् ।
प्रत्येक कविता अंशमा व्यावहारिकता झल्किन्छन् । त्यसैले उनी लेख्छन्, कवितात्मक भावनामा यसरी कविताका हरफहरु ‘जिउँदै म¥याको भनि नाउँ छ कस्को ? उद्यम् विना बित्तछ काल जस्को ।’ कवितामा आफैले प्रश्न गर्छन् र कवितामा आफै जवाफ लेख्छन् अनि यस्तै कवितालाई उनी ‘प्रश्नोत्तरमाला’ को नाम दिन्छन् । उनी ‘प्रश्नोत्तरमाला’ कवितामा लेख्छन्—कामदेवको वशमा रहनेहरु सबैको दृष्टिमा तुच्छ रहन्छन् । हितको उपदेश दिनेहरु त गुरुहरु हुन्; उनको दृष्टिमा अपयश भनेको मृत्युतुल्य हुन्छ । सेवा गर्नेहरु नै शिष्य कहलिन्छन्; जन्मनु भनेको नै मर्नु पनि हो त्यसैले उनी कवितामा लेख्छन् —“संसार हो जन्मनु मर्नु पन्र्या ।” शीलस्वभाव नै मान्छेको आभूषण हो । तीर्थ भनेको शुद्ध मन हो । मानवीय स्वभावलाई उत्कण्ठा दिन र मान्छेमा सत्–निष्ठाका विउ–विजन हुर्काउन प्रश्नोत्तरमालामा भानुभक्त कविले निकै उच्च कोटीका ज्ञान–संज्ञान संप्रेषित गरेका छन् । ‘पापमा अगाडि कहिल्यै नसर्नू ।’, ‘स्वधर्म थामीकन शास्त्र पढ्नु’, ‘सबदेखि सानो म छु भन्नु जुन् हो’ आदि–आदि अमृततूल्य भाव–दृष्टिहरु कवितामा लेखेका छन् ।
सबैजसो कविता–अंशहरुमा व्यावहारिक ज्ञानका चेतना बाँड्न अथक प्रयत्न गरेको देखिन्छ । ‘विद्या नभएका मूर्खहरु उनका दृष्टिमा पशुतूल्य हुन्छन् । खत–पापि–निच्का नगिचै नपर्नू सज्जनहरुको कर्तव्य हो उनी कवितामा औंल्याउँछन् । सत्–धर्म नै मानवीय कर्म हो । उनी प्रश्नोत्तरमालामा व्याख्या गर्छन् । भानुभक्तका कवितामा सत्–ज्ञान व्याप्त रहेको कविता मानिन्छ यो प्रश्नोत्तरमाला । ‘धनमा लागेर मतिभ्रष्ट गर्नेहरु छोटाहरु हुन् । जुनसुकै घटनामा र बखतमा पनि चूप लागेर बस्नेहरु नै लाटाहरु हुन् । सज्जनहरुको सुचरित्र नै उत्तम गुण हो । विद्या नै गहना हो । प्राणीको हित् गर्नु सत्य हो ।’ यी आदि खालका सत्–वाणी÷वचनहरुले प्रमाणित गर्छ भानुभक्त तत्कालीन समाजका अगुवा बुद्धिजीवी हुनाका साथै प्रतिष्ठित कवि हुन् । यिनका काव्यरचना र कर्मले यही कुरा बताउँछ ।
दुई सय वर्ष अगाडिको तत्कालीन समाजमा कविताको बीउ रोपेर कवितामा मलजल दिँदै कविताको मर्म खोप्न सफल नेपाली भाषा साहित्यका आदिकविका रुपमा चर्चित कवि भानुभक्त करीव ५५ वर्ष २ महिना ८ दिन बाँचेर वि.सं. १९२६ असोज ७ गते अवसान भएको देखिन्छ ।
प्रभातफेरी अनलाईन
बनेपा नपा-५,राजदास मार्ग
९८५११२८४५०,९८४१४२८४५०
प्रा.फम द. नं.: ९६७९/०७६/०७७
सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५
संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |
समाचारदाता : | बिपशना शाक्य सम्पर्क: ९८४३७२९१७५ |