हिरामाया घिसिङ
काभ्रे
१.
साउने सोमबार नेपाली नारी बस चढ्नै गाह्रो छ
आउने अरुबार लगाउनु सारी बस चढ्नै गाह्रो छ
लाउने बराबर रंगीचंगी पारी लुगा र हरियो चुरा
धाउने अरु काम हामी हतारी बस चढ्नै गाह्रो छ ।
२.
च्यातिएको जमिन पनि पहाड बन्न सक्छ
साटिएको जीवन तछाडमाछाड बन्न सक्छ
कसको हातमा के छ र छोड्नु नपर्ने गरी
सपना पनि एक दिन आर्यघाट बन्न सक्छ ।
३.
भाग्यवादी होइन है सुब्बे फाब्बे जान्दिनँ म
बिना श्रमको आम्दानीलाई राम्रो मान्दिनँ म
कर्म जति गरे पनि फल राम्रो नफले नि
जता जहिले फले नि बल गरि तान्दिनँ म ।
४.
रहरहरु थाती राखी ओझेलमा परिराछु
आफैँलाई साक्षी राखी ओझेलमा परिराछु
अधुरो छ सबै तिर भोलिवाद परिस्थिति
काम सबै बाँकी राखी ओझेलमा परिराछु ।
प्रभातफेरी साप्ताहिकद्वारा प्रकाशित
प्रभातफेरी डट कम
बनेपा नपा-५,राजदास मार्ग
९७५१०२८४५०,९८४१४२८४५०
उद्योग दर्ता नम्बर ९६७९/०७६/०७७
जी.प्र.का. काभ्रे दर्ता नम्बर: २१/६१/६२
सूचना विभाग दर्ता नम्बर: ८२०/०७४-७५
संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
प्रबन्धक : | ईश्वरी राजकुमार मैनाली सम्पर्क: ९८५११६८४५६ |
सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |
समाचारदाता : | बिपशना शाक्य सम्पर्क: ९८४३७२९१७५ |