logo
२०८३ अषाढ ५, शुक्रबार |
📰
🔍

मुक्तक

प्रभातफेरी अनलाइन४७० पटक पढिएको प्रकाशित मिति: २०७९ श्रावण २४, मंगलबार(३ साल अघि)
मुक्तक

हिरामाया घिसिङ
काभ्रे

१.
साउने सोमबार नेपाली नारी बस चढ्नै गाह्रो छ
आउने अरुबार लगाउनु सारी बस चढ्नै गाह्रो छ
लाउने बराबर रंगीचंगी पारी लुगा र हरियो चुरा
धाउने अरु काम हामी हतारी बस चढ्नै गाह्रो छ ।
२.
च्यातिएको जमिन पनि पहाड बन्न सक्छ
साटिएको जीवन तछाडमाछाड बन्न सक्छ
कसको हातमा के छ र छोड्नु नपर्ने गरी
सपना पनि एक दिन आर्यघाट बन्न सक्छ ।
३.
भाग्यवादी होइन है सुब्बे फाब्बे जान्दिनँ म
बिना श्रमको आम्दानीलाई राम्रो मान्दिनँ म
कर्म जति गरे पनि फल राम्रो नफले नि
जता जहिले फले नि बल गरि तान्दिनँ म ।
४.
रहरहरु थाती राखी ओझेलमा परिराछु
आफैँलाई साक्षी राखी ओझेलमा परिराछु
अधुरो छ सबै तिर भोलिवाद परिस्थिति
काम सबै बाँकी राखी ओझेलमा परिराछु ।