Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०७९ चैत्र १३, सोमबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

साँचो इतिहासका प्रवक्ता नयराज पन्त

प्रभातफेरी अनलाइन ८५ पटक पढिएको प्रकाशित मिति: २०७९ श्रावण ३१, मंगलबार (७ महिना अघि)
साँचो इतिहासका प्रवक्ता नयराज पन्त

मोहन दुवाल, साहित्यकार
तथा जनमतका प्रधानसम्पादक

नयराज पन्त नेपालको इतिहास लेखनक्षेत्रका एउटा जिउँदो इतिहास हुन् । यिनको जन्म १९७० साउन २६ गते महाबौद्ध, काठमाडौंमा माता यज्ञप्रिया र पिता कृष्णदत्त पन्तका सन्तानका रुपमा भएका हुन् । ८९ वर्ष बाँचे यिनी, २०५९ कात्तिक १८ गते यिनको अवसान भएको देखिन्छ । इतिहास लेख्नु भनेको कसैको प्रशस्ति लेख्नु र पुरानो घटनालाई मात्र सिलसिलाबद्ध ढङ्गले जोड्नु होइन । प्रमाण जुटाएर इतिहास लेख्न सक्नुपर्छ भन्दै आफ्नो पहिचान देखाउन सफल इतिहासकार नयराज पन्तले इतिहास लेखन सम्बन्धमा आफ्नो विचार यसरी लेखेका छन् –“इतिहास लेखन भनेको बयान र प्रशंसा मात्र होइन । पुराना कुरालाई सरसर्ती बयान गर्नु इतिहास होइन र इतिहास लेख्न कालको (समयको) निर्णय चाहिन्छ, हामीकहाँ यसको अभाव छ । इतिहास लेख्नका लागि वंशकालको निर्णय हुनुपर्छ, त्यसपछि प्रमाणका आधारमा इतिहास लेख्नुपर्छ, तब मात्र सही इतिहास लेखिन्छ । जथाभावी रुपमा अर्काको सारेर मौलिकपन नभएको, गुणगान मात्र गरिएको लेखन वास्तविक इतिहास होइन ।”


यस्तै विचार बनाएर इतिहासभित्र इतिहास खोज्न तल्लीन इतिहासकार कर्मयोगी विद्वान् नयराज पन्तले आफ्नो भावनालाई उजागर गर्न इतिहास संशोधन मण्डलको गठन र इतिहासको तथ्य र प्रमाण प्रकाशित गर्न पूर्णिमा छपाएका हुन् । नेपालको इतिहास लेखनमा आफ्नै किसिमको सोच र दृष्टि राखेर सधैं इतिहास खोजिरहन रुचाउने इतिहासकार, देशको इतिहास आफ्नै ढङ्गले लेख्न सिपालु विशिष्ट विद्वान्, लगनशीलताकै एउटा सुन्दर नाम नयराज पन्तले आफ्नै अडानलाई कायम राखेर आफ्नै प्रकारको विशिष्टता राख्न सफल भएका हुन् । आफूले सोचेको, भनेको विचारलाई परिपूर्ति गर्नका लागि लागिपरिरहन सक्ने दृढ भावनाकै कारणले आफूले लेखेको पुस्तक मदन पुरस्कार गुठीमा नबुझाइकन नै मदन पुरस्कार लिन सफल नेपालकै लागि अनौठो व्यक्ति हुन् – नयराज पन्त । इतिहासको खोजी गर्न सिपालु इतिहासकार । इतिहासलाई निर्णयकालको आधारमा व्याख्या गर्न सक्षम, प्रमाणिकता खोज्दै इतिहासको तथ्य स्पष्ट पार्न सफल इतिहासविद् अथवा प्रज्ञामनिषि नयराज पन्त आफूले ठम्याएका कुरा र आस्थामा दृढ भई लागिपरिरहन्छन् । थोरै मात्र मान्छेहरु हुन्छन् जसले इमान, जमान र दृढता बोकेर अविचल आफूले रोजेको बाटोमा हिँडिरहन्छन् । यस्तै मर्मज्ञ इतिहासका यात्री हुन पुगेका छन् नयराज–पन्त । सधैं अध्ययन, अनुसन्धान, अन्वेषण, निरीक्षण र परीक्षणमा नै जीवनलाई इतिहास बनाएर डुबुल्की मार्ने पं. नयराज पन्तजस्ता विद्वान्ले प्राच्यजगत्को ज्योतिषी विद्यालाई वैज्ञानिक आधार दिने काम पनि गरेका छन्। धनबज्र बज्राचार्य, ज्ञानमणि नेपाल, दिनेशराज पन्तजस्ता सुयोग्य चेलाहरुको साथ पाएर सत्य र तथ्यपूर्ण इतिहासको खोजी गर्नुका साथै नेपाल अनादिकालदेखि कसैको अधीनमा नरहेको ऐतिहासिक तथ्य प्रामाणिक ढङ्गमा लेखेर देशकै अस्तित्वका लागि मरिमेट्दै आएका इतिहासकार हुन् – नयराज पन्त ।
प्राचीन गुरुकुल शिक्षापद्धतिका प्रयोगकर्ता । प्रामाणिक इतिहासको खोजकर्ता । राजदरबारदेखि सिंहदरबारसम्मका सत्ताधारी ठूलाबडाहरुका लोभमा नफसेका देशभक्त । लक्ष्मीप्रसाद देवकोटादेखि लैनसिंह बाङदेलसम्मका साहित्यकारसँग बसउठ पाएका साहित्यका मर्मज्ञ इतिहासकार । बालचन्द्र शर्मादेखि सूर्यविक्रम ज्ञवालीसम्मका वैज्ञानिक आधार नभएका अप्रामाणिक इतिहासको खोइरो खन्दै इतिहासको सही खोजी हुनुपर्ने भन्दै आन्दोलन चलाउने इतिहासपुरुष नयराज पन्त भौतिक सुखको खोजीमा कहिल्यै लागेको देखिएन ।
वि.सं. १९९५ सालदेखि २०३५ सालसम्म पण्डितदेखि प्राध्यापक भई सेवा पु¥याइसकेका विद्वान् नयराज पन्तले इतिहासलाई प्रमाणकै आधारमा प्रमाणित गर्नका लागि आफूले सक्दो प्रयास गरेका छन् । ज्ञानगुनका कुराले आफ्नै ढंगको विश्लेषण गरी नाम दिइएको नेपालका सुकरातको विद्वता र विशिष्टताको आफ्नै पहिचान नै इतिहास बनिसकेको छ । उनले खोजेका सत्यान्वेषी इतिहासका पानाहरुले नेपालको जीवन्ततामा थप ऊर्जा प्रदान गरेका छन् । सत्य र तथ्य गणितकै आधारमा परिवेशको व्याख्या गर्न सिपालु प्रसिद्ध गणितज्ञ नयराज पन्तले नेपालको प्राज्ञिक जागरणका लागि थुप्रै पसिना बगाएका छन् र ती पसिनाका बुँदहरु नै इतिहासका तथ्यपूर्ण पानाहरु भइदिएका छन् ।
आफ्नो सिद्धान्त र आस्थामा फेरबदल नगरी निष्ठामा क्रियाशीलता पु¥याइरहन खोज्ने, सत्यवादी ज्योतिषजस्तै देखिने नयराज पन्तको अडान हेरेर हामीले भनिदिनुपर्छ – उनी नेपालका अद्वितीय प्रतिभा हुन् । इतिहासमा देशभक्तिपूर्ण भावना उजागर भइरहन र सत्य अन्वेषण गरी प्रमाणकै आधारमा इतिहास लेखनमा जोड दिइरहनुले उनको इतिहासप्रतिको धारणा र उद्देश्य प्रष्ट हुन्छ । इतिहास लेखन गर्नु भनेको अनुमान र तर्कको आधारमा विश्लेषण गरेर तर्कशास्त्र लेख्नु होइन । इतिहास तथ्यको आधारमा लेख्नुपर्छ । प्रमाण नभएको इतिहास तथ्यपूर्ण र सत्य इतिहास होइन, यस्तै भावनाले गर्दा उनको इतिहासमा भएको योगदान जीवन्त छ ।
सिद्धान्त र व्यवहारमा पटक्कै भेद देखा नपर्नु, निरन्तर आफ्नै सोच र भावनामा कुदिरहन सक्नुले नयराज पन्तलाई गौरवशाली सुकरात बनाइदिएको छ । सत्यनिष्ठामा वरपीपलजस्तै ठिङ्ग उभिएर छहारी दिन सक्ने आफ्नै प्रकारको विहङ्गम चरित्र भएकोले नै उनको भावना निश्छल र कञ्चन देखिन्छ । उनको आफ्नै ढङ्गको चरित्रमा आफ्नै प्रकारको गाम्भीर्यता छ । तर्कपूर्ण ज्ञान सञ्चार गर्न सक्ने खुबी भएका उनले इतिहासमा, प्राध्यापनमा, छलफल वादविवादमा, इतिहास लेखनमा पनि आफ्ना तर्क र ज्ञानलाई प्रभावकारी ढङ्गले प्रस्तुत गरेका छन् । समुद्रजस्तै गहन छन् उनका इतिहासका पानाहरु । आकाशजस्तै निश्चल छन् उनका भावनाका रेखांकनहरु, फूलजस्तै माधुर्यपूर्ण छन् उनका विश्वासहरु । त्यसैले उनी कवितामा आफ्नो चोखो भावना यसरी फुकाउने गर्छन् ः

सच्चा नै इतिहासजन्य घटना यो देशमा फैलिऊन्
विद्यार्थीहरु पाठ्यपुस्तक पनि प्रामाणिक नै पढुन्
भन्ने आशयले कडा श्रम गरी यो साधना गर्दछु
धेरैका ननिका कुराकन सही बाँचिरहेकै म छु ।

सधैं र सबै बेला ज्ञानकै खोजमा भौतारिइरहेका जस्ता देखिने, कानले सुन्न छोडिसकेर पनि सत्य कुरा सुन्न लालायित भइरहेका तपस्वीजस्तै देखिने, आँखाले देख्न छाडिसकेका जस्ता भएर पनि सुन्दरताकै खोजीमा आँखाहरु चलाइरहेजस्ता देखिने विद्वान् नयराज पन्त नेपालका इतिहासभित्रका एकजना अविष्मरणीय इतिहासका नक्षत्र नै हुन् । अँध्यारामा रहेर पनि उज्यालोको खोजीमा रमिरहने नयराज पन्त वाङ्मयको क्षेत्रमा आफ्नै नाम र धाम बोकेर तथ्य प्राप्त गर्न कठिन अभ्यास गरिरहेका एकजना नेपालकै अद्वितीय विद्वान् इतिहासकार हुन्, जो इतिहासभित्रका इतिहास नै हुन् जसको अवसान भए पनि इतिहास मेट्न सम्भव छैन । नयराज पन्त सरल मात्र छैनन्, त्यागी पनि थिए । उनमा अध्ययनशीलता मात्र छैन तार्किकता पनि छन् । यस्ता गौरवशाली व्यक्तित्वहरुले नै राष्ट्रको इतिहास जीवन्त बनाइदिन्छन् । इतिहासकै एउटा कालखण्ड भइदिएका छन् – नयराज पन्त र उनको इतिहास ।
वि.सं. १९९२ मा नै बनारसबाट प्रकाशित ‘अमरवाणी पत्रिका’ मा कविता छपाएर देखापरेका यिनका ‘इतिहास सहायक’ २००७ मा प्रकाशन भएको उनको पहिलो कृति हो । गणित, ज्योतिष विषयका आचार्य यिनले जीवनका धेरै क्षणहरु अध्यापन र प्राध्यापनमा बिताएको देखिन्छ । ‘लिच्छवि संवत्को निर्णय’ यिनका सबभन्दा चर्चित र मदन पुरस्कार प्राप्त कृति हो । ‘श्री ५ पृथ्वीनारायण शाहको उपदेश’ खण्ड १ देखि खण्ड ५ सम्म यिनको सम्पादनमा प्रकाशित भएको देखिन्छ । सम्मानार्थ ‘महाविद्यावारिधी’ (डि.लिट.) प्राप्त गरेका यिनी ने.रा.प्र.प्र. का आजीवन सदस्य पनि हुन् । यिनी नेपाली र संस्कृतभाषाका इतिहासकार तथा चर्चित लेखक पनि हुन् । आफ्नै खालका गौरवशाली स्वाभिमान देखाएर गएका इतिहास पृष्ठका एकजना बिर्सन नहुने इतिहासकार हुन् – जो इतिहासजस्तै इतिहास भएर बाँचिरहनेछन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
साहित्य सम्बन्धि थप
  • Post Thumbnail

    टुक्का साहित्य

  • मुक्तक

    मुक्तक

  • यथार्थवादी नाटककार ः भीमनिधि तिवारी

    यथार्थवादी नाटककार ः भीमनिधि तिवारी

  • साहित्यका हिमालः लक्ष्मीप्रसाद देवकोटा

    साहित्यका हिमालः लक्ष्मीप्रसाद देवकोटा

  • प्रभातफेरी ई-पेपरथप

    २०७९ चैत ८ गते

    २०७९ चैत ८ गते
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    Post Thumbnail

    टुक्का साहित्य

    टुक्का कविता

    टुक्का कविता

    अर्थान्तर

    अर्थान्तर

    मुक्तक

    मुक्तक

    प्रभातफेरी साप्ताहिकद्वारा प्रकाशित

    प्रभातफेरी डट कम

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९७५१०२८४५०,९८४१४२८४५०

    उद्योग दर्ता नम्बर ९६७९/०७६/०७७

    जी.प्र.का. काभ्रे दर्ता नम्बर: २१/६१/६२

    सूचना विभाग दर्ता नम्बर: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    प्रबन्धक : ईश्वरी राजकुमार मैनाली
    सम्पर्क: ९८५११६८४५६
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५
    समाचारदाता : बिपशना शाक्य
    सम्पर्क: ९८४३७२९१७५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0