प्रभातफेरी अनलाइन६९२ पटक पढिएको प्रकाशित मिति: २०७९ भाद्र ७, मंगलबार(३ साल अघि)
चित्र थापा म·ोलियन
गुलरिया, बर्दिया, हालः–यूएई
कदम लम्बिनेछन् घृणाले अनाहक
मेटिन्नन् कुनै धीत चियाले अनाहक
मकैमाथि आभार पोख्दैछ दुनियाँ
खोयो पिँध्न जाँतो उचाले अनाहक
रहर कुल्चिनै हुन् बनेका सिलौटा
जिराले त्यहीँ हामफाले अनाहक
नदी गाउँमा पसिसक्यो छैन चिन्ता
बबन्डर फगत जुध्न थाले अनाहक
नजिकबाट देख्छ,चुरा मृत्यु आफ्नो
छुने क्रम बढ्यो त्यै शिलाले अनाहक
कतिन्जेल छोप्नू चिच्याहट सहरको
छनक छोड्छ तिम्रै चुराले अनाहक
म बाटो तिमी यात्रु युग साथ चल्ने
रोजे भिन्न सरहद कथाले अनाहक