Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ५, बिहिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

पसिना बगेको ठाउँमा माया रहन्छ ः अभियान्ता तिमल्सिना

प्रभातफेरी अनलाइन ७६६ पटक पढिएको प्रकाशित मिति: २०७९ भाद्र २१, मंगलबार (३ साल अघि)
पसिना बगेको ठाउँमा माया रहन्छ ः अभियान्ता तिमल्सिना

बनेपा । परिकल्पना साकोसको १२औं साधारण सभालाई सम्बोधन गर्दै सहकारी अभियान्ता कृष्णप्रसाद तिमल्सिनाले पसिना बगेको ठाउँमा जस्तोसुकै भएपनि माया रहने बताउनुभएको छ ।
आजको चुनौतीपूर्ण अवस्थामा के गर्दा सहकारी बलियो हुन्छ, त्यसतर्फ चिन्तित रहन प्रत्येक सहकारी अभियान्ताहरुलाई निर्देशन दिनुभएको छ । वर्तमान परिवेशमा केही सहकारीको गलत क्रियाकलापको कारण समग्र सहकारीहरु चुनौतीपूर्ण अवस्थामा छन् । यसको अनुगमन कसिलो भएको भए आज यो अवस्था नआउने चर्चा गर्नुहुँदै परिकल्पनाले सहकारीका सम्पूर्ण मागहरु पूरा गरेर मजबुत बन्न पुगेकोमा धन्यवाद व्यक्त गर्दछु भन्नुहुँदै अभियान्ता तिमल्सिनाले परिकल्पना साकोसलाई जुन किसिमबाट सुरक्षित बनाउन भूमिका निर्वाह गर्नुभयो, त्यसका लागि सम्पूर्ण कार्यसमिति र कर्मचारीहरुप्रति आभार व्यक्त गर्दछु भन्न पछि पर्नु भएन अभियान्ता तिमल्सिना ।
कुनै पनि सहकारीकर्मीले असुरक्षित महसुस गर्नुपर्ने छैन । जुन किसिमको कोष व्यवस्थापन गरेर सहकारीका सिद्धान्त अनुसार चल्नुभएको छ, उहाँहरुलाई बजारिया हल्लाले कुनै किसिमको प्रभाव पार्दैन तर जसले असुरक्षित कर्जा प्रवाह लगायतका गतिविधि गर्नुभएको छ, उहाँहरु स्वभाविकै चुनौतीपूर्ण संघर्षमा हुनुहुन्छ । त्यसैले के गर्दा जनताको विश्वास जित्न सकिन्छ, त्यसतर्फ सहकारीकर्मीहरु लाग्नुपर्छ ।
आज परिकल्पना जुन किसिमबाट सुरक्षित अवस्थामा पुगेको छ, त्यसको एउटै आधार भनेको कर्जा सूचना केन्द्र । जसले सहकारीमा सकारात्मक भूमिका खेलेको पाइन्छ । जुन आज संगीन अवस्थामा पनि आफूलाई मजबुत बनाउन सफल भएको छ, दीर्घकालिन अवस्थासम्म टिकाउ हुनेगरी यसलाई निरन्तरता दिनु नै महत्वपूर्ण पक्ष रहन्छ । अप्ठ्यारोमा काम गरौं, त्यो महानता हो । सहजतामा त जसले नि काम गर्न सक्छ । त्यसैले आज चुनौतीका बिच जुन फड्को पार भएको छ, त्यसको लागि आभार व्यक्त गर्न अभियान्ता तिमल्सिना पछि पर्नुभएन ।
कार्यक्रममा गैसस महासंघका केन्द्रीय सदस्य टोमप्रसाद सापकोटा, संस्थाका उपाध्यक्ष बोधनाथ बजगाईं लगायतले सहकारीका बारेमा चर्चा गर्नुभएको थियो । कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष राधाकृष्ण श्रेष्ठले गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन संस्थाका सचिव पूर्णचन्द्र सिग्देलले गर्नुभएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
बनेपा सम्बन्धि थप
  • लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

  • नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

  • डाँडापारी पत्रकारिता पुरस्कारबाट कान्तिपुरकर्मी धिताल नगद सहित पुरस्कृत

    डाँडापारी पत्रकारिता पुरस्कारबाट कान्तिपुरकर्मी धिताल नगद सहित पुरस्कृत

  • चुनावी प्रचारप्रसारको अन्तिम दिन : नेकपालाई पहिलो पार्टी बनाउने लक्ष्यसहित नेता कार्यकर्ताहरु टोलटोलमा, चुनावी माहोल उत्साहजनक

    चुनावी प्रचारप्रसारको अन्तिम दिन : नेकपालाई पहिलो पार्टी बनाउने लक्ष्यसहित नेता कार्यकर्ताहरु टोलटोलमा, चुनावी माहोल उत्साहजनक

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    Post Thumbnail

    राजनीतिक संस्कारबिनाकाे बहुमत अर्थहिन

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    Post Thumbnail

    निर्वाचनको सन्देश: नयाँ शक्तिको विजय कि पुराना दलप्रतिको असन्तोष ?

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0