Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ५, बिहिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

नेवाः पत्रकार राष्ट्रिय दबु भनेकै नेपालभाषा, संस्कृति र पहिचानको संरक्षणकर्ता हो ः अध्यक्ष बज्राचार्य

प्रभातफेरी अनलाइन ९९६ पटक पढिएको प्रकाशित मिति: २०७९ आश्विन ५, बुधबार (३ साल अघि)
नेवाः पत्रकार राष्ट्रिय दबु भनेकै नेपालभाषा, संस्कृति र पहिचानको संरक्षणकर्ता हो ः अध्यक्ष बज्राचार्य

काभ्रे । नेवाः पत्रकार राष्ट्रिय दबुको चौंथो जिल्ला अधिवेशनलाई सम्बोधन गर्न काभ्रे आइपुग्नुभएका केन्द्रीय अध्यक्ष सुरजवीर बज्राचार्यले नेवाः पत्रकार राष्ट्रिय दबु भनेकै नेपालभाषा, संस्कृति र पहिचानको संरक्षणकर्ता हुनुको साथै यस क्षेत्रमा कलम चलाउनेहरुका लागि अभिभावकत्व ग्रहण गर्ने एउटा सारथी रहेको बताउनुभएको छ ।
हाम्रो दायित्व भनेकै नेपालभाषा, संस्कृति, धर्म, परम्परा, रितिरिवाजभित्र रहेर नेवाः पत्रकारहरुको स्तरवृद्धि गराउनु र लुकेर रहेका नेवारी पहिचानहरु, संविधान प्रदत्त अधिकारभित्र सुरक्षित रहेको नैसर्गिक अधिकार मातृभाषालाई पठनपाठनको रुपमा स्थानीय सरकार मार्फत् अगाडि ल्याउनका लागि पहल गर्नुपर्ने तड्कालो आवश्यकता रहेको बताउनुहुँदै यसका लागि हामी नेवार समुदाय एक भएर अगाडि जानसके मात्रै सम्भव रहेको बताउनुभएको छ । हामी नेवारबीचमै यो विषयमा ठूलो विभेद छ । शहरिया र गाउँले भन्ने प्रचलनले हामीलाई विभेद गरेको छ । जबसम्म हाम्रो मष्तिष्कबाट त्यस किसिमको संस्कार हट्दैन, तबसम्म यो चुनौतीपूर्ण दुनियाँमा हामीले सफलता प्राप्त गर्न सक्दैनौं । यदि कोभिडको समयमा कलम चलाउँदा चलाउँदै नेवाः पत्रकार राष्ट्रिय दबुसँग आबद्ध सञ्चारकर्मी समस्याग्रस्त भएर आजसम्म पनि सहयोग प्राप्त गर्न सकेको छैन भने उहाँहरुका लागि केन्द्रले सहयोग गर्ने बताउनुहुँदै अध्यक्ष बज्राचार्यको थप कथन थियो– छिट्टै हामीहरुले राष्ट्रिय अधिवेशन गर्नु छ । त्यसका लागि केन्द्रको तर्फबाट के गर्न सकिन्छ, ति सबै बाटाहरु पहिल्याउनेछौं । जसका लागि जिल्ला–जिल्लाले आफ्नो अग्रसरता देखाउने छ भन्ने विश्वास रहेको अध्यक्ष बज्राचार्यले खुलासा गर्नुभएको छ ।
कार्यक्रममा केन्द्रीय सहकोषाध्यक्ष बाबुकाजी साःछेँ श्रेष्ठको कथन थियो– नेवाः पत्रकार राष्ट्रिय दबुलाई संविधानतः प्राप्त सूचनाका अधिकारसँगै अगाडि बढाउन नसक्नुमा आफूहरुको पनि कमजोरी रहेको चर्चा गर्नुहुँदै संविधानले दिएका अधिकारहरु प्रयोग गर्दै नेपालभाषा, धर्म, संस्कृति, परम्पराको संरक्षण नै आजको पहिलो प्राथमिकता रहेको बताउनुभएको छ । यो विषयमा कलम चलाउने कुनै पनि नेवाः पत्रकारहरुका लागि केन्द्रीय समिति जुनसुकै किसिमको सहयोग गर्न तयार रहेको धारणा समेत सहकोषाध्यक्ष श्रेष्ठले राख्नुभएको छ ।
त्यसैगरी अर्का वक्ता सुरेश ख्वाकः श्रेष्ठले नेवाः पत्रकारहरु क्षमता भएर सार्वजनिक रुपमा आउन सकिरहेका छैनन् । यो अवस्थामा ति पत्रकारहरुको हक, अधिकारको सुरक्षा गर्छु भनेर गठन भएको नेवाः पत्रकार राष्ट्रिय दबुले अभियानका रुपमा यसलाई अगाडि बढाउनुपर्ने धारणा राख्नुभएको छ । त्यसैगरी मोहन दुवाल, सूर्यप्रसाद लाकोजू, केके मानन्धर, बनेपा नगरपालिका वडा नं. ७ का अध्यक्ष हिटलर शाक्य, शम्भुलाल श्रेष्ठ, ध्रुव मध्यकर्मी, विजयराज कर्माचार्य, सोमकाजी शाक्य, शुकदेव थपलिया लगायतले नेवाः पत्रकार राष्ट्रिय दबुको बारेमा चर्चा गर्नुभएको थियो ।
बन्दसत्रले सोमकाजी शाक्यको अध्यक्षतामा १३ सदस्यीय जिल्ला समिति निर्वाचित गरेको छ । जसमा उपाध्यक्ष शम्भुलाल श्रेष्ठ, महिला उपाध्यक्ष भारती श्रेष्ठ, सचिव प्रकाश बहादुर कायष्ठ, कोषाध्यक्ष राज्यलक्ष्मी श्रेष्ठ, सहसचिव दिलिप श्रेष्ठ, सहसचिव महिलामा बिपशना शाक्य, सदस्यहरु भुवन भोछिभोया, हर्ष नारायण कर्माचार्य, रामलाल मानन्धर, विकुनारायण ताम्राकार, ध्रुवकृष्ण ताम्राकार र प्रशान्त श्रेष्ठ निर्वाचित हुनुभएको छ भने अधिवेशनले प्रदेश पार्षदमा सिद्धि बहादुर कर्माचार्य, विश्वनाथ ताम्राकार, टिकाभक्त भोछिभोया र पूर्णमाया कर्माचार्य निर्वाचित हुनुभएको छ । त्यसैगरी केन्द्रीय पार्षदमा मोहन दुवाल र सूर्यप्रसाद लाकोजू निर्वाचित हुनुभएको छ ।
समाचारको स्रोत नै आम नागरिक हुन् । प्रत्येक नागरिक सूचनाका आधार हुन् । त्यहिँबाट पत्रकार र पत्रकारिताको शुभारम्भ हुन्छ भन्ने झल्को नेवाः पत्रकार राष्ट्रिय दबुले दिएको छ । आफ्नो चौथो जिल्ला अधिवेशनका अवरमा प्रस्तुत गतिविधिले ति तथ्यहरुलाई पुष्टि गरेको थियो । नितान्त परम्परा, धर्म, संस्कृति, भाषा, साहित्यका दायराभित्र कैद भएका प्रस्तुतीले नेवाः पत्रकार राष्ट्रिय दबु धर्म, संस्कृतिभित्र कति जिम्मेवार छ भन्ने उसको व्यवहारमा भेटिन्थ्यो । जसले गर्दा यस क्षेत्रमा कलम चलाउनेहरुका लागि एउटा सारथीको भूमिकामा आफूलाई उभ्याएको भेटियो ।
कार्यक्रमको अध्यक्षता नेवाः पत्रकार राष्ट्रिय दबु काभ्रे शाखाका अध्यक्ष सिद्धिबहादुर कर्माचार्यले गर्नुभएको थियो भने कार्यक्रम सञ्चालन संस्थाका सचिव प्रकाश बहादुर कायष्ठले गर्नुभएको थियो । कार्यक्रममा आ–आफ्नो जिम्मेवारीका बारेमा सचिव, कोषाध्यक्ष र अध्यक्षले प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
बनेपा सम्बन्धि थप
  • लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

  • नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

  • डाँडापारी पत्रकारिता पुरस्कारबाट कान्तिपुरकर्मी धिताल नगद सहित पुरस्कृत

    डाँडापारी पत्रकारिता पुरस्कारबाट कान्तिपुरकर्मी धिताल नगद सहित पुरस्कृत

  • चुनावी प्रचारप्रसारको अन्तिम दिन : नेकपालाई पहिलो पार्टी बनाउने लक्ष्यसहित नेता कार्यकर्ताहरु टोलटोलमा, चुनावी माहोल उत्साहजनक

    चुनावी प्रचारप्रसारको अन्तिम दिन : नेकपालाई पहिलो पार्टी बनाउने लक्ष्यसहित नेता कार्यकर्ताहरु टोलटोलमा, चुनावी माहोल उत्साहजनक

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    Post Thumbnail

    राजनीतिक संस्कारबिनाकाे बहुमत अर्थहिन

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    Post Thumbnail

    निर्वाचनको सन्देश: नयाँ शक्तिको विजय कि पुराना दलप्रतिको असन्तोष ?

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0