logo
२०८३ अषाढ ५, शुक्रबार |
📰
🔍

गजल

प्रभातफेरी अनलाइन३७८ पटक पढिएको प्रकाशित मिति: २०७९ आश्विन २५, मंगलबार(३ साल अघि)
गजल

खिम पुन
बागलुङ

 

गरेमा दिलले खोजी कुनै एक राह मिल्छ
हरेकलाई यही जगतमा पनाह मिल्छ ।

हठीले हल्ला ग¥यो र चर्चा मिल्यो ठिकै हो !
कोही गरोस् नत्र चाप्लुसी, वाह वाह मिल्छ ।

उदारपन एक आवरण मात्र हो जगतको !
मिलोस् न हेर्न, अवश्य मनभित्र डाह मिल्छ

मेरी प्रियालाई भन्न चाहन्न फूल वा जून !
भनूँ ओ काली ! खुशी यसैमा अथाह मिल्छ ।

म सोच्छु प्रायः कोही त मिल्नेछ साथी दिलदार !
पुनः जो जो मिल्छ लोभको बादसाह मिल्छ ।