राजेश पाठक
गजुरी–३ धादिङ
थिएन मन सरीको तन न तन सरी यो मन रह्यो !
उमेर गयो बितेर झन् असंख्य चाह झन् रह्यो
म तिम्रो यादमा रुँदा झरीको आगमन रह्यो
न प्रेमले शिखर चुम्यो न सम्झना जतन रह्यो !!
समुन्द्र भेटिएपछि, नदीको मेटियो कथा !
किनार भन्छ मन भरि नमेटिने जलन रह्यो !!
पढेर जिन्दगी बुझ्यौ ? बुझेको झैँ गरेँ हजुर !
पढेर के बुझेँ भनूँ ? सधैं अबोध पन रह्यो !!
तिमी भए अरू खुसीको आस हुन्न भन्दिनँ !
बने रहर कुनै अरू बचनको के वजन रह्यो ?
प्रभातफेरी साप्ताहिकद्वारा प्रकाशित
प्रभातफेरी डट कम
बनेपा नपा-५,राजदास मार्ग
९७५१०२८४५०,९८४१४२८४५०
उद्योग दर्ता नम्बर ९६७९/०७६/०७७
जी.प्र.का. काभ्रे दर्ता नम्बर: २१/६१/६२
सूचना विभाग दर्ता नम्बर: ८२०/०७४-७५
संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
प्रबन्धक : | ईश्वरी राजकुमार मैनाली सम्पर्क: ९८५११६८४५६ |
सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |
समाचारदाता : | बिपशना शाक्य सम्पर्क: ९८४३७२९१७५ |