logo
२०८३ अषाढ ५, शुक्रबार |
📰
🔍

गजल

प्रभातफेरी अनलाइन९७८ पटक पढिएको प्रकाशित मिति: २०७९ कार्तिक १, मंगलबार(३ साल अघि)
गजल

राजेश पाठक
गजुरी–३ धादिङ

 

थिएन मन सरीको तन न तन सरी यो मन रह्यो !
उमेर गयो बितेर झन् असंख्य चाह झन् रह्यो

म तिम्रो यादमा रुँदा झरीको आगमन रह्यो
न प्रेमले शिखर चुम्यो न सम्झना जतन रह्यो !!

समुन्द्र भेटिएपछि, नदीको मेटियो कथा !
किनार भन्छ मन भरि नमेटिने जलन रह्यो !!

पढेर जिन्दगी बुझ्यौ ? बुझेको झैँ गरेँ हजुर !
पढेर के बुझेँ भनूँ ? सधैं अबोध पन रह्यो !!

तिमी भए अरू खुसीको आस हुन्न भन्दिनँ !
बने रहर कुनै अरू बचनको के वजन रह्यो ?