logo
२०८३ अषाढ ५, शुक्रबार |
📰
🔍

गजल

प्रभातफेरी अनलाइन३३९ पटक पढिएको प्रकाशित मिति: २०७९ कार्तिक १५, मंगलबार(३ साल अघि)
गजल

राजेश पाठक
गजुरी–३ धादिङ

 

नदी ठान्छ आगोले भयानक कुरा ठिक हो ।
म सिस्नो हुँ पानी हुन्न घातक कुरा ठिक हो ।

बदल्छौ र के के खोइ बिश्वास लागेन,
ममा झैं तिमीमा छ अराजक कुरा ठिक हो ।

ज–जसले भनून् हरकत मेरो चाहना हो यो !
बनेको हुँ तिम्रै निम्ति बालक कुरा ठिक हो ।

बनोस् यै जुनी आखिर अरू जन्म चाहिँदैन !
यही जिन्दगानी छैन सार्थक कुरा ठिक हो ।

म यो प्रेममा डुब्ने रहर राख्न चाहन्नँ,
दिल हारे लुटेरा बन्छ नायक कुरा ठिक हो ।