Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०७९ चैत्र ११, शनिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

रोशी गाउँपालिकाको स्थिति

प्रभातफेरी अनलाइन ५८ पटक पढिएको प्रकाशित मिति: २०७९ कार्तिक २८, सोमबार (४ महिना अघि)
रोशी गाउँपालिकाको स्थिति

परशु घिमिरे

२०२१ सालअघि पूर्व १ नम्बर चौताराबाट प्रशासित २८ मौजाहरूमध्ये दुई मौजा काभ्रे र पलाञ्चोक थिए । यिनै दुई मौजाको नामबाट काभ्रेपलाञ्चोक जिल्लाको नाम रहन गएको हो । नीलाम्बरी (सिलामे फूल) का कारण विशिष्ट बनेको रोशी नीलाम्बरी लेक विकास केन्द्र (गोदावरी र नीलो रङलाई आधार मानेर दिइएको नयाँ नाम) स्थानीय भाषामा सिलामेका नामले चिनिने विचित्र र अति दुर्लभ प्रजातिको फूल फुल्ने लेक क्षेत्रलाई गाउँपालिकाले आप्mनो तहबाट अति संरक्षित क्षेत्र घोषणा गरेर त्यहीअनुरूप कार्ययोजना सार्वजनिक गर्ने योजना बुनेको छ ।

हालसम्म प्राप्त प्रमाणअनुसार सम्भवतः यो प्रजातिको फूल भारतको केरलामा मात्र देखिएको छ । केन्द्रबिन्दुमा ः नीलाम्बरी पूmल फुल्ने क्षेत्र समेटिने ः गोदावरी क्षेत्र, १२ वर्षमा मात्र मूल फुट्ने प्राकृतिक धारा, गोदावरी शिव मन्दिर १२ वर्षमा फुल्ने फूल अत्यन्तै दुर्लभ मानिन्छ । छिमेकी मुलुक भारतको केरलामा १२ वर्षमा मात्र फुल्ने अति दुर्लभ नीलाम्बरी फूलले विश्वभर चर्चा पाएको छ । यो फूललाई कुरिञ्जीको नामले समेत चिनिन्छ । यो पूmलको वैज्ञानिक नाम स्ट्रो–बिलान्थेस कुन्थिएनस हो । यो फूलले हरेक १२ वर्षमा केरलाको पर्यटन व्यवसाय अकासिन्छ । सेभ कुरिञ्जी काउन्सिल संस्था नै गठन गरेर ३२ वर्ग किलोमिटरको यो पूmल फुल्ने क्षेत्रलाई संरक्षित गरिएको छ । भारतमा यो फूलको महत्व बुझेर सन् १८३८ देखि औपचारिक रूपमै पूmल फुल्ने सिजन र समय सूचीकरण गरिएको छ । सेप्टेम्बर–अक्टोबर महिनामा केरलाको मुनार पहाड यो पूmलले ढकमक्क हुन्छ । नेपालको (अहिलेसम्म थाहा पाएअनुसार) रोशीमा मात्र यो फूल रहेको पाइएको छ । नीलाम्बरी पूmलका बारेमा व्यापक प्रचारप्रसार गर्दै १२ वर्षमा पूmल फुल्ने बेलामा मात्र मूल फुट्ने विचित्र धारो गोदावरीलाई समेत समेटेर तत्काल विकास कार्ययोजना अघि सार्न आवश्यक छ । विश्वविद्यालय, वन विभाग, ट्राभल एजेन्सीलगायत सरोकार निकायमार्फत यो क्षेत्रको विकासलाई उच्च प्राथमिकता दिन जरुरी छ । १२ वर्षमा र त्यो पनि नीलाम्बरी फुल्ने बेलामा मात्र मूल फुट्ने गोदावरी क्षेत्रमा होमस्टे, विश्रामस्थल, खानपिन र बासको व्यवस्था साथै अध्ययन अनुसन्धानका कामलाई एकैसाथ अघि बढाउन जरुरी देखिएको छ । रोशी गाउँपालिकाले चरणबद्ध रूपमा यस्ता योजनाहरू अघि बढाउने छ । रोशी गाउँपालिका–१० स्थित महाभारत लेकमा गोदावरी भन्ने स्थान छ । समुद्री सतहबाट करिब २३ सय मिटर उचाइको यो ठाउँमा हरेक १२ वर्षमा एक पटक गोदावरी मेला लाग्छ । रोशी गाउँपालिका र महाभारत गाउँपालिकाको सिमानामा पर्ने उक्त लेक नै वास्तविक गोदावरी भएको स्थानीय बासिन्दाको भनाइ छ । पूजाआजाका लागि ज्यादै दुर्गम र अपायक भएका कारण मल्लकालमा ललितपुर जिल्लाको फुल्चोकीको फेदीमा रहेको कुण्डमा गोदावरीको प्रतीक बनाएर पूजाआजा सुरु गरिएको किंवदन्ती छ । तर यो वास्तविक गोदावरी हो वा होइन ? अध्ययन हुनु बाँकी छ । यो स्थानलाई गोदावरीको शिर र ललितपुरको कुण्डलाई गोदावरीको पाउ भन्ने किंवदन्ती पनि छ ।

स्थानीय बासिन्दाका अनुसार हरेक १२ वर्षमा यहाँ पानीको मूल फुट्छ र करिब एक महिनापछि बन्द हुन्छ । त्यहीबेला मात्रै यस जंगलमा फूल फुल्छ । जसलाई स्थानियहरु गोदावरी फूल वा सिलामे फूल भन्ने गर्छन् । १२ वर्षमा एकपटक फुल्ने निलाम्बरी फूलको विषयमा अध्ययन हुन बाँकी छ । स्थानीय वाल्टिङ गाउँका पण्डितहरूले हरेक वर्ष यहाँ रुद्री लगाउने गर्दछन् । हरेक वर्ष जनै पूर्णिमा र तीजमा ठूलो मेला लाग्छ । मेलाको बेला हजारौं भक्तजनको घुइँचो लाग्ने गरे पनि अघिपछि भने यो क्षेत्र निर्जन र अनकन्टार छ । गोदावरी स्थान पूरै जंगल र झाडीले ढाकिएको छ । अघिपछि गोदावरी स्थान कुन हो भनेर स्थानीय गाइडको सहयोगबिना चिन्नसमेत हम्मेहम्मे अवस्था छ । न मन्दिर बनाइएको छ, न त गोदावरी स्थानसम्म पुग्ने गोरेटो बाटो । गोदावरी स्थानभन्दा केहीमाथि डाँडोमा पुरानो शिव मन्दिर छ । केही वर्षसम्म यहाँ एक साधु तपस्या गरेर बस्थे, तर उनको निधनपछि मन्दिरमा नियमित पूजाआजासमेत हुन छाडेको छ । गोदावरी स्थानभन्दा करिब पाँच सय मिटर दक्षिणसम्म भने महाभारत गाउँपालिका र रोशी गाउँपालिका दुवैतर्फबाट कच्ची सडक बनेका कारण सवारीसाधन हुनेहरूका लागि अब गोदावरी दुर्गम छैन । मंगलटार नजिकै कालढुंगाबाट करिब १२ किलोमिटर कच्ची सडक भएर दुई घण्टामा गोदावरी स्थान पुग्न सकिन्छ । पैदल हिँड्दा करिब चार घण्टा लाग्छ । गोदावरी स्थानको आसपासमा तीनवटा टाकुरा छन् । भूमिचुली, सीताचुली र घोडेचुली । यी तीनवटै चुलीबाट तराई र काठमाडौं उपत्यका देखिन्छ । उत्तरतर्फ तिब्बतसम्म देखिन्छ । घोडेचुली सिन्धुली जिल्लाको सिमाना पनि हो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
लेख सम्बन्धि थप
  • “वीरे ज्योज्योले बचाएको दिन”

    “वीरे ज्योज्योले बचाएको दिन”

  • गुदीविहीन रिटले हल्लाएको देश !!!

    गुदीविहीन रिटले हल्लाएको देश !!!

  • विवाह ः एक सामाजिक संस्था !

    विवाह ः एक सामाजिक संस्था !

  • गजल के हो ? र कसरी लेख्न सकिन्छ ?

    गजल के हो ? र कसरी लेख्न सकिन्छ ?

  • प्रभातफेरी ई-पेपरथप

    २०७९ चैत ८ गते

    २०७९ चैत ८ गते
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    Post Thumbnail

    टुक्का साहित्य

    टुक्का कविता

    टुक्का कविता

    अर्थान्तर

    अर्थान्तर

    मुक्तक

    मुक्तक

    प्रभातफेरी साप्ताहिकद्वारा प्रकाशित

    प्रभातफेरी डट कम

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९७५१०२८४५०,९८४१४२८४५०

    उद्योग दर्ता नम्बर ९६७९/०७६/०७७

    जी.प्र.का. काभ्रे दर्ता नम्बर: २१/६१/६२

    सूचना विभाग दर्ता नम्बर: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    प्रबन्धक : ईश्वरी राजकुमार मैनाली
    सम्पर्क: ९८५११६८४५६
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५
    समाचारदाता : बिपशना शाक्य
    सम्पर्क: ९८४३७२९१७५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0