logo
२०८३ अषाढ ५, शुक्रबार |
📰
🔍

गजल

प्रभातफेरी अनलाइन४७३ पटक पढिएको प्रकाशित मिति: २०७९ कार्तिक २९, मंगलबार(३ साल अघि)
गजल

प्रकाश पाठक “योगी”
भरतपुर २३ जगतपुर, चितवन नेपाल
हाल ः– दोहा कतार

 

आज सम्म देशलाई केही दिन सकेको छैन
यस कारण झण्डासामु उभिन सकेको छैन

भन्नेले मोज मस्तिमा भुलेर आएन भन्छन्
यौटा परदेशी ऋणले फर्किन सकेको छैन

स्वार्थिहरूको उदाहरण के दिउँ तिमीलाई
नदीले पनि बगरलाई पर्खिन सकेको छैन

उता गाउँ ठाँउ, नाउँ बदलियो समय सँगै
यता मायाकै कारण बद्लिन सकेको छैन्

खाना बाढ्दै हिड्छ अरे आश्रम आश्रममा
उ मेरै छोरा हो आमा सम्झिन सकेको छैन