Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०७९ चैत्र १३, सोमबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

निर्वाचनप्रति निराशा किन ?

प्रभातफेरी अनलाइन ७२ पटक पढिएको प्रकाशित मिति: २०७९ मंसिर ६, मंगलबार (४ महिना अघि)
Post Thumbnail

गत मंसिर ४ गते सम्पन्न निर्वाचनमा मतदाताहरुको उपस्थिति निराशाजनक रह्यो । यसो हुनुमा जिम्मेवार को ? सबैको चासोको विषय बनेको छ ।
राजनीतिक वृत्तमा रहेका विभिन्न विश्लेषकहरुको अनुसार यस किसिमको संकेत नेपालको राजनीतिका लागि शुभ नरहने राय दिएका छन् । विगतको निर्वाचनहरुमा भन्दा यस पटकको निर्वाचनमा अत्यन्तै कम चासो र निर्वाचनमा सहभागिता पनि अत्यन्तै कम रहेको निर्वाचन आयोगले जारी गरेको विज्ञप्तिमा उल्लेख गरेको छ । यसबाट लोकतन्त्र, निर्वाचन आयोग, राजनीतिक दलहरु र तिनका नेताहरु गम्भीर छलफल र बहसमा सरिक हुनुपर्ने देखिएको छ । दिनप्रतिदिन जनतामा कम उत्साह देखिनुमा राजनीतिक दलहरु नै जिम्मेवार त छैनन् ? चासोको विषय बनेको छ । राजनीतिक दलहरुले जनतामा आएको यो वितृष्णा अन्त्यका लागि खेल्नुपर्ने भूमिका, जिम्मेवारी र दायित्वको बारेमा सजक हुनुपर्ने देखिन्छ ।
नेपाली जनताको बलिदानबाट प्राप्त गणतन्त्र लगायतका राजनीतिक मुद्दाहरुप्रति नै जनताहरुमा वितृष्णा आएको त होइन ? खोजीको विषय हुन आवश्यक छ । यदि यस विषयमा गम्भीर रुपमा चासो राखिएन भने प्राप्त सीमित अधिकार र उपलब्धीहरु नगुम्लान् भन्ने सकिन्न । यि र यस्तै विषयमा तत्काल राजनीतिक बहस हुन जरुरी छ । अन्यथा नेपालको राजनीतिक आकाशमा कालो बादल मडारिन सक्छ भन्ने संकेत नेपाली जनताहरुले दिइसकेका छन् । गएको स्थानीय चुनावमा जुन किसिमको सहभागिता रहेको थियो, ६ महिना नबित्दै मतदातामा उत्पन्न भएको नैराश्यताका बारेमा गम्भीर भएर चासो दिन आवश्यक छ । अन्यथा जुन संकेत देखा परेको छ, यसले संघीय राज्यलाई नै नकारात्मक रुपमा असफल बनाउने त होइन भन्ने शंकाहरु उब्जिएका छन् ।
त्यसैले नेपाली राजनीतिका प्रणयदाताहरुले यस बारेमा छलफल र बहस चलाउन आवश्यक छ । जन चाहाना विपरित व्यक्तिगत स्वार्थका लागि लोकतन्त्रको मूल्य, मान्यताभन्दा बाहिर राजनीतिक दलहरुको गतिविधिले नै आजको अवस्था निम्तिएको त होइन ? भन्ने विषयमा आम सरोकारको चिन्ता बढेको छ ।
त्यसैले नेपाली जनताको बलिदानबाट प्राप्त सीमित अधिकारहरुको संरक्षणका लागि नेपाली राजनीतिज्ञहरुले चासो दिनुपर्छ भन्ने ठम्याईमा हामी पुगेका छौं । ५÷५ वर्षमा आउने सबैभन्दा ठूलो दान मतदानलाई नेपाली राजनीतिज्ञहरुले दुरुपयोग गरेकै कारण आज यो अवस्थामा मतदाता पुगेका हुन् । यो परिणामले को, कसलाई, कति घाटा पु¥याउँछ भन्दा पनि मुलुकलाई राजनीतिक अस्थिरतातर्फ धकेल्न सक्छ । त्यसैले पनि यि संकेतहरुलाई उपेक्षा नगरियोस् र समयमै सम्बोधन होस् भन्ने हाम्रो आग्रह छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
सम्पादकीय सम्बन्धि थप
  • Post Thumbnail

    सत्ता प्रतिपादक बन्नुहुन्न

  • Post Thumbnail

    सेवाग्राहीलाई सास्ती दिने कार्य बन्द गर

  • Post Thumbnail

    स्थानीय तहको बेथिति कहिले सम्म ?

  • Post Thumbnail

    स्थानीय सरकारको मर्म विपरित जाने छुट छैन

  • प्रभातफेरी ई-पेपरथप

    २०७९ चैत ८ गते

    २०७९ चैत ८ गते
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    Post Thumbnail

    टुक्का साहित्य

    टुक्का कविता

    टुक्का कविता

    अर्थान्तर

    अर्थान्तर

    मुक्तक

    मुक्तक

    प्रभातफेरी साप्ताहिकद्वारा प्रकाशित

    प्रभातफेरी डट कम

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९७५१०२८४५०,९८४१४२८४५०

    उद्योग दर्ता नम्बर ९६७९/०७६/०७७

    जी.प्र.का. काभ्रे दर्ता नम्बर: २१/६१/६२

    सूचना विभाग दर्ता नम्बर: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    प्रबन्धक : ईश्वरी राजकुमार मैनाली
    सम्पर्क: ९८५११६८४५६
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५
    समाचारदाता : बिपशना शाक्य
    सम्पर्क: ९८४३७२९१७५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0