Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०७९ चैत्र ११, शनिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

पालिकाले आफ्नो वार्षिकोत्सब धुमधामका साथ मनायो

प्रभातफेरी अनलाइन १६७ पटक पढिएको प्रकाशित मिति: २०७९ मंसिर १३, मंगलबार (३ महिना अघि)
पालिकाले आफ्नो वार्षिकोत्सब धुमधामका साथ मनायो

काभ्रे । नेकपा (माओवादी केन्द्र) खानिखोला गाउँपालिका पार्टी समितिले आफ्नो वार्षिक उत्सव धुमधामका साथ एक समारोहका बीच मनाइएको छ ।
आइतबार पार्टी समितिले पालिकाको दोस्रो ऐतिहासिक सम्मेलन भएको १ बर्षको अवधिभित्रका उपलब्धिमूलक गतिविधिसँगै पार्टीले सफलता हासिल गरेको निष्कर्ष सहित उत्सव मनाइएको बताएको छ ।
माओवादी केन्द्र बागमती प्रदेशका सचीव एवं गाउँपालिका अध्यक्ष इन्द्रबहादुर थिङ (छिन्ताङ) ले एक बर्षको बिचमा खानीखोला गाउँपालिकामा माओवादीले गरेको कामको प्रसंसा गर्दै निर्वाचन प्रणालीमा आमूल सुधार हुन आवश्यक छ । जसबाट तीनै तहको निर्वाचन एकै पटक गर्ने गरि सबैतिरबाट आवाज उठ्नु पर्ने आजको आवश्यकता भएको बताउनुभएको छ ।
सम्बोधनका क्रममा नेता छिन्ताङले मुलुकमा पुर्ण समानुपातिक प्रणालीबाट स्थानीय तह, प्रदेश सभा र प्रतिनिधिसभाको चुनाव एकैपटक हुनुपर्ने बताउनुभएको छ । यसले राज्यको आर्थिक भारलाई कम गर्नुको साथै जनताका माझ भिजेका शोषित, पिडित, निमुखाहरुले नेतृत्वमा समेत आफ्नो उपस्थिति देखाउनसक्ने अवसर आउने बताउनुभएको छ ।
सम्बोधनकै बिचमा नेता छिन्ताङको थप कथन थियो– नयाँ सरकार गठनको लागि शीर्ष नेताहरूबिच छलफल भइरहेको बताउनुहुँदै एमालेलाई प्रतिपक्षमा ५ बर्ष राखियो भने उसको अरु खेती नहुने स्मरण गराउनुहुँदै एमालेले भ्रमको झ्याली पिट्दै हिँड्ने बताउनुभएको छ । त्यसैले ती भ्रमबाट जिल्लाका नागरिकहरुलाई भ्रमित हुनबाट जोगाउनु प्रत्येक माओवादी कार्यकर्ताको जिम्मेवारी भएको नेता छिन्ताङले कार्यक्रममा खुलासा समेत गर्नुभएको छ ।
उक्त वार्षिकोत्सव कार्यक्रममा माओवादी केन्द्र काभ्रेका संयोजक भोला आर्यालले खानीखोला पार्टी समितिले अपेक्षा गरेभन्दा धेरै राम्रो काम गरेको भन्दै खुशी व्यक्त गर्नुको साथै पार्टीपंक्तिलाई धन्यवाद समेत दिनुभएको छ ।
माओवादी केन्द्र खानीखोला पार्टी समितिका अध्यक्ष अविरल जिम्बाले स्थानीय तह र संघ÷प्रदेशको निर्वाचनमा खानीखोला पार्टी समितिले दिएको जिम्मेवारी तथा खेल्नु पर्ने भुमिकामा कुनै कमी आउन नदिएकै कारण आज सफलता प्राप्त गरेको बताउनुभएको छ ।
उहाँले माओवादी आन्दोलनको जगमा देशको व्यवस्था बदलेको दाबी गर्दै अब जनताको अवस्था बदल्ने काम पनि माओवादीले लिनुपर्ने बताउनुहुँदै नेपाली जनताको ब्यबस्था बदलेको दिन मात्र माओवादीले राजनीतिक रुपमा आफूलाई सहजता महसुस गर्ने बताउनुभएको छ । त्यसैले जनताको अवस्था फेरिँदाको दिन मात्र माओवादीले जितेको अनुभुति हुने बताउनुभएको छ ।
सम्बोधनकै क्रममा सचीव राजन अधिकारीले देशको विकास र समृद्धिसँगै लोकतान्त्रिक गणतन्त्र र संविधान रक्षाको लागि सधै अग्रगामी पक्षधरसँग मिलेर अघि बढ्ने बताउनुभएको छ । उहाँले खानिखोला पार्टी समिति माओवादीले, वडा, पालिका, प्रदेश र संघमा आफ्नो दलका उम्मेदवारहरुलाई जिताएकोमा घमण्डको कमाई अलिकती पनि नगरेको र आगामी दिनमा पनि गर्नेछैन भन्नुभएको छ ।
समितिले खानीखोला माओवादीलाई माया र सद्भाव प्रदान गर्नुहुने खानिखोलाको जनसमुदाय, पार्टीको सम्पूर्ण सहकर्मीहरु, शिक्षक, बुद्धिजीवी, यूवा, विद्यार्थी, सञ्चारकर्मी, स्वास्थ्यकर्मी, प्रहरी प्रशासन लगायत सबै शुभेच्छुकप्रति आभार प्रकट गरेको छ ।
यसैबिच समृद्धि र विकास साझा भएकोले सबै पार्टी तथा पक्षसँग सदा सहकार्यको ढोका खुल्ला रहेको माओवादी केन्द्र खानीखोला पार्टी समितिले उक्त अवसरमा व्यक्त गरेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%
प्रतिक्रिया दिनुहोस
खानीखोला सम्बन्धि थप
  • गापाको १० अर्बको पञ्चबर्षिय आवधिक योजना

    गापाको १० अर्बको पञ्चबर्षिय आवधिक योजना

  • नेतृत्व आउँदैमा संगठन बन्ने होइन ः सांसद चौलागाईं

    नेतृत्व आउँदैमा संगठन बन्ने होइन ः सांसद चौलागाईं

  • सभामुखको अभिव्यक्तिप्रति महासंघको ध्यानाकर्षण

    सभामुखको अभिव्यक्तिप्रति महासंघको ध्यानाकर्षण

  • पनौती नगरको नगर सभा सम्पन्न, नगरको बिकासको लागि सभासद्हरूको चासो

    पनौती नगरको नगर सभा सम्पन्न, नगरको बिकासको लागि सभासद्हरूको चासो

  • प्रभातफेरी ई-पेपरथप

    २०७९ चैत ८ गते

    २०७९ चैत ८ गते
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    Post Thumbnail

    टुक्का साहित्य

    टुक्का कविता

    टुक्का कविता

    अर्थान्तर

    अर्थान्तर

    मुक्तक

    मुक्तक

    प्रभातफेरी साप्ताहिकद्वारा प्रकाशित

    प्रभातफेरी डट कम

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९७५१०२८४५०,९८४१४२८४५०

    उद्योग दर्ता नम्बर ९६७९/०७६/०७७

    जी.प्र.का. काभ्रे दर्ता नम्बर: २१/६१/६२

    सूचना विभाग दर्ता नम्बर: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    प्रबन्धक : ईश्वरी राजकुमार मैनाली
    सम्पर्क: ९८५११६८४५६
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५
    समाचारदाता : बिपशना शाक्य
    सम्पर्क: ९८४३७२९१७५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0