Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ५, बिहिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

जहाँ विपद्, त्यहाँ लायन्स ः उपाध्यक्ष राना

प्रभातफेरी अनलाइन ८३१ पटक पढिएको प्रकाशित मिति: २०७९ मंसिर २१, बुधबार (३ साल अघि)
जहाँ विपद्, त्यहाँ लायन्स ः उपाध्यक्ष राना

काभ्रे । लायन्स क्लब अफ इन्टरनेशनल ३२५ आइ नेपाल जुन २४ रिजन ११ को क्भअयलम ब्मखयकयचथ ऋयmष्ततभभ ःभभतष्लन लाई सम्बोधन गर्ने क्रममा कार्यक्रमका प्रमुख अतिथि एवं बेथानचोक गाउँपालिकाका उपाध्यक्ष तारा राना तिमल्सिनाले मानवीय क्षेत्रमा अन्तर्राष्ट्रिय स्तरमा स्थापित संस्था लायन्स जसले विपद् र संकटका बेलामा खेलेको भूमिकाको जति नै चर्चा गरे पनि अपुग रहने बताउनुभएको छ ।
बुधबार बेथानचोकमा आयोजित बैठकलाई सम्बोधन गर्दै लायन्सका बारेमा उब्जिएका भ्रमहरु चिर्न आवश्यक रहेको चर्चा गर्नुहुँदै लायन्स धनीहरुको संस्था भन्ने जुन किसिमको भ्रम समाजमा छरिएको छ, त्यसलाई चिर्नु पहिलो चुनौती रहेको बताउनुभएको छ । मानवीय क्षेत्रमा लायन्स क्लबले खेलेको भुमिका अनुकरणीय छ । जहाँ समस्या, विपद् आइपर्छ, त्यहाँ लायन्सको उपस्थितिले मलमपट्टि लगाउने काम गर्दै आएको छ । यस्तो मानवीय संस्थाप्रति लाग्नुहुने सम्पूर्ण मानव जगतप्रति हार्दिक आभार व्यक्त गर्न चाहन्छु । यो विकट बस्तीमा समेत आफ्नो उपस्थिति जनाएकोमा लायन्स क्लब अफ इन्टरनेशनल ३२५ आइ नेपालको सफलताको कामना गर्न चाहन्छु ।
लायन्स क्लबसँग साझेदारी गरेर समाज रुपान्तरणमा आमूल परिवर्तन ल्याउने यात्रामा गाउँपालिकाको सहकार्यले कोसेढुंगा सावित हुनेमा आफू आशावादी रहेको पालिकाका उपाध्यक्ष एवं कार्यक्रमका प्रमुख अतिथि उपाध्यक्ष रानाको जिकिर छ । लायन्स क्लबप्रति जागरुक युवाहरुको बुझाइ पर्याप्त नभएकै कारण अनावश्यक भ्रमहरु पनि सिर्जना भएका छन् । त्यसैले नेतृत्वले यस किसिमका भ्रमहरुलाई चिर्दै समाज रुपान्तरणमा अझ फराकिलो भएर जानुपर्ने सुझाव समेत प्रमुख अतिथि रानाले कार्यक्रममा दिनुभएको छ ।
बेथानचोकको पहिचान सहित अन्तर्राष्ट्रिय स्तरमा यसको महत्व दर्शाउने गरी लायन्स क्लब अफ काठमाडौं बेथानचोक ३२५ आइ नेपाल लागिपर्नेछ भन्ने विश्वास पालिकाले लिएको उपाध्यक्ष रानाले सम्बोधनका क्रममा व्यक्त गर्नुभएको छ । राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरमा धार्मिक एवं पर्यटकीय भुमिका रुपमा बेथानचोक नारायणस्थानलाई चिनाउने एउटा सहज माध्यम लायन्स क्लब पनि भएको हुँदा यसले आफ्नो उपस्थिति सोही अनुसार गर्नेछ भन्ने विश्वास आफूले राखेको बताउनुभएको छ ।
उक्त मिटिङमा रिजन चियर पर्सन लायन खोमराज खरालले लायन्स क्लबहरु स्थापित हुनका लागि डिष्ट्रिक्टले प्रतिपादन गरेको नीतिलाई अनुशरण गर्न आवश्यक रहेको चर्चा गर्नुहुँदै आफू रिजन अन्तर्गत रहेको बेथानचोक क्लबले समाजमा खेलेको भूमिकाको खुलेर प्रशंसा गर्न रिजन चियर पर्सन खराल पछि पर्नु भएन । लायन खरालको थप कथन थियो– डिष्ट्रिक्ट गभर्नर लायन राम बस्यालले अगाडि सार्नुभएको आइ विलिभ इन टिमवर्क लाई क्याबिनेटमा रहेका सबै सदस्यहरुले आत्मसाथ गर्ने हो भने डिष्ट्रिक्ट ३२५ आइ नेपाल नमूनाको रुपमा स्थापित हुने कुरामा दुविधा नरहेको बताउनुभएको छ ।
विशेष गरी गभर्नरले ल्याएका उद्देश्यहरु परिपूर्तिका लागि परमानेन्ट क्लब र परमानेन्ट सदस्यहरुको अवधारणालाई अक्षरसतः पालना गर्दै आफ्नो क्लबलाई चलायमान बनाउनु प्रत्येक सदस्यको दायित्व रहन आउँछ । सो दायित्व परिपूर्ति गर्न सके मात्र पनि क्लबहरुमा स्थायित्व कायम रहन्छ । स्थायित्व कायम गर्न सकियो भने मूलतः लायन्सको उद्देश्य प्राप्त गर्न सकिने धारणा रिजन चियरपर्सन लायन खरालले राख्नुभएको छ । प्रत्येक क्लबका सदस्यहरुले आफ्नो जिम्मेवारी आफ्नो ठाउँबाट पूरा गर्ने हो भने समाज रुपान्तरण गर्न टाढा जानुपर्दैन ।
समाजमा आइपर्ने प्रत्येक समस्याहरुलाई सहजै रुपमा सम्बोधन गर्न लायन्स सक्षम हुने धारणा राख्नुहुँदै बैठकका सहभागीहरुलाई आ–आफ्नो क्लबहरुलाई चलायमान राख्दै डिष्ट्रिक्ट र इन्टरनेशनल ड्युज तर्फ पनि ध्यानाकर्षण गराउनुभएको छ ।
उक्त मिटिङ जोन चियर पर्सन लायन प्रल्हाद शर्मा हुमागाईं, लायन्स क्लबहरु लायन्स क्लब अफ काठमाडौं टेम्पल पिस, लायन्स क्लब अफ काठमाडौं इन्द्रेश्वर, लायन्स क्लब अफ काठमाडौं माँ चण्डेश्वरी र लायन्स क्लब अफ काठमाडौं बेथानचोकको सहभागिता रहेको थियो भने बैठकमा आ–आफ्नो क्लबको प्रगति विवरण र भावी योजनाका बारेमा प्रतिवेदन पेश गरिएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
बेथानचोक सम्बन्धि थप
  • लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

  • नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

  • डाँडापारी पत्रकारिता पुरस्कारबाट कान्तिपुरकर्मी धिताल नगद सहित पुरस्कृत

    डाँडापारी पत्रकारिता पुरस्कारबाट कान्तिपुरकर्मी धिताल नगद सहित पुरस्कृत

  • चुनावी प्रचारप्रसारको अन्तिम दिन : नेकपालाई पहिलो पार्टी बनाउने लक्ष्यसहित नेता कार्यकर्ताहरु टोलटोलमा, चुनावी माहोल उत्साहजनक

    चुनावी प्रचारप्रसारको अन्तिम दिन : नेकपालाई पहिलो पार्टी बनाउने लक्ष्यसहित नेता कार्यकर्ताहरु टोलटोलमा, चुनावी माहोल उत्साहजनक

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    Post Thumbnail

    राजनीतिक संस्कारबिनाकाे बहुमत अर्थहिन

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    Post Thumbnail

    निर्वाचनको सन्देश: नयाँ शक्तिको विजय कि पुराना दलप्रतिको असन्तोष ?

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0