मोहन दुवाल
साहित्यकार
(३) शङ्कर काफ्ले – सूक्ष्म दृष्टि भएकै कारणले होला उहाँ कसैसँग लत्रिनुभएको देखिएनन् । दबदबामा परेर आफ्नो विचार छोड्ने मान्छे नभएकै कारणले उहाँ घमण्डीजस्तो, कसैले भनेको कुरा पनि नसुन्ने खालका व्यक्तिजस्तो रहनुभयो ।
शिक्षणसेवा गर्दागर्दै शिक्षणसेवामा मन थाकेर राजनीतिमा सक्रियता देखाउनुभएका शङ्कर काफ्ले पञ्चायतकालमा प्रौढ संगठनको जिल्ला सभापतिमा निर्वाचित हुनुभएर जिल्ला पञ्चायतका सदस्यसम्म रही राजनीतिक कर्म गर्नुभयो । विज्ञान र गणितमा पोख्त भएकै कारणले २०२१ सालको प्रवेशिका परीक्षामा बोर्ड पाँचौं हुनुभई काभ्रैकै चर्चित विद्यार्थी हुनुभयो । र सानै उमेरमा पनि शिक्षक हुनुभएका शङ्कर काफ्लेले काठमाडौंको विजय मेमोरियल स्कुल, धुलिखेलको सञ्जीवनी मा.वि.मा र पाँचखालको सर्वमंगलामा निकै उत्कृष्ट सेवा पु¥याएको देखिन्छ । पुस्तकालय संस्थापनमा, विद्यालय निर्माण र संस्थापनमा तीनपिप्ले, भमरकोट र पाँचखालमा सक्रिय रहनुभएको देखिन्छ । गोल्डेन फ्यूचर स्कुलमा पनि आफूसक्दो सेवा पु¥याइसक्नु भएका शङ्कर काफ्लेले ठूलो पर्सेल, कानपुर, भकुण्डेबेंसी र देउपुरमा पनि सहयोग गर्नुभएको देखिन्छ ।
२००० पुस ९ गते भमरकोटमा जन्मनुभएका शङ्कर काफ्लेले पछि पाँचखाललाई कर्मभूमि बनाउनु भई पाँचखालको शैक्षिक सम्वद्र्धनका लागि महत्वपूर्ण भूमिका खेल्नुभयो । गणित सिकाउँदा सजिलो गरी बुझाउने उहाँको क्षमता अद्वितीय भएको कारणले १० वर्षको छँदा नै उहाँ शिक्षकजस्तो हुनुभएर धेरैको नमस्कार लिन थाल्नुभयो । वि.सं. २०१३ सालमा भमरकोटमा साहित्यकार कृष्णप्रसाद पराजुलीको पहलमा संस्थापन भएको पुस्तकालयको उहाँ प्रचारमन्त्री बन्नुभयो । २०१४ सालमा मात्र सञ्जीवनी मावि, धुलिखेलमा कक्षा ५ मा भर्ना हुनुभएका शङ्करले कक्षा ६ को परीक्षामा पहिलो हुनुभयो । सात कक्षा पुगेपछि नै गणेश प्राविको हेडमाष्टर हुनुभएर २ घण्टा पढाउने काम पनि गर्नुभयो । सानैमा नै सबैका प्रिय हुन सफल उहाँ १९ वर्षको छँदा विवाह बन्धनमा बाँधिनु भयो । २०२० सालमा एस.एल.सी. परीक्षामा सामेल हुनुभएका काफ्ले परीक्षा सकेर घर पुग्नुभएपछि सञ्जीवनी माविका लागि गणित र विज्ञानका शिक्षकमा बोलाइहालेको कारणले शिक्षक हुनुभयो ।
बुद्धिचाल खेलका राम्रा खेलाडी, जिल्लामा प्रख्यात हुनुभई राष्ट्रिय नाम पनि बनाउन सफल उहाँ बुद्धिचाल खेल्न पाउँदा मख्ख हुन्थे । समयको ख्यालै नहुने, शङ्करजीले महसूस गर्नुभएजस्तै मैले पनि समयको पावन्दीले गर्दा जिल्लाकै प्रथम, द्वितीय भई खेल्दै आएको खेलाडी भएर पनि बुद्धिचाल खेलबाट पर सर्दै आएको व्यक्ति हुँ । काभ्रे बुद्धिचाल संघ खोल्दाताका मेरा मित्र शङ्करजीसँग शिक्षक आन्दोलनकै क्रममा संगठन निर्माण गर्ने क्रममा काभ्रेको अति विकट गाउँ घर्तिछापमा जुकालाई रगत चुसाउँदै हामी डाँडापारी पुगेको याद आइरहन्छ । शङ्कर काफ्लेलाई म सम्झिरहन्थेँ उहाँ मेरो चेस खेलका मित्र मात्र नभई शिक्षक आन्दोलनका मित्र पनि होैं । उहाँले यस ग्रन्थमा लेख्नुभएजस्तै “दक्षिणपन्थी हुनुभएर पनि वामपन्थीहरु कमानसिंह लामा र मोहन दुवालसँगै घर्तिछापमा” पुग्नुभएको स्मृति मलाई पनि आइरहन्छ ।
सानै १० वर्ष छँदा नै शिक्षक हुन भ्याएका शङ्करजीका धेरैजसो समय शिक्षामा र त्यसपछि बुद्धिचाल लगायत अन्य खेल संसारमा बिताइएको पाइन्छ । पछिल्लो कालखण्डमा उहाँले आफूलाई राजनीतिमा सक्रिय तुल्याउन राष्ट्रिय पञ्चायतका लागि सदस्यका रुपमा २०४२ सालतिर उठ्नुभयो । प्रधानपञ्च पदमा पनि दुईपटक हार्नुभयो । तर पनि हार मान्नुभएन र उहाँ राजनीतिमा केहीक्षण लागिरहनुभयो । २०४६ सालताका उहाँ राप्रपा (चन्द) समूहमा लाग्नुभयो । शङ्कर काफ्लेजी राजनीतिमा त्यति प्रभावकारीढङ्गमा अगाडि आउन सक्नुभएन । यस खालको नियति नै उहाँको राजनीति–नियति भयो ।
शङ्करजी आफूलाई नलुकाइकन यसरी लेख्नुहुन्छ – “मलाई धेरै किसिमका नशा लागे – बुद्धिचाल खेल्ने, धुम्रपान गर्ने, तासजुवा खेल्ने, रमाइलो गर्ने र राजनीति । अरु नशालाई मैले बेलैमा पहिचान गरेर छोडेँ, निवृत्त भएँ । तर राजनीतिले मलाई आकर्षण गरिरह्यो । गरेकै छ । यसलाई चाहिँ परास्त गर्न सकिएन । अगाडि उहाँ लेख्नुहुन्छ – “सबभन्दा पहिले त राज्य हाँक्ने नेताहरुको नैतिकता सुधार्नुपर्छ । नेताहरु सुध्रिनुपर्छ, कसूर गर्ने नेताहरुलाई नै न्यायको कठघरामा ल्याउनुपर्छ …. नत्र त नेपालले आफ्नो अस्तित्व जोगाउनै मुस्किल पर्छ है ।” शङ्करजीको जीवनले सार्थकता पाओस् – शुभकामना भनिरहेछु ।
४) रामशरण लुईंटेल – २००४ असार ५ गते भमरकोटमा जन्मिनुभएका रामशरण लुईंटेलले सुरु–सुरुमा गणेश प्राविमा शिक्षक हुनुभई सेवामात्र पु¥याउनु भएन उहाँले जागृति पुस्तकालय सञ्चालनमा सहयोग पनि गर्नुभएको देखिन्छ । साहित्यकार कृष्णप्रसाद पराजुलीको सङ्गतले थुप्रै प्रेरणा प्राप्त गर्न सफल उहाँ रोयल नेपाल एकेडेमीमा पनि कर्मचारी हुनुभएर सेवा पु¥याएको देखिन्छ । २०३० सालतिर आनन्दकुटी विद्यापीठमा १ वर्ष अध्यापन गर्न भ्याउनुभएका लुईंटेलले २०४० सालदेखि बीचमा साढे दुई वर्ष महेन्द्र क्याम्पस, धरानमा जानुभएको अवधिलाई छोडेर २०६३ सालसम्म काभ्रे बहुमुखी क्याम्पस, बनेपामा प्राध्यापक भई सेवा गर्नुभएको देखिन्छ ।
पाँचखालस्थित सर्वमंगला बहुमुखी क्याम्पसको संचालन, संस्थापनमा निःस्वार्थ सेवा पु¥याउनुहुने रामशरणजीले धेरै वर्षसम्म निःशुल्क क्याम्पस प्रमुख भएर सेवा गर्नुभएको देखिन्छ । २ वर्ष विद्यालयमा शिक्षक भई सेवा गर्नुभएका उहाँले करिव २८ वर्ष क्याम्पसस्तरमा अध्यापन गर्नुभयो र आफूलाई प्राध्यापकका रुपमा चिनाउनु भयो । शिक्षणसेवाका अतिरिक्त उहाँले सामाजिक सेवाको नाममा काभ्रे जेसिज, नेपाल परिवार नियोजन संघ, नेपाल रेडक्रस सोसाइटी, सामाजिक सेवा समिति, सामाजिक संस्था जिल्ला समन्वय समिति, काभ्रे शिक्षा विकास प्रतिष्ठान, काभ्रे मावि, केदारनाथ प्रधान स्मृति प्रतिष्ठान, लुईंटेल प्रतिष्ठानमा रहनुभएर थुप्रै खालका सामाजिक सेवाका कार्यहरुमा पनि लाग्नुभयो । भमरकोटमा विजुली पु¥याउने, खानेपानी पु¥याउने कार्यमा पनि मन दिनुभएर उहाँले सेवा गर्नुभएको देखिन्छ ।
२०४५ पौषमा त्रिविविको आङ्गिक क्याम्पस महेन्द्र क्याम्पस, धरानमा प्राध्यापन गर्न पुग्नुभएका उहाँ २०४८ साल जेठमा सरस्वती क्याम्पस, काठमाडौंमा प्राध्यापन गर्न सुरु गर्नुभयो । थुप्रै ठाउँमा पुग्नुभएर प्राध्यापन सेवामा आफूलाई समर्पित गर्नुभएका उहाँले पछि पाँचखालको सर्वमंगलामा र बनेपाको काभ्रे बहुमुखी क्याम्पसमा सेवा गर्नुभयो । सर्वमंगला बहुमुखी क्याम्पस, पाँचखालमा उहाँ संचालक समितिको सचिव रहनुका साथै उक्त क्याम्पसमा निःशुल्क क्याम्पस प्रमुख हुनुभई ४ वर्षसम्म सेवामा खटिनुभयो ।
काभ्रे बहुमुखी क्याम्पसको संचालक समितिको जिम्मेवार पदमा रही सुरुदेखि हालसम्म पनि सेवा गर्दै आएकोले यस क्याम्पसमा उहाँले पु¥याउनुभएको शिक्षण सेवा र सहयोग नजिकैबाट देख्न पाएको र उहाँको दक्षताबाट म आफू प्रभावित पनि थिएँ । अझ भनौं केदारनाथ प्रधान स्मृति प्रतिष्ठानमा त करिव १५ वर्षसम्म अध्यक्ष रहेर हाल संरक्षक भई सेवा र सुझाव दिंदै आएको कारणले उक्त प्रतिष्ठानमार्फत् त झनै नजिकले रामशरणसरलाई नियाल्न पाएको हुँ । काभ्रे माविको स्थापना कालदेखि हालसम्म संचालक समितिमा रहनुभई सेवा पु¥याउँदै आउनुहुने उहाँको शैक्षिक अनुहार काभ्रे माविमा पनि छाम्न पाएको हुँ । मलाई भन्न मन लाग्छ – “लुईंटेलसर भमरकोटबाट उदाइएका एक खालको शैक्षिक रङ्ग हुनुभएको छ जुन रङ्ग राष्ट्रमा पनि देखिंदो छ; जुन जिल्लामा विख्यात छ – यात्राका लागि शुभकामना छ ।
५) नरेन्द्रजङ्ग पिटर – काभ्रे भमरकोटबाट व्यवसाय गर्नका लागि नेपालगञ्ज पुग्नुभएका नरेन्द्रजङ्ग पिटरले गणेश प्राथमिक विद्यालय र संजीवनी मावि, धुलिखेलबाट हाईस्कूलसम्मको शिक्षा आर्जन गर्नुभएको देखिन्छ । जीवन बिताउने क्रममा उहाँले रक्सौलको क्लिनिक, पूर्वी चितवन, भण्डारा नेपालगञ्जको व्यापारी बन्दै राजनीतिमा होमिएका एकजना तर्कशील व्यक्तित्व हुनुहुन्छ । माओवादी पार्टीमा सङ्लग्न रहनुभई राजनीतिमा होमिनुभएका उहाँ हाल ‘म माओवादी पार्टीबाट अवकाश प्राप्त छौं ।” लेख्नुहुन्छ ।
‘भमरकोटका नवरङ्ग’ पुस्तकमा उहाँको ‘बकपत्र’ प्रकाशित छ । उक्त बकपत्रमा उहाँले निकै सुन्दर भाषामा आफ्नो कुराहरु पोख्नुभएको छ । नरेन्द्रजीलाई म टाढै र नजिकबाट नियाल्दै आएको हुनाले उहाँको विचार सुन्दै र बुझ्दै आउन पाएको हुँ । उहाँ आफ्ना विचारहरु स्पष्ट राख्नुहुन्छ । उहाँ आफ्ना विचारहरु राष्ट्रिय पत्र–पत्रिकामा राख्दै आउनुहुने वौद्धिक व्यक्तित्व हुनुहुन्छ । ‘बकपत्र’ मा उहाँले आफ्नो विचार र दृष्टिलाई कथाजस्तै बनाएर पोख्नुभएको छ । उच्चकोटीको भाषाशैली, कथनमा दूर–दृष्टि र मार्मिकता पोखिएको छ । राजनीतिमा भन्दा साहित्य, कला, संस्कृतिमा पो पोखिनुपर्ने व्यक्तित्व रहेछजस्तो लाग्यो ‘बकपत्र’ पढिसिध्याउँदा ।
बकपत्रमा उहाँ यसरी पोखिनुहुन्छ – “म एकजना अत्यन्तै गरिव किसान पुत्रबाट घुम्दै, फिर्दै, ठक्कर खाँदै अवस्थित जीवन सुरुवात गरेको मान्छे ।” भन्दै उहाँ आफूलाई प्रष्ट पार्दै अगाडि लेख्नुहुन्छ – “जनयुद्धमा हेलिनु पहिलो कुरा हो ………. र म माओवादी पार्टीबाट अवकाश प्राप्त छौं, सेवा निवृत्त छौं ।” उहाँले साहित्यिक भाषामा आफूलाई यसरी यस लेखमा पोख्नुभएको छ – “डाँफे र झिगुखोलाको सम्झना, काजीको वन र राक्सेका घनाजङ्गलका घाँसदाउरा र गोठाला हुँदाका क्षण । देउसी र भैलोको सुरिलो भाका गाएका दिन, जन्तीबेला सिलोकमा जुहारी खेलका कोसीपारी र कोसीपारीका ती एकएक पल सिनेमाको रिल जसरी घुमिरहेका छन् । ती रोटे, लिङ्गे र जाँते पिङ्ग, हुटुटुट कपर्दी, गिर र छेलो हनाइ, कालीमाटीका कलाकारिताका मोटर बनाएर खेलेका क्षण । भूतसँग लडेर पानी चोरेको चकमन्न रात । पाँचदशक पहिला आफ्नो कोखिय नाम नुनिन्द्र दुलाल काभ्रेली आफन्तहरुको पोल्टोमा नासो सुरक्षित राख्दै तराई मधेस हुँइकिएको थिएँ । नरेन्द्रजङ्ग पिटरको न्वारान गर्दै सामाजिक परिवर्तनको द्रष्टा, भोक्ता, रमिते र तमासे नबनी सक्रिय सहभागिता जनाएर त्यसै नाममा साहित्यिक, वौद्धिक, पत्रकारिता, राजनीतिक र व्यावहारिक अभ्यास गरेँ ।
यस्तै खालका भोगाइका प्रतिरुप हुनुहुन्थ्यो – नरेन्द्रजङ्ग पिटर । मलाई लाग्छ; अहिलेको राजनीति देखेर, राजनीतिक कृयाकलाप हेरेर उहाँले लेख्नुभएजस्तै – “गर्नेको खुट्टा काट्ने र आफैं केही नगर्ने, धिक्कार ।” यसैगरी उहाँसँग मिलेर मलाई भन्न मन लाग्यो – “पारङ्गत भनिने पाइन्टबाबु र जिन्दाबाद मुर्दाबादमा रमाउनेलाई सराप्ने दिन छिट्टै आउनेछन् ।” काभ्रेका एकजना वौद्धिक व्यक्तित्व जसले राजनीति गर्नुभएर पनि साहित्यलाई मन पराउनुभयो, उहाँले बीसौं वर्ष अगाडि दाङ्को साहित्यिक कार्यक्रममा भाग लिन जाने क्रममा मलाई नेपालगञ्जमा स्वागत गर्नुभएर मेरो जनमतको यात्रालाई सबैमा पु¥याउने मौका दिनुभई मलाई सुनिदिनुभएको झलझली सम्झना हुने कार्य गर्नुभएर मलाई साथ दिनुभयो । उहाँको व्यक्तित्वमा उच्चता थपिंदै जाओस् – शुभकामना छ । क्रमशः
प्रभातफेरी अनलाईन
बनेपा नपा-५,राजदास मार्ग
९८५११२८४५०,९८४१४२८४५०
प्रा.फम द. नं.: ९६७९/०७६/०७७
सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५
संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |
समाचारदाता : | बिपशना शाक्य सम्पर्क: ९८४३७२९१७५ |