प्रभातफेरी अनलाइन ३३८ पटक पढिएको प्रकाशित मिति: २०७९ मंसिर २१, बुधबार (३ साल अघि)
प्रकाश पाठक “योगी”, भरतपुर २३, चितवन
हाल ः– दोहा कतार
के गर्दैछौ तिमीले काज नयाँ नयाँ
सुन्दैछु अचेल मैले राज नयाँ नयाँ
परदेशमा छोराले बिरामी छु भन्छ
रुन्छ मन देखेर जहाज नयाँ नयाँ
आफ्नै प्रेमको भर बिश्वास नगरी
बदनामको लगायौ ताज नयाँ नयाँ
खै कस्को भर गरेर हिड्नु यहाँ म
भेटिए हरदम धोखेबाज नयाँ नयाँ
यो बस्ती पुरानो भनि छोड्नेहरुको
सुन्दर होला त्यो समाज नयाँ नयाँ
यी अधर चुमेको पहिले भुलेर हो र ?
सुहागरातमा देख्छु लाज नयाँ नयाँ
आचानो उहि हो अनि खुकुरी उहि
थियो प्रहार गर्ने अन्दाज नयाँ नयाँ
प्रभातफेरी अनलाईन
बनेपा नपा-५,राजदास मार्ग
९८५११२८४५०,९८४१४२८४५०
प्रा.फम द. नं.: ९६७९/०७६/०७७
सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५
| संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
| सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |