प्रभातफेरी अनलाइन३६७ पटक पढिएको प्रकाशित मिति: २०७९ मंसिर २१, बुधबार(३ साल अघि)
परशु घिमिरे
ह्याल्मोहरूको इतिहासलाई विदेशी इतिहासकार, समाजशास्त्री तथा मानवशास्त्रीहरूको नजरले हेर्दा १५औं शताब्दीदेखिको मात्र पाइन्छ । विदेशी इतिहासकारहरूले ह्याल्मो समुदायलाई तिब्बतबाट बसाईँसराइ गरेर नेपाल आएको मानेका छन् । यी सबै विदेशी इतिहासकार, समाजशास्त्री तथा मानवशास्त्रीहरूले आधार मानेका मुख्य प्रमाणहरूमा ‘तार्केघ्याङमा गुम्बाका लागि तत्कालीन मल्ल राजाले दिएको ताम्रपत्र’ हालको तिब्बतमा जन्मिएर पछि नेपाल भित्रिएका गुरु निमा सिंगे रांगेको नेपाल प्रवेशलगायतका कुरालाई मूल आधारका रूपमा लिएका छन् । विदेशी विद्वानहरूले तत्काल आपूmहरूले पाएको प्रमाण, भाषाका कठिनाइ, दुर्गम क्षेत्रको कठिन यात्रालगायतका कारण ह्याल्मोहरूलाई ‘तिब्बती’ बिल्ला भिराएर नेपालमा १५औं शताब्दीदेखि मात्र ह्याल्मोहरू आएको दाबी गरेका हुन् । उनीहरूले ह्याल्मोलाई केरुङसँग जोडेर मात्र हेरेका छन् । बौद्ध दर्शनमा ‘यात्रा वृत्तान्त, जीवनी, संकेत चिन्हहरू, रीतिरिवाज, परम्परा, भाषा र संस्कृतिलाई पनि विदेशी विद्वानहरूको सतही विश्लेषणले ओझेलमा पारेको छ । अहिले पनि धेरै लामा गुरुहरू आपूmहरू तिब्बती भएको गलत बुझाई बोकेर बसेका छन् । हेलम्बुमा स्थानीयमाझ चलेको एउटा शब्द ‘भेरुल’ हो, यो शब्दको प्रचलन १५औं शताब्दीताका सुरु भएको अनुमान गर्न सकिने यथेष्ट आधारहरू फेला पर्छन् । यो शब्द १५औं शताब्दीपछि हेलम्बु भित्रिएका सीमित व्यक्ति वा स–साना समूहलाई लक्षित गरेर परापूर्वकालदेखि ह्याल्मो क्षेत्रमा बसोबास गर्दै आएका आदिवासी, जनजाति ह्याल्मोहरूले प्रयोग गरेका हुन् । यो शब्दको शाब्दिक अर्थ बाहिरबाट आएको भन्ने बुझिन्छ । अब १५औं शताब्दीमा हेलम्बुमा बाहिरबाट मानिसहरू आएको आधारमा ‘भेरुल’ शब्दको प्रयोग कत्तिको सान्दर्भिक छ त ? के १५औं शताब्दीमा हेलम्बुमा बाहिरका मानिसहरू भित्रिनुपर्ने आधारहरू थिए त ? यसले दुईवटा कुरालाई इंगित गर्दछ । पहिलो, हेलम्बु क्षेत्रमा पहिलेदेखि नै स्थानीय वासिन्दा थिए, जसका कारण बाहिरबाट आएकालाई चिन्हाउन ‘भेरुल’ शब्दको प्रयोग गरियो । दोस्रो, बाहिरबाट आएकाहरू तिब्बती थिए वा नेपाली नै थिए त ?
के ह्याल्मोहरू तिब्बती हुन् त ?
भे– तिब्बत
रुल– कुहिएको, सडेको
ल्हासा केन्द्रित वा काठमाडौंकेन्द्रित केही इतिहासकारले (स्वदेशी÷विदेशी) आपूmहरूलाई उपलब्ध राजाज्ञा, सरकारी चिठीपत्र, आदेश, विन्तीपत्र, ताम्रपत्र, तमसुक आदि प्रमाणलाई आधार मानेर समग्र हेलम्बु क्षेत्रलाई १७औं शताब्दी आसपासमात्र आबद्ध भएको देखाएका छन् । नेपालमा केही सीमित स्थानमा बाहेक इतिहास नै लेख्ने गरी प्रमाणहरू जुटाउने प्रचलन पनि १७औं शताब्दीकै आसपासमा सुरु भएको हो । बौद्ध धर्म र विशेषतः तन्त्र साधनामा सिद्ध गुरुहरूले ८औं शताब्दीअघिदेखि नै आपूmले आफ्नो कार्यकालमा गरेका काम, शान्ति र धर्मसँग सम्बन्धित आदेशलगायतका कुराहरू टिपोट गर्ने प्रचलन थियो । सर्वसाधारणसँग सहज पहुँचमा नहुने दलाई लामा, पाञ्चेन लामा वा सिद्ध योगी ‘रिन्पोछे’ हरूले यस्ता पुराना इतिहास बेलाबेला सार्वजनिक गर्दछन् । पद्मसम्भवलाई मूल गुरु मान्ने सबैले रिवो पाल्बार र ह्याल्मो गरी दुई क्षेत्रका बारेमा राम्रो जानकारी राखेका हुन्छन् । यी दुई क्षेत्रलाई ‘पद्मसम्भव’ ले गुप्त निधि रहेका क्षेत्रका रूपमा व्याख्या गरेका छन् ।
आरा काट्ने, बारीमा ढुंगाको गा¥हो लगाउने काम नगरेका होइनन् । स्वार्थ पूरा भएपछि कता हराए ? केही पत्तो पाईएन । त्यो पनि एक खालको जनदिशा नै थियो । आफूले व्यबहारमा लागू गरेपछि बल्ल थाहा भयो ।
एउटा स्वाँरा खेतको धान काटीसकेपछि घर फर्केर खाना खाएर आराम गरियो । असली क्रान्तिकारी जीवन त बल्ल पो शुरुआत भयो । अनि फेरि बेलुकी साँझ परेपछि उही भूतको यात्रा शुरु भयो । फेरि रातभर हिंडेपछी उज्यालो हुने शंकर लामा (भिमसेन) को घर तत्कालीन घ्याङ सुकाठोकर गा.वि.स. को मुकुनेमा पुगियो । त्यहाँ पुगेपछि बल्ल सन्तोषको स्वास फेरियो । किनकि त्यो ठाउँ त्यतिबेला आधार ईलाका जस्तै रहेछ । जे जे गरे पनि खुल्लमखुला गर्न पाईने रहेछ । जनताहरू पनि ईमान्दार र क्रान्तिकारी रहेछन् । त्यहाँ केही दिन बस्दै क्रान्तिका थप योजनाहरूमा लाग्यौं ।