logo
२०८३ अषाढ ५, शुक्रबार |
📰
🔍

केहि सुत्रकथाहरू

प्रभातफेरी अनलाइन४१९ पटक पढिएको प्रकाशित मिति: २०७९ मंसिर २७, मंगलबार(३ साल अघि)
केहि सुत्रकथाहरू

राजु क्षेत्री अपुरो
कास्की लहाचोक

१. रिस
उनी कुर्सिमा थचक्क बस्दै थिए, बसाईमा सन्तुलन बिग्रीयो । उनी जमिनमा पछारिए ।
त्यसपछि उनले कुर्सिका चारैवटा खुट्टा भाँच्न थाले ।

२. लाइफ पार्टनर
उसले बिहे ग¥यो । बिहेको फोटो फेसबुकमा अपलोड ग¥यो । क्यापसनमा लेख्यो – “माइ लाइफ पार्टनर”
यो उसको तेस्रो बिहे थियो र क्याप्सन पनि तेस्रै पटक थियो ।

३. नजर
ऊ मन्चमा सम्मानित हुँदै थियो । टाई र सुट लगाएको उसलाई खुब सुहाएको भनेर प्रशंसा गर्नेहरू एक हुल पुरुषहरू थिए ।
हुलमा केही महिलाहरू उसलाई सर्वा·ै ना·ै देख्दै थिए ।

४. व्यस्तता
उसको मोबाइलमा घन्टी बज्यो । उठाएन । लेख्यो, म अति व्यस्त छु । तुरुन्त अर्को कल आयो उठायो । ऊ सँग खुब बोल्यो । कल गर्ने एकै घरका सदस्यहरू थिए । पहिलो कल दाजुको थियो, दोश्रो कल कलेज पढ्ने बहिनीको थियो ।

५. टिभी सिरियल
“भाउजू ! सानो भाइ भुईंमा लडेर रोईरहेको छ– बाहिरबाट आवाज आयो ।” उनले भित्रदेखी भनिन् “निकै चकचके छ । एकछिन पख न । विज्ञापन आउन देउ ।”