Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Advertisement
SKIP THIS
Logo
२०८२ चैत्र ९, सोमबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

धर्म निरपेक्षतालाई आत्मसाथ गर्नसक्नु नै नेपालीहरुको महान् सहिष्णुता हो ः थापा

प्रभातफेरी अनलाइन ८७३ पटक पढिएको प्रकाशित मिति: २०७९ पौष १२, मंगलबार (३ साल अघि)
धर्म निरपेक्षतालाई आत्मसाथ गर्नसक्नु नै नेपालीहरुको महान् सहिष्णुता हो ः थापा

सन्दर्भः क्रिसमस डे

काभ्रे । अनेकताभित्र एकताको पहिचान दिने नेपाली परम्परा, धर्म, संस्कृतिकै उपजको रुपमा नेपाली समाज अगाडि बढिरहेको तथ्यको पुष्टि इसाई धर्मप्रतिको झुकावलाई लिन सकिन्छ ।
इसाई धर्मावलम्बीहरुको महान् पर्व क्रिष्टमसको अवसरमा विश्वभरि नै विविध कार्यक्रमका साथ मनाइरहँदा हाम्रा गाउँबस्ती पनि त्योबाट अछूतो रहने कुरै रहेन । जसको ज्वलन्त उदाहरण काभ्रेमा रहेका इसाईहरुमध्येको पनि एडभेन्टिज अन्तर्गत सञ्चालनमा रहेका धर्मावलम्बीहरुले यो हप्ता विविध कार्यक्रम गरेर धर्म निरपेक्षताको महत्व दर्शाएका छन् । यसैबिच शीर मेमोरियल एडभेन्टिज अस्पतालले आइतबार आयोजना गरेको कार्यक्रममा सहभागी वक्ताहरुले धर्म निरपेक्षताका बारेमा खुलेर प्रशंसा गरेका थिए ।
कार्यक्रमका आकर्षक व्यक्तित्व बनेपा नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष बलराम अधिकारीले हामीले परम्परादेखि नै अनेकताभित्र एकताको पहिचान दिएर आइरहेका छौं । जुन किसिमको विविधता छ हामीसँग यसले विश्व राजनीति मात्र नभई धार्मिक क्षेत्रलाई समेत प्रेरणादायी भूमिका निभाउन महत्वपूर्ण कसीका रुपमा सावित भएको छ । अनेकताभित्रको एकताले प्रत्येक धर्म, संस्कृतिलाई आ–आफ्नो क्षेत्राधिकारभित्र रहेर समाजमा सामाजिक दायित्व निर्वाह गर्न प्रेरित गरिरहेको छ । यसैको बिचमा धर्म कसैको नीजि हुँदैन, यो सामाजिक हुन्छ, सामाजिक संस्कार बोकेको हुन्छ, सामाजिक दायित्व बोकेको हुन्छ, सामाजिक परिवर्तनको संवाहक बनेको हुन्छ धर्म । नेपालको संविधानले धर्मलाई प्रष्ट रुपमा परिभाषित गरेको छ । यहाँ सबै जाति, धर्म, परम्पराले निसंकोच आफ्ना गतिविधिहरु सञ्चालन गर्न सक्छन् । यो उपलब्धी हासिल त्यतिकै भएको छैन । हजारौं शहिदहरुको बलिदानबाट प्राप्त यो अधिकारलाई संरक्षण गर्नु प्रत्येक धर्मावलम्बीहरुको दायित्व पनि रहन्छ भन्न पछि पर्नु भएन नेता अधिकारी ।
शीर मेमोरियल अस्पतालका वरिष्ठ प्रशासकीय अधिकृत सुन्दर थापा मगरको कथन थियो– धर्म निरपेक्षतालाई आत्मसाथ गर्नसक्नु नै नेपालीहरुको महान् सहिष्णुता हो । आज जुन उल्लासमय वातावरणमा क्रिसमस मनाइरहेका छौं, यो अवस्था त्यतिकै प्राप्त भएको छैन । त्यसैले ति दिनतर्फ पनि हामीले स्मरण गर्न जरुरी छ । यदि नेपालमा ०६२÷६३ को आन्दोलन र १० वर्षे जनयुद्ध उठेको थिएन भने आज यो खुल्ला वातावरणमा हजारौंको उपस्थितिमा यस किसिमका कार्यक्रमहरु कल्पना पनि गर्न सक्ने थिएनौं भन्नुहुँदै अतिततर्फ आफूले भोगेका दर्दनाक पीडाहरुलाई सारमा राख्दै धर्म परिवर्तनका नाउँमा कयौं विश्वासीहरुले जेल जीवन बिताउनुपरेको पीडाहरु समेत संवादको क्रममा अधिकृत थापाले व्यक्त गर्नुभयो ।
कार्यक्रममा सहभागी त्रिरत्न मानन्धरको प्रतिक्रिया अलि फरक पाइएको थियो । आज माओवादीलाई जसरी हेरिन्छ, त्यो गलत भएको जिकीर गर्दै यदि माओवादी मर्न र मारिन तयार भएर आन्दोलनको ज्वारभाटा सिर्जना गरेर नहोमिएको भए नेपालमा धर्म निरपेक्षता आउने थिएन । त्यो अवस्थामा हामी विश्वासी भन्नेहरुले के–कस्तो दुर्दशा व्यहोर्नु पथ्र्याे होला, कल्पना पनि गर्न सक्दैनौं । किनकी मेरो जीवनमा ०३७ सालदेखिको अनुभव सँगाल्ने अवसर मिलेको छ । जतिबेला मुलुकमा पञ्चायत शासन र बहुदल नामको शासन चलिरहेको थियो, त्यतिबेला विश्वासीहरुको अनुहार पनि हेर्न नपरोस् भन्ने खालका गतिविधिहरु मैले भोगेको छु । प्रशासनदेखि जुनसुकै तह र तप्का पनि विश्वासीहरुलाई हेर्ने दृष्टिकोण अत्यन्तै क्रुर थियो । जब माओवादीले बन्दुक उठायो र राजनीतिक एजेण्डाको रुपमा धर्म निरपेक्षतालाई अगाडि बढायो, त्यसैको प्रतिफल स्वरुप आज उल्लासमय वातावरणमा हामीले क्रिसमस डे मनाउन पाइरहेका छौं । त्यसैले यो उपलब्धीको रक्षा गर्नु माओवादीजनको मात्र दायित्व होइन, प्रत्येक विश्वासीहरुको अझ बढी रहेको मैले पाएको छु भन्दै मानन्धर थप्नुहुन्छ– माओवादीले त राजनीतिक एजेण्डाको रुपमा स्थापित ग¥यो । अब यसको संरक्षण गर्ने दायित्व तपाईं, हामी प्रत्येक विश्वासीको काँधमा आएको छ । यो जिम्मेवारी पूरा गर्न सक्यौं भने मात्र हामी सच्चा विश्वासी ठहरिनेछांै भन्न पछि पर्नु भएन मानन्धर ।
एभरेष्ट ऐकेडेमी र शीर मेमोरियल एडभेन्टिज अस्पतालले आयोजना गरेको क्रिसमस डेमा विद्यालयका भाइबहिनीहरुले विभिन्न पहिचान झल्किने नृत्य प्रस्तुत गरेका थिए भने उक्त उत्सवलाई सामाजिक क्षेत्रका दिग्गज व्यक्तित्वहरु बलराम अधिकारी, संस्थापक अध्यक्ष सुन्दर थापा मगर, प्रिन्सिपल अर्जुन थापा, पाष्टर ए.एम पुरी, पाष्टर तारामणि प्रसाई, उमेश यमन थापा, पुकार श्रेष्ठ लगायतका वक्ताहरुले यशु र उनका अनुयायीहरुका बारेमा चर्चा गर्दै क्रिसमस डे मनाउनुको अर्थ समेत प्रष्ट्याएका थिए ।
कार्यक्रममा सहभागी अतिथि एवं उत्कृष्टता प्राप्त गर्नुहुने टोलीहरुलाई विद्यालयका संस्थापक अध्यक्ष सुन्दर थापा मगरद्वारा सम्मान गरिएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
प्रमुख समाचार सम्बन्धि थप
  • कुनै पनि भ्रमित हल्लाको पछि नलाग्न नेत्ता प्रचण्डको आग्रह

    कुनै पनि भ्रमित हल्लाको पछि नलाग्न नेत्ता प्रचण्डको आग्रह

  • काभ्रे/काभ्रे क्षेत्र नम्बर २ को निर्वाचन जहिल्यै रोचक हुने गर्छ

    काभ्रे/काभ्रे क्षेत्र नम्बर २ को निर्वाचन जहिल्यै रोचक हुने गर्छ

  • नेकपाका युवा संगठनद्वारा निर्वाचनमा ‘एक बुथ, २० युथ’ अभियान सञ्चालन

    नेकपाका युवा संगठनद्वारा निर्वाचनमा ‘एक बुथ, २० युथ’ अभियान सञ्चालन

  • जेष्ठ नागरिक सम्बन्धी बसुन्धराको प्रतिबद्धता : जेष्ठ नागरिकलाई सम्मानजनक, सुरक्षित र आत्मनिर्भर जीवनको सुनिश्चितताका लागि पहल गरिने

    जेष्ठ नागरिक सम्बन्धी बसुन्धराको प्रतिबद्धता : जेष्ठ नागरिकलाई सम्मानजनक, सुरक्षित र आत्मनिर्भर जीवनको सुनिश्चितताका लागि पहल गरिने

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0