Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Advertisement
SKIP THIS
Logo
२०८२ चैत्र ९, सोमबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

दिनदहाडै अस्ताईन् उषा (क. चमेली थामी)

प्रभातफेरी अनलाइन ४४५ पटक पढिएको प्रकाशित मिति: २०७९ पौष १२, मंगलबार (३ साल अघि)
दिनदहाडै अस्ताईन् उषा (क. चमेली थामी)

डम्बर थामी “अनुपम”

“संघर्ष बिना स्वतन्त्रता प्राप्त हुन्छ भन्ने कुरामा विश्वास गर्ने हामीलाई कुनै अधिकार छैन ।”
अर्नेष्टो चे ग्वेभारा

मैले फेरि यहाँ एक अन्तर्राष्ट्रियतावादी महान क्रान्तिकारी योद्धा (गुरिल्ला नेता) अर्नेष्टो चे ग्वेभाराको महावाणीलाई दोहो¥याएँ । उनी एक अन्तर्राष्ट्रियतावादी नेता थिए । उनी अर्जेन्टिनामा जन्मेका थिए । क्यूबालाई मुक्त गरे र बोलिभियामा लड्दालड्दै प्राणोत्सर्ग गरे । हुन त उनी पहिला डक्टर थिए । उनको ध्येय, उद्देश्य रोगीहरुको उपचार गर्ने र जनताको सेवा गर्ने थियो । रोगीहरुको उपचार गर्दागर्दै उनको यस्तो सोचाइ आयो कि पूरै मक्किएको व्यवस्था नै नबदलेसम्म जनताको सेवा गर्न असम्भव हुने देखेर क्रान्तिको बाटो रोजेका थिए । उनै महान क्रान्तिकारी योद्धाको यो महावाणी हामी सर्वहाराको लागि ठूलो शिक्षा बनेको छ । हात बाँधेर बस्यो भने केही चीज प्राप्त हुँदैन । ओरालो भेट्यो भने निर्जीव ढुंगा पनि गुड्छ । मुक्ति या स्वतन्त्रता पनि कठोर संघर्ष गरेर मात्रै प्राप्त हुन्छ । हामी पनि यस्तै यस्तै क्रान्तिकारी शिक्षाबाट उत्प्रेरित भएर नै वर्गसंघर्षको दावानलमा बिना हिच्किचाहट हाम फालेका थियौं । हजारौं वृद्ध–वृद्धा, बाल–वनिता, युवा–युवती, प्रौढ, महिला–पुरुष सबै सबै स्वतःस्फूर्त रूपमा क्रान्तिमा लामबद्ध भएका थिए । क्रान्तिमा लामबद्ध हुने ठूलो लहर र रहर चलेको थियो । साँच्चै स्वतन्त्रता प्राप्त हुन्छ भने हामी किन कुम्भकर्णे निद्रामा पर्ने ? बरु बलिदान दिन पनि पछि नपर्ने भनेर हजारौं लाखौं मान्छेहरु, क्रान्तिकारीहरु क्रान्तिमा सहभागी भए । हजारौं योद्धाहरुले बलिदानी पनि दिए । यो महान यात्रामा विभिन्न वर्ग, क्षेत्र, लिङ्ग, समुदाय र जातिहरु पनि सहभागी भएका थिए । हाम्रो थामी समुदाय पनि क्रान्तिको त्यो उर्लंदो भेलमा हाम फाल्यो । यसै सन्दर्भमा एक विरांगना चमेली थामी (क.उषा) को सम्झना स्वरुप केही कुराहरू उजागर गर्न गईरहेको छु ।
तत्कालीन समयमा मैले सैन्य उपब्यूरो सदस्यको हैसियतले बेथान स्मृति व्रिगेड, चौधौं बटालियन ए कम्पनी कमिशारको जिम्मेवारी सम्हालेको थिएँ । पार्टी संगठनबाट फेरि एकैचोटि सैन्य संगठनतिर पुग्दा नौलो अनुभूति भईरहेको थियो । र एक प्रकारको चुनौती पनि थपिएको थियो । सरकार र विद्रोही माओवादी बीच शान्ति वार्ता पनि चलिरहेको थियो । र पाँच किलोमीटरको आचार संहिता लागू भई युद्धबिराम भएको थियो । (पाँच किलोमीटरको आचार संहिता चाहिँ हामी सरकारी सेनाको ब्यारेकभन्दा पाँच किलोमीटरभित्र जान नपाउने । सरकारी सेना आफ्नो ब्यारेक भन्दा पाँच किलोमीटर बाहिर आउन नपाउने भन्ने थियो । जनतालाई पनि आतंकित पार्न नपाउने आदि) यस्तो थोरै अनुकूल समयमा उच्च सतर्कता अपनाउँदै हामी सांगठनिक काम । प्राविधिक काम । आन्तरिक सुदृढीकरण लगायत फौजी तयारीको काममा पनि तीव्र गतिमा लागेका थियौं । किनकि शान्त वातावरणपछि भीषण आँधी आउने कुरालाई पनि हामीले बिर्सनु हुँदैन थियो । विभिन्न जिल्लाहरुबाट फोर्सहरु जम्मा गरेर जनमुक्ति सेनाको फर्मेशनहरु पुनर्गठन भईसकेका थिए । सेक्सनलाई प्लाटुनमा । प्लाटुनलाई कम्पनीमा । कम्पनीलाई बटालियनमा र बटालियनलाई व्रिगेडमा अपग्रेड गरिएको थियो । पूराना योद्धाहरुले कमान्ड गर्ने र नयाँ योद्धाहरुलाई सैन्य तालीम दिने काम पनि आ–आफ्नो फर्मेशनहरुमा चलिरहेकै थियो । प्राविधिक तालीमहरु पनि चलिरहेकै थियो । तर शान्ति वार्ता सफल हुन्छ कि भन्ने झिनो आशा पनि थियो । सरकारले ईमानदारीता देखाएको खण्डमा । तर सरकारी सेनाहरु पाँच किलोमीटरको आचार संहिता उल्लंघन गर्दै गाउँ बस्तीमा साँढे झैं डुक्रंदै तमासा देखाउँदै हिंडिरहेका थिए । यस्तो क्रियाकलापले जनताहरु त्रसित देखिन्थे । जनताले फेरि युद्ध शुरु हुने स्थितिको आंकलन गरिसकेका थिए ।
२०६० साल श्रावण ३२ गतेको दिन । दाङ जिल्लाको हापूरेमा सरकार र विद्रोही माओवादी बीच उच्च स्तरको वार्ता चलिरहेको थियो । त्यही दिनमै रामेछाप जिल्ला पार्टी एक नं एरिया कमिटीको पनि बैठक थियो । त्यो बैठक सम्पन्न गर्नको लागि रामेछाप जिल्ला पार्टीका सबै नेता कमरेडहरू दोरम्बा गईसकेका थिए । हाम्रो कम्पनीको पनि सेन्ट्री ड्युटीको लागि एक सेक्सन पठाएका थियौं । सेक्सन कमान्डर हर्क लक्ष्मी राई (क.बिमला) र सेक्सन सह कमान्डर चमेली थामी (क.उषा) को कमान्डमा हाम्रो टोली थियो । पार्टी एरिया सदस्य क. युवराज मोक्तानको घरमा बैठक चलिरहँदा सुराकी लागेर रामेछाप जिल्ला सदरमुकामबाट मेजर राममणी पोखरेलको कमान्डमा आएको तत्कालीन शाही सेनाको टोलीले जिल्ला जनसरकार प्रमुख क. बाबुराम लामा, एरिया सेक्रेटरी क. अम्बिका दाहाल थामी राष्ट्रिय मुक्ति मोर्चाका केन्द्रीय उपाध्यक्ष क. चतुरमान थामी लगायत २१ जना होनहार योद्धाहरुको बर्बर तरीकाले सामूहिक हत्या भयो । हाम्रो कम्पनीको पनि पाँच जना योद्धाहरुले शहादत प्राप्त गरे । जसमा सेक्सन कमान्डर हर्क लक्ष्मी राई (क. बिमला), सेक्सन सहकमाण्डर चमेली थामी (क. उषा), उमा कार्की (क. सहारा), भबी लामा (क. सोनाम) र जगत विश्वकर्मा (क. जमिन) थिए । (यो घटनाको विस्तृत व्याख्या पहिले नै उल्लेख गरिसकेको छु ।)
यो बर्बरतापूर्ण दोरम्बा हत्याकाण्डमा थामी समुदायबाट तीन जना योद्धाहरुले शहादत प्राप्त गरे । जसमा थामी राष्ट्रिय मुक्ति मोर्चाका केन्द्रीय उपाध्यक्ष तथा एरिया कमिटीका सदस्य चतुरमान थामी (क. समर), सेक्सन सहकमाण्डर चमेली थामी (क. उषा) र स्थानीय संगठनकी सोमाई थामी (क. संगीता) थिए । क. चतुरमान थामी निकै हक्की स्वभावका प्रखर क्रान्तिकारी थिए । उनी आफ्नो वर्ग र जातिको लागि सा¥है मरिमेट्ने पाको मान्छे थिए । हाम्रो अविभावक र एउटा इतिहास पनि थिए । उनी २०६० साल चैत १ र २ गते दोलखा जिल्लाको साविक लापिलाङ गा.वि.स. वडा नं ४ लापिलाङ मा.वि. मा भएको थामी राष्ट्रिय मुक्ति मोर्चाको पहिलो राष्ट्रिय सम्मेलनबाट केन्द्रीय उपाध्यक्ष चुनिएका थिए । भने क. उषाले पनि भर्खरै सेक्सन सहकमाण्डरको जिम्मा सम्हालेकी थिइन् ।
सो हत्याकाण्डमा शहादत प्राप्त गर्ने क. उषा सानैदेखि विद्रोही स्वभावको थिईन् । २०४० साल माघ १ गते बिहान भएको पिस्कर हत्याकाण्डमा थामी दाजुभाइले रगत बगाएपछि उनलाई पनि सानैदेखि क्रान्तिको गहिरो छाप बसेको थियो । देश र जनताको लागि केही गर्नुपर्छ भन्ने भावनाले ओतप्रोत भएर नै क्रान्तिमा लामबद्ध भएकी थिइन् । क्रान्तिमा लामबद्ध भईसकेपछि हरेक काम कार्वाहीहरु ईमान्दार ढंगले पूरा गर्ने उनको बानी थियो । पिस्कर हत्याकाण्डका नाईके मध्ये एक देवीजंग पाण्डे पनि त्यही गाउँका थिए । यस्तो फटाहा गाउँमै हुँदा सँधै उनको रगत उम्लिन्थ्यो । थामी दाजुभाइको रगतको बदला लिने कसम खाँदै उनी २०५९ सालमा क्रान्तिमा लामबद्ध भएकी थिइन् । क. उषाले धेरै मोर्चाहरु पनि बहादुरीपूर्वक लडेकी थिइन् । ओखलढुंगाको रुम्जाटार मोर्चा, सिन्धुलीको भिमान मोर्चा र सिराहाको लाहान मोर्चा लगायत अन्य थुप्रै भिडन्तहरुमा पनि बहादूरिपूर्वक लडेकी थिइन् । उनी जहिल्यै पनि मोर्चाको अग्रपंक्तिमा रहेर लड्थिन ।
क्रान्तिकारी विरांगना क. उषाको जन्म बुबा मैते थामी र आमा धनमाया थामीको कोखबाट २०४० साल मंसिर २५ गते सिन्धुपाल्चोक जिल्ला साबिक पिस्कर गा.वि.स. वडा नं ९ कुराथलीमा भएको थियो । सानैदेखि दाउरा, घाँस, चुलोचौको गर्दै क. उषाले गाउँकै स्कुलबाट नि.मा. वि. सम्मको शिक्षा हाँसिल गरेकी थिइन् ।
दोरम्बा हत्याकाण्डको दिन क. उषालाई गोली हानेर मारेपछि उनको लास तत्कालीन शाही सेनाले भीरबाट लडाई दिएको रहेछ । पछि हामीले जति खोजी गर्दा पनि नभेटेपछि बेपत्ता पारेछ भन्ने लागेको थियो । पछि मानवअधिकारवादी पत्रकारहरुले सबै शबहरुको परीक्षण गरेपछि उनको शब भेटाउन सकेनन् । अनि उनको शबको पनि व्यापक खोजी भयो । केही सीप नलागेपछि करिब एक महिनापछि उनको शब कुहिसकेपछि भीरको बीचबाट अस्थीपन्जर मात्रै निकालेर शाही सेनाले नै गाड्यो । जनताहरुले पछि हामीलाई सुनाएका थिए । “हामी घाँस काट्न जाँदा पो त्यो लास भीरको बीचमा अड्केको देख्यौं । स्याल र गिद्धहरुले मासु जति लुछेर खाँदै थिए । बाँकी रहेकोे मासु पनि पछि कुहिएर गयो । र हड्डी मात्र बाँकी रह्यो । त्यो लास माछाको काँडा जस्तै देखिन्थ्यो । कसैलाई भन्न पनि त्यतिखेर हामीलाई आँट आएन । हामीलाई सा¥है डर लागिरहेको थियो । पछि फेरि सेना गस्तीमा आउँदाखेरी उसैले गाडेर गयो ।“ यसरी एउटा सच्चा क्रान्तिकाकारी माटोमा बिलिन भएको हृदयविदारक क्षण कहिल्यै बिर्सन सकिँदैन ।
यसरी आफ्नो वर्ग, जाति र समुदायको मुक्तिको लागि मुक्ति या मृत्युलो शपथ खाएर वर्गसंघर्षको दावानलमा हाम फालेकी थामी समुदायकी एक विरांगना । अँध्यारोलाई सधैं नाश गर्ने क. उषा सिन्धुपाल्चोकमा जन्मिएर रामेछाप दोरम्बाको आकाशमा दिनदहाडै अस्ताईन् । चमेली थामी (क.उषा) प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%१%१%
प्रतिक्रिया दिनुहोस
लेख सम्बन्धि थप
  • Post Thumbnail

    अहिलेको बहस नाराको शासण कि नीतिको शासन

  • तत्कालीन अवस्थामा जनबिद्रोह किन भयो ? बहस गरौं !

    तत्कालीन अवस्थामा जनबिद्रोह किन भयो ? बहस गरौं !

  • Post Thumbnail

    देश विदेशमा आफूलाई चिनाउन सफल मोहन दुवाल

  • मार्साबको आधा घण्टा

    मार्साबको आधा घण्टा

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0