परशु घिमिरे
कोकाकोला ः गाँजा मिसिएको कोक बनाउने तयारीमा
कोरोना वियर ः गाँजा मिसिएको वियर बनाउने तयारी
हाइनिकेन ः गाँजा मिसिएको सोडापानी उत्पादनमा संलग्न
मोलसन कुअर्स ः अल्कोहल रहित गाँजा बियर उत्पादन
ओरिजिन ः गाँजाको फेसप्याक
सन् २०१८ मा अमेरिकी खाद्य तथा औषधी मन्त्रालय गाँजालाई औषधिको सूचीमा राखेपछि यसले विश्वव्यापी अर्थतन्त्रमा आउने परिवर्तनलाई लिएर अनेकौं खोज र अनुसन्धान भएको छ । ग्राण्ड भ्यू रिसर्चले प्रकाशित गरेको एक तथ्यांकअनुसार सन् २०२५ सम्ममा गाँजाको विश्वव्या सार्वजनिक गरेको पी कारोबार एक सय ४६ दशमलव चार अर्ब अमेरिकी डलर पुग्नेछ । क्यान्सर, मानसिक असन्तुलन, लामो समयदेखिको दुखाईलगायत अन्य विविध शारीरिक र मानसिक समस्या समाधानमा गाँजाले पार्ने सकारात्मक प्रभावका कारण यसको बजार आकाशिने दावी गरिएको छ । साथै, औषधिजन्यबाहेक रमाइलो, सौन्दर्य प्रशाधन र पेय तथा खाद्य पदार्थजस्ता वस्तु र गतिविधिमा प्रयोग हुने भएकाले पनि यसको बजार बढ्दै जाने निश्चित छ ।
विश्वका शक्तिशाली अमेरिका, क्यानडा, जर्मनीजस्ता राष्टहरु गाँजाबाट हुनसक्ने असिमित आर्थिक लाभका पछाडि रणनीतिक ढंगले अघि बढेका छन् । बेलायत, चीन र जापानजस्ता देशहरु यसबाट हुनसक्ने असिमित फाइदाबाट मुलुकको अर्थतन्त्र कायापलट गर्ने अभियानमा अनुसन्धान गरिरहेका छन् । अमेरिका र क्यानडालगायतका मुलुकले खर्बौं कमाउने देखेपछि चीन पनि अघोषित रुपमा गाँजा खेतीमा लागेको छ । भारतले गाँजाजन्य औषधिको उत्पादनमा अघि बढ्ने संकेत दिएको छ । रामदेव नेतृत्वको पतञ्जली आयुर्वेद लिमिटेडका प्रमुख कार्यकारी अधिकृत आचार्य बालकृष्णले दुई वर्ष अगाडी अन्तर्वार्तामा गाँजालाई अपराधको कोटिमा राख्न नहुने भन्दै आपूmहरुले समेत यसमा अनुसन्धान गरिरहेको खुलासा गरिरहेका छन् । खर्बौं रुपैयाँको नियमित आर्थिक लाभ हुने सम्भावना रहेको नेपालमा भने गाँजामाथिको प्रतिबन्ध किन भन्ने न्यायोचित जवाफसमेत भेटिएको छैन । मेरी कप्र्स नामक अमेरिकी संस्थाले सन् २००३ मा गरेको स्थलगत अध्ययन प्रतिवेदले समेत गाँजा प्रतिबन्धपछि रोल्पालगायतका पहाडी क्षेत्रमा गरिबी बढेको उदेकलाग्दो तथ्य सार्वजनिक गरेको छ ।
गाँजामा पाइने तत्व ः सीबीडी– क्यानबीडायललाई छोटकरीमा सीबीडी भनिन्छ । गाँजामा पाइने दुई प्रमुख तत्वमध्ये यो एक हो । यसले नशाको अनुभूति नगराईकन वा अत्यन्तै कम मात्र मानसिक प्रभावसहित रोग निदानमा भूमिका निर्वाह गर्दछ । हाम्रोमा परम्परागत रुपमा प्रयोग हुँदै आइरहेको भाङमा पनि सीबीडी हुन्छ । यसले धेरै प्रकारका रोगहरुको निदानमा भूमिका खेल्न सक्ने देखिएको छ ।
टीएचसी ः टेट्राहाइड्रो क्यानाबीनोललाई छोटकरीमा टीएचसी भनिन्छ । यसले नशाको अनुभूति गराएर मानसिक प्रभावसहित रोग निदानमा भूमिका निर्वाह गर्दछ । हाम्रो परम्परागत रुपमा प्रयोग हुँदै आइरहेको गाँजा वा भाङमा टीएचसी हुन्छ । यसले धेरै प्रकारका रोगको निदानमा भूमिका खेल्न सक्ने देखिएको छ ।
दुई सय वर्षअघि लेखिएको पुस्तकमा के छ ?
नेपाली गाँजा र चरेशबारे नेपालकै नाममा पुस्तक लेखेर लिखित रुपमा व्याख्या गर्ने पहिलो व्यक्ति सम्भवतः कर्णेल कर्कप्याट्रिक हुन् । उनले एन एकाउन्ट अफ दी किङ्डम अफ नेपाल लेखेका थिए । उनले सन् १७९८ देखि सन् १८०५ सम्म हैदनारावादमा बेलायती प्रतिनिधिका रुपमा काम गरेका थिए । लगत्तै चिकित्सक फ्रान्सिस बुचानन् ह्यामिल्टनले सन् १८०२ देखि १८०३ मा १४ महिना नेपालमा एन एकाउण्ट अफ दी किङ्डम अफ नेपाल नामक पुस्तक प्रकाशित गरेका छन् । यो पुस्तकमा लेखिएको छ– नेपालमा गाँजा एक प्रमुख झार हो ।
यो झारको नेपालमा खेती गरिँदैन र यसको अधिकतम उपयोग लागूपदार्थका रुपमा हुँदैन । यसको सुख्खा पात र चोप निकालेर प्रयोग गरिन्छ ।
पश्चिमा अनुसन्धानकर्ताहरुको नजरमा गाँजाका फाइदा
भगवान शिवसँग जोडिएर लेखिएका हिन्दू धार्मिक ग्रन्थहरमा प्रयोग गर्न जानेको खण्डमा यसमा अमृत्व पाइने उल्लेख छ । शुरुमा गाँजालाई छिःछिः दुरदुर गरेका पश्चिमा वैज्ञानिकहरुले नै पछि अनुसन्धानमार्पmत गाँजामा अमृत्व हुनसक्ने संकेत गरेका छन् ।
मन शान्त पार्ने, दुखाई निवारण, फोक्सोमा प्रभाव नपार्नेलगायतका विषयमा पश्चिमाहरुले गरेको अनुसन्धानसँगै यसले क्यान्सरबाट हुने पीडा कम गर्नेसमेत प्रमाणित भइसकेको छ । पूर्वीय विज्ञानका हजारौं वर्षअघिका ग्रन्थहरुमा गाँजाका असीमित फाइदाहरु यसअघि नै लिपिबद्ध भएको पाइन्छ ।
नेपालमा गाँजा प्रतिबन्ध गराउने अमेरिकामै खुल्ला
विगतमा नेपालजस्ता राष्ट्रलाई दबाब दिएर गाँजा प्रतिबन्ध लगाएको अमेरिकामै ३३ वटा प्रान्तमा गाँजाको प्रयोग वैध छ । अन्य १४ वटा प्रान्तमा गाँजामा पाइने टीएचसीको मात्रा तोकेर अपराध नमानिने व्यवस्था छ । अमेरिकाभित्र यो वर्ष ६ देखि ७ अर्ब अमेरिकी डलर बराबरको आंकलन गरिएको छ । सन् २०१७ मा अमेरिकाको कोलोराडोमा सन् २०१७ मा डेढ अर्ब बराबरको गैरऔषधिजन्य गाँजाको व्यापार भएको तथ्यांक छ । स्वच्छ हावापानी, चिसो वातावरण र ३० भन्दा बढी विश्व चर्चित पसलको सटर बन्द गर्न बाध्य भएका थिए ।
गाँजा, चरेशको ठेक्का ः गोरखापत्र दैनिकले गाँजा, चरेशको ठेक्का सम्बन्धमा अन्त शुल्क विभागको विक्रम सम्वत् २०२५ सालमा प्रकाशित गरेका सूचना ।
अन्तर्राष्ट्रिय बजार गाँजाको मूल्य
बर्लिनमा प्रतिकिलो साँढे १३ लाख रुपैयाँभन्दा बढीमा बिक्री हुने गाँजा नेपालमा प्रहरीलाई फाँड्नै फुर्सद छैन । नेपालमा अबैध भएको कारण यसको बजार मूल्यमा एकरुपता छैन । अवैध बनाइएकाले अर्बौं रुपैयाँ वर्षेनी गुमिरहेको छ । हाल नेपालमा गाँजा प्रतिकिलो १५ देखि २० हजार रुपैयाँ र चरेश दुई लाखदेखि चार लाख रुपैयाँ प्रतिकिलोका दरले अवैध बेचविखन भइरहेको छ । नेपालको गाँजा र चरेश आन्तरिक खपतबाहेक प्रायः सबै भारत जाने गरेको छ । अवैध रुपमा भारत पुग्ने नेपाली गाँजा तथा चरेश गुणस्तरका आधारमा वर्गीकरण गरेर प्रतिकिलो एक लाखदेखि आठ लाख रुपैयाँसम्ममा बिक्रि हुन्छ ।
अन्तर्राष्ट्रिय बजारमा गाँजा तथा चरेशको मूल्य (२०१९ अप्रिल २० मा लिइएको मूल्य)
काठमाडौं ः २० रुपैयाँदेखि चार सय रुपैयाँ प्रति ग्राम
क्यानडा ः आठ सय रुपैयाँदेखि ३५ सय रुपैयाँ प्रति ग्राम
अमेरिका ः १२ सय रुपैयाँदेखि ३३ सय रुपैयाँ प्रति ग्राम
बेल्जियम ः ११ सय रुपैयाँदेखि १८ सय रुपैयाँ प्रति ग्राम
नेदरल्याण्ड्स ः नौ सय रुपैयाँदेखि १६ सय रुपैयाँ प्रति ग्राम
जर्मनी ः १३ सय ६० रुपैयाँ प्रतिग्राम
गाँजाजन्य उत्पादनबाट आर्थिक कायापलट भएका दुई क्यानेडेली कम्निी
क्यानोपी ग्रोथ कर्पोरेसन
स्थापना ः सन् २०१३
उत्पादन ः औषधि र रमाइलोका लागि प्रयोग हुने गाँजाजन्य विविध सामग्री
शेयर मूल्यवृद्धि ः गत वर्ष मात्र ३ सय प्रतिशत
हालको कम्पनी बजार मूल्य ः १४ अर्ब अमेरिकी डलरभन्दा बढी
खुद आय ः सन् २०१७ मा करीब डेढ अर्ब अमेरिकी डलर
अरोरा
स्थपना ः सन् २०१४
उत्पादन ः औषधि र रमाइलोका लागि प्रयोग हुने गाँजाजन्य विविध विविध सामाग्री
प्रारम्भिक लगानी ः ५० लाख अमेरिकी डलर
हालको कम्पनी बजार मूल्य ः १२ अर्ब अमेरिकी डलरभन्दा बढी
खुद आय ः करीब साढे चार अर्ब अमेरिकी डलर, श्रोत ः सन् २०१७
रोल्पा र रुकुममा गरिवी बढेको उदेक लाग्दो तथ्यांक
स्थानीयहरुले आप्mनो जीवन शैली विगतमा उच्च रहेको दावी गरेका छन् । तनिदशकअघि उनीहरुको जीवनशैली नेपालको पश्चिमी पहाडी क्षेत्रमध्ये उच्च थियो । विश्व प्रसिद्ध गुणस्तरीय चरेश उत्पादनका सन् १९३० अघिदेखि सन् १९७० को दशकसम्म (नेपालमा प्रतिबन्ध लाग्नुअघि) खाद्यान्न, गरगहना लगायतका वस्तु खरिद गर्ने क्षमता कुनै अप्ठ्यारो थिएन । मगर समुदायका महिलाहरु सुन र चाँदीका गहना सहजै खरिद गर्ने क्षमता राख्थें र रोजगारीका लागि विदेशिनु पर्ने बाध्यता थिएन । दोस्रो विश्वयुद्धताका भारतमा नेपाली चरेश अत्यन्तै उच्च गुणस्तरको मानिथ्यो । गाँजाको रेसाबाट लुगासमेत बनाइन्थ्यो । नेपालमा गाँजा प्रतिबन्धपछि उनीहरुको जीवनस्तर खस्कन थालेको हो । सन् १९७६ र सन् १९८० को बीचमा उनीहरु सम्पन्नताबाट गरिबीतिर झरे । स्थानीयहरुको विचारमा चरेशमथिको प्रतिबन्ध बच्चाको मुखबाट खाना खोसेजस्तो भएको छ । चरेश प्रतिबन्धपछि उनीहरु बाध्य भएर कालापहाड जानु परेको थियो ।
स्रोत ः वेस्टर्न नेपाल कन्प्mिलक्ट एसेसमेन्ट पेज नम्बर १२, १३, १४,१७ र २१ मेरी कप्र्स २००३ ।
प्रभातफेरी अनलाईन
बनेपा नपा-५,राजदास मार्ग
९८५११२८४५०,९८४१४२८४५०
प्रा.फम द. नं.: ९६७९/०७६/०७७
सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५
संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |
समाचारदाता : | बिपशना शाक्य सम्पर्क: ९८४३७२९१७५ |