
प्रभातफेरी अनलाइन ३६९ पटक पढिएको प्रकाशित मिति: २०७९ पौष १९, मंगलबार (३ साल अघि)
प्रकाश पाठक “योगी”
भरतपुर २३ जगतपुर, चितवन नेपाल
हाल ः– दोहा कतार
दुई आत्माको सधैँ एउटै सफर होस्
पत्थरलाई पनि प्रेम गर्ने रहर होस् !!
नियतिले यस्तै लेखेर पठायो र पो
नत्र को चाहन्छ नदीमा बगर होस् ?
यो घाइते मुटु बोकेर मर्ने कि बाँच्ने ?
निष्ठुरीहरू सँग यो प्रश्नको उत्तर होस्
उनिसँग छुट्टिएर बाँच्नु परेको समय
यता कफन होस् उता चमर होस्
आमाको काखमा अन्तिम श्वास फेरुँ
काललाई एकछिन उठाउन डर होस्









प्रभातफेरी अनलाईन
बनेपा नपा-५,राजदास मार्ग
९८५११२८४५०,९८४१४२८४५०
प्रा.फम द. नं.: ९६७९/०७६/०७७
सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५
| संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
| सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |