Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र १५, आईतबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

चम्किला भाषासेवी–साहित्यकार ः मोतीराम भट्ट

प्रभातफेरी अनलाइन ४६८ पटक पढिएको प्रकाशित मिति: २०७९ पौष १९, मंगलबार (३ साल अघि)
चम्किला भाषासेवी–साहित्यकार ः मोतीराम भट्ट

मोहन दुवाल, साहित्यकार
तथा जनमतका प्रधानसम्पादक

“आमा ! म तिम्रो मर्ने छोरा हुँ । मैले जे जति नेपाली राष्ट्रभाषाको लागि सेवा गरेको छु, ती मेरा कृतिहरु नै तपाईंका छोराहरु हुन् । यिनैलाई हेरी चित्त बुझाउनुहोस् ।” कवि मोतिराम भट्टले मृत्युको अवस्थामा माथि उल्लेख भएका उद्गारहरु आफ्नी आमालाई मर्मस्पर्शी ढङ्ले पोखेका हुन् । ३० वर्षसम्म मात्र बाँच्न पाएका मोतिरामले नेपाली भाषा साहित्यको उत्थानमा महत्वपूर्ण योगदान गरेका छन् । काठमाडौं भोंसीको टोलमा पिता दयाराम भट्ट र माता रिपुमर्दिनीदेवीका छोरा भई वि.सं. १९२३ भदौ कुशेआंैसीमा मोतिराम भट्टको जन्म भएको हो । थोरै समयमा धेरै साहित्यिक गतिविधि, सिर्जना गरेर गएका मोतिरामले साहित्यिक क्षेत्रमा आफूलाई बहुमुखी प्रतिभाशाली व्यक्तित्वका रुपमा चिनाउन सफल छन् । क्षयरोगका बिरामी भएर पनि आफ्नो यात्रामा विश्रान्ति नलिएकै कारणले समय नपुग्दै वि.सं. १९५३ भाद्र २९ गते यिनको अवसान भयो ।


१४० वर्षअगाडि जन्मेका मोतिरामले राणाकालीन कालरात्रिमा साहित्यको लाल्टिन बाल्न निकै प्रयत्न गरेकै कारणले साहित्यिक प्रकाश फिँजाई छाडे । भानु माविमा अध्ययन गर्दै पछि भारतको कलकत्तामा अध्ययन गरी एफएसम्मको शिक्षा यिनले उतीर्ण गरे । उर्दू, हिन्दी, संस्कृत, अङ्ग्रेजी, बङ्गाली र नेवारी भाषाका पनि अध्येता भएको कारणले यिनी त्यसताकाका विद्वान् साहित्यकारका रुपमा रहेको समीक्षकहरुले औंल्याएका छन् । यिनी आदिकवि भानुभक्त आचार्यको मात्र प्रचारक नभई आफ्नै क्षमता र बर्कत्ले साहित्यमा सेवा पु¥याउँदै आएका त्यसताकाका सबल मूल्याङ्कनकर्ता पनि हुन् । आफ्नै क्षमता, बर्कत् र संसर्गबाट आफूलाई साहित्यमा ढाल्दै आएका यिनले आफूलाई सफल साहित्यकारका रुपमा नेपाली साहित्यका चर्चित अन्वेषकका रुपमा पनि चिनाएर गए । मित्रमण्डली खोलेर साहित्यका प्रचारक रहेका यिनी कवि मण्डलीका तर्जुमाकार तथा संगठक पनि हुन् । सर्जकहरुका प्रेरणाका स्रोत रहेका यिनले पाशुपत मुद्रण मन्त्रालयमार्फत् प्रकाशकको भूमिका पनि निभाएर गएको देखिन्छ । मोतिकृष्ण पुस्तकालयका संस्थापक रहेर यिनले पुस्तकालय खोले । नाटक लेखे, नाटक खेले र नाटक मञ्चन गर्न, गराउन दिलोज्यान दिएर लागे ।
साहित्यिक चेतनाका युग प्रवर्तक । नेपाली भाषालाई साहित्यमार्फत् सम्वृद्धि गर्ने युगपुरुष पनि हुन् मोतिराम भट्ट । नेपाली साहित्यको इतिहासमा राष्ट्रव्यापी रुपले साहित्यिक अभियान चलाउने पहिलो जागरुक नेपाली युवा । चेतना फिँजाउन आफूलाई सधैं समर्पित राख्दै आएका नेपाली भाषा साहित्यका एउटा धरोहर । भानुभक्तजस्तो ऐतिहासिक कविलाई फिँजाउन सफल एकजना मूल्याङ्कनकर्ता । भानुभक्तको रामायणलाई जनमनमा फिँजाउँदै भानुभक्तको जीवन स्वरहरु फिँजाउन सफल यिनी जीवनी लेखक । साहित्यमा मात्र विस्तारित भइरहेका कारणको परिणाम हो – सिङ्गो मोतिराम भट्ट ।
मोतिराम भट्ट एकजना साहित्यकार, अन्वेषक, प्रेरणाका स्रोत, संगठक, प्रकाशक, नाटककार, कलाकार, सफल गजलकार, सम्पादक, साहित्य प्रचारक आदि साहित्यिक अङ्गप्रत्यङ्गका समष्टि रुप भएर आफूलाई सफलतापूर्वक देखाए । श्रृङ्गार रसका सफल गजलकार । नेपाली गजलका प्रथम प्रयोगकर्ता मोतिराम भट्टले गोरखा भारत जीवन पत्रिका प्रकाशन गरी पत्रपत्रिकाको सुरुवात गरेर पनि आफूलाई सक्षम सम्पादकका रुपमा चिनाउन सफल रहे । साहित्यका धेरै विधामा र साहित्यको धेरै आयाममा आफूलाई फिँजाउन सफल मोतिरामले नेपाली भाषाको साहित्यिक गोरेटो बनाए र उक्त गोरेटोमा उनी सफलतापूर्वक हिँडेर आफूलाई सबल र सामथ्र्यवान् साहित्यकारका रुपमा चिनाएर आफूलाई नेपाली भाषी सबैका लागि मोतिराम बनेर देखाए ।
यात्रामा सफलता चुम्न मनमा सङ्कल्प, धैर्य, निरन्तरता धेरैथोकको जोहो गर्नुपर्छ । त्यही जोहो गर्न जानेकै कारणले मोतिराम भट्टले आफ्नो यात्रामा सफलता चुम्न सफल भए । केही वर्षको अन्तरालमा युवा छँदा नै अहिले पनि महत्वपूर्ण सबै खालका साहित्यिक क्रियाकलापहरु यिनले गर्न भ्याए । आफ्नो काममा एक ढङ्गले लागिरहने उनको समर्पित भावनाले रोग, भोक र सबै खालका झन्झन्टहरुसँग पनि नलत्री उनी लागिरहे आफ्नो साहित्यिक यात्रामा । यही त हुन् साहित्यिक मर्मज्ञ मोतिरामका साहित्यिक पद्चापहरु । त्यसैले भन्न सकिन्छ मोतिराम भट्ट नेपाली भाषा साहित्यको ऐतिहासिक श्रृङ्खलामा एउटा युग हुन्, जुन युगमा उनले भाषा साहित्यको गोरेटो बनाएर नेपालीहरुलाई हिँडाउन प्रयत्न गरिरह्यो ।
मोतिराम भट्टले आफूले लेखेर, अरुले लेखेका कृति फिँजाएर, व्यक्तित्वशाली व्यक्तिलाई राष्ट्रमा चिनाउन लागिरह्यो । पत्रिका चलाए, प्रेस खुलाए, पुस्तकालयको स्थापना गराए, मित्र मण्डलीबीच साहित्य फिँजाए । यिनीद्वारा लिखित पुस्तकहरुमा मनोद्वेग प्रवाह (कविता), गजेन्द्रमोक्ष (काव्य), पञ्चक प्रपञ्च (काव्य), गफास्टक (हास्यब्यङ्ग्य) प्रल्हाद भक्तिकथा (काव्य), प्रियदर्शिका (नाटक), सङ्गीत चन्द्रोदय (गजल), उषाचरित्र (काव्य), पिकदूत (काव्य), कमल भ्रमर संवाद (काव्य), शकुन्तला (नाटक) आदि प्रकाशित छन् । भानुभक्तको रामायण प्रकाशन गराउँदा यिनी २१ वर्षको युवा थिए । यसैगरी भानुभक्त आचार्यको जीवन चरित्र पनि लेखेर यिनले प्रचार गरे ।
मोतिराम भट्टको साधना र सेवाले नेपाली भाषा र साहित्यको एक नयाँ युगको निर्माण गरेको देखिन्छ । यसैले राष्ट्रिय विभूतिका रुपमा राष्ट्रले मोतिरामको नाम इतिहासमा अङ्कित गरेर एउटा सार्थक मूल्याङ्कन भए गरेको देखिन्छ । जंगबहादुर राणाको निरंकुशताको राज्य व्यवस्थामा जन्मेका यिनले वीर शमशेरको पालाको राजकाजमा आफ्नो साहित्यिक यात्राका मर्मस्पर्शी पाइलाहरु चालेका थिए । मोतिरामले यही समयमा आफ्नो जीवनका उत्सर्गका क्षणहरु साहित्यमा एकोहोरिएर लगाएका कारणले उनी साहित्यमा सफल भए र एउटा नयाँ युग नै निर्माण गरेर गए ।
मोतिराम भट्टको हृदय पूर्णतः प्रेममय देखिएको कारणले उनका गजलहरु प्रायः श्रृङ्गारिक खालका छन् । गजलका प्रथम प्रणेता यिनले नेपाली भाषामा गजलको प्रारम्भ गरेको देखिन्छ । कवि लेखकहरुलाई खोजी खोजी प्रकाशमा ल्याउने स्तुत्य कार्यको यिनले थालनी गरे र साहित्य लेख्न सर्वसाधारणलाई पनि घच्घच्याउन यिनी लागिरहे । नेपाली भाषाका सबै विधाको साहित्यिक लेखनमा, साहित्यिक गतिविधिमा यिनी सङ्लग्न रहँदै भाषा साहित्यलाई समृद्धशाली बनाउन लागिरहेकै कारणले आजको परिस्थितिसम्म पनि यिनी मोतिराम भट्टका रुपमा बलशाली ढङ्गले आफ्नो बिम्ब देखाएर बाँच्न सफल रहेका छन् ।
मोतिराम भट्ट (१९२३–१९५३) माध्यमिक नेपाली साहित्यका चर्चित तथा उल्लेख्य अगुवा कवि हुन् । यिनी श्रृङ्गारधाराका प्रवर्तक कवि पनि हुन् । कवितामा आफ्नो दृष्टि पनि पोख्दै आएका यिनले कविताको परिभाषामा यसरी कविता लेखेका छन् ः
धनले हुँदैन कविता न त हुन्छ मनले
ज्ञान्ले हुँदैन कविता न त हुन्छ तन्ले
इन्ले भयाकि कविता कविता समान् हो
आफै भयाकि कविता कविता बहुतै असल हो ।
राणाकालीन अँध्यारो अवस्थामा निरङ्कुशताको त्यो कालरात्रिमा कविता लेख्नु खतरापूर्ण कार्य हुन्थ्यो र साहित्यलाई मित्र मण्डली बनाई साहित्यको प्रचार–प्रसार गर्नु पनि डरलाग्दो कार्य मानिन्थ्यो होला । त्यस्तो अवस्थामा साहित्यका सबै खालका गतिविधिहरुमा लाग्नु भनेको निकै जोखिमपूर्ण कार्य नै हो भन्न सकिन्छ । त्यसैले यिनी शिक्षित रहेर पनि देशको अवस्थाको जानकारी राखेर पनि कवि कर्ममा भक्तिरचना र मूलतः श्रृङ्गारिक कवितामा मात्र एकोहोरिएजस्तो गर्दा यिनले त्यति खतरा मोल्नु परेन ।

००

जीवनलाई सार्थक तुल्याउन आफ्नो गतिविधि देखाउन यिनले साहित्य तथा संस्कृतिको क्षेत्र नै आफ्नो लागि उपयुक्त मानेर यस मार्गमा निरन्तर लागिरहन सक्नुकै कारणले ३० वर्ष मात्रै बाँचेर पनि नेपाली भाषा, साहित्यको उत्थानमा निकै महत्वपूर्ण कार्यहरु गरेर मात्र गएनन्, उनले हात हालेर गएका सबै विधा र क्षेत्रमा आफ्नो पहिचान देखाएर जान सफल रहे । साहित्यमा यिनले पु¥याएर गएका उच्चतम गतिविधिहरु नै मोतिरामले कोरेर गएका साहित्यिक गतिविधिहरु हुन् । आफ्नो युगका साहित्यिक सारथी मोतिरामले त्यस युगका महान् साहित्यिक योद्धाका रुपमा आफूलाई चिनाएर गएको देखिन्छ । त्यसैले भन्न सकिन्छ, मोतिराम भट्ट नेपाली भाषा साहित्यको क्षितिजमा सधैं चम्किरहने तारा बिम्ब हुन् । साहित्यिक पत्रिका सुधासागर निकालेर यिनले आदि साहित्यिक पत्रकारका रुपमा पनि आफूलाई चिनाएर गएको देखिन्छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
साहित्य सम्बन्धि थप
  • बनेपा : चण्डेश्वरी र जगत्केशरीको चण्डेश्वरी स्तोत्र

    बनेपा : चण्डेश्वरी र जगत्केशरीको चण्डेश्वरी स्तोत्र

  • नेपाल स्रष्टा समाजले गर्याे बृहद आत्मपरक निबन्ध गोष्ठी

    नेपाल स्रष्टा समाजले गर्याे बृहद आत्मपरक निबन्ध गोष्ठी

  • एउटा फेरि चोर पहरेदार छान्दै छौ

    एउटा फेरि चोर पहरेदार छान्दै छौ

  • डा.योगीको निबन्धकृति चेतना यात्रा लोकार्पण

    डा.योगीको निबन्धकृति चेतना यात्रा लोकार्पण

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ११ गते बुधबार

    २०८२ साल चैत्र ११ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    Post Thumbnail

    बालेन सरकारले गरेको निर्णयले आशा पलायो उपाध्यक्ष :तिमल्सिना

    Post Thumbnail

    घाम उज्यालोको प्रतीक मात्र होइन सकारात्मक ऊर्जाको प्रतीक पनि हो

    Post Thumbnail

    संघीय संरचना अनुसार नेपाल रेडक्रस सोसाइटी बिकेन्द्रीकृत ढांचामा गएको छ ।

    Post Thumbnail

    नेत्ता प्रचण्डको सपना साकारको पहिलो खुड्किला नै संघीय संसदमा देखियो

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0