Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Advertisement
SKIP THIS
Logo
२०८२ माघ १९, आईतबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

नमोबुद्धमा शीत भण्डार स्थापना

प्रभातफेरी अनलाइन ४१६ पटक पढिएको प्रकाशित मिति: २०७९ पौष १९, मंगलबार (३ साल अघि)
नमोबुद्धमा शीत भण्डार स्थापना

काभ्रे । नमोबुद्ध नगरपालिका –३, दाहालचौरमा कृषि उत्पादन भण्डारणका लागि शीत भण्डार (कोल्ड स्टोर) निर्माण थालिएको छ । उक्त शीत भण्डार नगर क्षेत्रकै पहिलो हो । शीत भण्डार सञ्चालनमा आएपछि नमोबुद्धका अलावा छिमेकी रोशी, तेमाल, महाभारत गाउँपालिकाका कृषक समेत लाभान्वित हुनेछन् । यसअघि अन्न भण्डारणकै लागि महंगो मूल्य तिरेर पाँचखाल, बनेपा, पनौतीसम्म पुग्नुपर्ने बाध्यता छ ।
नगरपालिकामा सञ्चालित जलवायु अनुकुलन कार्यक्रममार्फत पहिलो चरणमा ८५ लाख विनियोजन भएको प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद लम्सालले जानकारी दिए । उनका अनुसार, पहिलो चरणमा स्थानीय लागत सहभागिता समेत ९९ लाखको काम हुनेछ । १५ प्रतिशत स्थानीय उपभोक्ताले बेहोर्नेछन् । ८ करोड ३६ लाख ४६ हजार ९ सय ९९ रुपैंया कुल लागत अनुमान तयार भएको भण्डारलाई बहुबर्षीय योजनामा समावेश गरेर पुरा गर्ने नगरपालिकाको तयारी छ । प्रति च्याम्बर ३० मेट्रिकटनका दरले ६ च्याम्बरमा १ सय ८० मेट्रिकटन तरकारी, फलफुल र अन्न भण्डारण गर्न सकिने नगरपालिकाका इञ्जिनियर उज्वल अर्यालले जानकारी दिए ।
शिलान्यास गर्दै नगर प्रमुख लामाले नगरका सबै वडाका कृषकका अलावा छिमेकी रोशी, तेमाल र महाभारत गाउँपालिकाका कृषक समेत लाभान्वित हुने बताए । पहिलो चरणमा बन्ने एक तल्ले भवन ३ महिनामा सम्पन्न गर्ने लक्ष्य रहेको वडाअध्यक्ष रमेश तिवारीले जानकारी दिए । कार्यक्रममा उपस्थित कांग्रेस नगर कार्यवाहक उपसभापति इन्द्रबहादुर दाहाल, एमालेका नगर अध्यक्ष कृष्णप्र्रसाद खनाल, माओवादी केन्द्रका नगर अध्यक्ष मिण्डु लामाले नगरका सबै कृषक लाभान्वित हुने गरी योजना ल्याएको नगरपालिकाको वर्तमान नेतृत्वलाई धन्यवाद दिए । नमोबुद्ध नगरपालिका –३ दाहालचौरकी सीता दाहालले शीत भण्डार शुरु गरिएकोमा निकै खुशी व्यक्त गरिन् ।
शिलान्यासमा नगर उपप्रमुख रत्नबहादुर लामा, प्रवक्ता समेत रहेका वडा नं ६ का अध्यक्ष टिकाबहादुर केसी, नगर युवा परिषद्का कार्यकारी उपाध्यक्ष रामेश्वर अधिकारी, वातावरण अधिकृत सन्तोष काफ्ले, वडा नं ३ का सदस्य गोकुल भुर्तेल, रेशम दाहाल, उपभोक्ता समितिका अध्यक्ष लक्ष्मण दाहाल, सचिव अर्जुन तिवारी लगायत स्थानीय उपभोक्ता समेतको उपस्थिती थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
नमोबुद्ध सम्बन्धि थप
  • दुमो बचत तथा ऋण सहकारीको १६औँ स्थापना दिवस विविध कार्यक्रमसहित सम्पन्न

    दुमो बचत तथा ऋण सहकारीको १६औँ स्थापना दिवस विविध कार्यक्रमसहित सम्पन्न

  • बनेपा : चण्डेश्वरी र जगत्केशरीको चण्डेश्वरी स्तोत्र

    बनेपा : चण्डेश्वरी र जगत्केशरीको चण्डेश्वरी स्तोत्र

  • पूर्व कृषि मन्त्री हुमागाँईको उदघाेष : पाँचखाललाई कृषि ‘हब’ बनाउन पहल गर्छु

    पूर्व कृषि मन्त्री हुमागाँईको उदघाेष : पाँचखाललाई कृषि ‘हब’ बनाउन पहल गर्छु

  • लायन्स डिष्ट्रिक्ट ३२५ आई नेपालको तेस्रो क्याबिनेट मिटिङ धुलिखेलमा

    लायन्स डिष्ट्रिक्ट ३२५ आई नेपालको तेस्रो क्याबिनेट मिटिङ धुलिखेलमा

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल माघ १४ गते बुधबार

    २०८२ साल माघ १४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    दुमो बचत तथा ऋण सहकारीको १६औँ स्थापना दिवस विविध कार्यक्रमसहित सम्पन्न

    दुमो बचत तथा ऋण सहकारीको १६औँ स्थापना दिवस विविध कार्यक्रमसहित सम्पन्न

    प्रतिनिधि सभा निर्वाचनको माहोल क्रमशः तातिँदै

    प्रतिनिधि सभा निर्वाचनको माहोल क्रमशः तातिँदै

    बनेपा : चण्डेश्वरी र जगत्केशरीको चण्डेश्वरी स्तोत्र

    बनेपा : चण्डेश्वरी र जगत्केशरीको चण्डेश्वरी स्तोत्र

    पूर्व कृषि मन्त्री हुमागाँईको उदघाेष : पाँचखाललाई कृषि ‘हब’ बनाउन पहल गर्छु

    पूर्व कृषि मन्त्री हुमागाँईको उदघाेष : पाँचखाललाई कृषि ‘हब’ बनाउन पहल गर्छु

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0