Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र १५, आईतबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

मर्मशील कवि ः धरणीधर कोइराला

प्रभातफेरी अनलाइन ७२० पटक पढिएको प्रकाशित मिति: २०७९ पौष २६, मंगलबार (३ साल अघि)
मर्मशील कवि ः धरणीधर कोइराला

मोहन दुवाल, साहित्यकार
तथा जनमतका प्रधानसम्पादक

‘सुधपा’ मध्येका एकजना स्रष्टा हुन् धरणीधर कोइराला । भारतको भूमि दार्जीलिङमा बसोबास गरेर पनि नेपाली भाषा–साहित्य एवं जातीयताको उत्थानमा सम्पूर्ण जीवनका क्षणहरु गुजार्दै गएका एकजना साहित्यकार हुन् धरणीधर कोइराला । साहित्यमा नैवेद्य चढाए यिनले विं.सं. १९७७ मा नै । २००८ मा नेपाल मञ्जरी लेखे । आफ्नो आत्मकथा धरणीधर कोइराला(२०३३) मा निकाले । स्पन्दन फुकाए यिनले कविता लेखेर आफूलाई २००९ सालमा । चेतना सम्प्रेषण गर्न रुचाउने कवि । भाषा र साहित्य प्रचार गरेर नेपालीपन देखाउन सफल एकजना स्रष्टा । मातृभाषा र शिक्षाको प्रचार गर्दै कवितामा आफ्नो मनका कुराहरु फुकाउन रुचाउने कवि धरणीधरले यस खालका कविताका पङ्क्तिहरु लेखिरहे ः
गाउँ गाउँ र घरघर घुमीघुमी सबले मातृभाषा कराऔं
विद्या विद्या र शिक्षा भनी अब लौ दाजुभाई जगाऔं ।


वि.सं. १९४९ माघ २४ गते जन्मिएका धरणीधर दार्जीलिङको भूमिमा रमेर पारसमणि प्रधान, सूर्यविक्रम ज्ञवालीसँग मिलेर साहित्यिक, भाषिक सहयात्रामा ‘सूधपा’का नामले आफूहरुलाई परिचित मात्र तुल्याएनन् प्रतिष्ठित नै गराएर देखाए । सामाजिक विषमताका विरोधी कवि । साहित्य मन पराएर साहित्यको व्याख्या गर्न रुचाउने कवि । कवितामा विचार साट्न सिपालु कवि । जागरण र चेतनाका दुन्दुभी फुक्न कविताका हरफहरुमा सीप र सौन्दर्य भर्न सिपालु कवि । काव्यसुधाले रसपान गर्दा मानव जीवन सार्थक हुन्छ भनी आफूलाई प्रस्तुत गर्न सिपालु कवि । कवितामा यसरी प्रस्तुत हुन खोज्दछन् उनी ः
अति सुन्दर मानव जीवन यो
अझ सुन्दर पार्नु कसो गरि हो
गरि काव्यसुधा रसपान अरे
गर मानव–जीवन सार्थक रे ।
सरल र सहज कविता कोर्न सफल कवि । नैतिकबल नै मान्छेको अस्त्र हो भनी नैतिकता मनमा राखेर आफूलाई चिनाउन रुचाउने कवि । यिनी शिक्षक भए, समाजसेवक बने, भाषा–साहित्यका सन्देशवाहकका रुपमा सबले चिने । बी.ए.बी.टी.सम्म उत्तीर्ण गरेका यिनले दार्जीलिङमा बसेर आफूसक्दो धेरैखालका सेवाहरु गरेर देखाए । धरणीधरकै नामअनुसार यिनले धरणीको ऊर्जाशीलता थप्न आफूलाई सम्प्रेषित तुल्याइरहे । आफू जन्मेको ठाउँलाई सम्झिरहने यिनको स्वभाव र दृष्टि बनेकोले यिनी भारतीय भूमिमा रहेर त्यहाँको सुविधा र भूलभूलैयामा रमेनन् । नेपाल र नेपालीलाई यिनले कहिल्यै बिर्सेनन् । त्यसैले उनले यस्तो कविता लेखे ः
पृथ्वीलोकमा जन्म भो जहाँ
आफू भन्नु त्यै जन्मभूमि हो
जन्मभूमि नै तीर्थस्थान हो
जन्मभूमि नै कर्मक्षेत्र हो
जन्मभूमि नै मुक्तक्षेत्र हो ।
जागृतिका गायक – कवि । नैतिक दृष्टिका संवाहक कवि । मानवीय भावनामा समन्वय रुचाउने मानवतावादी कवि । अध्यात्म दर्शन बुझेर मानवीय कर्ममा आफूलाई लगाउन सक्षम कवि । भारतीय भूमिमा रहेर पनि नेपालीको बोध मनमा राखेर नेपालको चिन्ता गरिरहने नेपालका मर्मशील कवि । इमानजमानका उदाहरण लायक विशिष्ट कवि । मार्मिकता व्याप्त कविताका कवि । राणाकालीन अवस्थामा व्याप्त रहेको अन्धकार चिर्न प्रकाश बाल्न रुचाउने विद्रोही कवि । कवि धरणीधरले त्यसैले त कवितामा लेखे ः
जाग जाग अब जागन जाग
लाग उन्नति विषे अब लाग ।
जनचेतनाका ज्योतिपुञ्ज – कवि । जातीय जागरणका प्रवक्ता – कवि । पण्डित धरणीधर – कवि । जनजागृति ल्याउन सङ्घर्षरत चेतनाका सम्वाहक – कवि । समाजसुधारक कवि धरणीधर कोइरालाको जन्म दुम्जाको मध्यमवर्गीय परिवारमा धनपति नाम लिएर देखापरेका हुन् । २०३६ माघ २६ गते पशुपति आर्यघाटमा जीवनलीला समाप्त गरेर गएका यिनले त्यसैताका नै गणतन्त्रको वकालत गरेर गएका हुन् । भारतमा भएको लोकतान्त्रिक आन्दोलनबाट विशेष प््रभावित यी कविले – गणतन्त्र गराउन गर्जी उठ्यो ÷ छरितो र छिटो यो नयपाली ठिटो भनेर भविष्यवाणी गरेजस्तो कविता कोरेर गए । साहित्य यिनको मर्मको विषय बन्यो । शिक्षा सेवा यिनको जीवनको आधार बन्यो । संस्कृति यिनको कर्म–मर्म बन्यो । समाजसेवा गरेर यिनले आफूलाई चिनाउन पाए । राजनीतिक विग्रहको विरोधमा यिनले चेतना बाँडिरहे । यिनले पु¥याएको योगदानलाई नेपालले पनि कदर गरे । २०२२ सालमा त्रिभुवन पुरस्कारद्वारा सम्मान भयो । २०२८ सालमा नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानको मानार्थ आजीवन सदस्य बनाइए । २०२९ सालमा रथयात्रा र सार्वजनिक अभिनन्दन भयो । २०३४ सालमा त्रिविबाट कवि धरणीको सम्मानमा महाविद्यावारिधिको उपाधि प्राप्त भयो । कवि धरणीधरले भनेजस्तै हामी पनि भनौं –“जीवन अनन्त छ । साहित्य पनि अनन्त छ । निर्जीव जातिको साहित्य हुँदैन । साहित्य जीवनको ऐना हो । जीवन र साहित्यको घनिष्ट सम्बन्ध छ ।” जागरण र चेतना स्फुरण कवितामार्फत् गर्न सिपालु सरल कवि धरणीधर कोइरालाको अवसान २०३६ माघ १६ गते भएको हो । त्रिविविबाट साहित्य महाविद्यावारिधिको उपाधि प्राप्त गरेका कवि कोइरालालाई साहित्यिक पत्रकार संघबाट जनअभिनन्दन गरेर सम्मान प्राप्त गरेका यिनी इतिहासमा उल्लेखयोग्य ढङ्गले सम्मान गर्न लायकका साहित्यकार हुन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
साहित्य सम्बन्धि थप
  • बनेपा : चण्डेश्वरी र जगत्केशरीको चण्डेश्वरी स्तोत्र

    बनेपा : चण्डेश्वरी र जगत्केशरीको चण्डेश्वरी स्तोत्र

  • नेपाल स्रष्टा समाजले गर्याे बृहद आत्मपरक निबन्ध गोष्ठी

    नेपाल स्रष्टा समाजले गर्याे बृहद आत्मपरक निबन्ध गोष्ठी

  • एउटा फेरि चोर पहरेदार छान्दै छौ

    एउटा फेरि चोर पहरेदार छान्दै छौ

  • डा.योगीको निबन्धकृति चेतना यात्रा लोकार्पण

    डा.योगीको निबन्धकृति चेतना यात्रा लोकार्पण

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ११ गते बुधबार

    २०८२ साल चैत्र ११ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    Post Thumbnail

    बालेन सरकारले गरेको निर्णयले आशा पलायो उपाध्यक्ष :तिमल्सिना

    Post Thumbnail

    घाम उज्यालोको प्रतीक मात्र होइन सकारात्मक ऊर्जाको प्रतीक पनि हो

    Post Thumbnail

    संघीय संरचना अनुसार नेपाल रेडक्रस सोसाइटी बिकेन्द्रीकृत ढांचामा गएको छ ।

    Post Thumbnail

    नेत्ता प्रचण्डको सपना साकारको पहिलो खुड्किला नै संघीय संसदमा देखियो

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0