बेनी । लायन्सका जन्मदाता मेलविन जोन्सको १४४औं जन्म दिवस मनाउँदै सुरु गरिएको तेस्रो क्याबिनेट मिटिङमा सम्पूर्ण सहभागी लायनहरुबाट केक काटेर जन्मदिनलाई उल्लाषमय वातावरणमा मनाइएको छ ।
लायन्स क्लबस् इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ आइ नेपालको तेस्रो क्याबिनेट मिटिङलाई सम्बोधन गर्ने क्रममा कार्यक्रमका प्रमुख अतिथि एवं एलसीआइएफ एरिया लिडर लायन्स क्लबस् इन्टरनेशनलका लायन राजन लम्सालले लायनहरु समाजका सचेत वर्ग हुन् । जसले सामाजिक दायित्व बहन गरेको हुन्छ । जो समाजको कुशल पथप्रदर्शकको रुपमा रहेको खुलासा गर्नुभएको छ ।
शनिबार म्याग्दी जिल्लाको बेनीमा भएको तेस्रो क्याबिनेट मिटिङलाई सम्बोधन गर्दै जति पनि लायनवादमा लागेका छौं, त्यसलाई व्यवहारिक रुपमा प्रस्तुत हुनु प्रत्येक लायनहरुको जिम्मेवारी हो । जुन जिम्मेवारी पूरा गरेर कार्यक्रममा सहभागी हुनुभएको छ, नेपालमा रहेका १५ वटा डिष्ट्रिक्टमध्ये डिष्ट्रिक्ट आइ लाई उत्कृष्ट बनाउन योगदान पुगेको छ । यसैका कारण आज नेपालमा मात्र नभई अन्तर्राष्ट्रिय स्तरमा समेत डिष्ट्रिक्ट आइ उत्कृष्ट डिष्ट्रिक्टका रुपमा सम्मानित हुँदै आएको छ । यसको पछाडि तपार्इं लायन र कुशल नेतृत्व भएकै कारण यो उपलब्धी पाइरहेका छौं । विशेष गरी डिष्ट्रिक्ट गर्भनर लायन राम बहादुर बस्याल जस्तो कुशल नेतृत्व डिष्ट्रिक्ट आइ ले पाउनु नै लायनवादका लागि अनुकरणीयता मान्नुपर्छ । जसका कारण आज विश्वका २ सय १२ मुलुकमा रहेका ७ सयभन्दा बढी डिष्ट्रिक्टमा डिष्ट्रिक्ट आइ उदाहरण बनेको छ । यसको श्रेय तपाईं लायन मित्रहरुलाई जाने हो । यसका पछाडि लायनलाई उच्च स्थानमा पु¥याउन खेल्नपर्ने भुमिकामा कहिँकतै कमी महसुस हुन नदिनु नै नेतृत्वको महानता हो । जसका कारण डिष्ट्रिक्ट आइ नेपालमा मात्र नभई अन्तर्राष्ट्रिय स्तरमा समेत प्रेरणाको स्रोत बनेको लायन लम्सालले जिकिर गर्नुभएको छ ।
सम्बोधनका क्रममा प्रमुख अतिथि लायन लम्सालको थप कथन छ– जति पनि आबद्ध भएका छौं, त्यहाँ गुणस्तरीयता हुनुपर्छ । जसले सिंगो समाजको चित्रण गर्ने क्षमता राखोस् । जसरी आज लायन्स क्लब अफ बेनी म्याग्दीले उदाहरणीय कार्य गरेको छ, त्यसका लागि जति नै शब्द खर्चिए पनि अपुगै रहन्छ । जुन कार्य गर्ने साहस गर्नुभएको छ, यसबाट अन्य क्लबहरुका लागि पनि प्रेरणा मिल्नेछ भन्ने विश्वास आफूले लिएको बताउनुभएको छ ।
कार्यक्रममा डिष्ट्रिक्ट गर्भनर लायन राम बहादुर बस्यालको कथन छ– जबसम्म हामी आत्मनिर्भर हुँदैनौं, तबसम्म हाम्रो जति नै ठूलो उपलब्धी हासिल भएपनि चित्त बुझाउने ठाउँ हुन्न । त्यसका लागि स्थायी क्लब र आजीवन सदस्य अभियानलाई पूर्णता दिन आवश्यक छ । जबसम्म हामी आजीवन सदस्ययुक्त डिष्ट्रिक्ट बनाउँदैनौं, तबसम्म सन्तुष्टि प्राप्त गर्दैनौं । त्यसैले आइ विलिभ इन टिमवर्कको नारालाई आत्मसाथ गर्दै आजीवन सदस्य अभियानलाई प्रत्येक क्लबले आत्मसाथ गरेर अगाडि लग्नुहुनेछ भन्ने विश्वासका साथ आज २९ वटा क्लबहरु पूर्ण रुपमा स्थायी क्लबका रुपमा आफूलाई उभ्याइसकेका छन् । भावी दिनमा बाँकी क्लबहरुले पनि यो अभियानलाई निरन्तरता दिएर नमूना डिष्ट्रिक्टको रुपमा ३२५ आइ लाई विश्वमा चिनाउनुहुनेछ भन्ने विश्वास आफूले लिएको गर्भनर लायन बस्यालले कार्यक्रममा व्यक्त गर्नुभएको छ ।
सम्बोधनकै क्रममा हामी प्रथम त भएका छौं, त्यसलाई जीवन्त राख्न उतिकै चुनौती थपिएको छ । त्यसैले त्यो चुनौतीसँग सामना गर्न प्रत्येक लायन सदस्यको आवश्यकता पर्दछ, तब मात्र हाम्रो गन्तव्यलाई निरन्तरता दिन सक्छौं । डिष्ट्रिक्टले जुन अपेक्षा राखेको थियो, त्यसलाई लायन मित्रहरुले पूरा गर्ने कोसिस गर्नुभएको छ । हाम्रो डिष्ट्रिक्टमा ९५ प्रतिशत रिपोर्टिङ्ग भएको लायन्स क्लब इन्टरनेशनलले जनाएको छ । यसबाट पनि हामी हाम्रो यात्रामा मजबुत छौं, सगरमाथा चढ्न सजिलो छ तर अडिन कठिन छ । त्यसैले पनि हामी सचेत हुनुपर्दछ भन्नुहुँदै बैठकमा सहभागी लायनहरुलाई अनुशासित ढंगबाट अगाडि बढ्न प्रेरणा समेत गर्भनर बस्यालले दिनुभएको छ ।
प्रत्येक क्लबसँग आबद्ध रहनुहुने लिडरहरुले आफ्नो क्लबसँग सहकार्य गरेर क्लबमा आइपर्ने प्रत्येक समस्या र चुनौतीको समाधान गर्नुहुनेछ भन्ने विश्वास आफूले लिएको गर्भनर लायन बस्यालले बताउनुभएको छ । कार्यक्रममा फस्र्ट भिडिजी लायन चन्द्र कुमार केसीले शब्दद्वारा स्वागत गर्नुभएको थियो ।
जनवरी १३ र १४, २०२३ म्याग्दीको बेनीमा भएको तेस्रो क्याबिनेट मिटिङबाट झण्डै एक सयभन्दा बढी लायन लिडरहरु र लायन्स क्लबहरु सम्मानित भएका थिए । लायनको विभिन्न विधामा राखिएको सम्मानबाट सम्मानित हुनेहरुमा पूर्व गर्भनरहरुदेखि क्लबका सचिव, कोषाध्यक्ष समेत हुनुभएको छ । यो ३ महिनाको अवधिमा एमजेएफमा मात्र दर्जनौं लायन्स लिडरहरुले सहयोग पु¥याएको कार्यक्रममा प्रस्तुत प्रतिवेदनले पुष्टि गरेको छ । क्याबिनेट मिटिङमा डिष्ट्रिक्ट क्याबिनेट सेक्रेटरी लायन हरिराज पन्तले यो अवधिमा भए गरेको प्रगति विवरण सभा समक्ष बुँदागत रुपमा पेश गर्नुभएको छ । जस अन्तर्गत केही बुँदाहरु सम्बोधन गर्ने कोसिस गरेका छौं । यस सुन्दर सामाजिक, सांस्कृतिक एवं धार्मिक पर्यटकीय महत्व बोकेको, धार्मिक आस्थाको केन्द्र मुक्तिनाथ धामको मुख्य प्रवेश द्वार साथै विश्वमा ऐतिहासिक र सामरिक महत्वको हिसाबले भरिपूर्ण, स्वस्थको हिसाबले अत्यन्त राम्रो मानिने तातोपानी कुण्ड, अलौकिक नौरो पनी क्षेत्रफलमा फैलिएको गलेश्वर धाम रहेको सुन्दर नगरी बेनी बजारमा सम्पूर्ण लायन मित्रहरुलाई स्वागत गर्दै तेस्रो क्याबिनेट मिटिङसम्म आइपुग्दा डिष्ट्रिक्टमा भए गरेका कार्यक्रमहरुको प्रतिवेदन यस प्रकार रहेको जानकारी गराउन चाहन्छु भन्नुहुँदै सेक्रेटरी लायन हरिराज पन्त– यस कार्यक्रमका होष्ट क्लब बेनी म्याग्दी साथै पर्वत र म्याग्दी क्षेत्रका सम्पूर्ण क्लबहरुलाई यहाँहरूले गर्नु भएको उत्कृष्ट सामाजिक कार्यका साथ यस भव्य र उत्कृष्ट आवित्यताका लागि डिष्ट्रिक्ट सचिवालयको तर्फबाट धन्यवाद दिनुहुँदै डिष्ट्रिक्टले दोस्रो क्याविनेट मिटिङ पछि हासिल गरेका केही महत्वपूर्ण कार्यहरुलाई सभा समक्ष प्रस्तुत गर्नुभएको थियो ।
१) दोश्रो क्याबिनेट मिटिङ सम्पन्न
लायन्स क्लब अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ आई नेपालको वर्ष २०२२÷२३ को दोश्रो क्याबिनेट मिटिङ २५ अक्टोबर २०२२ का दिन पोखरा स्थित एस आर केसी क्याट्रिंगमा भव्यतका साथ सम्पन्न भएको थियो । यस प्रमुख अतिथि ID Endorsee ला. बालकृष्ण वुर्लाकोटी हुनुहुन्थ्यो भने विशेष अतिथि LCIF Area Leader लायन राजन लम्साल हुनुहुन्थ्यो ।
यस कार्यक्रममा IPMCC लायन मान बहादुर रोका, अन्य डिष्ट्रिक्टका डिष्ट्रिक्ट गर्भनरहरु, 1st VDG, 2nd VDG, PMCC हरू, PDG हरू लगायत सिनियर लायन लिडरहरू र क्लबका अध्यक्ष लगायतका सदस्यहरूको भव्य उपस्थिती रहेको थियो । यस कार्यक्रममा आदरणीय डिष्ट्रिक्ट गर्भनर लायन राम बहादुर बसेलले विभिन्न विधाहरुमा उत्कृष्ट कार्य गर्नुहुने लायन मित्रहरुलाई अवार्ड समेत वितरण गरि भव्यताका साथ कार्यक्रम समापन भएको थियो ।
२) म्याट कंकेल्भ
लायन वर्ष २०२३ २०२४ को ग्याट कंकेल्भ कार्यक्रममा अन्तर्राष्ट्रिय पास्ट इन्टरनेसनल डाइरेक्टर सुनिल कुमार आर. द्वारा डिष्ट्रिक्ट ३२५ आई नेपाल का आदरणीय गभर्नर राम बहादुर बसेल फास्ट स्टार्ट च्यालेन्ज २२–२३ अन्तर्गत गोल्डेन अम्बेस्टर अवार्ड प्राप्त गर्नु भएको थियो, उक्त कार्यक्रममा डिस्ट्रिक्ट गर्भनर हित डिस्ट्रिक्टका सिनियर लिहरहरूको उपस्थिति रहेको थियो ।
३) क्याबिनेट बैठकको तयारी बैठक
लायन्स क्लास अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ आई नेपालको तेस्रो क्याबिनेट बैठकको लागि तयारी बैठक काठमाडौं र पोखरामा तयारी बैठक सम्पन्न भएको छ । उक्त बैठकमा डिष्ट्रिक्टका सिनियर लिडरहरुको उपस्थिति रहेको थियो ।
३) इसामे फोरम
२०२२ डिसेम्बर १६ – १८ मा भारतको मिसाखापटनमा भयको ५०औं ईसामे फोरम कार्यक्रममा अन्तर्राष्ट्रिय प्रेसिडेन्ट सावन ब्रायन सिहान द्वारा डिष्ट्रिक्ट ३२५ आई नेपालका आदरणीय गभर्नर राम बहादुर बसेललाई जुलाई र अगष्ट महिनामा संसार भरिका ७६० भन्दा धेरै डिष्ट्रिक्टहरूमध्ये सबैभन्दा धेरै क्लब र सदस्यता वृद्धि गरी प्रथम हुन सफल भएकोमा सम्मानित हुनु भएको थियो । यो अभियानमा महा त्वपूर्ण योगदान पु¥याउनुहुने डिष्ट्रिक्टका सम्पूर्ण लायन लिडरहरु लगायत सम्पुर्ण लायन मित्रलाई धेरै धेरै बधाई दिन चाहन्छु ।
४) कन्भेन्सन कल
लायन्स क्लब अन्तराष्ट्रिय डिस्ट्रिक्ट ३२५ आई नेपालको पहिलो महाअधिवेशन ११ मार्च २०२३ का दिन हुने भएको गरि कन्भेन्सन कल गरिएको छ । भर्चुयल र फिजिकल दुवै माध्यमबाट भएको उक्त कार्यक्रममा LCIF Area Leader लायन राजन लम्साल, IPMCC लायन मन बहादुर रोका, पिंडिजी लायन इन्द्र लम्साल लगायत सिनिएर लिडरहरुको उपस्थिति रहेको थियो, उक्त समारोहमा कन्भेन्सन मूल आयोजक समिति साथै बिभिन्न उपसमितिहरुको गठन भएको थियो ।
५) लायन शिक्षा कोष
तत्कालिन लायन्स क्लब अन्तर्राष्ट्रिय डिस्ट्रिक्ट ३२५ वि १ मा रहेका जम्मा ट्रस्ट मध्ये रि–डिस्ट्रिकिन पश्चात ३२५ आई नेपालमा जम्मा ७३ जना ट्रस्टि रहनुभएको र जम्मा ट्रस्टिहरुको रकम रु. ७४१३२५५ ३२५ आई नेपालको लायन्स शिक्षाकोष सिभिल बैंकको खातामा जम्मा भएको छ साथै छात्रवृत्तिका चेकहरु क्लब मार्फत वितरण भइरहेको जानकारी गराउँछु ।
६) लायन्स वेलफेयर बैंक
तत्कालिन लायन्स क्लब अन्तराष्ट्रिय डिस्ट्रिक्ट ३२५ बि १ बाट हाम्रो डिस्ट्रिक्ट ३२५ आई नेपालको भागमा परेका २ वटा लायन्स नमुना गाउँको नाममा लायन्स वेल्झ्यार बैंकको मेगा बैंकमा रु. ३२३१५२७ खातामा जम्मा भएको जानकारी गराउनुहुँदै डिष्ट्रिक्टलाई उत्कृष्ट बनाउनका लागि प्रत्येक लायनको उति नै दायित्व रहेको स्मरण समेत गराउनुभएको छ ।
कार्यक्रममा आर्थिक प्रतिवेदन पेश गर्नुहुँदै डिष्ट्रिक्ट क्याबिनेट टे«जरर लायन सूर्यनारायण बरालले सो अवधिमा भए गरेको आय व्यय विवरण पेश गर्नुभएको थियो । सभाद्वारा दुवै प्रतिवेदन कर्तलध्वनिका साथ पास गर्नुभएको थियो । सभालाई लायन्सको विधान सम्वत् मार्च ११ (फागुन २७ गते) पोखरामा डिष्ट्रिक्ट कन्भेन्सन कल भएको जानकारी गराइएको थियो ।
तेस्रो क्याबिनेट मिटिङको होस्ट लायन्स क्लब अफ बेनी म्याग्दी, लायन्स क्लब अफ म्याग्दी दोभान, लायन्स क्लब अफ बेनी सिटी, लायन्स क्लब अफ म्याग्दी दरबाङ, लायन्स क्लब अफ बेनी मल्लाज, लायन्स क्लब अफ बेनी पिस सिटी, लायन्स क्लब अफ बेनी महारानी र लायन्स क्लब अफ बेनी लब्ली हिल, त्यसैगरी को–होस्ट क्लबहरुमा लायन्स क्लब अफ पर्वत गुप्तेश्वर, लायन्स क्लब अफ पर्वत भूमेकोट र लायन्स क्लब अफ पर्वत गुप्तेश्वर मोदी रहेका थिए ।
तेस्रो क्याबिनेट मिटिङ शुभारम्भ हुनुपूर्व सहभागीहरुले प्रभातफेरी कार्यक्रमबाट बेनी बजार परिक्रमा गरेर सभाहलमा प्रवेश गरेका थिए ।
प्रभातफेरी अनलाईन
बनेपा नपा-५,राजदास मार्ग
९८५११२८४५०,९८४१४२८४५०
प्रा.फम द. नं.: ९६७९/०७६/०७७
सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५
संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |
समाचारदाता : | बिपशना शाक्य सम्पर्क: ९८४३७२९१७५ |