Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०७९ चैत्र १३, सोमबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

रासायनिक मलको गुणस्तर पहिचान गर

प्रभातफेरी अनलाइन ५७ पटक पढिएको प्रकाशित मिति: २०७९ माघ १०, मंगलबार (२ महिना अघि)
Post Thumbnail

कृषि प्रधान देशका कृषकहरू समयमा अनुदानको रासायनिक मल नपाउँदा समस्यामा परेका छन् । कृषि पेसाको भरमा जीवन यापन गर्दै आएका कृषकहरू मलको अभावमा समयमा खेती गर्न नपाउँदा बालबच्चा पाल्नको लागि चिन्तित भएका छन् । राज्यले अनुदानको लागि वितरण गर्न खरिद गरेको रासायनिक मल कोटा निर्धारणमा निष्पक्षता नगर्दा मुलुकमा भएको ७ प्रदेश मध्य बागमती प्रदेशमा वढी अभाव भएको पाइन्छ । खेती योग्य भूमिको पहिचान विना राजनीतिक शक्तिको आधारमा कोटा निर्धारण गर्दा थप समस्या भएको हो ।
कोटाको आधारमा अनुदानको मल बिक्रीको जिम्मा पाएका कृषि सामाग्री कम्पनी र साल्ट टे्रडिङ्ग कर्पोरेसनले कति मल आयो र कुन कुन पालिकामा कुन कुन डिलरलाई कति उपलब्ध गराईएको बारेमा जानकारी सार्वजनिक गरेको छैन । बजारमा काला बजारीयाले अनुदानको मल बिक्री गर्नु र मल बिक्रीको जिम्मा पाएका पक्षले विवरण सार्वजनिक नगर्नुले थप शङ्काको वातावरण निम्तिएको छ । कार्यालयले सजिलैसँग कोटाको आधार भनेपनि कोटामा थोरै मल पाएकाले ढुवानीमा समस्या भएकोले कतिपय डिलरले मल नलगेको पाइन्छ तर कुन कुन डिलरले कति परिणाममा मल लगेनन् र सो नलगेको लम कुन आधारमा कसलाई बिक्री भयो भन्ने विषयमा जानकारी पाइन्न ।
अनुदानको रासायनिक मलको अभावको मौका छोप्दै बिभिन्न नामका गैर अनुदानको मल बजारमा पाइन्छ । बजारमा मनोमनी ढङ्गको मूल्य निर्धारण गर्दै बिक्री गर्दै आएको रासायनिक मलको गुणस्तर के कस्तो छ भन्ने विषयमा कुनै विश्वसनीय आधार छैन । कुन नामको मलको बजार मूल्य कति हो ? भन्ने विषयमा समेत कुनै जानकारी छैन । सिंहदरबारको अधिकार पाएका स्थानीय सरकारले कृषकहरू मर्कामा परेको विषयमा मौखिकरूपमा जानकारी गराउँदा समेत खासै चासो देखाएको छैन ।
कृषकहरूले गैर अनुदानको मलको गुणस्तरमा पहिचान गरी उचित मूल्य निर्धारण गर्नको लागि पटक पटक सुझाव दिदा समेत चासो नदिनुमा रहस्य हुन सक्ने कृषकहरूको गुनासो रहेको छ । कृषकहरूका अनुसार प्रति बोरा गैर अनुदानको मलमा ६ सय सम्म नाफा राख्नेगरेको गुनासो गरिरहँदा सम्बन्धित निकायको मौनताको रहस्य खुल्न सकेको छैन । कृषि सामाग्री कम्पनीको लोगो रहेको बोरामा अनुदानको रासायनिक मल बजारमा काला बजारीयाहरुले खुलेआम बिक्री गर्दैछन् त्यसमा समेत कसैको चासो पुग्न सकेको छैन । काला बजारीयाहरुले सो अनुदानको मल प्रति बोरा २ हजार रुपैयाँ सम्म बढी मूल्यमा बिक्री गरेको पाइन्छ ।
कृषकको गुनासोको आधारमा काभ्रे केही पालिकाले गुणस्तर परीक्षणको लागि कृषि शाखा प्रमुख र नगरका उपप्रमुख समेतले नमुना संकलन गर्ने कार्य गरेको पाइन्छ । सो संकलन नमुना परीक्षणको लागि सम्बन्धित निकायमा पठाएको झण्डै तीन महिना बित्न लाग्दापनि परिणाम सार्वजनिक नगर्नुमा बजारमा रहेको गुणस्तर हीन रासायनिक मल बिक्री गरिसक्ने अवसर दिएको हुन सक्ने कृषकहरूको गुनासो रहेको छ । यस्तो समस्याको समाधानको लागि तत्काल गुणस्तरको पहिचान गरी गुणस्तर हीन मल बिक्री गर्ने कार्यलाई रोक्न जरुरी रहन्छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
सम्पादकीय सम्बन्धि थप
  • Post Thumbnail

    सत्ता प्रतिपादक बन्नुहुन्न

  • Post Thumbnail

    सेवाग्राहीलाई सास्ती दिने कार्य बन्द गर

  • Post Thumbnail

    स्थानीय तहको बेथिति कहिले सम्म ?

  • Post Thumbnail

    स्थानीय सरकारको मर्म विपरित जाने छुट छैन

  • प्रभातफेरी ई-पेपरथप

    २०७९ चैत ८ गते

    २०७९ चैत ८ गते
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    Post Thumbnail

    टुक्का साहित्य

    टुक्का कविता

    टुक्का कविता

    अर्थान्तर

    अर्थान्तर

    मुक्तक

    मुक्तक

    प्रभातफेरी साप्ताहिकद्वारा प्रकाशित

    प्रभातफेरी डट कम

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९७५१०२८४५०,९८४१४२८४५०

    उद्योग दर्ता नम्बर ९६७९/०७६/०७७

    जी.प्र.का. काभ्रे दर्ता नम्बर: २१/६१/६२

    सूचना विभाग दर्ता नम्बर: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    प्रबन्धक : ईश्वरी राजकुमार मैनाली
    सम्पर्क: ९८५११६८४५६
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५
    समाचारदाता : बिपशना शाक्य
    सम्पर्क: ९८४३७२९१७५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0