Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०७९ चैत्र १३, सोमबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

सहकारी असफल हुनुको मुख्य कारणहरु

प्रभातफेरी अनलाइन ३१ पटक पढिएको प्रकाशित मिति: २०७९ माघ १०, मंगलबार (२ महिना अघि)
सहकारी असफल हुनुको मुख्य कारणहरु

जीवन मग्राती

सहकारी संस्था एक सामान्य नागरिकको जिबन यापन गर्ने प्रमुख माध्यम बनेको छ । नेपालमा सहकारी संस्थाहरु बढदै जाँदा मानिसहरुलाई आफ्ना सानातिना घरायसी आवश्यकता देखि जिबिकोपार्जन गर्न आवश्यक पर्ने ऋणहरु समेतहिले सहकारी संस्थाहरुले दिँदै आइरहेको छ । सहकारी अहिले आम सर्वसाधारण नागरिकको जिबनमा अपरिहार्य भईसकेको छ ।
हिजोको जस्तो साहु माजनका घरमा गएर अनेक थरिको ब्याज दिएर ऋण लिनुपर्ने अवस्था आज छैन । नेपालमा सहकारी अभियान हिजोको दिनमा भन्दा अहिले व्यवस्थित हुँदै गएको छ तर नियगमन गर्नु पर्ने संघ संस्थाहरुले प्रभाकारी ढंगले अनुगमन नगर्दा सहकारी संस्था संचालन निकै चुनौती पूर्ण हुदै गएको छ । दिन प्रतिदिन सहकारीहरु समस्या ग्रस्त हुँदै गएका छन् । जसका कारण सहकारी अभियानलाई नै असर पारिरहेको छ । समस्याको पहिचान र त्यसको विकल्प खोज्न नसक्दा आज यस क्षेत्रमा बिबिध समस्याहरु देखा परिरहेको छ । बास्तबमा समस्याको सहि कारणलाई संचालक समित र कर्मचारीहरुले बेलैमा बुज्न नसक्दा वा जानाजानी समस्या निमात्यउदा यस क्षेत्रमा अझैँ समस्या बढदै गएको छ । सहकारीमा संचालक समिति र सदस्यहरु बिच बिबेद भईरहनु आजको प्रमुख समस्या हुन पुगेको छ ।
यहाँ कति ओटा सहकारीमा संचालक र सदस्यमा राजा र प्रजाको जस्तो ब्यबहार भएको देखन सकिन्छ म आज तपाइहरुसँग एउटा सानो उदहारण प्रस्तुत गर्न चाहन्छु । म केहि समय अगाडी एउटा लघुवित्त माइक्रो फाईन्न्सको समूह मिटिंगमा जाने अवसर जुटयो हुन त म त्यस संस्थाको सदस्य थिइन् तर त्यस दिन म त्यो मिटिंग बसीरहेका थिए संस्थाबाट एक जना मिस आउनु भएको थियो । तोकिएको समय भन्दा अलिक ढिला गरेर दुई जना सदस्य आउनु भयो ढिला आउनु भएको कारण केहि रकम जरिवाना समेत तिर्नु भयो र त्यसै क्रममा एक जना सदस्यले ऋणको किस्ता हाल्नुपर्ने रहेछ तर उहाँको त्यो दिन रकम आउँन अलि ढिला हुने रहेछ ।
त्यस सदस्यले त्यहाँ आउनु भएको संस्थाको मिसलाई उहाँले बिनम्र पुर्बक मिस मेरो रकम आउँन अलि ढिला हुन्छ म त्यो रकम भोलि अफिस मै ल्याउँछु मात्रै के भन्नु भएको थियो त्यो लघु बित्तको मिस हाडी भित्रको मकै पड्के सरि कराउन थाल्नु भयो । अनेकन गालि गलौज गर्न थाल्नु भयो र कडाइका साथ भन्नु भयो भोलि अफिस आउँदा आज नतिरेको कारण भोलि जिरिवाना सहित ल्याउनु होला नत्र तपाइँको घरमा आएर बेइज्जत गर्नु पर्ला मलाई यो सब्द सुन्दा हिजोको पञ्चे शासनको याद आयो र म त्यस ठाउँबाट बाहिर निक्ले र त्यस लघुबित्तको कर्मचारी र सदस्य बिचको कुराले मेरो मनमा अनेकन प्रश्न चिन्ह खडा गर्यो यो त हिजका साहु माजनले गर्ने ब्यबहार भन्दा बढी भयो भन्दै म मेरा मनमा प्रश्नहरुको भण्डार बनाउँदै म अघि बढे । आजका केहि नगन्य फटाहा सहकारी संस्थाहरुको कारण आज सहकारी क्षेत्र बदनाम भएको छ । सदस्यको बचत रकमलाइ आफ्नै निजि सम्पति जसरि आफ्ना व्यक्तिगत काम ब्यापार, ब्यबसायमा प्रयोग गरेको कारण पनि आज सहकारी क्षेत्र असफल बन्दै गइरहेको छ । त्यति मात्रै होइन अझ केहि संघ संस्थाहरुले त जग्गा पालानिग, ठेकापट्टा लगायतका कामहरुमा रकम प्रयोग गरि रहदा आज सदस्यको बचत रकम फिर्ता गर्न नसक्ने अवस्था आएको छ । त्यसमा पनि कति ओटा संघ संस्थाले ऋण बितरण गर्दा उत्पादन मुलक क्षेत्रमा भन्दा पनि अनुउतापद्क क्षेत्रमा बढी लगानी गर्दा र आफ्ना नाता, गोता, इष्टमित्रलाई जथाभावी तरिकाले ऋण बितरण गर्नु सहकारी असफल हुनुको अर्को मुख्य कारण बन्न पुगेको छ । आजभोली त झन् सहकारी क्षेत्रलाई राजनीतिक थलोको रुपमा बिकास गर्दै गएको स्पष्ट देखन सकिन्छ । जब सहकारीमा अधिवेशनको समय आउँछ व्यक्तिको दक्षता, क्षमता, सहकारी प्रतिको योगदानको मुल्यांकन हुँदैन त्यहाँ त्यहाँ खोजी हुन्छ मात्रै उ कुन राजनीतिक दलको हो ? आफ्नो दलको हो कि होइन ? आफ्नो दलको हो भने त्यहाँ आखा चिम्लिएर नेतत्व चयन गरिन्छ । राजनीतिक दलका आधारमा भागबण्डा लगाइन्छ र नेतत्व बाँडफाँड भएको देख्न सकिन्छ । क्षमतावान् ब्यक्तिहरुलाई पाखा लगाएर बनाएको कार्यसमितिले सहि ढंगले काम गर्न नसक्दा आज सहकारी अभियानप्रति नै प्रश्न चिन्ह उठिरहेको छ, कति ओटा नातावाद कृपावादमा चलेको संस्थाहरुको अनुगमन र नियमन नहुँदा सहकारी क्षेत्रमै एक खालको बिकृति केहि वर्ष यता ह्वात्तै बढेको देख्न सकिन्छ ।
विशेषतः सहकारीले आफ्नो कार्यक्षेत्र भन्दा बाहिर लगानी गर्नु तत्कालिन तथा दीर्घकालिन रणनीतिक योजनाहरु नबनाउनु, कर्मचारी तथा संचालक समिति, उपसमितिहरुको समय अनुरुप क्षमता अभिवृद्धि नगर्नु, संस्थागत निर्णय भन्दा पनि व्यक्ति हाबी हुनु संस्थामा भएका खर्चहरु पारशर्सी तरिकाले प्रस्तुत नगर्नु र लगानी क्षेत्रहरु स्पष्ट नगरी जाथाभावी ऋण लगानी गर्दै जानु सहकारी असफल बन्दै जानुको प्रमुख कारणहरु बन्दै गएका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
लेख सम्बन्धि थप
  • “वीरे ज्योज्योले बचाएको दिन”

    “वीरे ज्योज्योले बचाएको दिन”

  • गुदीविहीन रिटले हल्लाएको देश !!!

    गुदीविहीन रिटले हल्लाएको देश !!!

  • विवाह ः एक सामाजिक संस्था !

    विवाह ः एक सामाजिक संस्था !

  • गजल के हो ? र कसरी लेख्न सकिन्छ ?

    गजल के हो ? र कसरी लेख्न सकिन्छ ?

  • प्रभातफेरी ई-पेपरथप

    २०७९ चैत ८ गते

    २०७९ चैत ८ गते
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    Post Thumbnail

    टुक्का साहित्य

    टुक्का कविता

    टुक्का कविता

    अर्थान्तर

    अर्थान्तर

    मुक्तक

    मुक्तक

    प्रभातफेरी साप्ताहिकद्वारा प्रकाशित

    प्रभातफेरी डट कम

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९७५१०२८४५०,९८४१४२८४५०

    उद्योग दर्ता नम्बर ९६७९/०७६/०७७

    जी.प्र.का. काभ्रे दर्ता नम्बर: २१/६१/६२

    सूचना विभाग दर्ता नम्बर: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    प्रबन्धक : ईश्वरी राजकुमार मैनाली
    सम्पर्क: ९८५११६८४५६
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५
    समाचारदाता : बिपशना शाक्य
    सम्पर्क: ९८४३७२९१७५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0