जुना राई
कसैले नबुझेर होला, दुखाईको मन थियो
उस्ले झन् बुझेर पनि दुखाएको तन थियो
समयले पर्खिदैन थाह भए पनि छक्क परेँ,
त्यति खेर झरिले पनि चोट दिएको पन थियो
000
यही हो चाहन मेरो जीवनको
जब मेरो खबर पाउने दूरसञ्चारको
कसैको आँखा नपरेस् यो ठाउँमा
लुटेर धुतेर हैन जिउँन पाउँ संघर्ष गरेर
सोचेको जस्तो होला नहोला तर, तर
कैले पनि खोसेर जिउँनु नपरोस्
कुनै कदमको।
000
म मरे पछि तिमीले लेख्ने सब्दनै के छर,
समय उही हो सायद भन्ने सब्दनै के भर,
यसै पीडाले भरिएको यो मनको पानाहरु
हराएको ति बिगदले खोज्ने सब्दनै के कर!
000
हराएछु कतै म भने पनि तिमी मलाई नखोज
घडबड भएछ भने पनि तराजुमा मलाई नजोख
समयले कहिँ कतै पुराउछ कसैलाई थाहा हुन्न
हावा सँगै कतै उडी बिलाएछु भने मलाई नसोध ।
000
बदनाम नगर कसैको, बदनाम गरेर के पाउँछौ तिमीले
झुटो नबोल कोही संग, झुटो बोलेर के पाउँछौ तिमीले
आज जन्मेका छौ भोलि रमाउँ, पर्सि त पक्का मर्छौ नै
जिन्दगी दुई दिनको अरुलाई, रुवाएर के पाउँछौ तिमीले
000
प्रभातफेरी साप्ताहिकद्वारा प्रकाशित
प्रभातफेरी डट कम
बनेपा नपा-५,राजदास मार्ग
९७५१०२८४५०,९८४१४२८४५०
उद्योग दर्ता नम्बर ९६७९/०७६/०७७
जी.प्र.का. काभ्रे दर्ता नम्बर: २१/६१/६२
सूचना विभाग दर्ता नम्बर: ८२०/०७४-७५
संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
प्रबन्धक : | ईश्वरी राजकुमार मैनाली सम्पर्क: ९८५११६८४५६ |
सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |
समाचारदाता : | बिपशना शाक्य सम्पर्क: ९८४३७२९१७५ |