प्रभातफेरी अनलाइन६२१ पटक पढिएको प्रकाशित मिति: २०७९ माघ १८, बुधबार(३ साल अघि)
जुना राई
कसैले नबुझेर होला, दुखाईको मन थियो
उस्ले झन् बुझेर पनि दुखाएको तन थियो
समयले पर्खिदैन थाह भए पनि छक्क परेँ,
त्यति खेर झरिले पनि चोट दिएको पन थियो
000
यही हो चाहन मेरो जीवनको
जब मेरो खबर पाउने दूरसञ्चारको
कसैको आँखा नपरेस् यो ठाउँमा
लुटेर धुतेर हैन जिउँन पाउँ संघर्ष गरेर
सोचेको जस्तो होला नहोला तर, तर
कैले पनि खोसेर जिउँनु नपरोस्
कुनै कदमको।
000
म मरे पछि तिमीले लेख्ने सब्दनै के छर,
समय उही हो सायद भन्ने सब्दनै के भर,
यसै पीडाले भरिएको यो मनको पानाहरु
हराएको ति बिगदले खोज्ने सब्दनै के कर!
000
हराएछु कतै म भने पनि तिमी मलाई नखोज
घडबड भएछ भने पनि तराजुमा मलाई नजोख
समयले कहिँ कतै पुराउछ कसैलाई थाहा हुन्न
हावा सँगै कतै उडी बिलाएछु भने मलाई नसोध ।
000
बदनाम नगर कसैको, बदनाम गरेर के पाउँछौ तिमीले
झुटो नबोल कोही संग, झुटो बोलेर के पाउँछौ तिमीले
आज जन्मेका छौ भोलि रमाउँ, पर्सि त पक्का मर्छौ नै
जिन्दगी दुई दिनको अरुलाई, रुवाएर के पाउँछौ तिमीले
000