Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०७९ चैत्र ११, शनिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

नेपाल राष्ट्र र नेपाली जनताको सर्वोपरी हितमा जनयुद्ध

प्रभातफेरी अनलाइन २७ पटक पढिएको प्रकाशित मिति: २०७९ फागुन २, मंगलबार (१ महिना अघि)
Post Thumbnail

सन्दर्भ ः २८ औं जनयुद्ध दिवस

राजेन्द्र न्यौपाने

१०४ वर्षिय जहाँनीय राणा शासनकालमा आफ्नो खेतबारीमा काम गर्दागर्दैको अवस्थामा राणाले बोलेपछि उसको भारी बोकेर उसैको गन्तव्यमा जानु पर्दथ्यो ।
राणाको बास कुनै गाउँको घरमा पर्यो र त्यस घरमा कन्या राम्री रहिछन् भने राणाको गलत नजरमा पर्नुपर्दथ्यो । त्यस घरको पूरुष राणाको भरिया बन्नुपर्दथ्यो । गाउँमा रहेका आर्थिक रुपले विपन्न समुदाय बोक्सी, छौडा लगायतका अन्धविश्वासका साधन बनाइने र विभिन्न प्रकारका यातना दिने गरिन्थ्यो । प्रजातन्त्र प्राप्तिका लागि तत्कालिन अवस्थामा राजा त्रिभुवन सहित नेपाली जनताले विद्रोह गरेर राणा शासनको अन्त्य भयो । केही वर्ष राणाकै निगरानीमा शासनशैली सञ्चालन भएपनि २०१५ सालमा आमनिर्वाचन भयो । यो निर्वाचन राणा र राजालाई मनपरेको थिएन त्यसैले २०१७ सालमा राजा महेन्द्रले शासनसत्ता आफ्नै हातमा लिए । त्यतिबेला विकास निर्माणका केही पूर्वाधार खडा गरेको र विदेशी सामू नझुेको इतिहास रहेको छ । उनको मृत्युको सहि कारण अझै पत्ता लागेको छैन । भौतिक पूर्वाधारका क्षेत्रमा राजा महेन्द्रले गरेका निर्माणहरु अहिलेसम्म प्रयोगमा रहेका छन् ।पञ्चायती शासन व्यवस्थाका विरुद्ध काँग्रेस र कम्युनिष्टहरु आन्दोलनमा रहिरहे, २०४६ सालको जनआन्दोलनबाट २०४७ सालमा बहुदलको घोषणा भयो । बहुदलको घोषणा भएको कुरा राजपरिवार भित्र र विदेशी शक्तिलाई मन परेको थिएन । २०४७ पछि शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा विकासको थालनी सुरु भयो । गाउँगाउँमा विद्यालय र स्वास्थ्य चौकीहरु खुल्न थाले । जनताका आधारभूत आवश्यकताहरु ज्यूँकात्यूँ रहे । शब्दमा प्रजातन्त्र भनेपनि व्यवहारमा राणाहरुले गर्ने व्यवहार भन्दा फरक व्यवहार जनताले पाउन सकेनन् ।
२०५२ सालबाट जनयुद्धको घोषणा भइ २०६२ सम्म अधिकार जनतालाई दिन खोज्ने र अधिकार दिन नखोज्ने वीच युद्ध भयो । युद्धमा राज्य पक्षबाट निर्मम ज्यादती भयो । जहाँनीय राणा शासनकालको भन्दा निक्कै कठोर यातना र पिडा नेपाली जनसमुदायले भोग्नु पर्यो । मुलुक शान्ति प्रक्रियाबाट आजको स्थानसम्म आइसकेकाले युद्धका नाममा भएका भयानक र अकल्पनीय घटनाहरुलाई यहाँ सबै उल्लेख गर्न सकिएन ।
पछिल्लो समय २०६४ सालदेखि परिवर्तनका लागि जनताको अधिकार स्थापित गर्न लागि परेको नेकपा माओवादी केन्द्र सरकार र सत्तामा निरन्तर सहभागि रहेको छ । यस वीचमा जनताका धेरै अधिकारहरु स्थापित भएका छन् । ग्रामीण क्षेत्रमा स्थानीय सरकार स्थायी रुपमा जनताको सेवाका लागि रहेको छ । काठमाण्डौबाट मात्रै सम्पादन हुने कामहरु प्रदेशमा पुगेका छन् । नीतिगत रुपमा जनताका मागहरु सम्बोधन हुनेगरी योजनाहरु आएका छन् ।
धेरै राम्रा कामहरु हुँदाहुँदै पनि परिवर्तनमा अवसर खोज्ने ढोँगीहरुको कमी भने माओवादी भित्र कम छ भन्न सकिँदैन । विशेषगरी सत्तामा पुगेपछि क्रान्तिकारी नेताहरु पुरानै शैली र व्यवस्थामा भुल्ने गरेका छन् । भौतिक सेवासुविधामा हराएका छन् । भए गरेका राम्रा कामहरुको समेत अभिलेखिकरण गर्न सकेका छैनन् । आफ्नो अवसरको लागि नेतृत्वलाई गुहार गर्ने काममा सबै लागि परेका छन् तर नेतृत्वले गरेका असल कामको बारेमा नागरिक स्तरसम्म पुग्ने गरी बोल्न र लेख्न हिच्किचाउँछन् । शहिद वेपत्ता जनहरुलार्ई शब्दले सम्मान गर्दछन् तर तिनका परिवाजनका समस्यामा साथ दिन वा समस्या बुझ्न कहिल्यै अघि सर्दैनन् । ग्रामीण क्षेत्रमा हुने विकास निर्माणका योजनाबाट लाभ लिने मनशाय राख्दछन् र शहरका विभिन्न भागमा कँक्रिट महलको सपना देख्दछन् । सपना पूरा हुनेहरु झनै ठूला नेता हुने, मन्त्री हुने र अझै माथि पुग्ने योजनामा विभिन्न हतकण्डा अपनाउँछन् । शहरमा महल नहुनेहरु पिडामा छटपटिएर आफ्नो केही नभएको भन्दै क्रान्ति र आन्दोलन व्यर्थ रहेको भन्दै गुनासो गरिरहन्छन् । भौतिक बस्तुलार्ई मात्र आफ्नो हो भन्ने ठान्नेहरु क्रान्तिकारी होइनन् । जनताले पाएको अधिकार र न्यायलाई आफ्नो ठान्न सक्नुपर्दछ ।
साच्चै यो आन्दोलन लुकीछिपि धन बटुल्न, आफ्ना छोराछोरीलाई थरीथरी ब्राण्डका रक्सीको पोखरीमा डुबुल्की लगाउन, विदेश सयर गराउन, आफ्नै नाममा सिँगो पृथ्वी नै प्लटिङ गर्न तर्फ अग्रसर हुन, नयाँ–नयाँ श्रीमती बटुल्न, गलत कामको विरोध गर्ने असल कार्यकर्ताहरुको हत्या योजना तयार गर्न, शहिद वेपत्ता परिवारजनलार्ई हेयको भावना हेर्न, सत्ताको आडमा कर्मचारी सरुवा बढुवा गरी लाभ लिन गरिएको थिएन । तिमीहरु कार्यकर्ता हौ बाचुञ्जेल हाम्रो सेवा गर्नुपर्छ, तिमीहरुलार्ई नेता बनाएर हामीले झोला बोक्न मिल्दैन भन्दै आफै मात्रै नेता बन्न खोजिरहने प्रयोजनका लागि क्रान्तिको सुत्रपात भएको थिएन । कमरेडहरुले नमस्कार नगरेर सलाम गरेको यहाँहरुलार्ई सायद स्मरण होला ।
यहाँ उही १०४ वर्षे जहाँनीय शासन व्यवस्थाका लागि जनयुद्ध गरिएको थिएन । हिजो आफ्नै काममा खटिएका किसानहरु राणाको निसानामा पर्दथ्ये आज प्रजातन्त्र, पञ्चायत, बहुदल, प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्र विभिन्न शब्दहरु सहितको शासन व्यवस्थामा पनि शैलि जहाँनीय शासन व्यवस्थाभन्दा उच्च तहको सोच विचारको जनताले हेर्न पाएनन् । सुत्केरी महिलाको रक्तश्राव रोक्न इमर्जेन्सी उपचार कक्षमा हिडेका डाक्टर पुरानै व्यवस्थाअनुसार कुटिएका छन् । उनीहरुको रोजिरोटी खोसिएको छ । सत्ताको मालिकहरुबाट हुने चरम दमन र शोषण कायमै राख्न जनयुद्ध भएको थिएन ।
आफूले र आफ्ना कार्यकर्ताले राज्यका धन लुट्न सके क्रान्तिको स्वाद मिठो हुने र नसके क्रान्ति आवश्यक छ भनेर मुख उद्य्याइरहने जुन स्वार्थपूर्ण दैनिकी छ, त्यसलार्ई नेताहरुले सुधार गर्न नसक्दा देशमा नयाँ राणाहरुको उदय भइरहेको छ । जनताले न्याय पाएका छैनन् । देशविदेशका शान्ति विरोधी पक्षले निरन्तर हमला गरिरहेका छन् । जनयुद्धबाट जनस्तरमा आएको व्यापक परिवर्तनलाई आत्मसाथ गरी अघि बढ्नु आजको आवश्यकता रहन गएको छ । नेतालार्ईएककिलो स्याउ, एकबोत्तल रक्सी उपहार दिएको वा नयाँ श्रीमती मिलाई दिएको नाममा जुनसुकै हर्कत गर्न पछि नपर्नेहरु नेताको आशिर्वादले अब्बल क्रान्तिकारी बनिरहेका छन् । आफूलार्ई कम्युनिष्ट नेता भन्नेहरु उपहारको आशामा बस्नु भनेको विचार विहिन हुनु हो । यही विचार विहिन नेतृत्वका कारण नेता ठोस विचार लिएर अघि बढ्न सकिरहेका छैनन् ।
युद्धका कहाली लाग्दा समयहरु, शहिद, बेपत्ता, घाइते योद्धा, तिनका परिवारजनहरुलार्ई सम्झिएर, व्यवहारीक साथ लिएर र दिएर अघि बढ्नु आजको आवश्यकता रहन गएको छ । जनयुद्ध उचित भएको र यसका नेतृत्वकर्ताहरुले मात्रै देशलार्ई अगाडि बढाउन सक्छन् भन्ने प्रमाण देशमा सबैले देखिरहेका समय त्यसभन्दा तलका नेता तथा कार्यकर्ताहरु आफ्नै व्यक्तिगत स्वार्थसिद्धका लुते धन्दामा लागेर समाजवादमा पुग्ने यात्रुहरुलार्ई हुलहुज्जतको भिडमा अल्मल्याइ राख्नु हुँदैन । स्वार्थमा रमाएका यस्ता नेतालार्ई लतारेर अघि बढ्नुपर्दछ । नेपाल राष्ट्र र नेपाली जनताको सर्वोपरी हितका पक्षमा सबै एक भएर जुट्नुपर्दछ ।

 

लेखक ः प्रेस सेन्टर नेपालका पदाधिकारी हुन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
लेख सम्बन्धि थप
  • “वीरे ज्योज्योले बचाएको दिन”

    “वीरे ज्योज्योले बचाएको दिन”

  • गुदीविहीन रिटले हल्लाएको देश !!!

    गुदीविहीन रिटले हल्लाएको देश !!!

  • विवाह ः एक सामाजिक संस्था !

    विवाह ः एक सामाजिक संस्था !

  • गजल के हो ? र कसरी लेख्न सकिन्छ ?

    गजल के हो ? र कसरी लेख्न सकिन्छ ?

  • प्रभातफेरी ई-पेपरथप

    २०७९ चैत ८ गते

    २०७९ चैत ८ गते
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    Post Thumbnail

    टुक्का साहित्य

    टुक्का कविता

    टुक्का कविता

    अर्थान्तर

    अर्थान्तर

    मुक्तक

    मुक्तक

    प्रभातफेरी साप्ताहिकद्वारा प्रकाशित

    प्रभातफेरी डट कम

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९७५१०२८४५०,९८४१४२८४५०

    उद्योग दर्ता नम्बर ९६७९/०७६/०७७

    जी.प्र.का. काभ्रे दर्ता नम्बर: २१/६१/६२

    सूचना विभाग दर्ता नम्बर: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    प्रबन्धक : ईश्वरी राजकुमार मैनाली
    सम्पर्क: ९८५११६८४५६
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५
    समाचारदाता : बिपशना शाक्य
    सम्पर्क: ९८४३७२९१७५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0