Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ९, सोमबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

मजदुरहरु समृद्ध समाज निर्माणका अग्रज दस्ता हुन्ः फ्याक्सन इन्चार्ज घर्ती

प्रभातफेरी अनलाइन ६७० पटक पढिएको प्रकाशित मिति: २०७९ चैत्र ७, मंगलबार (३ साल अघि)
मजदुरहरु समृद्ध समाज निर्माणका अग्रज दस्ता हुन्ः फ्याक्सन इन्चार्ज घर्ती

काभ्रे । अखिल नेपाल टे«ड युनियन महासंघ काभ्रेको छैठौं भेलालाई सम्बोधन गर्न बनेपा आइपुग्नुभएका नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का केन्द्रीय स्थायी समिति सदस्य, महासंघ केन्द्रीय फ्याक्सन इन्चार्ज एवं कार्यक्रमका प्रमुख अतिथि जयपुरी घर्ती मजदुर भनेका समृद्ध समाज निर्माणका अग्रज दस्ता हुन् । जसले मुलुकलाई सम्वृद्ध बनाउनका लागि आफूलाई समर्पित गरेका हुन्छन् भन्नुभएको छ ।
आज जति पनि परिवर्तन भएको छ, यसमा मजदुरहरुको महत्वपूर्ण भूमिका रहेको छ । मजदुरहरुले आफूलाई समर्पित नगरेको भए नेपाली जनताले परिवर्तनको महसुस गर्न पाउने थिएन । त्यसैले सम्वृद्ध मुलुकको महत्वपूर्ण दस्ता भनेकै मजदुर हुन् । राज्यबाट यस दस्ताप्रति खेल्नपर्ने भूमिकामा सोचेजस्तो हुनसकेको छैन । त्यस सम्बन्धमा नेतृत्व गम्भीर रहेको बताउनुहुँदै नेता घर्तीको थप कथन थियो– जति पनि उपलब्धीहरु हासिल भएका छन्, त्यसको संरक्षण गर्ने दायित्व विशेष गरी मजदुरको काँधमा रहेको चर्चा गर्नुभएको छ । समाज रुपान्तरणमा मजदुरका पौरखी हातहरुले साम्राज्यवादका विरुद्ध धावा नबोलेको भए आज मुलुकमा प्राप्त सीमित अधिकारको अवशेष पनि हुने थिएन होला । यो गम्भीर योगदानका बारेमा नेतृत्व झनै गम्भीर छ । त्यसैले आज जुन किसिमको नेतृत्व चयन हुन गइरहेको छ, त्यसले समग्र मजदुरका हक, हित र अधिकारका लागि लड्नेछ भन्ने पूर्ण विश्वास आफूले लिएको नेता घर्तीले कार्यक्रममा खुलासा गर्नुभएको छ ।
त्यसैगरी कार्यक्रमलाई सम्बोधन गर्न आइपुग्नुभएको संघीय सांसद माननीय सूर्यमान दोङ लालध्वजले १० वर्षे जनयुद्धलाई सफलताको सिंढीमा पु¥याउने महत्वपूर्ण भूमिका मजदुरकै रहेको चर्चा गर्नुहुँदै मजदुरका ति पौरखी हातहरुले सम्वृद्ध मुलुकको नक्सा मात्र कोर्दैनन्, सक्षम र सफल मुलुकका रुपमा स्थापित गर्नेछन् । त्यसका लागि श्रम ऐन अनुसार मजदुरका हक, अधिकार र श्रमको मूल्य सुनिश्चित गर्नका लागि नेकपा माओवादी केन्द्र सदैव समर्पित छ । बिडम्बना ! राज्यको बागडोर साम्राज्यवादका दलालहरुको मुठ्ठीमा कैद भएको छ । यो अवस्थामा सत्ताको बागडोर सम्हालेको त देखिन्छ तर व्यवहारिक रुपमा श्रमिकको पक्षमा अझै पनि काम गर्ने वातावरण नभएको खुलासा माननीय दोङले कार्यक्रममा गर्नुभएको छ ।


सिंगो मुलुक माओवादीको एजेण्डामा चलायमान छ तर नेतृत्व साम्राज्यवादका पिछलगुहरुको पोल्टामा छ । अझै पनि प्राप्त सीमित अधिकारहरुको सुनिश्चितता हुन सकिरहेको छैन । यो अवस्थामा टे«ड युनियनसँग आबद्ध नेतृत्व र श्रमिकहरु चनाखो हुन जरुरी छ । जसरी आज शान्ति सम्झौताका विरुद्ध विष वमन भईरहेका छन्, त्यसैले पुष्टि गर्दछ, यो मुलुकमा परिवर्तन नचाहनेहरु जनजाति, आदिवासीका अधिकारहरु खोस्नेहरु सल्बलाएका छन् । यो परिवर्तनकामी जनताका लागि शुभ संकेत होइन । यस संगिणपूर्ण घडीमा मजदुर र मजदुर नेताहरुले उचित समयमा उचित निर्णय लिनुपर्ने अवस्था आउन सक्छ । त्यसका लागि तयारी अवस्थामा रहन माननीय दोङले मजदुरहरुलाई निर्देशन समेत कार्यक्रममा दिनुभएको छ । जबसम्म शोषित, पिडित वर्गको पक्षमा राज्यसत्ता पूर्ण रुपले समर्पित हुँदैन, तबसम्म मजदुरहरुले आफ्नो एकाग्रहलाई तोड्नु हुँदैन । यस किसिमको अवस्थालाई मनन गर्दै परिस्थितिले सिर्जना गरेका कुनै पनि अड्चनहरुसँग सामना गर्दै सुदृढ संगठन निर्माणका लागि आफूलाई उपयोग गर्नु प्रमुख दायित्व समेत रहेको नेता दोङले कार्यक्रममा बताउनुभएको छ ।


कार्यक्रममा संघीय सांसद एवं नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य मिना तामाङ, केन्द्रीय सदस्य एवं प्रदेश सांसद रुकु चौलागाईं, नेता प्रकाश श्रेष्ठ, शिव पोखरेल, हस्तबहादुर तामाङ, अविरल जिम्बा, रामकृष्ण बञ्जारा लगायतका वक्ताहरुले मजदुरले पञ्चायती शासनविरुद्ध खेलेको भूमिकाको साथै गणतन्त्र प्राप्तिका लागि गरेको उत्सर्गलाई नेतृत्वले भुल्नु नहुने बताउनुभएको छ । भेलाबाट अध्यक्षमा राजन अधिकारी, उपाध्यक्षमा रामगोपाल भुजेल, जय केसी, गिता खुलाल, सचिवमा दिलबहादुर भुजेल, कोषाध्यक्षमा सिता अधिकारी, सहसचिवमा नारायण फुँयाल लगायत ३५ सदस्य अखिल नेपाल टे«ड युनियन महासंघ जिल्ला समिति सर्वसम्मत चयन भएको छ । कार्यक्रम टे«ड युनियन महासंघका उपाध्यक्ष होमबहादुर खुलालको अध्यक्षतामा सम्पन्न भएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
प्रमुख समाचार सम्बन्धि थप
  • कुनै पनि भ्रमित हल्लाको पछि नलाग्न नेत्ता प्रचण्डको आग्रह

    कुनै पनि भ्रमित हल्लाको पछि नलाग्न नेत्ता प्रचण्डको आग्रह

  • काभ्रे/काभ्रे क्षेत्र नम्बर २ को निर्वाचन जहिल्यै रोचक हुने गर्छ

    काभ्रे/काभ्रे क्षेत्र नम्बर २ को निर्वाचन जहिल्यै रोचक हुने गर्छ

  • नेकपाका युवा संगठनद्वारा निर्वाचनमा ‘एक बुथ, २० युथ’ अभियान सञ्चालन

    नेकपाका युवा संगठनद्वारा निर्वाचनमा ‘एक बुथ, २० युथ’ अभियान सञ्चालन

  • जेष्ठ नागरिक सम्बन्धी बसुन्धराको प्रतिबद्धता : जेष्ठ नागरिकलाई सम्मानजनक, सुरक्षित र आत्मनिर्भर जीवनको सुनिश्चितताका लागि पहल गरिने

    जेष्ठ नागरिक सम्बन्धी बसुन्धराको प्रतिबद्धता : जेष्ठ नागरिकलाई सम्मानजनक, सुरक्षित र आत्मनिर्भर जीवनको सुनिश्चितताका लागि पहल गरिने

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0