Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ४, बुधबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

स्वास्थ्यका लागि खेल नारामा मात्र सीमित नहोस् ः नेता हुमागाईं

प्रभातफेरी अनलाइन २३११ पटक पढिएको प्रकाशित मिति: २०७९ चैत्र २४, शुक्रबार (२ साल अघि)
स्वास्थ्यका लागि खेल नारामा मात्र सीमित नहोस् ः नेता हुमागाईं

हार्नेको प्रतिस्पर्धामा महाभारत

काभ्रे । न्यू गौखुरेश्वर युवा क्लब धुलिखेलले आयोजना गरेको तेस्रो गौखुरेश्वर कप काभ्रे जिल्लास्तरीय पुरुष भलिबल प्रतियोगिताको शुभारम्भ गर्नुहुँदै नेपाली कांग्रेस काभ्रे जिल्ला समितिका उपसभापति रमेश हुमागाईंले स्वास्थ्यका लागि खेल भन्ने नारामै सीमित नहोस् भन्ने आग्रह गर्नुभएको छ ।


राष्ट्रिय भलिबल रेफ्री हरिनारायण श्रेष्ठलाई बल हस्तान्तरण गरेर प्रतियोगिताको शुभारम्भ गर्ने क्रममा नेता हुमागाईंले भलिबल खेलको इतिहासतर्फ चर्चा गर्नुहुँदै खेलले समाज रुपान्तरण गर्नुका साथै स्वस्थ नागरिक उत्पादन गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउनुभएको छ । खेलको माध्यमबाट नै सक्षम, नैतिकवान्, कर्तव्यनिष्ठा युवाहरुको निर्माण गर्ने महत्वपूर्ण साधन भनेको खेलकुद नै हो । त्यसैले यसतर्फ सरोकारवाला निकायले आफ्नो भूमिकालाई समय सापेक्षित ढंगबाट सम्बोधन गर्नसके आजको मुलुकको समस्या समाधानको बाटो हामीभित्रैबाट निस्कने धारणा राख्नुभएको छ ।
भलिबल खेलको विकास र दक्ष जनशक्ति उत्पादनमा न्यू गौखुरेश्वर युवा क्लबले खेलेको भूमिका अनुकरणीय छ । निरन्तर रुपमा यस क्षेत्रमा आफूलाई स्थापित गर्न खोज्नु नै आजको आवश्यकता पनि हो । कयौं गैससहरु नाममा सीमित छन्, उनीहरुले यस क्लबबाट सिक्नपर्ने आफूले देखेको नेता हुमागाईं कार्यक्रममा खुलासा गर्नुभएको छ ।
कार्यक्रममा धुलिखेल नगरपालिकाका उपप्रमुख निराजन जंगमले खेलकुदको क्षेत्रलाई अझै सशक्त रुपमा अगाडि लैजानका लागि आफ्नो भूमिका सदैव सकारात्मक रुपमा रहने चर्चा गर्नुभएको छ । खेलकुदका नाममा हुने अस्वभाविक प्रतिस्पर्धाले दक्ष जनशक्ति उत्पादन नहुने भएकै कारण पछिल्लो समय खेलकुदको क्षेत्रमा नागरिकले अपेक्षा गरे अनुरुपका कार्यहरु नभएकै हुन् । अबका दिनमा त्यस्ता आलोचनात्मक कार्यहरुलाई निरुत्साहित युवा जनशक्तिहरु लागिपर्नुपर्ने उपप्रमुख जंगमको धारणा छ ।


शीर्षक सुन्दा र पढ्दा कतिलाई अचम्मै लाग्न सक्छ तर यो यथार्थ भएको छ । जिल्लामै नाम कमाएको महाभारत गाउँपालिकाले धुलिखेल नगरपालिका वडा नं. ५ सँगको भिडन्तमा देखिएको यथार्थतालाई चित्रण गर्दै पाठकसामु पस्किने जमर्काे गरेका छौं । खेलमा जित्नका लागि प्रतिस्पर्धा भएको थाहा थियो । बिडम्बना ! उद्घाटनपछिको दोस्रो खेलको दृश्य हार्नका लागि प्रतिस्पर्धा भएको सहजै अनुमान काट्न सकिन्छ । जसको सिकार महाभारत गाउँपालिका भएको छ । काभ्रे जिल्लामा भलिबलको क्षेत्रमा अब्बल सावित महाभारत गाउँपालिकाले भलिबल खेल अवधिभर देखाएको दृश्यले कुनै दर्शकको पनि सहानुभूति लिन सकेन । यस अवस्थामा बिरलै पाइने दृश्यको प्रत्यक्ष अनुभव आज धुलिखेलमा देखियो । ठूला–ठूला खेलहरुमा म्याच फिक्सिङका घटनाहरु सुन्ने गरिन्थ्यो तर आज सामान्य रुपमा लिइएको जिल्लास्तरीय खेलमा पनि यस किसिमका दृश्यहरुले खेलप्रतिको मोह भंग हुँदै गएको आजको खेलले पुष्टि गरेको छ । आशा छ, आगामी दिनमा यस किसिमका दृश्यहरु देख्न पर्ने छैन ।
सो जिल्लास्तरीय प्रतियोगितामा जिल्लाका ९ वटा टिमले सहभागिता जनाएका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
३%३%२%१%१%
प्रतिक्रिया दिनुहोस
खेलकुद सम्बन्धि थप
  • लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

  • नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

  • डाँडापारी पत्रकारिता पुरस्कारबाट कान्तिपुरकर्मी धिताल नगद सहित पुरस्कृत

    डाँडापारी पत्रकारिता पुरस्कारबाट कान्तिपुरकर्मी धिताल नगद सहित पुरस्कृत

  • चुनावी प्रचारप्रसारको अन्तिम दिन : नेकपालाई पहिलो पार्टी बनाउने लक्ष्यसहित नेता कार्यकर्ताहरु टोलटोलमा, चुनावी माहोल उत्साहजनक

    चुनावी प्रचारप्रसारको अन्तिम दिन : नेकपालाई पहिलो पार्टी बनाउने लक्ष्यसहित नेता कार्यकर्ताहरु टोलटोलमा, चुनावी माहोल उत्साहजनक

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    Post Thumbnail

    राजनीतिक संस्कारबिनाकाे बहुमत अर्थहिन

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    Post Thumbnail

    निर्वाचनको सन्देश: नयाँ शक्तिको विजय कि पुराना दलप्रतिको असन्तोष ?

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0