Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Advertisement
SKIP THIS
Logo
२०८२ माघ १९, आईतबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

गद्य कविताका शिखर–कवि ः गोपालप्रसाद रिमाल

प्रभातफेरी अनलाइन ७५५ पटक पढिएको प्रकाशित मिति: २०८० जेष्ठ ९, मंगलबार (२ साल अघि)
Post Thumbnail

मोहन दुवाल, वरिष्ठ साहित्यकार

नेपाली साहित्यमा गद्य कविताका प्रथम प्रयोक्ता । क्रान्तिकारी कवि । इब्सनेली यथार्थवादी चिन्तनलाई नेपाली नाटकमा रुपान्तरण गर्न सफल नाटककार । “गतिलो साहित्य तपस्याले मात्र लेखिन्छ” भनी साहित्यमा मन दिँदै आफूलाई साहित्यकारका रुपमा उभ्याउँदै आउन सफल साहित्यकार गोपालप्रसाद रिमाल थोरै लेखेर धेरै प्रसिद्धि पाउन सफल स्रष्टा हुन् । गद्य कवितामा आफ्नै ओज र बर्कत् देखाउन सफल यिनी गद्य कविताका शिखर कवि हुन् । यिनको दृष्टिमा कविता विधामा उत्कृष्ट विधा गद्य कविता रहेकोले गद्य कविता लेखन सम्बन्धमा यिनले आफ्नो भावना यसरी पोखेका छन् –“लय चाहियो, पद्यमा होस् गद्यमा होस् । गद्यमा शब्दहरुको लयभन्दा बढी अर्थको लय हुन्छ । छन्दको बन्धन नभएको हुनाले विचारले, अर्थले लय पाउनुको सीमा नै छैन । छन्द अनन्त छन् भनेजस्तै गद्यको ध्वनि पनि मनग्य छ । यस हिसाबले हामी भन्न सक्छौं, लेखनाथज्यूको ‘पिँजराको सुगा’ गद्यमा लेखे झन् राम्रो हुन्छ । ‘आदर्श राघव’ अथवा ‘तरुण तपसी’ गद्यमा विशेष रुच्ने हुन्छ” (साहित्यकार परिचय र अभिव्यक्तिबाट) । यस खालको दृष्टि चेत्ले यिनले बलिया खालका गद्य कविताहरु रचना गरे । आमाको सपना एउटै कवितासङ्ग्रह मात्र यिनको प्रकाशित छ । यही कविता कृतिमा यिनले २०१९ सालमा मदन पुरस्कार प्राप्त गरेका हुन् ।


राजनीति बुझेका र राजनीतिमार्फत् केही आकाङ्क्षा मनमा साँचेर देशमा परिवर्तन ल्याउन सकिन्छ भन्ने भावना बोकेर राजनीतिमा लागेका यिनी गतिलो राजनीतिक परिवेश देशमा नदेखेर छटपटिन थाले । वि.सं. २०११ सालमा राँचीमा पु¥याएर यिनको औषधोपचार गरेको देखिन्छ । वि.सं. १९७४ जेठ १८ गते माता आदित्यकुमारी र पिता उमाकान्त रिमालको कोखबाट लगनटोल, काठमाडौंमा यिनको जन्म भएको हो । वि.सं. १९९३ सालमा एसएलसी परीक्षा बोर्डबाट यिनी प्रथम श्रेणीमा प्रथम भएको भए पनि आईएसम्म अध्ययन गरे तर उत्तीर्ण हुन सकेनन् । जीवन बाँच्ने क्रममा वि.सं. १९९६ मा जुद्धोदय पब्लिक स्कुलमा यिनले शिक्षण सेवा गरेको देखिन्छ । बर्दियामा १९९७ तिर अमिनीको लप्टन भएर पनि यिनले सेवा पु¥याए । वि.सं. २००० मा भाषानुवाद परिषद्मा पनि यिनी जागीरे भए । ‘जय नेपाल’ शब्द चलाउने गोपालप्रसाद रिमाल कविता र नाटक विधामा विशिष्ट पहिचान देखाउन सफल विशिष्ट प्रतिभा पनि हुन् । वि.सं. १९९५ मा स्थापित प्रजा पञ्चायतसँग यिनको राजनीतिक सम्बन्ध रह्यो । क्रान्तिपूर्व यिनले क्रान्तिको सपना देखेर थुप्रै कविताहरु लेखे । क्रान्तिपश्चात परिवर्तन नदेखेपछि, देशमा स्थिरता आएको भान नभएपछि यिनी विद्रोही जस्तो मात्र बनेनन्, कवितामा पनि यिनले यस्तै दृष्टि र बिम्ब प्रयोग गरे ।
निरङ्कुश राणा शासनको कालरात्रिमा क्रान्तिको कविता लेख्नु चानचुने कुरो थिएन, यिनले यसै बेला क्रान्तिका कविताहरु लेखेर आफ्नो साहसको उदाहरण देखाइदिए । छन्द परम्परामा हुर्केको नेपाली कविता परम्परालाई यिनले गद्य कवितामार्फत् तोड्न सफल रहे । गद्य कविता सूत्रपात गर्न सफल कवि गोपालप्रसाद रिमालले जनताका तत्कालीन भावना र चाहनालाई कवितामा उतारेर देखाएका छन् । प्रतीकात्मक ढङ्गले निरंकुश शासन सत्ताको विरुद्धमा यिनले परिवर्तनका पक्षमा कवितामा विचार व्यक्त गरे –“हिउँ र आगोभन्दा पनि बढ्ता छोइने भएर आउने छ ।” क्रान्तिका पक्षपाती कवि रिमालले स्वस्थ र गतिशील समाज निर्माण गर्नका लागि लेनिन, बुद्ध, गान्धी, माक्र्स, रुसो, लिंकनजस्ता युगपुरुष जन्माउन आह्वान गर्छन् । शोषणमुक्त समाजका परिकल्पनाकार कवि रिमालका सबैजसो कविताहरुमा परिवर्तनका स्वरहरु छताछुल्ल पोखिएका पाइन्छन् । ‘क्रान्ति’ले मेरो छाक टार्न बाँकी नै छ ।’ बहुसंख्यक जनताका पीडा र व्यथामा सान्त्वना दिन र समाजका सडेगलेका मान्यता र मूल्यमाथि कटाक्ष गर्न यिनले कविताका माध्यम रोजे । सामाजिक र सांस्कृतिक रुपान्तरण गर्नका लागि यिनले कविता र नाटकलाई हतियारका रुपमा प्रयोग गरेको देखिन्छ । ‘आमाको सपना’ मा जम्माजम्मी २८ वटा गद्य कविताहरु प्रकाशित छन् । यसको अलावा अन्वेषक शिव रेग्मीका अनुसार १४ वटा अन्य गीत–कविता फेला परेको भनाइ छ ।
वि.सं. १९९० सालदेखि लेख्न थालेका कवि रिमालको प्रथम गद्य कविता १९९२ फागुन १६ गते गोरखापत्रमा प्रकाशित भएको देखिन्छ । प्रतीकमा उपमा प्रयोग गरेर नवीन रुपक प्रयोग गर्न सिपालु कवि रिमाल सामन्ती शोषणप्रथाका विरोधी स्वतन्त्रता र समानताका पक्षपाती विद्रोही परिवर्तनकामी कवि हुन् । यिनले वि.संं. २०१९ सालमा नै आमाको सपना मार्फत् देशको सपना प्रतीक र उपमामा देखाइदिएका छन् । नाटकमा पनि यिनले आफ्नो स्थान सुरक्षित राखेर गएको देखिन्छ । मसान वि.सं. २००३ सालमा नै प्रकाशित भएको नाटक हो । यसको पूरक जस्तो देखिँदो नाटक यो प्रेम २०१६ सालमा मात्र प्रकाशित भएको देखिन्छ । नाटकका क्षेत्रमा पनि यिनले आधुनिकता भिœयाएको देखिन्छ । आधुनिक यथार्थवादी नाटक रचना गर्ने प्रथम स्रष्टाकै रुपमा पनि यिनको परिचय प्रख्यात छन् । शैली र विचारमा पनि आधुनिकता खोप्न सिपालु नाटककारका रुपमा प्रख्यात रहेका गोपालप्रसाद रिमालले मसान नाटकको प्रकाशन गरेर यथार्थवादी नाटकको सूत्रपात गरिदिएको देखिन्छ । विचार–दृष्टिमा पनि गतिशीलता सिंचन गर्न सफल रहेका यिनले प्रेम भनेको पवित्र हुनुपर्ने, वासना मात्र पे्रम होइन, मातृत्वको अर्थ र गरिमा उच्च कोटीको हुन्छ भनी सकारात्मक सोच नाटकमार्फत् व्यक्त गर्न खोजेका छन् । यिनका कविता र नाट्यकृतिमा बौद्धिकताको प्रयोग निस्फिक्री भएको पाइन्छ । इब्सनबाट प्रभावित जस्तो देखिँदो रिमालका नाट्यकृतिमा नेपालीपन व्याप्त हुनु नै यिनको विशेषता र सफलता मानिन्छ ।
पहिलो श्रीमती मोहनकुमारी भण्डारीको १९९० मा क्षयरोगले निधन भएकोले यिनकै बहिनी निर्मलाकुमारीसँग २००१ सालमा यिनले दोस्रो विवाह गरे । वि.सं. २०११ मा छोराको जन्म, नाम जुराइदियो मोहन रिमाल । धेरै हण्डर, दुःख खपेर साहित्य सिर्जनामा तल्लिन यिनी २०३० साल कात्तिक ८ गते अवसान भएको देखिन्छ । मरणोपरान्त वि.सं. २०६० मा त्रिभुवन प्रज्ञा पुरस्कार प्राप्त गरेका यिनले नेपाली साहित्यिक पत्रिका शारदाको पनि केही अङ्क सम्पादन गरे । दर्पण पत्रिकाको पनि वि.सं. २०१७ सालतिर सम्पादन गरेको देखिन्छ । सफल गद्य कवि । नौलो प्रयोग गर्न सफल नाटककार ।
राजनीतिक दृष्टिचेत् व्याप्त साहित्यकार । गोपालप्रसाद रिमालले साहित्यिक प्रेरणा स्रोतहरुका रुपमा उल्लेख गरेका विश्वका साहित्यकारहरुमा इब्सेन, बनार्ड शा, दस्तोबस्की, टाल्सटाय, रविन्द्रनाथ, शरद्चन्द, वाल्ट व्हिटम्यान आदि छन् । २००७ सालपछि पनि परिवर्तन महसुस नगरेका यिनले कवितामा लेखे –“भनिदेऊ नडराउ ÷ हाम्रो शिर ठाडो हुन नदिने अत्याचारको विरुद्ध ÷ हामीलाई बोल्नै नदिने गरिबीको विरुद्ध ÷ हामीलाई बाँच्नै नदिने गरिबीको विरुद्ध ÷ हामीलाई केही थाहै नदिने अज्ञानताको विरुद्ध ÷ कम्मर कसेर लडिरहेछ ÷ जीत उसैको हुन्छ ।”
परिवर्तनका पक्षपाती कवि । युगका स्वर उराल्न सफल साहित्यकार । राजनीतिक दृष्टिले सचेतना मनमा साँचेर आफूले बुझे अनुसारको स्वर सन्देश दिन पाउँदा गौरव गर्ने साहित्यकार गोपालप्रसाद रिमाल ५५ वर्षको उमेरमा निधन भएको देखिन्छ । तर साहित्यिक इतिहासमा यिनका अक्षरका पदचापहरु मेटिन गाह्रो छ । कविता, नाटकमा र साहित्यिक जगतमा यिनी सधैंका लागि अमर छन् र रहिरहने छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
साहित्य सम्बन्धि थप
  • बनेपा : चण्डेश्वरी र जगत्केशरीको चण्डेश्वरी स्तोत्र

    बनेपा : चण्डेश्वरी र जगत्केशरीको चण्डेश्वरी स्तोत्र

  • नेपाल स्रष्टा समाजले गर्याे बृहद आत्मपरक निबन्ध गोष्ठी

    नेपाल स्रष्टा समाजले गर्याे बृहद आत्मपरक निबन्ध गोष्ठी

  • एउटा फेरि चोर पहरेदार छान्दै छौ

    एउटा फेरि चोर पहरेदार छान्दै छौ

  • डा.योगीको निबन्धकृति चेतना यात्रा लोकार्पण

    डा.योगीको निबन्धकृति चेतना यात्रा लोकार्पण

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल माघ १४ गते बुधबार

    २०८२ साल माघ १४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    दुमो बचत तथा ऋण सहकारीको १६औँ स्थापना दिवस विविध कार्यक्रमसहित सम्पन्न

    दुमो बचत तथा ऋण सहकारीको १६औँ स्थापना दिवस विविध कार्यक्रमसहित सम्पन्न

    प्रतिनिधि सभा निर्वाचनको माहोल क्रमशः तातिँदै

    प्रतिनिधि सभा निर्वाचनको माहोल क्रमशः तातिँदै

    बनेपा : चण्डेश्वरी र जगत्केशरीको चण्डेश्वरी स्तोत्र

    बनेपा : चण्डेश्वरी र जगत्केशरीको चण्डेश्वरी स्तोत्र

    पूर्व कृषि मन्त्री हुमागाँईको उदघाेष : पाँचखाललाई कृषि ‘हब’ बनाउन पहल गर्छु

    पूर्व कृषि मन्त्री हुमागाँईको उदघाेष : पाँचखाललाई कृषि ‘हब’ बनाउन पहल गर्छु

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0