Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ९, सोमबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

खानी र पानीमाथि गरिने राजनीति अन्त्यको संघारमा पुगेको छ, स्थानीयवासी र काभ्रे एकीकृत खानेपानीको भविष्य अन्यौलमा छ ः तामाङ

प्रभातफेरी अनलाइन ५७८ पटक पढिएको प्रकाशित मिति: २०८० अषाढ ५, मंगलबार (२ साल अघि)
खानी र पानीमाथि गरिने राजनीति अन्त्यको संघारमा पुगेको छ, स्थानीयवासी र काभ्रे एकीकृत खानेपानीको भविष्य अन्यौलमा छ ः तामाङ

काभ्रे । गाईवस्तुले घाँस खाँदैन, पहिरोको उच्च जोखिम छ, प्रत्येक परिवारमा रोगी छन्, परिवारका प्रत्येक बालबालिकाहरुमा मानसिक समस्या छ, गुनासो राख्न जाँदा “तेरो जग्गाको मूल्य कति ?” भनेर तुच्छ शब्द प्रयोग हुन्छ ।
यो अवस्थामा लामो समयदेखि विवादमा रहेको पनौती नगरपालिका वडा नं. २ र १२ मा अवस्थित खानीहरुका बारेमा बागमती प्रदेश सरकारको ध्यानाकर्षण भएको छ ।
आ.व. ०८०÷०८१ को नीति तथा कार्यक्रम अन्तर्गत उक्त क्षेत्रमा जलाधार निर्माणका लागि बजेट विनियोजन सँगसँगै खानी र पानी माथिको राजनीति अन्त्यको संघारमा पुगेको स्थानीयको विश्लेषण छ । वैधानिक र अवैधानिक गरी झण्डै दर्जनौं खानी रहेको उक्त क्षेत्रमा स्थानीयहरुको जनजीविकामाथि धावा बोल्दै खानी सञ्चालकहरुले राजनीतिक शक्तिको आडमा तड्पाइरहेका थिए । वर्षाैंदेखि त्यस पिडालाई कसैले सुनुवाई समेत गरेका थिएनन् । पछिल्लो समय राजनीतिक रुपमा रहेका नेतृत्वहरुले समेत कमाई खाने भाँडोको रुपमा लिएको स्थानीयको आरोप छ ।
भोट माग्न आउँदा एउटा कुरा गर्ने, भोट लिएर गईसकेपछि अर्काे कुरा गर्ने नेतृत्वको द्वयत्त चरित्रका कारण स्थानीयहरु विस्थापित हुनुको विकल्प थिएन । त्यति हुँदाहुँदै पनि संघीय सांसद मिना तामाङले संसदमा यो विषयमा सभामुख मार्फत् सरकारको ध्यानाकर्षित गरेपश्चात् त्यस क्षेत्रका जनतामा केही मात्रामा भएपनि राहत महसुस भएको स्थानीयको गुनासो छ । चुनौती उठाएरै माननीय मीना तामाङले हाम्रो पिडा संसदमा उठाइदिनुभयो, सरकारको ध्यान खिच्ने काम गरिदिनुभयो, त्यसका लागि हामी ऋणी भएका छौं । हुन त उहाँलाई हामीले मत दिएका होइनौं तर पनि जसलाई मत दियौं, उसले बोल्न चाहेन, जसलाई तिरस्कार ग¥यौं, उसले सम्मान ग¥यो । त्यसले पनि हामीमा आत्मबोध भएको छ । समयले साथ दिएमा सांसद मिना तामाङले लगाउनुभएको ऋण हामी तिर्न प्रतिबद्ध छौं भन्छन् पिडित स्थानीय । झण्डै ६ सय धुरीका आँखामा आज पनि सन्त्रास छाएको छ । कुनबेला के हुने हो पत्तो छैन । यो बर्खा हाम्रा लागि नआइदिए हुन्थ्यो जस्तो लाग्छ । हाम्रा लागि दिन र रात उस्तै छन् । न दिनमा शान्ति छ न रातमा शान्ति छ । वातावरणीय हिसाबले हामी अत्यन्तै प्रभावित भएका छौं । हाम्रा गाईवस्तु मात्र होइन, प्रत्येक परिवारमा एक न एक सदस्य खानीबाट उत्पन्न धूलो धुवाँको करण बिरामी परिरहेका छन् । यो अवस्थामा स्थानीय सरकार चुनावको मुखमा गुलिया नारा लिएर आउँछ, हामीमा आश देखाउँछ र चुनावको भोलिदेखि बिर्सिन्छ स्थानीय हस्तबहादुर तामाङको गुनासो छ ।


त्यस्तै प्रदेश र संघीय सांसदहरुमा पनि कुनै भिन्नता छैन । सुन्दै आएका छौं, स्थानीय सरकार, प्रदेश सांसद, संघीय सांसद सबैलाई खानीहरुले मुखबुझो लगाउने गरेका छन् भन्ने सुनेका छौं, व्यवहारले ती आरोपहरु पुष्टि भएका छन् । किनकी जति पनि गुनासाहरु लिएर जाने गरेका थियौं, तिनको सुनुवाई हुँदैन थियो । त्यसले पनि नामधारी स्थानीय सत्ता भन्ने प्रष्ट बुझाएको महसुस भएको छ । अहिले जसरी माओवादी केन्द्रका नगर अध्यक्ष हस्तबहादुर तामाङको नेतृत्वमा जलाधार निर्माण अभियान अगाडि बढेको छ, त्यसले यस क्षेत्रको मात्र नभई काभ्रे जिल्लाकै मुहार फेर्नेमा हामी विश्वस्त छौं । जुन किसिमको परिकल्पना सहित जलाधारको खाका लिएर जानुभएको छ, त्यो अनुसार बनिदियो भने खानेपानी, सिंचाइ, जलविद्युत्को क्षेत्रमा अनुकरणीय फड्को पार गर्ने विश्वास हामीले लिएका छौं ।
सिंचाइको क्षेत्रमा त यो जलाधारले बनेपाका सबै भूभागहरुमा सिंचाई गर्न पुग्छ । त्यस किसिमको परिकल्पना देखेका छौं । सरकारले साँच्चै यो क्षेत्रलाई एउटा अनुकरणीय समृद्ध भूमिको रुपमा विकास गर्न चाहन्छ भने जलाधारको डिपिआर तत्काल अगाडि बढाउन आवश्यक छ । ड्याम मात्र निर्माण गर्ने भनेर जुन रकम विनियोजन भएको छ, त्यतिले मात्र त्यो परिकल्पना पूरा हुन सक्दैन । जसरी सांसद मिना तामाङले घरघर आएर हाम्रा समस्याका बारेमा जानकारी लिनुभएको छ, त्यसैगरी हामीलाई खानी सञ्चालक त होइनन् तर उनीहरुका हनुमानहरुले घुमाउरो पाराबाट धम्क्याउने किसिमका अभिव्यक्ति दिँदै आइरहेका छन् । यसतर्फ सरकारको अनुभूति दिलाउन सक्छ भने हाम्रो जिउज्यानको जिम्मा स्थानीय सरकारले लिनुपर्छ भन्ने बुझाई हाम्रो छ ।
जब जलाधारका विषयमा प्रदेशमा कुरा उठे संसदमा सांसदले कुरा उठाउनुभयो, तब खानीका सञ्चालकहरुले ज्यान मार्ने धम्की सम्म दिन पछि नपरेको स्थानीय प्रतिनिधि पात्र कृष्णबहादुर थापाको गुनासो छ । सिंगै बस्ती उठाउँदा समेत एउटा शौचालय बनाउने पैसा आउँदैन भने हामीले कसरी हाम्रा बालबच्चा हुर्काउन सक्छौं, हाम्रा गुजारा कसरी चल्न सक्छ ? समस्या भयो यसो नगर्नुस् भनेर गुनासो लिएर जाँदा खानीवालाहरुको तिखा वचनले हामी प्रताडित छौं । कुनै पनि बेला यहाँ मेलम्चीको झझल्को नमेट्ला भन्न सकिँदैन । कुनै पनि खानीहरुले कुनै पनि मापदण्ड पूरा गरेका छैनन् । जसको कारण काभ्रे एकीकृत खानेपानी आयोजना समेत प्रभावित हुने निश्चित छ । यो अवस्थामा कसैले पनि चासो नदिएका कारण केही अगुवाहरुलाई खानीले किनेकै ठोकुवा गर्नुहुन्छ स्थानीय डिल्लीराज आचार्य ।
पनौती नगरपालिकाभित्र पर्ने यि बस्तीहरुमा बसोबास गर्ने स्थानीयहरुको लालपूर्जा समेत छैन । यो अवस्थामा स्थानीय सरकार रमिते भएर रहेको स्थानीयहरुको गुनासो छ । अप्रिय घटना घट्नु पूर्व जुन आवाजहरु उठाउने कोसिस नेकपा माओवादी केन्द्रले गरेको छ, धाकधम्कीका बाबजुद पनि संसदमा कुरा उठ्न पुगेको छ, यो अवस्थामा सांसद मिना तामाङप्रति सम्पूर्ण स्थानीयवासीको तर्फबाट हाम्रो आभार व्यक्त छ भन्छन् कृष्ण थापा ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%
प्रतिक्रिया दिनुहोस
प्रमुख समाचार सम्बन्धि थप
  • कुनै पनि भ्रमित हल्लाको पछि नलाग्न नेत्ता प्रचण्डको आग्रह

    कुनै पनि भ्रमित हल्लाको पछि नलाग्न नेत्ता प्रचण्डको आग्रह

  • काभ्रे/काभ्रे क्षेत्र नम्बर २ को निर्वाचन जहिल्यै रोचक हुने गर्छ

    काभ्रे/काभ्रे क्षेत्र नम्बर २ को निर्वाचन जहिल्यै रोचक हुने गर्छ

  • नेकपाका युवा संगठनद्वारा निर्वाचनमा ‘एक बुथ, २० युथ’ अभियान सञ्चालन

    नेकपाका युवा संगठनद्वारा निर्वाचनमा ‘एक बुथ, २० युथ’ अभियान सञ्चालन

  • जेष्ठ नागरिक सम्बन्धी बसुन्धराको प्रतिबद्धता : जेष्ठ नागरिकलाई सम्मानजनक, सुरक्षित र आत्मनिर्भर जीवनको सुनिश्चितताका लागि पहल गरिने

    जेष्ठ नागरिक सम्बन्धी बसुन्धराको प्रतिबद्धता : जेष्ठ नागरिकलाई सम्मानजनक, सुरक्षित र आत्मनिर्भर जीवनको सुनिश्चितताका लागि पहल गरिने

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0