Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ७, शनिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

नियमित योगले तनावमूत्त हुनुका साथै दीर्घ जीवन जिउन सघाउँछ

प्रभातफेरी अनलाइन १०३३ पटक पढिएको प्रकाशित मिति: २०८० अषाढ ५, मंगलबार (२ साल अघि)
नियमित योगले तनावमूत्त हुनुका साथै दीर्घ जीवन जिउन सघाउँछ

लामो समयदेखि पत्रकारिता र सहकारीलाई सँगसँगै लिएर समाजमा स्थापित व्यक्तित्व पूर्णचन्द्र सिग्देल पछिल्लो समय योग खेलकुदतर्फ आफूलाई उभ्याउन सफल भएका पात्र हुन् । आज यो योगका बारेमा राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरमा अत्यन्तै महत्व र सार्थकता प्राप्त भइरहेको छ । स्वस्थ जीवनका लागि महत्वपूर्ण कडीका रुपमा स्थापित योग अभ्यासले मानवलाई दीर्घ जीवन प्राप्त भएको छ । यिनै विषयमा रहेर आज विश्वभर नवौं अन्तर्राष्ट्रिय योग दिवस मनाउदै गर्दा योगको सम्भावना र चुनौतीका बारेमा समाजको ध्यान कसरी खिच्न सकिन्छ र मानव जातिलाई योग र योगबाट व्यक्तिले लिन सक्ने फाईदाका विषयमा नेपाल योग खेलकुद संघ काभ्रेपलाञ्चोकका अध्यक्ष उनै पूर्णचन्द्र सिग्देलसंग हाम्रा सहकर्मी गंगा लामाले गर्नुभएको संवादका केही सम्पादित अंश पाठकसामु प्रस्तुत गर्ने जमर्काे गरेका छौं । स.

अन्तर्राष्ट्रिय योग दिवसका बारेमा प्रष्ट्याईदिनुस् न ।
आज हामी नवौं अन्तर्राष्ट्रिय (विश्व) योग दिवस मनाउन गईरहेका छौं । हरेक वर्ष आजैको दिन अन्तराष्ट्रियस्तरको योगसंग सम्बन्धित नारा तय हुन्छ र त्यसैको ब्यानरमा रहेर सन् २०१४ बाट शुरु भएको यो उत्सवलाई निरन्तरताको पर्यायवाचीका रुपमा हरेक वर्ष अंग्रेजी तारिखको जुन २१ मा मनाईने गरिएको छ । सन् २०१४ मा संयुक्त राष्ट्र संघमा बसेको तत्कालीन महासभाको बैठकले भारतिय प्रधानमन्त्री नरेन्द्र मोदीको प्रस्ताव र नेपालका प्रधानमन्त्री सुशिल कोईरालाको समर्थनमा प्रस्ताव महासभामा दर्ता भएको र सोही सभाले वर्षभरीकै लामो दिनलाई आधार मानेर जुन २१ लाई योग दिवसको मान्यता दिएको थियो । त्यसैको आधारमा आज असार ६ गते अर्थात जुन २१ मा विगत नौ वर्षदेखि अन्तर्राष्ट्रिय योग दिवस मनाउन थालिएको हो । यसरी योग दिवसको इतिहास सुरु हुन्छ ।
पछिल्लो समय योगसंग जोडिएका संस्थाहरु धेरै छन्, खास र आधिकारीक संस्था चै कुन हो, भन्न मिल्छ ?
यो नौलो कुरो होइन । समयअनुसार परिवर्तनशील चाहने हामी मानवले आफूलाई पनि परिभाषित गर्छाैं र समयानुसार रुपान्तरण हुँदै जान्छौं । यो स्वभाविक मान्नपर्छ । सवाल, धेरै संस्थाहरु छन् भनिएको छ । म त्यस्तो देख्दिनँ । महर्षी पतञ्जलीले शुरु गर्नु भएको योग नै आज विश्वव्यापी रुपमा फैलिरहेको छ । पछिल्लो समय योगलाई विभिन्न माध्यम एवं केही फरक तरिकाले सिकाउन थालिएको छ । योगाभ्यासको तरिकाहरु, ठाँउ र भूगोल अनुसार फरक भए पनि खासमा सार वस्तु एउटै हो । योग सिकाउनका लागि विभिन्न संघ संस्थाहरु खुल्नु स्वभाविक पनि हो । तपाईंले यिनै कुरालाई लिएर जिज्ञासा राख्नुभएको हुनसक्छ । तसर्थ, प्रस्तुती शैलीहरु केही फरक विधिबाट सिकाईए पनि उनिहरुको मूल लक्ष्य भनेको योगको विस्तार संगसंगै हरेक नागरिकलाई स्वस्थ्य बनाउनु नै मूख्य लक्ष्य हो । पछिल्लो तथ्यांक अनुसार नेपालमा स्विकृति लिएर योग शिक्षा दिने संस्थाहरु झण्डै दुई दर्जन भन्दा माथि पुगिसकेका छन् । ति मध्ये नेपाल योग खेलकुद संघ, पतञ्जली योग समिति नेपाल, मनोक्रान्ति, जीवन विज्ञान लगाएत थुप्रै संस्थाहरु समाजमा भेटिन्छन् । नेपाल सरकारको आधिकारिक योगसंग सम्बन्धित संस्था भनेको योग खेलकुद संघ नै हो । जसले विद्यालय तहबाटै योग शिक्षा सिकाउन माग गरिरहेको छ । त्यो केही हदसम्म सफल भएको छ । विद्यालय तहमै योग विषय पढाउन थालिएको छ । पछिल्लो समय केही कलेजहरुले आफ्नो पाठ्यक्रममा समावेश गरी स्थानीय पाठ्यक्रम अन्तर्गत योग शिक्षालाई अध्यापन गराउने गरेको पाइएको छ । यस अघि योग शिक्षा अध्ययनका लागि भारत जानु पर्ने थियो अब त्यो समस्या समाधान हुँदै गएको छ ।
जुन २१ लाई नै योग दिवस भनेर रोज्नुको रहस्य के छ ?
समग्र क्यालेण्डरलाई हेर्दा वर्षभरीका दिनहरु मध्ये जुन २१ अर्थात् आज सबै भन्दा लामो दिनका रुपमा स्थापित छ । अरु दिनहरु भन्दा लामो दिनको महत्व धेरै रहन्छ । त्यसै गरी योग गर्ने सबै प्राणीको महत्व पनि त्यत्तिकै रहन्छ । त्यसैगरी योग गर्नेको आयु पनि लामो हून्छ भन्ने प्रतिकात्मक सन्देश दिनका लागि यो दिन छनौट गरेको हुनुपर्छ भन्ने ठम्याई योग समितिको छ ।
योगको खेल कस्तो हुन्छ ?
खेल त्यस्तो खासै अचम्मको त केही हुदैंन । अरु खेलहरु जस्तै नै हो । यो चै विशेष गरेर खेल्नु अगाडि धेरै खाएर गर्न मिल्दैन । खाली पेट भएको बेलामा गर्नु राम्रे र प्रभावकारी हुन्छ । अरु खेलमा शारिरिक हाउ भाउ बढी हुन्छ तर योगको खेलमा चै मानिसका हरेक अंग प्रत्यंगसंग सम्बन्धित हुने भएकोले अलि सावधानी पूर्वक खेल्नु पर्ने हुन्छ । यसमा विशेष गरेर शरिरलाई हात र गोडाको माध्यमबाट अगाडि र पछाडी झुकाउने गरेर खेल्नु पर्ने हुन्छ । यो अरु खेल भन्दा अली फरक भएकोले सावधानीपूर्वक खेल्नु पर्ने हुन्छ ।
यो खेलको महत्व कस्तो छ ?
यो खेल विश्वव्यापी रुपमा बढ्दो छ । पहिला पहिला यो खेललाई केहीले हिन्दु धर्म संग जोडेर हेर्ने गरिएको थियो । तर आजभोली योग अभ्यास सबैको साझा बन्दै गएको छ । योगबाट स्वास्थ्य, शान्ति र अध्यात्मको माध्यमबाट मानिसलाई नियन्त्रणमा राख्ने साधन भएकोले महत्व बढ्दो छ ।
काभ्रे जिल्ला संघ स्थापना भए पछि तपाईंहरुले के–के गर्नु भयो ? खुलाउन मिल्छ ?
काभ्रे जिल्लामा नेपाल योग खेलकुद संघ स्थापना भएको चार वर्ष भयो । यस विचमा राष्ट्रियस्तरका योग सम्बन्धी खेलकुदहरु भएका छन् । धेरै प्रकारका काम तथा कार्यक्रमहरु सम्पन्न भएका छन् । संघ स्थापना पछि धार्मिक तथा समाजिक कामहरु पनि भएका छन् । काभ्रे जिल्लामा संघ स्थापना भए पछि धेरैको संख्यामा योग खेलाडी तयार भएका छन् । विभिन्न विधा अन्तर्गत गोल्ड देखि सिल्भर र ताम्र समेत गरेर झण्डै ४५ वटा मेडल काभे्रका खेलाडीले प्राप्त गरेका छन् । राष्ट्रियस्तर हुंदै अन्तर्राष्ट्रियस्तर सम्मका योग खेलाडी उत्पादन भएको छ । नाम र दाम दुबै कमाउन सफल दक्ष र सफल खेलाडि काभ्रेले उत्पादन गर्न सफल भएको छ । छोटो समयमा हाम्रा लागि धेरै उपलब्धी योग समितिले गरेको छ ।
तपाईंहरुसँग योग खेलाडीहरुलाई प्रोत्साहीत गर्ने कार्यक्रम के–के छन् त ?
हामीसँग योग शिक्षासँग जोडिनका लागि धेरै माध्यमहरु छन्, जुन अरु खेलहरुमा उपलब्ध हुँदैन । फेरि अर्काे पाटो हामीले खेलाडीसँग कुनै शुल्क लिइन्न । त्यसले गर्दा पनि योग शिक्षाप्रति निम्नस्तरदेखि उच्चस्तरसम्मको समायोजन सहजै हुन्छ । योग समितिले धेरै जसो कार्यक्रममा पोशाकको व्यवस्था पनि गर्ने गरेको छ । खेलकुदका लागि समुहबाटै धेरै टाढा जानु पर्ने अवस्था आउँदा सहभागी हुन चाहने खेलप्रेमीहरुलाई सहयोग गर्ने गरेका छौं । संघको कोष सञ्चालनका लागि योगसँग आबद्ध व्यक्तित्वहरुले स्वैच्छिक रुपमा आर्थिक सहयोगसँगै आवश्यक अन्य सहयोग पनि उपलब्ध हुने गरेको छ । विशेष गरेर खेलाडीलाई प्रोत्साहन गर्न अहिलेसम्म म आफु संघको अध्यक्ष हुनुको नाताले केन्द्रिय सदस्य गणेश कुमार लामा र संघका जिल्ला सचिव राजन अधिकारी लगायत समितिका अन्य सदस्यहरु समेतको व्यक्तिगत रुपमा दिईएको आर्थिक सहयोगले खेलाडीहरुलाई प्रोत्साहित गर्दै आईरहेका छौं । योग खेलसंग सम्बन्धित स्थानीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सबै प्रकारका खेलमा सबै प्रकारको सहयोग खेलाडीहरुलाई गर्दै आईरहेका छौं । अरु थप कार्यक्रमहरु पनि समावेश गर्ने जमर्काेमा जिल्ला योग खेलकुद समितिले तत्परता देखाइरहेको छ । भविष्यमा चर्चा गर्न लायकका कार्यक्रमहरु पेश गर्नेछौं ।
अन्त्यमा तपाईलाई भन्न मन लागेको केही छन् ?
सर्व प्रथम त नवौं अन्तर्राष्ट्रिय योग दिवसको पावन अवसरमा सबैलाई हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु । नियमित रुपमा योग गरौं । शरिर स्वस्थ्य बनाऔं । अहिलेको अवस्थाले धेरै मान्छेलाई तनाव सिर्जना भएको छ । त्यसलाई व्यवस्थापन गर्नु आजको मूख्य चुनौती छ । यसको समाधान भनेको नियमित योग, ध्यान र प्राणायाम नै हो । यसलाई सही ढंगले व्यवस्थापन गर्न सकियो भने मन तथा शरिरलाई नियन्त्रणमा राख्न मद्दत पुग्नेछ । सबैलाई बैलैमा योगमा जोडिनु हुन अनुरोध गर्दै यहाँको स्थापित सञ्चार माध्यमबाट आफ्ना कुरा राख्ने मौका दिनु भएकोमा व्यक्तिगत रुपमा म र जिल्ला योग समिति तपाईं र तपाईंको सञ्चार माध्यमप्रति आभार व्यक्त गर्दै स्वस्थ जीवनको कामना गर्दछु ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
अन्तरबार्ता सम्बन्धि थप
  • मेरो साहित्यिक सिर्जनाको स्रोत मेरी आमा हुन्ः स्रष्टा पौडेल

    मेरो साहित्यिक सिर्जनाको स्रोत मेरी आमा हुन्ः स्रष्टा पौडेल

  • कृषि उत्पादनलाई बजारमुखी बनाउने हो र किसानलाई समृद्ध देख्ने हो भने पोलिब्याग प्रविधि खेतीमा राज्यले चासो राख्नुपर्छः श्रेष्ठ

    कृषि उत्पादनलाई बजारमुखी बनाउने हो र किसानलाई समृद्ध देख्ने हो भने पोलिब्याग प्रविधि खेतीमा राज्यले चासो राख्नुपर्छः श्रेष्ठ

  • आजको शिक्षाले कामलाई त छिटो बनाएको छ तर मस्तिष्क विकास भने बोधो हुँदै गएको छः शिक्षाविद् दाश

    आजको शिक्षाले कामलाई त छिटो बनाएको छ तर मस्तिष्क विकास भने बोधो हुँदै गएको छः शिक्षाविद् दाश

  • भ्रष्टाचार विरुद्ध जनमत तयार पार्नु ३ महिने अभियानको दायित्व पनि हो

    भ्रष्टाचार विरुद्ध जनमत तयार पार्नु ३ महिने अभियानको दायित्व पनि हो

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    Post Thumbnail

    राजनीतिक संस्कारबिनाकाे बहुमत अर्थहिन

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    Post Thumbnail

    निर्वाचनको सन्देश: नयाँ शक्तिको विजय कि पुराना दलप्रतिको असन्तोष ?

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0