Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ९, सोमबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

बहिनीको बिहे

प्रभातफेरी अनलाइन ५९४ पटक पढिएको प्रकाशित मिति: २०८० अषाढ ५, मंगलबार (२ साल अघि)
बहिनीको बिहे

डा. प्रदीप कुमार मैनाली

मैले सानीमालाई फेरि सोधेँ, यस पाली त बिहे हुने होला नि बहिनीको ?
खै हुन्छ होला– सानीमाले उत्तर दिनु भो ।
पोहोरै हुने कुरा थियो त! किन नभएको ?
उसको केटा त घरको यौटा मात्र छोरो रैछ । भर्खर डाक्टर पास गरेको । केटाले चाहे पनि उसका बा आमाले गर्दा बिहे हुन सकेन ।
पहिला त इन्स्पेक्टर सँग अफेयर छ भनेको हैन र ? मैले फेरि सोधेँ । उ त बाहुनको छोरो अरे क्षत्रीको छोरी भनेर उसका दिदीबहिनीले मानेनछन् । के गर्नु ?
यस्तै प्रश्न मैले सानीमालाई सोध्न थालेको पनि १५ बर्ष हुन लागेछ । जस्तातस्ता सँग आँखै लाग्दैनन् बहिनीका पनि– मनमनै सोचेँ ।
आई टि इन्जिनियर, कर अधिकृत, काम गर्ने ठाउँको साहुको छोरा, अफिसको हाकिम एक पछि अर्को सँग राम्रै प्रेम सम्बन्ध बुझिएको थियो बहिनीको । प्रेम भगवानको प्रसाद हो । मैले यही बुझेको थिएँ । यो सन्सारले बुझेको पनि सायद भिन्न थिएन होला ।
केही बर्ष यता न त बिहे, न अफेयर केही कुराको चालचुल थिएन ।
बहिनीको शुभ चिन्तक, नाता भित्रको एक जिम्मेवार सदस्य म पनि । प्रस्ताव लगेँ । केटा इमानदार थियो । तर बिहे गरेको बर्ष दिन नपुग्दै श्रीमती दुर्घटनामा परेर मृत्यु भएको– एक बिदुर ।
मुख बाट मेरो प्रस्ताव खसिसकेकै थिएन, सानीमा बम्कनु भो, “ए सेकेन्ड ह्यान्ड पो?“ त्यही बाँकी छ अब, केही नपाएर ।
केही समय हाम्रो भेटघाट नै पातलियो ।
चालीस पुग्नै लागिसकेकी थिइन् बहिनी । बिहे भने अझै भएको थिएन ।
आज अचानक निम्तो आएछ । असार बीस गते बहिनीको बिहे ।
मैले हतार हतार फोन गरेर सोधेँ । सानिमा– बहिनीको बिहे कहाँको, कस्तो केटा सँग हुन लाग्यो ?
सानिमाले मलिन स्वरमा जवाफ दिनु भो ।
“लोग्ने बन्न तयार हुनु र अफेयर चल्नु फरक रहेछ ।”
मैले भने बहिनीको फस्ट ह्यान्ड अनुहार सम्झिरहेँ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%
प्रतिक्रिया दिनुहोस
साहित्य सम्बन्धि थप
  • बनेपा : चण्डेश्वरी र जगत्केशरीको चण्डेश्वरी स्तोत्र

    बनेपा : चण्डेश्वरी र जगत्केशरीको चण्डेश्वरी स्तोत्र

  • नेपाल स्रष्टा समाजले गर्याे बृहद आत्मपरक निबन्ध गोष्ठी

    नेपाल स्रष्टा समाजले गर्याे बृहद आत्मपरक निबन्ध गोष्ठी

  • एउटा फेरि चोर पहरेदार छान्दै छौ

    एउटा फेरि चोर पहरेदार छान्दै छौ

  • डा.योगीको निबन्धकृति चेतना यात्रा लोकार्पण

    डा.योगीको निबन्धकृति चेतना यात्रा लोकार्पण

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0