Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Advertisement
SKIP THIS
Logo
२०८२ माघ १९, आईतबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

आफ्नै सिद्धान्त र आस्थामा मोहनविक्रम सिंह

प्रभातफेरी अनलाइन ५२५ पटक पढिएको प्रकाशित मिति: २०८० अषाढ १२, मंगलबार (२ साल अघि)
आफ्नै सिद्धान्त र आस्थामा मोहनविक्रम सिंह

मोहनविक्रम सिंहलाई मैले २०३० सालदेखि चिन्दै आएको मात्र होइन; यसै कालक्रममा भारतको बनारसमा कम्युनिष्ट नेता निर्मल लामाको चिठ्ठी बोकेर मोहनजीलाई भेट्न गएको मलाई सधैं सम्झना आइरहन्छ । त्यसबेला करिव एक हप्ताजति उनकै कोठामा सँगै बसेको र सँग खाएको याद आइरहन्छ । नेपाली कम्युनिष्ट पार्टी चौथो महाधिवेशनको जिल्ला सेक्रेटरी हुँदा बनारसमा भएको राष्ट्रिय सम्मेलनमा भाग लिन काभ्रेबाट प्रतिनिधित्व भएको त्यसबखतको क्षण जीवनभर बिर्सन नसकिने ऐतिहासिक क्षणहरु हुन् । यिनै मोहनविक्रमले मलाई कम्युनिष्ट बन्न प्रशिक्षित गरेका ती क्षणहरु याद आइरहन्छ । हाल आफू कम्युनिष्ट गतिविधिमा नलागिकन साहित्यिक गतिविधिमा ‘जनमत’ बोकेर लागिरहेको भएपनि कम्युनिष्ट भट्किंदै गएकोमा र कम्युनिष्टहरु भ्रष्ट हुँदै गएकोमा ज्यादै दुःख लाग्छ । अहिलेसम्म मोहनविक्रम आफ्नै सिद्धान्त र आस्थामा बाँचिरहेका छन् — निष्ठा नटुटोस्; शुभयात्रा भनिरहेछु ।
वि.सं.१९९२ वैशाख ३ गते काठमाडौंको मरुटोलमा जन्मेका मोहनविक्रम सिंहको पुख्र्यौली घर प्युठानको ओखरकोटमा हो । २०३७ सालमा भारतको आगरा विश्वविद्यालयबाट अर्थशास्त्र स्नातकोत्तर गरेका यिनी नेपाली कम्युनिष्ट आन्दोलनका सम्मानित र चर्चित व्यक्तित्व हुन् । यिनले राजनीति र साहित्यका विविध विषय र विधामा कलम चलाएका छन् । ६ दशकदेखि निरन्तर राजनीति क्षेत्रमा सक्रियता देखाउँदै आएका यिनी स्वच्छ छविका राजनीतिज्ञका रुपमा चिरपरिचित छन् । यिनले आफ्नो राजनीतिक जीवनका क्षणहरु अक्सर गरी भूमिगत र अर्थभूमिगत रुपमा बिताएको देखिन्छ ।
मोहनविक्रम सिंह सबै भाषाप्रति सम्मान नीति अपनाई संरक्षण, सम्वद्र्धन र विकासका लागि राज्यले समानुपातिक ढङ्गले व्यवहार गर्नु पर्दछ भन्ने दृष्टिकोण राख्ने गर्छन् । समाजको समग्र हितबारे अपनाउने विधि र नीति अन्तर्गत नै साहित्यको मूल्याङ्कन हुनुपर्ने दृष्टि र विचार यिनी राख्ने गर्छन् । भ्रष्टाचारमुक्त समाज र असल शासनका प्राप्तिका लागि यिनले आफ्नो राजनीतिक विचार दृष्टि पोख्दै आएको देखिन्छ । राजनीतिक सङ्घर्षको सिलसिलामा यिनी वि.सं. २०१७ मा जेलमा परे र २०२७ सालमा रिहा भएको देखिन्छ । यिनले राजनीतिक, दार्शनिक, सैद्धान्तिक विषयमा मात्र नभई साहित्यसौन्दर्य र सिद्धान्तको व्याख्या गरिएका पुस्तकहरु पनि प्रकाशित गराएका छन् । यिनी राजनीतिक सिद्धान्तका विश्लेषक मात्र नभई साहित्यिक चिन्तक र साहित्यकार पनि हुन् ।
जस्तो भएपनि, जे परेपनि आफ्नो आस्थामा दृढ रहेर २०१० सालदेखि निरन्तर नेपाल कम्युनिष्ट पार्टीमा सदस्यता लिइ आजसम्म पनि अविचलित रुपमा आफूलाई जिन्दगीभरि नै सिद्धान्तनिष्ठाका प्रतीक बनेर क्रियाशील भइरहेका स्वच्छ देखिंदो कम्युनिष्ट व्यक्तित्व हुन् मोहनविक्रम सिंह । सङ्क्षेपमा स्वच्छ छविका राजनीतिक व्यक्तित्व, बौद्धिक लेखक, साहित्यिक व्यक्तित्व हुनाका साथै अध्ययनशील व्यक्तित्वका रुपमा नेपाल र विदेशमा समेत यिनी विख्यात छन् ।
०००
पछिल्लो कालखण्डमा मोहनदाईको अक्षर मोहसँग प्रभावित भएर जनमत मासिकले पूर्णाङ्क २४१, २०७४ कार्तिकमा ‘मोहनविक्रम सिंह साहित्य विशेष अङ्क’ प्रकाशन गर्न पाएको र उहाँको साहित्यिक दृष्टिलाई उजागर गर्नका लागि जनमत प्रकाशनबाट नै २०७६, चैतमा ‘साहित्य समालोचना र सौन्दर्य’ नामक ग्रन्थ राष्ट्रमा समर्पित गर्न पाएको ऐतिहासिकता स्मरण गरिरहेछु ।
थुप्रै पुस्तकका लेखक, बौद्धिक व्यक्तित्व तथा साहित्यका विविध विधाका सिद्धहस्त लेखक मोहनविक्रम सिंहले साहित्यमा आफ्नो दृष्टिकोण यसरी पोखेका छन् — “साहित्यको समाजसित घनिष्ट सम्बन्ध छ र साहित्य समाजकै एक अङ्ग हो । समाज जति उन्नत र सुखी हुन्छ, त्यति नै सबै मानिसहरुको जीवन पनि सम्वृद्ध र सम्पन्न हुन सक्दछ । तर समाजमा भएका अन्याय, अत्याचार, शोषण, उत्पीडनका कारणले समाजको उन्नतिमा वाधा पुगेको छ । आमरुपमा मानिसहरुको जीवन दुःखमय र कष्टप्रद बनिरहेको आजको स्थिति हो । साहित्यको उद्देश्य हो यस खालको अवस्थालाई बदल्नु र बदल्नु पर्दछ ।” भारतका प्रसिद्ध साहित्यकार प्रेमचन्दको साहित्यबाट विशेष प्रभावित यिनी लियो टाल्सटाय र म्याक्सिम गोर्कीको साहित्यबाट पनि प्रभावित रहेको देखिन्छ । चिन्तकहरु को मन पर्छन् भन्ने प्रश्नमा यिनी माक्र्स, एङ्गेल्स र लेनिनबाट विशेष प्रभावित रहेको बताउने गर्छन् । साहित्य लेखनमा र साहित्यप्रति आकर्षण जनकविकेशरी धर्मराज थापाबाट भएको देखिन्छ । २००९–०१० सालतिर धर्मराज थापाको ‘डाँफेचरी’ संस्थामा पनि काम गरेको देखिन्छ । सङ्क्षेपमा राजनीति र साहित्य सम्बन्धमा यस्तो विचार प्रकट गर्दछ — “मेरो जीवन, चिन्तन वा सङ्घर्षहरुले साहित्यलाई दिशानिर्देशन गर्दछन् भने साहित्यले राजनीतिक पक्षलाई अगाडि बढाउन महत्वपूर्ण योगदान दिएको हुन्छ ।”
सामन्तवर्गको परिवारमा जन्मेका यिनी आफ्नै पितासँग किसानहरुको वर्गसङ्घर्षका सिलसिलामा निकै तीव्र सङ्घर्षमा लागेको देखिन्छ । शान्तासँग पहिलो विवाह भए पनि पछिसम्म प्रेममय स्थितिमा रहन सकेनन् । पछि सम्बन्ध बिच्छेद गरे । जलजलासित प्रेममा रमाए तापनि दुर्घटनामा भएको मृत्युले यिनीहरुको विवाह भएनन् । दुर्गासित प्रेम पनि विवाह पनि भएको देखिन्छ । यिनका तीनवटा छोराहरु समीर सिंह, विश्वमोहन र दिव्यमोहन तथा छोरी पूर्वा सिंह छिन् । हाल यिनी ८८ वर्षमा पुगेर पनि राजनीति कर्ममा, सैद्धान्तिक दृष्टि–विचार फुकाउने कार्यमा क्रियाशील नै छन् । यिनका बारे चित्रबहादुर के.सी. लेख्छन् – “समग्रमा मोहनजी राजनीतिक, वैचारिक र सङ्गठनात्मक क्षेत्रमा माक्र्सवादी–लेनिनवादी विज्ञानलाई लागू गर्दै कम्युनिष्ट आन्दोलनलाई अगाडि बढाउने व्यक्ति हो ।” यसैगरी यिनको मूल्याङ्कन गर्दै मोहन वैद्य ‘किरण’ आफ्नो विचार उनीप्रति पोख्दछन् – “समग्रमा नेपाली कम्युनिष्ट आन्दोलनको इतिहासमा त्याग तथा निरन्तरताका दृष्टिले उहाँलाई एउटा क्रान्तिकारी व्यक्तित्वका रुपमा लिनु पर्दछ ।” पुष्पकमल दाहालको दृष्टिमा मोहनविक्रम – “मोहनविक्रम सिंह एउटा सिद्धान्तनिष्ठ नेता हो । उहाँको सबभन्दा महत्वपूर्ण कुरा आफ्नो सिद्धान्तमा माक्र्सवादप्रति निरन्तर निष्ठा हो ।” माधव नेपालको आँखामा – “मोहनविक्रममा कम्युनिष्ट पार्टी र आन्दोलनप्रतिको निष्ठा र समर्पण भएको पाइन्छ । उहाँ अविचलित भएर उभिनुभएको छ ।” थुप्रैले थुप्रै खालले उनले पु¥याइएको राजनीतिक योगदानको चर्चा गरेका छन् ।
राजनीतिवृत्तभित्रको नेपालकै शिखर–पुरुष भन्न सुहाउने व्यक्तित्व बनाइसकेका मोहनविक्रम सिंहले आफ्नो सम्पूर्ण जीवन नेपालको कम्युनिष्ट आन्दोलनमा बिताइएको देखिन्छ । उनी बुद्धिजीवी, विश्लेषक, साहित्यकार, साहित्यिक विश्लेषक हुनाका साथै साहित्य मन पराउने राजनीतिज्ञ पनि हुन् । भौतिकवादी दृष्टिले वस्तु परिणामलाई  आङ्कलन गर्ने दृष्टिकोण नै मोहनविक्रम सिंहको आफ्नै खालको साहित्यिक दृष्टिकोण हो । सिंहको साहित्यिक व्यक्तित्व बहुआयामिक देखिंदो छ । यिनी कवि, गीतकार, आख्यानकार, नाटककार, निबन्धकार, समालोचक, अनुवादक व्यक्तित्वका रुपमा पनि प्रख्यात छन् ।
देशप्रति उनको इच्छा यस्तो थियो – “हामीले यस्तो समाजको विकास गर्नुपर्छ कि जुन समाजमा कुनै शोषण नहोस्, उत्पीडन नहोस्, अन्याय नहोस्, अत्याचार नहोस् । सबै कुराको विकास होस् । मानिसले मानिसलाई प्रेम गरोस् । त्यसप्रकारको समाजको निर्माण गर्ने जिम्मेवारी अहिलेका बालबालिका र नयाँ पिंढीमा आएको छ । सायद त्यसका लागि हामीले पुस्तौंपुस्तासम्म सङ्घर्ष गर्नुपर्दछ । अन्त्यमा, त्यो दिन आउनेछ र एउटा स्वतन्त्र, सुखी सम्पन्न र सुन्दर विश्वको निर्माण हुनेछ ।” देश र विश्वप्रति यस्तो चाहना बोकेर राजनीतिवृत्तमा कम्युनिष्ट भावना बोकेर देखो परिरहेका मोहनविक्रम सिंहका ६५ वर्षदेखिका अनन्य सहयोद्धा हुन् चित्रबहादुर के.सी. । यसैगरी जीवनसंगिनी दुर्गा पौडेलले मोहनविक्रमको मूल्याङ्कन गर्दै भन्छन् – “आफ्नो सिद्धान्त र उद्देश्यप्रति पूरा समर्पित भएर सधैं अगाडि बढिरहने एउटा कर्मठ योद्धा हुनुहुन्छ । त्यसको साथै उहाँ एउटा राम्रो पति र पिता पनि हुनुहुन्छ । त्यसैले मैले उहाँलाई धेरै आदर र प्रेम पनि गर्दछु र उहाँसित सँगै जीवन बिताउन पाएकोमा सबै प्रकारका दुःख कष्ट र अभावका बीचमा पनि म सन्तुष्ट छु ।” (‘कम्युनिष्ट आन्दोलनमा मोहनविक्रम सिंह’, पृष्ठ ५७३ बाट)
यस्तै भावना पोख्दै जीवनपथमा कुदिरहेका मोहनविक्रम सिंहको मूल्याङ्कन गर्दै भन्नुपर्दा भन्न सकिन्छ – उनी कम्युनिष्ट आन्दोलनका एकजना प्रसिद्धि कमाएका हस्ती हुन् । थाक्न नजानेका निरन्तर आफ्नै आस्था र विश्वासमा लम्किरहेका कर्मशील चोखो र मर्यादित व्यक्तित्व हुन् । निकै अध्ययनशील लेखक हुनाका साथै यिनी माक्र्सवादी सौन्दर्यशास्त्रका व्याख्याकार साहित्यकार पनि हुन् । राजनीतिवृत्तमा निकै लामो समयदेखि अर्थात् सातदशकदेखि निरन्तर लाग्दै आफूलाई समर्पित तुल्याउन सफल राजनीतिज्ञ तथा प्रगतिवादी लेखकका रुपमा प्रगतिशील लेखक संघ, युद्धप्रसाद मिश्र तथा साहित्य सदन नेपालबाट सम्मान गरेको देखिन्छ । यात्रामा विचलन नआओस् – शुभकामना भनिरहेछु ।
तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
साहित्य सम्बन्धि थप
  • बनेपा : चण्डेश्वरी र जगत्केशरीको चण्डेश्वरी स्तोत्र

    बनेपा : चण्डेश्वरी र जगत्केशरीको चण्डेश्वरी स्तोत्र

  • नेपाल स्रष्टा समाजले गर्याे बृहद आत्मपरक निबन्ध गोष्ठी

    नेपाल स्रष्टा समाजले गर्याे बृहद आत्मपरक निबन्ध गोष्ठी

  • एउटा फेरि चोर पहरेदार छान्दै छौ

    एउटा फेरि चोर पहरेदार छान्दै छौ

  • डा.योगीको निबन्धकृति चेतना यात्रा लोकार्पण

    डा.योगीको निबन्धकृति चेतना यात्रा लोकार्पण

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल माघ १४ गते बुधबार

    २०८२ साल माघ १४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    दुमो बचत तथा ऋण सहकारीको १६औँ स्थापना दिवस विविध कार्यक्रमसहित सम्पन्न

    दुमो बचत तथा ऋण सहकारीको १६औँ स्थापना दिवस विविध कार्यक्रमसहित सम्पन्न

    प्रतिनिधि सभा निर्वाचनको माहोल क्रमशः तातिँदै

    प्रतिनिधि सभा निर्वाचनको माहोल क्रमशः तातिँदै

    बनेपा : चण्डेश्वरी र जगत्केशरीको चण्डेश्वरी स्तोत्र

    बनेपा : चण्डेश्वरी र जगत्केशरीको चण्डेश्वरी स्तोत्र

    पूर्व कृषि मन्त्री हुमागाँईको उदघाेष : पाँचखाललाई कृषि ‘हब’ बनाउन पहल गर्छु

    पूर्व कृषि मन्त्री हुमागाँईको उदघाेष : पाँचखाललाई कृषि ‘हब’ बनाउन पहल गर्छु

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0