Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ९, सोमबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

मेरो सम्झना गरिखाने वर्गले मात्र गरोस् ः स्व. लामा

प्रभातफेरी अनलाइन ४५८ पटक पढिएको प्रकाशित मिति: २०८० अषाढ १९, मंगलबार (२ साल अघि)
मेरो सम्झना गरिखाने वर्गले मात्र गरोस् ः स्व. लामा

जो वास्तविक रुपमै श्रममा विश्वास गर्छ, त्यो नै सच्चा निर्मल लामाप्रतिको इमान्दारिता हो ः नेता श्रेष्ठ

काभ्रे । निर्मल लामा स्मृति प्रतिष्ठानको दोस्रो वार्षिक साधारण सभालाई सम्बोधन गर्दै पूर्व भूमि सुधार मन्त्री एवं कार्यक्रमका प्रमुख अतिथि शशि श्रेष्ठले जो श्रममा विश्वास गर्छ, त्यो नै सच्चा कम्युनिष्ट पहरेदारका रुपमा रहने बताउनुभएको छ ।
निर्मल लामाले कम्युनिष्ट आन्दोलनका लागि आफ्नो सिंगो जीवन समर्पित गरेकोतर्फ चर्चा गर्नुहुँदै निर्मल लामाले कहिल्यै पनि आफ्नो चर्चा चाहनु भएन । जहिले पनि भुँईमान्छेको पक्षमा, गरिखाने मान्छेको पक्षमा लागिपर्नुभयो । उहाँ भन्नुहुन्थ्यो, मेरो सम्झना गरिखाने वर्गले मात्र गरुन् । जो काम गरेर खान्छ, त्यो नै मेरो लागि सच्चा सम्मान हुनेछ भन्नुहुन्थ्यो निर्मल लामा भन्नुहुँदै कार्यक्रमका प्रमुख अतिथि नेता श्रेष्ठले किसानमुक्ति आन्दोलनको अग्रमोर्चामा रहँदारहँदै नेपालका विभिन्न वर्गहरुको पहिचान गर्न पुग्नुभएका निर्मल लामा साँच्चै एउटा इमान्दार, निष्ठावान् कम्युनिष्ट कार्यकर्ता मात्र होइन, कुशल नेतृत्वको रुपमा हामीले लिन सक्छौं ।
दार्जिलिङमा जन्मिइएको भएता पनि सिंगो जीवन नेपालको कम्युनिष्ट आन्दोलनमा समर्पित भएर नेपालमा वामपन्थीहरुको भूमिका कस्तो हुनुपर्छ भन्ने एउटा प्रेरणाको स्रोतको रुपमा स्थापित भएर जानुभयो । उनको पुर्खाको जन्मथलो काभ्रेको सापिङ भएर हो कि काभ्रेप्रति उहाँको निकै चासो थियो । लाग्छ, काभ्रेका अधिकांश बस्तीहरुमा उहाँको आत्मीयता जोडिएको छ । सायद, त्यही भएर होला निर्मल लामा स्मृति प्रतिष्ठानको परिकल्पना पनि काभ्रेबाटै भएको यस संस्थाका संस्थापक अमिक शेरचनको भनाइ छ भन्नुहुँदै नेता श्रेष्ठ थप्नुहुन्छ– निर्मल लामाका ति विचारहरुलाई भुँईमान्छेसम्म पु¥याउनका लागि ०६७÷०६८ सालतिर परिकल्पना गरिएको प्रतिष्ठान आज मुलुकका विभिन्न जिल्लाहरुमा पुगेको छ । आधिकारिक रुपमा २०७१ मा जिल्ला प्रशासन कार्यालय ललितपुरमा दर्ता भएको यस प्रतिष्ठानलाई प्रवासमा समेत अगाडि बढाउने र निर्मल लामाका विचारहरुलाई मुखारित गर्ने विचलित राजनीतिक विचारहरुलाई सही मार्ग निर्देशन गर्नका लागि यो अभियान कोसेढुंगा सावित हुने ठहरिएको छ । पछिल्लो समय राजनीतिक दलमा भित्रिएको विकृति, विसंगति र भ्रष्टाचारका विरुद्ध यो अभियानले खबरदारी मात्र गर्नेछैन, शुद्धिकरणमा समेत महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ भन्ने विश्वास हामी संस्थापकहरुले गरेका छौं । आशा छ, काभ्रे जिल्लामा रहेको यस प्रतिष्ठानले यो भूगोललाई मुखारित बनाउने छ र भुँईमान्छेहरुको जीवनस्तरमा परिवर्तन गराउनेछ र विचारमा समृद्ध बनाउन सकियो भने मात्र सही अर्थमा निर्मल लामाप्रतिको सम्मान ठहरिने नेता श्रेष्ठले खुलासा गर्नुभएको छ । झण्डै ४६ मिनेट लामो निर्देशनात्मक अभिव्यक्तिमा निर्मल लामाले नेपाली राजनीतिमा पु¥याएको योगदानका बारेमा चर्चा गर्नुहुँदै असमान सन्धि सम्झौताका बारेमा खरो टिप्पणी मात्र नभई खबरदारी आन्दोलनका मोर्चाहरुको नेतृत्व गर्दाका ति दिनहरुका बारेमा स्पष्ट पार्नुभएको छ ।
जबसम्म राजनीतिक भ्रष्टाचारको अन्त्य हुँदैन, तबसम्म हामी कम्युनिष्ट बनेर आएका छौं, विश्राम लिन पनि मिल्दैन । राजनीतिक पार्टीमा मौलाएको भ्रष्टाचारको ऐंजेरु नफालेसम्म विश्राम लिनु पनि हुन्न । त्यसैले हामीले निर्मल लामा प्रतिष्ठानमा कम्युनिष्ट आस्था बोकेका मात्र नभई सच्चा देशभक्त परिवर्तनकामी जनहरुलाई समेत समेट्न आवश्यक छ । जो पार्टीमा जोडिन चाहँदैन, त्यस्ता शुभचिन्तकहरुलाई प्रतिष्ठानमार्फत् सम्बोधन गर्न सक्यौं भने निर्मल लामाले उठाएका ति विचारहरुले सही न्याय पाउनेछन् । त्यसैले तपाईं काभ्रेवासी शुभेच्छुकहरुमा फेरि पनि व्यक्तिगत रुपमा र पार्टीको तर्फबाट कुनैपनि आइपर्ने समस्या समाधानको लागि प्रतिबद्ध रहेको नेता श्रेष्ठले उक्त वार्षिक साधारण सभामा विश्वस्त पार्नुभएको छ ।
कार्यक्रममा निर्मल लामा स्मृति प्रतिष्ठानका नवनिर्वाचित अध्यक्ष सुरेन्द्र श्रेष्ठले आफ्नो प्रतिबद्धता राख्ने क्रममा ०६७÷०६८ सालदेखिको अभियानमा ढिलासुस्तीले नैराश्यता आउनु स्वभाविक नभई त्यो एउटा घटनाको रुपमा लिनु आवश्यक छ । हिजो के भए त्यता नजाऔं, अब यस प्रतिष्ठानलाई कसरी अगाडि बढाउन सकिन्छ भन्नेतर्फ सबैको ध्यान केन्द्रित हुन आवश्यक छ । निर्मल लामा स्मृति प्रतिष्ठानका लागि जसरी दाताहरुले बनेपामा जग्गा दान गर्नुभएको छ, त्यो जग्गा प्राप्तिका लागि मेरो नेतृत्वमा रहेको कार्यसमितिले कुनै पनि कसुर नराखीकन भवन बनाउने सम्मको कार्य अगाडि बढाउने छ भन्ने विश्वास दिलाउँदै जिल्ला प्रशासन कार्यालय काभ्रेसँग समन्वय गरेर निर्मल लामाका अधुरा कार्यहरु पूरा गर्नका लागि आफू जुनसुकै किसिमको सहकार्य गर्न तयार रहेको नेता श्रेष्ठले खुलासा गर्नुभएको छ ।
साधारणसभाले सुरन्द्रे श्रेष्ठको अध्यक्षतामा ११ सदस्य कार्यसमितिमा ९ सदस्य चयन गरेको छ भने बाँकी २ सदस्य पछि थपिनेगरी सभाले कार्यसमितिलाई अनुमोदन गरेको छ । वार्षिक साधारणसभाको अध्यक्षता हरिबहादुर केसीले गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन सुरज केसीले गर्नुभएको थियो ।
गठित समितिले निर्मल लामा स्मृति प्रतिष्ठानका लागि उपलब्ध जग्गा प्राप्ति लगायत प्रतिष्ठानलाई तल्लो तहका जनतासम्म पु¥याउनका लागि वार्षिक योजनासहित शपथ ग्रहण गरेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
प्रमुख समाचार सम्बन्धि थप
  • कुनै पनि भ्रमित हल्लाको पछि नलाग्न नेत्ता प्रचण्डको आग्रह

    कुनै पनि भ्रमित हल्लाको पछि नलाग्न नेत्ता प्रचण्डको आग्रह

  • काभ्रे/काभ्रे क्षेत्र नम्बर २ को निर्वाचन जहिल्यै रोचक हुने गर्छ

    काभ्रे/काभ्रे क्षेत्र नम्बर २ को निर्वाचन जहिल्यै रोचक हुने गर्छ

  • नेकपाका युवा संगठनद्वारा निर्वाचनमा ‘एक बुथ, २० युथ’ अभियान सञ्चालन

    नेकपाका युवा संगठनद्वारा निर्वाचनमा ‘एक बुथ, २० युथ’ अभियान सञ्चालन

  • जेष्ठ नागरिक सम्बन्धी बसुन्धराको प्रतिबद्धता : जेष्ठ नागरिकलाई सम्मानजनक, सुरक्षित र आत्मनिर्भर जीवनको सुनिश्चितताका लागि पहल गरिने

    जेष्ठ नागरिक सम्बन्धी बसुन्धराको प्रतिबद्धता : जेष्ठ नागरिकलाई सम्मानजनक, सुरक्षित र आत्मनिर्भर जीवनको सुनिश्चितताका लागि पहल गरिने

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0