Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Advertisement
SKIP THIS
Logo
२०८२ माघ १९, आईतबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

रेडियोका अग्रज सेवक तथा साहित्यकार हरि श्रेष्ठ

प्रभातफेरी अनलाइन ४९४ पटक पढिएको प्रकाशित मिति: २०८० अषाढ १९, मंगलबार (२ साल अघि)
रेडियोका अग्रज सेवक तथा साहित्यकार हरि श्रेष्ठ

‘थ्व रेडियो नेपाल खः’ (यो रेडियो नेपाल हो) का नेपालभाषाका समाचारवाचक हरि श्रेष्ठले वि.सं. २००८ सालदेखि नै रेडियो नेपालमा आफ्नो स्वर देशवासीहरुलाई सुनाउँदै आएका हुन् । रेडियो नेपालमा वरिष्ठ सम्पादक तथा प्रसारक भई सेवा पु¥याएका यिनी अति संवेदनशील भावना मनमा सँगाल्दै बुढेसकालमा तनका मर्महरु छाम्दै समाजमा बूढाबूढीप्रति भइरहेको सामाजिक, पारिवारिक दुव्र्यवहार एवं अनास्थाको अनुसन्धान गरी संरक्षणविहीन बूढाबूढीहरुको समुचित व्यवस्था गर्ने उद्देश्य लिएर बूढाबूढीहरुको चिन्तामा मन लगाएर भेला गर्ने, गोष्ठी गर्ने, पुस्तक बनाउने र संगठन निर्माण गर्ने कार्यमा सक्रिय भएर पनि लागे । उनको परिभाषामा बूढाबूढी भनेको सन्तानका जन्मदाता, पालन पोषणकर्ता, योग्य नागरिक निर्माता, समाजका अमूल्य निधि र अतीतका ज्यूँदाजाग्दा साक्षीहरु हुन् । के यिनीहरुलाई हेलाँ र तिरस्कारका वातावरणमा बाँच्न बाध्य तुल्याइ दिने ? के राष्ट्रका वास्तविक इतिहास र अभिलेखलाई संरक्षण नगर्ने ? यस खालको सवाल उठाइरहन थाक्न नजानेका होचो कदका, कालो वर्ण बोकेका हरि श्रेष्ठले यस्तै सवाललाई अघि सार्न बूढाबूढी के हुन्, आँसुमा बाँचेका बूढाबूढी नामक पुस्तकहरु मात्र लेखेका र प्रकाशन गरेका छैनन् उनले देशका बौद्धिक जगत्मा अति ख्यातिप्राप्त बूढाबूढीहरुलाई यस सवालमा घोरिन लगाएका छन् र आफ्नो विचार सम्प्रेषण गरेर गएका छन् ।


केही गर्न रुचाइरहने, साथीभाइ जम्मा पारेर नयाँ–नयाँ कार्यक्रम गर्न पाए रमाइरहने हरि श्रेष्ठ पछिल्लोपल्ट मैतिदेवीस्थित घरमा ९१ वर्षसम्म बाँचेर गए । आफूले लेखेका लेखरचनाहरु सम्पादन गरेर, साथीभाइहरुसँग राम्रो कामका लागि सल्लाहसाउती गरेर जीवनलाई राम्रो प्रसङ्गहरुमा झुलाउन जानेका उनले आफूले भोगेका मर्मस्पर्शी क्षणहरु सम्झेर अतीतका स्मृति पुस्तकका साथै रेडियो नेपाल एक सम्झना पुस्तक पनि लेखेका छन् । नेपालभाषा र नेपाली दुवैमा कलम चलाएका यिनका हालसम्म प्रकाशित पुस्तकहरुमा धु्रव गो ? (२००५), जागिर (२००८), नवयुग (२०१३), तिनलाई सम्झेर (२०२२), देवकोटा सम्झेर (२०२२), नेवारी लोकगीत (अनुदित २०१३) अतीतका स्मृति (२०४६), फर्कौं कि बढौं (२०५३), महाकवि देवकोटा (२०५४), थःथः ल (२०४३), बूढाबूढी के हुन् ? (२०५५), आँसुमा बाँचेका बूढाबूढी (२०५६), हरि श्रेष्ठ मन्त हँ (२०५६), रेडियो नेपाल एक सम्झना (२०५६) र थःथःलँ (नेपालभाषा साहित्यिक सङ्ग्रह २०५७) आदि छन् ।
वि.सं. १९७९ साल फागुन ८ शुक्ल चतुर्दशीका दिन भोँसिकोटोल, काठमाडौंमा पिता आशाकाजी र माता पद्मकुमारीको सातौं सन्तति भएर जन्म पाएका हरि श्रेष्ठको विवाह वि.सं. २००० सालमा सरिता श्रेष्ठसँग भएको थियो । रमेश, दिनेश, उत्तम र प्रमिला श्रेष्ठका पिता भएर जीवन्त रहेका हरि श्रेष्ठ सामाजिक कार्य र लेखनमा पनि सक्रिय रहे । आफू जन्मेको किन ? केही गर्न त हो ! उनी मनको गाँठो यसरी मर्ममा फुकाउँथे ।
लगनशीलताका धनी, मनका स्वाभिमानी, कर्मयोगी हरि श्रेष्ठका जीवनप्रतिको दृष्टि आफ्नै प्रकारको थियो । साहित्य उनको दृष्टिमा मानव खुराककै लागि प्रयोग हुनुपर्छ भन्थे, लेखन भनेको सुधारवादी दिमागको चोखो उपज हो उनी भन्थे । निर्भिक सत्य वक्ता भई सामाजिक संरचनालाई यथायोग्य बनाउन प्रयत्नरत हुनुपर्छ – साहित्यकारहरुको दायित्वमा उनको परिभाषा यस्तो थियो । देवकोटा र केदारमान व्यथितबाट विशेष प्रभावित यिनी लेखन र व्यवहारमा सामञ्जस्य भएको साहित्यकारबाट विशेष प्रभावित हुने गर्दथे । मनमा आएका कुराहरु कलमबाट लेखिरहन मन पराउने हरि श्रेष्ठलाई कसैले प्रेरणा दिएर, कसैले भनेर, कसैले सिकाएर लेख्नमा मन लगाएका होइनन्, उनी आफैंले वाल्यावस्थादेखि नै लेखन कलाको ज्ञान नभए पनि लेख्दै गरेर सिकेका थिए ।
साहित्य सुगन्ध हो भने राजनीति दुर्गन्ध हो भनी साहित्यको महत्ता गाउन रुचाउने यिनी आफ्नो व्यथा शान्त पार्न पनि लेख्ने गर्दथे । लेख्नु भनेको अनुभवका कुराहरु फुकाउनु, देखेका कटु सत्यहरु उजागर गरिदिनु पनि हो उनको यस्तो भनाइमा उनी आफैं सक्रिय रहेर आफूलाई लेखनक्षेत्रमा सक्रिय तुल्याएर गएको देखिन्छ । यहाँ यस देशमा हरि श्रेष्ठका मात्र मर्महरु दुखेका थिएनन् – सबैजसो लेखकहरुकै मन र आँखाहरु दुख्न दिएका छन् । लेखकहरुको कृति बिक्दैनन्, सरकारका तर्फबाट सहयोग पटक्कै हुँदैन । लेखन गर्नु भनेको आफ्नै अभ्यास हो, किन सहयोग र संरक्षण गर्नुपर्छ र ? सत्ताधारीहरु यस्तै गन्थन मनमा राखेर व्यवहार गर्दथे । त्यसैले हरि श्रेष्ठका रहरहरु किताबमा मात्र बन्द छन्, निकालेका किताबहरु दराज दराजमा लथालिङ्ग भई थन्किएका छन् – कहाँ पु¥याउने हो यिनको जिजीविषा शायद दुख्दो हो ? तर यिनले कहिले गुनासो गर्दैनथे ।
रेडियो नेपालमा जीवनका ५० औं वर्ष रहरलाग्दा आकाङ्क्षाहरु सबै समर्पण गरेका हरि श्रेष्ठले रेडियोमा हुने सबै किसिमका षड्यन्त्रहरु, तिकडमहरु, खराब नियतहरु भोगेका थिए । प्रगति सोच्नेहरु, रेडियो नेपाललाई विकास गर्न रुचाउनेहरुको मन र कहर पनि देखेका थिए । जीवनभर देशवासीहरुका रुप–रङ्ग पनि देखेका, पुनः प्रजातन्त्र प्राप्तिपछिको सरकारकै भाषा र व्यवहार पनि भोगेका हरि श्रेष्ठ सिंहदरबारमा धेरै वर्ष बूढेसकालसम्म पनि धाए । यसैले भन्नुपर्छ यिनी रेडियो नेपालभित्रका अग्रज सेवक थिए जस्ले रेडियोका जीवन भोगेका थिए ।
हरि श्रेष्ठका भावनाहरु, जीवनप्रसङ्गहरु र सन्दर्भहरु सरल र सत्य छन् । उनका भनाइ र लेखाइ पनि त्यति नै सरल र सत्य छन् । जिउँदो छँदा नै आफू मरिसकेको घोषणा गरिसकेका यिनले हरि श्रेष्ठ मन्त हँ पुस्तक प्रकाशित गराएका थिए मैले बुझ्न नसकेर हरिदाइसँग सोध्दैछु – के तपाईं जिउँदै हुनुहुन्छ होइन र ? भनी सोध्नै पाइनँ । उनी त २०७० फागुन १५ गते हामीलाई छोडेर गए । हाम्रो हार्दिक श्रद्धाञ्जली ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%
प्रतिक्रिया दिनुहोस
साहित्य सम्बन्धि थप
  • बनेपा : चण्डेश्वरी र जगत्केशरीको चण्डेश्वरी स्तोत्र

    बनेपा : चण्डेश्वरी र जगत्केशरीको चण्डेश्वरी स्तोत्र

  • नेपाल स्रष्टा समाजले गर्याे बृहद आत्मपरक निबन्ध गोष्ठी

    नेपाल स्रष्टा समाजले गर्याे बृहद आत्मपरक निबन्ध गोष्ठी

  • एउटा फेरि चोर पहरेदार छान्दै छौ

    एउटा फेरि चोर पहरेदार छान्दै छौ

  • डा.योगीको निबन्धकृति चेतना यात्रा लोकार्पण

    डा.योगीको निबन्धकृति चेतना यात्रा लोकार्पण

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल माघ १४ गते बुधबार

    २०८२ साल माघ १४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    दुमो बचत तथा ऋण सहकारीको १६औँ स्थापना दिवस विविध कार्यक्रमसहित सम्पन्न

    दुमो बचत तथा ऋण सहकारीको १६औँ स्थापना दिवस विविध कार्यक्रमसहित सम्पन्न

    प्रतिनिधि सभा निर्वाचनको माहोल क्रमशः तातिँदै

    प्रतिनिधि सभा निर्वाचनको माहोल क्रमशः तातिँदै

    बनेपा : चण्डेश्वरी र जगत्केशरीको चण्डेश्वरी स्तोत्र

    बनेपा : चण्डेश्वरी र जगत्केशरीको चण्डेश्वरी स्तोत्र

    पूर्व कृषि मन्त्री हुमागाँईको उदघाेष : पाँचखाललाई कृषि ‘हब’ बनाउन पहल गर्छु

    पूर्व कृषि मन्त्री हुमागाँईको उदघाेष : पाँचखाललाई कृषि ‘हब’ बनाउन पहल गर्छु

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0