Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ५, बिहिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

स्वास्थ्य क्षेत्रबाट जस्तो ठुलो धर्म अरु कुनै हुँदैनः डा. चौलागाईं,

प्रभातफेरी अनलाइन १२७४ पटक पढिएको प्रकाशित मिति: २०८० अषाढ २६, मंगलबार (२ साल अघि)
स्वास्थ्य क्षेत्रबाट जस्तो ठुलो धर्म अरु कुनै हुँदैनः डा. चौलागाईं,

स्वास्थ्यमा भएको व्यापारिकरण रोक्नुपर्छ

तपाईंले आफ्नो पेशालाई छनोट गर्दै गर्दा स्वास्थ्य क्षेत्र अँगाल्नु को प्रमुख कारण के होला ?
वास्तवमा भन्नुपर्दा मलाई समाजसेवा गर्न निकै मन लाग्छ, समाजसेवा भन्ने कार्य ठुलो धर्म हो । सो समाजसेवाको लागि स्वास्थ्य क्षेत्र नै सहज हुने ठानेर यो क्षेत्र अङ्गाले । अर्को कुरो मैले विद्यालयमा अध्ययन गर्दै गर्दा कहिले पनि दोस्रो भइन म राम्रो पढ्ने विद्यार्थीको रुपमा चिनिन्थे । राम्रो पढ्ने विद्यार्थी डाक्टर नै बन्नुपर्छ भन्ने समाजको साथै मेरो अभिभावकहरूको चाहना थियो जसको कारण यो क्षेत्रमा आए ।
गुणस्तरीय सेवाको लागि तपाईंको तफर्बाट के कस्ता भूमिका निर्वाह गर्नुभएको छ ?
हरेक मान्छेहरूको आफूले गरेको काम कसैले पनि नराम्रो भन्दैन तर त्यति भनिरहदा पनि स्वास्थ्य क्षेत्रको स्वास्थ्य कर्मीले आफूले सकेको वल बुताले भ्याए सम्मको गुणस्तरीय सेवा दिउँ भन्ने चाहना राखेको हुँदा हुँदापनि दिन नसकेको हुन सक्छ । शिक्षा र स्वास्थ्यमा व्यापारिकरण भइरहेको छ, व्यापारी करणको नमुना हामी आफै बिरामी हुँदा पनि भोगेका छौं । त्यसैले गर्दा स्वास्थ्य क्षेत्र प्रति जनताको विश्वास घटेको छ । कतिपय अवस्थामा अस्पताल तथा डाक्टर कमाउने बसेको हो भन्ने मानिसमा गुनासाहरू नभएका हैनन् ।
यस्ता सबै कुराको बावजुत हामी चाही गुणस्तरीय सेवा दिनुपर्छ भन्ने मान्यताको साथ अगाडि बढेका छौं । गुणस्तरीय सेवा दिन सकिन्छ साथै स्वास्थ्यको व्यापारीकरण लाई रोक्नुपर्छ भन्ने मान्यताको साथमा अगाडि बढेको छु । व्यापारी करणलाई रोक्नको लागि स्वास्थ्य क्षेत्र बिल्कुल नाफा रहित संस्थाको रुपमा अगाडि बढ्नु पर्छ । स्वास्थ्यकर्मीलाई अचाक्ली ढंगबाट पोस्नु र श्रमको शोषण गर्नु हुदैन । उपचार गर्दैगर्दा बिरामीलाई सत प्रतिशत ठिक पार्छु भन्ने सोचका साथ आफूसँग भएको क्षमतालाई पूर्ण रुपमा उतार्दै मन भित्रैबाट बिरामीलाई ठिक पार्छु भन्ने प्रण नै गुणस्तरीय सेवा हो ।
पछिल्लो समयमा काभ्रेको जेठो अस्पताल शिर मेमोरियलले दिएको सेवाको विषयमा सेवाग्राहीहरू निकै खुशी भएको पाइन्छ यस्तो हुनुको प्रमुख कारण ?
शिर मेमोरियल अस्पतालमा उपचार गरी फर्कने क्रममा सेवाग्राहीहरूमा खुशी भएको पाएको छु । यस्तो देख्दा म सारै खुशी हुन्छु, यो काभ्रेको जेठो मात्रै हैन जति खेर यो अस्पताल सञ्चालनमा आयो देशको टपटेन भित्र पर्दथ्यो । स्थापनाको ६३ बर्ष पार गरेको अस्पताल ख्याल कुरो हैन । यसको इतिहास केलाउँदा नाफा कमाउन नभई जनताको सेवाको लागि खुलेको अस्पताल हो ।
अस्पताल सञ्चालनको प्रकृया हेर्दा नाफा कमाउने उद्देश्यले रहेनछ भन्ने प्रस्टिन्छ । यो अस्पतालको सिद्धान्त नै नाफारहित वातावरणमा बिरामीको उपचार गर्नु हो । यो अस्पतालमा सेवा गर्दैगर्दा विज्ञलाई दिनरात नै भेट्न सकिन्छ । हामी डाक्टरहरू अस्पतालको आवाशमा बसेर रात्रिकालीन सेवामा जुटेका छौं । यस्तो ढङ्गको रात्रिकालीन सेवा मुलुकका सायद कमै अस्पतालहरूमा हुन्छ । न्यूनतम मूल्यमा रात्रिकालीन सहितको गुणस्तरीय सेवा दिएका छौं । यो अस्पतालको प्रमुख विशेषता भनेको जटिल ढङ्गको बाहेक अन्य एकैदिनमा प्रयोगशाला परीक्षणको रिपोर्ट लिएर बिषेशज्ञलाई परिक्षण गराएर घर फर्कन सक्ने वातावरण छ ।
हाल अस्पतालबाट के कस्ता सेवाहरू प्रदान गरिएको छ ? उपचारमा आधुनिक उपकरणहरू के कति प्रयोगमा ल्याइएको छ ?
हाम्रो अस्पतालले समय सापेक्षिक ढङ्गको सेवामा आधुनिकीकरण प्रदान गर्दै आएको छ । हालको परिप्रेक्ष्यमा जनरल सर्जरी सेवा, सामान्य चिकित्सा सेवा, मुटुरोग, मधुमेह, थाइराइड सम्बन्धी, मनोरोग, पोषण, चर्म, आँखा, हाड जोर्नी, नाक कान घाँटी, स्त्रीरोग, बाल रोग, एन आई सि यु, आई सि यु, दन्त, आधुनिक प्रविधिको डिजिटल एक्से्र मेसिनहरू लगायतका सेवाहरू दिदै आएका छौं । यो अस्पतालमा सामान्य भन्दा माथिल्लो स्तरबाट उपचार गर्न सकिन्छ । अन्यत्र रहेका अस्पतालहरूको तुलनामा सफाइ स्वच्छ वातावरण साथै आधुनिक उपकरणको साथमा उपचार गर्छौ । तत्कालै क्यान्सर सम्बन्धी सेवाहरूको शुरुवात गर्ने तयारी हुँदैछ ।
काभ्रे र आसपासका जिल्लाका सेवाग्राहीको हितको खातिर के कस्ता योजनाहरू तय गरिएको छ ?
थप योजनामा सिटिस्क्यान सेवा, अल्ट्रासाउन्ड सेवामा सुविधा थप्दै जाने, डायलासिस सेवाको लागि सोच राखिएको छ । कतिपय रोगको निधानको लागि काभ्रे जिल्लाबाट बिरामीलाई काठमाडौँ रिफर गर्नुपर्ने अवस्था छ, यस्तो हुनु भनेको बिरामीको लागि असुविधा हो त्यसले गर्दासके सम्म काभ्रेमै पूर्ण ढङ्गको सेवा दिने प्रयासमा अस्पताल रहेको छ ।
असहाय, अशक्त आर्थिक अवस्था कमजोर भएका सेवाग्राहीको उपचारमा के कस्तो व्यवस्था गरिएको छ ?
अस्पतालले सेवाग्राहीको हितको लागि तयार गरेको कतिपय योजनाहरू पाइप लाइनमा पनि रहेको छ । अस्पतालले निःशुल्क उपचार सेवा (च्यारेटी सेवा ) को व्यवस्था पनि गरेको छ । त्यसैगरी सामाजिक सुरक्षा कोषको व्यवस्था गरेको छ, जसले गर्दा उपचारमा सहजता भएको छ । स्वास्थ्य बिमा हाल लागू नभएपनि प्रयासमा छौं । अशक्तहरुका लागि निःशुल्क उपचार कोष माफर्त पनि उपचार गर्ने गरेका छौं । अस्पतालले एक अधिकृतको व्यवस्था गरी त्यस्ता उपचार गर्न नसक्ने खालका बिरामीहरूको उपचारको व्यवस्थाको लागि प्रकृयामा अगाडि बढाउने व्यवस्था गरिएको छ ।
कतिपय अस्पतालहरूमा रातिको समयमा डिउटी गर्ने डाक्टरहरूले अस्पतालमा बस्ने नभई आफ्नो घर वा डेरामा जाने गरेको, जसका कारण जटिल ढङ्गको बिरामीहरूमा ठुलो समस्या हुने गरेको गुनासो छ शिरमा पनि यस्तै छ की ?
सम्भवत विशेषज्ञको रात्रिकालीन सेवाको लागि उदाहरणीय कार्य गर्ने अस्पताल शिर मात्रै होला । प्राय गरेर धेरै अस्पतालहरूमा रात्रिकालीन सेवा हुँदैन । अन्य अस्पतालमा अन कलको व्यवस्था छ (फोन आएमा डाक्टर आउने) तर शिरमा भने २४ सै घण्टा विशेषज्ञ रहन्छन् । बिरामीलाई अप्ठेरै पर्ला भनेर हामी कुरीरहेका हुन्छौं ।
जसको कारण स्वास्थ्य कर्मीहरूको विश्वास केही खस्केको छ के छ यो विषयमा तपाईंको तर्क ?
उपचारको क्रममा हतार गर्नु हुन्न । जहाँ हतार त्यहाँ लतार पतार याने कि हतारमा सेवा दिदा गुणस्तर नहुन पनि सक्छ । हाम्रो टिमको मनस्थितिमै गुणस्तरीय सेवा दिने भएकोले हतार गर्ने पक्षमा देखिदैन । उपचार गर्ने क्रममा कतिपय अवस्थामा केही कमीकमजोरी हुन सक्छ तर लापरवाही हुनु हुन्न । पाउनु पर्ने सुविधा नपाउनु साथै राम्रो काम गर्नेलाई हौसला नदिनुले डाक्टर तथा नर्सहरूमा जति गरेपनि यस्तै हो भन्ने खालको सोच पनि पलाउन सक्छ । तर यस्ता विषयलाई निकरण गर्न जरुरी रहन्छ ।
यस्ता विषयमा मेरो विचारमा प्रसाशनिक संयन्त्रको जिम्मेवारी बोध नहुनु हो । प्रसाशनिक सम्यन्त्रले बिरामी सङ्ख्याको अवस्था हेरेर जनशक्तिको व्यवस्था गरिदियो भने हतार गर्नुपर्ने, कम समयमा धेरै विरामी हेर्नुपर्ने बाध्यता रहन्न । डाक्टर र नर्स भनेका मान्छे हुन । एउटा मान्छेले गर्नुपर्ने कामको पनि सिमा हुन्छ । सीमाभन्दा बाहिर गएर काम गर्नु पर्दा त्रुटि अवश्य हुन्छ । क्षमता भन्दा बढीलोड दिदा कहिले कँही नचाहेर पनि गल्ति हुन सक्छ ।
अस्पताल प्रशासन र डाक्टरहरू बिचको सम्बन्ध कस्तो रहेको छ ?
शिर मेमोरियलमा प्रसाशनिय सम्यन्त्र र कर्मचारीहरूको सम्बन्धको कुरा गर्नु पर्दा विगतमा उतार चढाब धेरै नभएका हैनन् । तर पछिल्ला समयमा आएर प्रसाशनिय संयन्त्र र कर्मचारीहरूको सम्बन्धमा धेरै सुधार आएको छ । कतिपय मुद्दाहरू प्रकाशनले समाधान नगर्दा केही समस्या छन् तर त्यस्ता समाधान हुन नसकेका मुद्दाहरू समाधानको कोशिसमा रहेको भन्ने सुन्नामा आएको छ । प्रसाशनले कुरै नसुन्ने उल्टै खटाउने मात्रै साथै दुख दिने काम भएको छैन ।
अन्तिममा तपाईंको तर्फबाट आम सेवाग्राही, अस्पताल प्रशासन साथै सम्बन्धित निकायलाई के भन्न चाहनुहुन्छ ?
अत्यन्तै जल्दो बल्दो प्रश्न गर्नु भो, किनभने भविष्यको बाटो सबैले पहिल्याउनु पर्छ, म यो संस्थामा बस्दै गर्दा मैलेपनि आफ्नो भविष्यको लागि सोच्नु स्वभाविक हो । अस्पतालको मार्ग चित्र के हुनुपर्छ भन्दा हालको विद्यमान दक्ष जनशक्तिलाई कसरी टिकाउने । सेवाग्राहीको सेवा अनवरत रुपमा विना अवरोध सेवा गर्ने वातावरण कसरी सृजना गर्ने ? भविष्यमा हामिले सबभन्दा प्रमुख विषयमा ध्यान दिनु पर्ने विषय नै यही हो । जनशक्ति पलायनबाट रोक्न सक्नुपर्छ, भएको जनशक्तिलाई कसरी टिकाएर राख्ने, नयाँ जनशक्तिलाई क्षमतावान कसरी बनाउन सकिन्छ त्यस्ता कुरामा ध्यान दिनु पर्दछ ।
यतिखेरको सबभन्दा ठुलो समस्या भनेको नर्सिङ जनशक्ति हो, यो मेनपावरलाई बाहिर धेरै सुविधा दिएको छ यस्तो अवस्थामा पनि नेपालमा बसेर सेवा प्रदान गर्नु भनेको उहाँहरूको महानता हो । त्यो महानतालाई पहिल्याउन सक्नुपर्छ । सम्मान साथै उचित किसिमको पारिश्रमिकको व्यवस्था गर्नुपर्छ । सेवासुबिधालाई प्रोत्साहन गर्न सकेन भने निकट भविष्यमा नेपालमा नर्स नै हुँदैनन् । डाक्टर मात्रै भएर सेवाग्राहीलाई सेवा दिन त सकिन्न ।
अस्पतालमा रहेका हरेक प्रकारको जनशक्ति उक्तिकै महत्व रहन्छ अस्पताल सहज ढंगबाट सञ्चालन गर्न । जनशक्तिको प्रबन्धन, पलायन हुन खोजेको जनशक्तिलाई रोक्ने योजना साथै भएका जनशक्तिलाई सन्तुष्ट दिनु मुख्य विषय हो । यो अस्पताल नाफामुखि अस्पताल हैन । त्यसैले न्यून पारिश्रमिकमा काम गर्नु परेको छ । अस्पताललाई आत्मनिर्भर बनाउनु पर्छ यो नै प्रमुख विषय हो । याने कि अस्पतालको कमाईबाट अस्पताल सञ्चालन व्यवस्थापनलाई पुगोस् । विदेशी तथा दाताको भर पर्न नपरोस् । हामी सक्षम छौं नेपाल हामी आफैले बनाउनु पर्छ विदेशीको मुख ताकेर बस्नु भनेको भ्रष्टाचारलाई प्राथमिकता दिनू हो ।
अस्पताललाई व्यवस्थित गरी चलाउनको लागि थप भवनको व्यवस्था गर्न जरुरी छ । बिरामी दिनपर दिन बढ्दो छ तर स्पेसको समस्या हुन थालेको छ, त्यसैले विरामीको चापलाई मध्यनजर राख्दै भवनको व्यवस्था गर्न जरुरी रहन्छ । काभ्रे जिल्लाको स्थानीय सरकारहरूसँग समन्वय गरेर अगाडि बढ्नु पर्छ । स्थानीय सरकारसँग धेरै योजनाहरू छन् सो योजनाहरूलाई ल्याउन सक्ने वातावरण अस्पताल प्रशासनले निर्माण गर्दै पुलको भूमिका खेल्न जरुरी रहन्छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%
प्रतिक्रिया दिनुहोस
अन्तरबार्ता सम्बन्धि थप
  • मेरो साहित्यिक सिर्जनाको स्रोत मेरी आमा हुन्ः स्रष्टा पौडेल

    मेरो साहित्यिक सिर्जनाको स्रोत मेरी आमा हुन्ः स्रष्टा पौडेल

  • कृषि उत्पादनलाई बजारमुखी बनाउने हो र किसानलाई समृद्ध देख्ने हो भने पोलिब्याग प्रविधि खेतीमा राज्यले चासो राख्नुपर्छः श्रेष्ठ

    कृषि उत्पादनलाई बजारमुखी बनाउने हो र किसानलाई समृद्ध देख्ने हो भने पोलिब्याग प्रविधि खेतीमा राज्यले चासो राख्नुपर्छः श्रेष्ठ

  • आजको शिक्षाले कामलाई त छिटो बनाएको छ तर मस्तिष्क विकास भने बोधो हुँदै गएको छः शिक्षाविद् दाश

    आजको शिक्षाले कामलाई त छिटो बनाएको छ तर मस्तिष्क विकास भने बोधो हुँदै गएको छः शिक्षाविद् दाश

  • भ्रष्टाचार विरुद्ध जनमत तयार पार्नु ३ महिने अभियानको दायित्व पनि हो

    भ्रष्टाचार विरुद्ध जनमत तयार पार्नु ३ महिने अभियानको दायित्व पनि हो

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    Post Thumbnail

    राजनीतिक संस्कारबिनाकाे बहुमत अर्थहिन

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    Post Thumbnail

    निर्वाचनको सन्देश: नयाँ शक्तिको विजय कि पुराना दलप्रतिको असन्तोष ?

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0