Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ९, सोमबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

असल र अनुशासित नागरिक आजको आवश्यकता होः गणपति सिंह

प्रभातफेरी अनलाइन ३९९ पटक पढिएको प्रकाशित मिति: २०८० श्रावण ३, बुधबार (२ साल अघि)
असल र अनुशासित नागरिक आजको आवश्यकता होः गणपति सिंह

काभ्रे । सि.सं ४९ जुनियर डिभिजन संस्थागत तालिमको प्रथम प्रवचन कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा तालिममा सहभागीहरुप्रति इंकित गर्दै प्रमुख सेनानी गणपति प्रकाश बहादुर सिंहले सय दिनको तालिम सक्दा असल र अनुशासित कर्मठ नागरिकको रुपमा समाजमा प्रशिक्षार्थीहरु समर्पित हुने बताउनुभएको छ ।
सामुदायिक विद्यालयबाट सहभागी विद्यार्थीहरुले सिंगो समाजको प्रतिनिधित्व गर्ने भएको हुँदा मानवीय विकास क्रममा खेल्नुपर्ने भूमिका सहित समाज रुपान्तरणको सच्चा पहरेदारका रुपमा विद्यालयले पाउनेछ भन्ने विचार राख्नुभएको छ । कुशल नेतृत्व निर्माण गर्नेछौं, जसले सञ्जीवनीको शिर उच्च राख्नेछन् भन्ने विश्वास गणको तर्फबाट गणपतिको हैसियतमा व्यक्त गर्न चाहन्छु भन्नुहुँदै सहभागी विद्यार्थी भाइबहिनीहरुले राष्ट्रिय सेवा दल तालिमको मूल मर्म अनुशासन नै राष्ट्र सेवाको मूल जग हो भन्ने नारालाई अक्षरसतः पालना गर्नुहुनेछ भन्ने विश्वास आफूले लिएर सम्बोधनका क्रममा गणपति सेनानी सिंहले खुलासा गर्नुभएको छ ।
सम्बोधनका क्रममा प्रमुख अतिथि एवं सेनानी सिंहले राष्ट्रिय सेवा दल एनसीसी तालिमको अवधी १०० दिन रहेकोमा ७९ दिन संस्थागत तालिम र २१ दिन वार्षिक सामूहिक क्याम्प सञ्चालनमा सरिक हुँदै तालिमको अवधिमा क्याडेट छात्र÷छात्राहरुलाई एफ.सि÷वि.सि., नक्सा अध्ययन, विपद व्यवस्थापन, ड्रिल, तेक्वान्दो, एरोविक्सहरुको सैद्धान्तिक तथा व्यवहारिक ज्ञान दिलाउँदै तालिमबाट उच्च स्तरको कुशल, अनुशासित, इमान्दार र योग्य नागरिक तयार हुने आशा राखेको बताउनुभएको छ । सेनानी सिंहको थप कथन छ– यो तालिम कुशलतापूर्वक सम्पन्न गर्न सहभागीहरुले कुनै कसर बाँकी राख्नुहुनेछैन, जसबाट उहाँहरु पछिको अर्काे डिभिजन एनसिसि तालिमका लागि विद्यालयको बाटो खुलाउनुहुनेछ भन्ने विश्वास राखेको बताउनुभएको छ ।

कुनै व्यक्तिको पहिचान उसको व्यवहारले पुष्टि गर्दछः एसएमसि अध्यक्ष कोजू

स.सं ४९ जुनियर डिभिजन संस्थागत तालिमको प्रथम प्रवचन कार्यक्रमको अध्यक्षको हैसियतमा सम्बोधन गर्दै विद्यालय व्यवस्थापन समिति एवं कार्यक्रमको अध्यक्ष प्राज्ञ वेदप्रसाद कोजू श्रेष्ठले एनसिसि तालिममा सरिक हुने छात्रछात्राहरुले हुने बिरुवाको चिल्लो पात भनेझैं आफ्नो पहिचान खुलाइसकेको चर्चा गर्नुहुँदै कुनै व्यक्तिको पहिचान उसको व्यवहारले पुष्टि गर्ने बताउनुभएको छ ।
आफ्नो सर्वाङ्गीण विकाससँगै विद्यालयको नाम उच्च राख्नको लागि जुन अवसर प्राप्त भएको छ, त्यसलाई निष्ठापूर्वक विद्यार्थी भाइबहिनीहरुले पालन गर्नुहुनेछ भन्ने विश्वास आफूले लिएको चर्चा गर्नुहुँदै अध्यक्ष श्रेष्ठको थप कथन थियो– कुनै पनि सफलताको पछाडि उसको व्यवहार र अनुशासन महत्वपूर्ण हुन्छ । त्यसैले तालिममा सहभागी विद्यार्थी भाइबहिनीहरुले सञ्जीवनी विद्यालयको शिर मात्र उच्च राख्नेछैनन्, सिंगो तालिममा सहभागी १० विद्यालय प्रतिस्पर्धीहरुलाई उछिनेर सर्वाेकृष्ट हुनेछन् भन्ने लक्षण आफूले पाएको खुलासा गर्नुहुँदै यो समाजको असल नागरिकका रुपमा स्थापित भएको हेर्न पाउने विश्वास लिएको बताउनुभएको छ ।
भविष्य निर्माणका सवालमा यो एनसिसि तालिम कोसेढुंगा सावित हुने र यसलाई सहभागी विद्यार्थी भाइबहिनीहरुले व्यवहारमा उर्तान सफल भए मात्रै तालिमको महत्व सावित हुने समेत प्राज्ञ श्रेष्ठले व्यक्त गर्नुभएको छ । कार्यक्रममा विद्यालयका प्राचार्य लोकेन्द्र ढकालले तालिममा सरिक विद्यार्थी भाइबहिनी, कालिजंग गण परिवार र सम्पूर्ण विद्यालय परिवारप्रति आभार व्यक्त गर्दै सफल रुपमा तालिमको उपादेहिता हुनेछ भन्ने विश्वास राख्नुहुँदै सि.सं ४९ जुनियर डिभिजन तालिममा सहभागीहरुले नै आगामी दिनमा सहभागीहरुको यात्रा तय हुने नहुने निश्चित गर्ने भएको हुँदा इमान्दारिताका साथ सहभागी विद्यार्थीहरुले तालिम पूरा गर्नुहुनेछ भन्ने विश्वास आफूले लिएको प्रअ ढकालले सम्बोधनका क्रममा खुलासा गर्नुभएको छ ।
कार्यक्रमको सञ्चालन विद्यालयका शिक्षक सुन्दरलाल श्रेष्ठले गर्नुभएको थियो । तालिममा छात्रछात्रा गरी ३६ जनाको सहभागिता रहेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
प्रमुख समाचार सम्बन्धि थप
  • कुनै पनि भ्रमित हल्लाको पछि नलाग्न नेत्ता प्रचण्डको आग्रह

    कुनै पनि भ्रमित हल्लाको पछि नलाग्न नेत्ता प्रचण्डको आग्रह

  • काभ्रे/काभ्रे क्षेत्र नम्बर २ को निर्वाचन जहिल्यै रोचक हुने गर्छ

    काभ्रे/काभ्रे क्षेत्र नम्बर २ को निर्वाचन जहिल्यै रोचक हुने गर्छ

  • नेकपाका युवा संगठनद्वारा निर्वाचनमा ‘एक बुथ, २० युथ’ अभियान सञ्चालन

    नेकपाका युवा संगठनद्वारा निर्वाचनमा ‘एक बुथ, २० युथ’ अभियान सञ्चालन

  • जेष्ठ नागरिक सम्बन्धी बसुन्धराको प्रतिबद्धता : जेष्ठ नागरिकलाई सम्मानजनक, सुरक्षित र आत्मनिर्भर जीवनको सुनिश्चितताका लागि पहल गरिने

    जेष्ठ नागरिक सम्बन्धी बसुन्धराको प्रतिबद्धता : जेष्ठ नागरिकलाई सम्मानजनक, सुरक्षित र आत्मनिर्भर जीवनको सुनिश्चितताका लागि पहल गरिने

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0