Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ९, सोमबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

एउटै पालिकामा एउटै विकासे मन्त्रालयबाट पचासौं करोडभन्दा बढी बजेट विनियोजन भएको छः सांसद दोङ

प्रभातफेरी अनलाइन ६९२ पटक पढिएको प्रकाशित मिति: २०८० श्रावण १६, मंगलबार (२ साल अघि)
एउटै पालिकामा एउटै विकासे मन्त्रालयबाट पचासौं करोडभन्दा बढी बजेट विनियोजन भएको छः सांसद दोङ

श्रम नगर्ने माओवादी कार्यकर्ता हुन सक्दैनः संयोजक अर्याल

काभ्रे । संघीय सांसद सूर्यमान दोङ लालध्वजले शनिबार एक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा काभ्रे जिल्लामा आ.व. ०८०।८१ का लागि विनियोजित विकास बजेट सम्बन्धमा सामाजिक सञ्जालमा आएका प्रतिक्रियाप्रति लक्षित गर्दै सहरी विकास मन्त्रालयबाट मात्रै पनि पनौती नगरपालिकामा पचासौं करोड बजेट विनियोजित भएको खुलासा गर्नुभएको छ ।
सामाजिक सञ्जालमा अतिरञ्जित किसिमबाट बजेटलाई लिएर जुन प्रतिक्रियाहरु आएका छन्, त्यसले विकास हुन्छ भन्ने ठान्नु मुर्खता हो । शहरी विकास मन्त्रालयकै मात्र नभई भौतिक योजना तथा पूर्वाधार, खानेपानी, शिक्षा लगायतका विकासे मन्त्रालयहरुबाट काभ्रेमा अरबौं बजेट भित्रिएको छ । त्यसतर्फ चासो नदिई जुन किसिमबाट आलोचनाहरु आएका छन्, ति पूर्वाग्राही हुन् भन्ने ठम्याई आफ्नो रहेको सांसद दोङले उजागर गर्नुभएको छ ।
कुनै पनि कुराहरुका बारेमा टिप्पणी गर्नुपूर्व सूक्ष्म अध्ययन गर्नु आवश्यक छ । त्यतिकै हो–हल्लाका भरमा आलोचना गर्दा गम्भीर प्रकृतिका घटनाहरु घट्न सक्छन् । त्यसैले राजनीतिकर्मीहरुले आलोचना गर्नुपूर्व माओका अभिव्यक्तिहरु स्मरण गर्नु जरुरी छ । तब मात्र आलोचना समालोचनाको अर्थ रहन्छ । जुन किसिमका सामाजिक सञ्जालमा अभिव्यक्तिहरु आएका छन्, त्यसलाई चिर्ने दायित्व माओवादी कार्यकर्ताको हो । खोपासी–ताल्ढुंगा भन्नुस् या मिल्चे–ताल्ढुंगा भन्नुस्, कामिडाँडा–ताल्ढुंगा भन्नुस्, च्याल्टी–फलामेटार–ताल्ढुंगा भन्नुस्, च्याम्रांगबेसी–ताल्ढुंगा भन्नुस् यि सबै भूगोलहरुले कसको प्रतिनिधित्व गर्छ ? के यि योजनाहरुमा परेका बजेटहरु काभ्रेली माटोसँग साइनो रहन्न ? यावत प्रश्नहरु यतिखेर उब्जिएको छ । सामाजि सञ्जालमा यि योजनाहरुका बारेमा कसले, कहाँ, कस्तो भूमिका खेल्यौं ? र ति नकारात्मक कपोकल्पित उत्श्रृंखल अभिव्यक्तिका विरुद्ध नागरिक समाजलाई सचेत गराउन सकिएन भने गणतन्त्रमाथि नै प्रश्न चिन्हहरु खडा गरिदिन्छ । यो गम्भीर विषयमा प्रत्येक कार्यकर्ता, शुभचिन्तकहरुले सूक्ष्म अध्ययन गरेर आफ्ना धारणाहरु सार्वजनिक गर्न आवश्यक छ । जुन कार्यकर्ता उत्पादनमा लगनशील हुँदैन, त्यसलाई माओवादी भन्ने अधिकार पनि हुन्न । बेरोजगारिताले पार्टी चल्दैन । प्रत्येक कार्यकर्ताले महिनामा १० दिन पार्टी संगठनमा समय दिएता पनि बाँकी २० दिन रोजगारीमा लागिपर्नु जरुरी छ । तब मात्र कार्यकर्ता, नेता, पार्टी स्थापित हुन सक्छ । त्यसैले प्रत्येक कार्यकर्ताहरुले पहिलो आफ्नो दायित्व रोजगारीतर्फ केन्द्रिकृत गर्नु हो । त्यसपछि मात्र अन्य गतिविधिमा सरिक हुने संस्कारको विकास गर्नु आवश्यक रहेको तर्क नेता दोङले राख्नुभएको छ ।
केही न केही गरौं, पेशा नगर्ने, श्रम नगर्ने माओवादी कार्यकर्ता हुन सक्दैन
पछिल्ला घटनाक्रमका बारेमा राजनीतिक रुपमा प्रशिक्षित गराउने क्रममा नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समितिका संयोजक भोला अर्यालले श्रम नगर्ने माओवादी कार्यकर्ता हुन नसक्ने खुलासा गर्नुभएको छ । हामीले ढिला ग¥यौं, केही त गरौं । कुखुरा पाल्नेले कुखुरा पालौं, बाख्रा पाल्नेले बाख्रा पालौं, गोलभेडा खेती गर्नेले गोलभेडा खेती गरौं, परिणाममुखी काममा सरिक बनौं तबमात्र समृद्ध मुलुकका लागि हाम्रो योगदान स्पात भएर जानेछ । केहि पनि नगर्ने पार्टीको झोला बोक्न र म पार्टीको नेता भनेर हिँड्नुको कुनै अर्थ रहँदैन । जबसम्म नेतामुखीबाट जनमुखी हुन सक्दैनौं, हाम्रा दैनिकीहरु परिवर्तन हुँदैन । आजको हाम्रो मुख्य समस्या भनेकै नेतामुखी कार्यकर्ता भएरै हो । त्यसका लागि केही न केही गरौं, पेशा र व्यवसायमा जोडौं । यो नै आजको मुख्य आवश्यकता हो । त्यसैले प्रत्येक व्यक्ति श्रममा जोडिऔं यसो हुन सक्यो भने आवश्यकताहरु सहजै परिपूर्ति गर्न सक्दछौं ।
आज जुन किसिमको अभियान लिएर आएका छौं, त्यो सहज रुपमा परिपूर्ति गर्नका लागि श्रम अपरिहार्य भएको छ । यति सहयोग गर्नुस्, उति सहयोग गर्नुस् भनिराख्नै पर्दैन्थ्यो, यदि हामी सबै श्रममा जोडिएका थियौं भने स्वतःस्फूर्त रुपमा समयको आवश्यकता सम्झेर सहयोग गर्ने थियौं । त्यसैले यहाँ जति पनि प्रश्नहरु उठेका छन्, त्यसको पछाडि श्रम र आर्थिक जोडिएको छ । त्यसको समाधानका लागि फेरि पनि आग्रह छ, आफूलाई माओवादी भन्न रुचाउने शुभचिन्तक, कार्यकर्ता, पार्टी नेता श्रममा जोडिनुहुनेछ भन्ने विश्वास आफूले लिएर नेता अर्यालले सम्बोधनका क्रममा खुलासा गर्नुभएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
प्रमुख समाचार सम्बन्धि थप
  • कुनै पनि भ्रमित हल्लाको पछि नलाग्न नेत्ता प्रचण्डको आग्रह

    कुनै पनि भ्रमित हल्लाको पछि नलाग्न नेत्ता प्रचण्डको आग्रह

  • काभ्रे/काभ्रे क्षेत्र नम्बर २ को निर्वाचन जहिल्यै रोचक हुने गर्छ

    काभ्रे/काभ्रे क्षेत्र नम्बर २ को निर्वाचन जहिल्यै रोचक हुने गर्छ

  • नेकपाका युवा संगठनद्वारा निर्वाचनमा ‘एक बुथ, २० युथ’ अभियान सञ्चालन

    नेकपाका युवा संगठनद्वारा निर्वाचनमा ‘एक बुथ, २० युथ’ अभियान सञ्चालन

  • जेष्ठ नागरिक सम्बन्धी बसुन्धराको प्रतिबद्धता : जेष्ठ नागरिकलाई सम्मानजनक, सुरक्षित र आत्मनिर्भर जीवनको सुनिश्चितताका लागि पहल गरिने

    जेष्ठ नागरिक सम्बन्धी बसुन्धराको प्रतिबद्धता : जेष्ठ नागरिकलाई सम्मानजनक, सुरक्षित र आत्मनिर्भर जीवनको सुनिश्चितताका लागि पहल गरिने

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0