सन्दर्भः 1st Cabinet Meeting 2023/2024
काठमाडौं । लायन्स क्लब इन्टरनेशनल ३२५ आइ नेपालको लायन वर्ष ०२३÷२४ को क्याबिनेट अफिसर्स, इन्टरनेशनल तथा पहिलो क्याबिनेट मिटिङ एवं शपथ ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि अन्तर्राष्ट्रिय निर्देशक लायन बालकृष्ण बुर्लाकोटीले डिष्ट्रिक्ट आइले लायनवादको क्षेत्रमा विश्वमा इतिहास रचेको खुलासा गर्नुभएको छ ।
विश्वलाई परिवर्तन गरौं भन्ने मूल नाराका साथ बोस्टन कन्भेन्सन सकिएको छ । उक्त कन्भेन्सनले तयार पारेका योजनाहरुलाई कार्यान्वयन गर्नुपर्ने दायित्व हामी लायनहरुको हो । पछिल्लो समय विश्व लायन हबका रुपमा नेपाललाई परिचित बनाउन सफल भएको छ । यसलाई निरन्तरता दिँदै अबको लक्ष्य मिसन १ प्वाइन्ट ५ लिएर जान आवश्यक छ । त्यसका लागि मबाटै शुरु हुन जरुरी छ । तब मात्र मिसन पूरा हुने लायन बुर्लाकोटीको कथन छ । कुनै पनि सकारात्मक कार्यको सुरुवात लायनका अनुयायीहरुले नै गर्नुपर्छ । यो अभियान मेरो अभियान भन्ने उच्च अभिप्रायका साथ अगाडि बढ्न प्रण गरौं । तब मात्र लायन्सले लिएका उद्देश्य, लक्ष्यहरु प्राप्त सकिन्छ भन्नुहुँदै लायनवादको यात्रामा देखिएका केही अनुत्तरित प्रश्नहरुको समाधान लियोबाट हुने भएकोले उनीहरुको क्षमतालाई सही रुपमा प्रयोग गर्नका लागि पनि कार्यक्रमका प्रमुख अतिथि अन्तर्राष्ट्रिय निर्देशक लायन बुर्लाकोटीले उक्त क्याबिनेट मिटिङमा सहभागी अफिसर्सहरुलाई निर्देशन दिनुहुँदै लायन्स क्लबहरुलाई जीवन्त दिने हो भने लियो क्लबहरुलाई चलायमान बनाउन आवश्यक छ । त्यसैले चेन्जिङ्ग द वल्र्ड भन्ने इन्टरनेशनल गर्भनरको नारालाई सार्थक दिनका लागि यस मिटिङमा सहभागी सबै लायनिजका अनुयायीहरु समर्पित हुन आवश्यक रहेको बताउनुभएको छ ।
सम्बोधनपूर्व अन्तर्राष्ट्रिय निर्देशक लायन बुर्लाकोटीले क्याबिनेट अफिसर्सहरुलाई पदस्थापन तथा शपथ ग्रहण गराउनुभएको छ । कार्यक्रममा इन्टरनेशनलन ३२५ आइ नेपाल ०२३÷२४ का डिष्ट्रिक्ट गर्भनर लायन चन्द्रकुमार केसीले लायन नेताहरुले जहिले पनि अगाडि मात्रै देख्ने बताउनुभएको छ । लायन नेताले जहिले पनि अगाडि देख्छ, लायन नेता जन्माउन प्रेरित गर्दछ । कहिल्यै पछाडि फर्किँदैन, बितेका काम कुराहरु सकिए, नयाँ कुरा लिएर अगाडि जाने हो । लायन नेता अगाडि जान मात्र जानेको हुन्छ । उसले अरुलाई प्रेरणा दिन्छ, अरुको सेवामै आफूलाई खुशी र सन्तुष्टि भेट्छ । जस्तो बच्चाको पिडा आमालाई खाइदिन्छिन् भनेजस्तै लायन्सको लिडरले आफ्ना अनुयायीहरुका पिडालाई मलमपट्टि लगाइदिन्छ र पिडारहित बनाइदिन्छ । नेता त्यस्तो हुनुपर्छ, जसले हरेक कामलाई सजिलो बनाउँछ । जो बहाना बनाउँछ, ऊ नेतै हुन सक्दैन । नेताले नै हो काम गर्दछ, बिग्रन्छ, लड्छ तर उसलाई उठाउन कोहि पनि आउनु पर्दैन, ऊ आफैं उठ्छ, तब मात्र ऊ नेता हुन्छ । नेताले आजलाई केन्द्रित गरेर योजना बनाउँछ, त्यही भएर ऊ राम्रो हुन्छ । अरुको कुरा काटेर बस्दैन, नेताले अरुलाई बिगार्ने योजना बनाउँदैन, अनि पो लायनवादको विकास हुन्छ । लायन नेताले त्यो गर्दछ, जसले अरुलाई माथि पु¥याउनका लागि हात दिन्छ । साँच्चै ! लायन नेताले अरुलाई रोक्ने काम गर्दैन । मानिसहरुले यो नेताले मलाई क्षमतावान् बनायो, माथि पु¥यायो भनेर चर्चा गर्ने स्थान बनाइदिन्छ र सम्मानको भागीदारी बन्छ भने मात्र सच्चा नेता बन्न पुग्छ । साँचो अर्थमा नेता सेवामुखी हुनुपर्छ, तबमात्र लायनवादको दीर्घकालिन विकास हुने धारणा राख्नुभएको छ ।
सम्बोधनकै क्रममा गर्भनर लायन केसीले लायन वर्ष ०२३/२४ का लागि “नेतृत्वका लागि उत्प्रेरित गरौं” भन्ने मूल मर्मका साथ सामाजिक दायित्वसहित लायनवादलाई समर्पित गर्न आग्रह गर्नुभएको छ ।
नेतृत्वका लागि आफू पनि तयार हौं र अरुलाई पनि उत्प्रेरित गरी अबको २१औं शताब्दीको नेतृत्वको बृहंगम हुनु आवश्यक छ । यो शताब्दी प्रतिस्पर्धाबाट श्रेष्ठता हासिल गर्नुपर्ने शताब्दी हो । २१औं शताब्दीको चेतनशील समाजले योगदान गर्ने नेतृत्व मात्र स्वीकार्न सक्दछ ।
हामीले लायन वर्ष २०२३–२०२४ मा यहि नारा “Inspire to lead” अगाडि सारेका ६ वटा फरक फरक विषयमा क्ष्लकउष्चभ गर्न लायन लिडरहरु र यसलाई अनुरोध गरेका छौं । यि ६ वटा विषयहरु मध्ये १÷१ वटा भए पनि योगदान गरि आफुमा नेतृत्व कौशल वृद्धि गर्न अनुरोध गरेका छौं । यो स्वयंसेवी संस्था हो त्यसैले बाध्यात्मक अवस्था केहि पनि रहँदैन तर पनि हामी जिम्मेवारी बोध गर्ने उत्तरदायी लायन सदस्य भएको नाताले केहि न केहि भूमिका भने अवश्य निर्वाह गर्नेछौं । हाम्रो दायित्वभित्र परेका यि ६ विषयहरुलाई अक्षरसतः पालना गर्नुपर्दछ ।
१. Inspire to Strengthen the Organization
– नियमित क्लव, जोन, रिजन आदिका बैठकहरु संचालन गर्ने,
– आफ्नो क्लबलाई स्थायी सदस्यहरु रहेको क्लब बनाउने र क्लबमा कम्तिमा २० भन्दा बढी सदस्यहरु बनाउने,
– नयाँ सदस्यहरु आमन्त्रण गर्ने
– एउटा जोनमा कम्तिमा १ नयाँ क्लब स्थापना गर्ने र विशेष गरि महिला र युवाको सहभागिता वृद्धि गर्ने,
– चार्टर डे/नाइट कार्यक्रम आयोजना गर्ने,
– जोन, रिजन र गभर्नरद्वारा क्लबहरु भिजिट गराउने आदि ।
२) Inspire to Contribute
– आर्थिक योगदान आफु पनि गर्ने र अरुलाई पनि गर्न लगाउने, यसका लागि धेरै भन्दा धेरै लायन साथीहरुलाई सहभागी गराउने, हामीले एकै व्यक्तिबाट धेरै ठुलो आर्थिक योगदान भन्दा धेरै सदस्यहरुबाट सानो सानो रकमको लागि अनुरोध गर्ने
– हाम्रो डिष्ट्रिक्टको आफ्नो भवन निर्माण गर्ने र त्यहि भवनबाट कार्य सञ्चालन गर्ने हाम्रो पहिलो प्राथमिकता हो । त्यसैले सहयोग रकम कम पनि हुन सक्दछ तर धेरै भन्दा धेरै लायन साथीहरुलाई यसमा सहभागी गराउने ।
– LCIF मा योगदानका लागि अनुरोध गर्ने । क्लबका प्रत्येक सदस्यबाट सानो सानो रकम भए पनि योगदानका लागि उत्प्रेरित गर्ने ।
– NLF हाम्रो आफ्नो गुठि हो । यस गुठीमा योगदान गर्न अनुरोध गर्ने ।
३) Inspire to Excel
– क्लब र सदस्यहरुलाई गतिशील बनाउन विभिन्न किसिमका गर्ने PVST, Cabinet Officers तालिम सञ्चालन गर्ने ।
– क्लबका सदस्यहरु तथा जोन अन्तर्गतका क्लबका सदस्यहरुलाई संयुक्त तालिमहरु सञ्चालन गर्ने ।
– क्याविनेट पदाधिकारीका लागि लिडरशिप वर्कशप संचालन गर्ने ।
– DLLI TOT तालिम संचालन गर्ने ।
– कलबका नयाँ सदस्य र क्लबले खोलेका नयाँ सदस्यहरुलाई लायन्स सम्बन्धी तालिम दिने ।
– क्लबहरुले आफ्नो क्लबमा कम्तिमा एउटा लायन्स सम्बन्धी तालिम आयोजना गर्ने ।
– रिजन अन्तर्गत हाजिरी जवाफ र वक्तृत्वकला प्रतियोगिता संचालन गर्ने ।
– Public Speaking सम्बन्धि तालिम संचालन गर्ने।
४. Inspire to Foster Fellowship
– बागमती र गण्डकी क्षेत्रमा विभिन्न फेलोशिप कार्यक्रमहरु आयोजना गर्ने ।
– रिजन अन्तर्गतका वनभोज कार्यक्रम आयोजना गर्ने ।
– चाडवाडका अवसरमा फेलोशिप कार्यक्रमहरु आयोजना गर्ने ।
– अनुभव साटासाटका लागि क्लब वा जोन या रिजन अन्तर्गतका भ्रमणका कार्यक्रमहरु आयोजना गर्ने ।
– खेलकुद प्रतियोगिताहरु आयोजना गर्ने ।
– NLE/MJF डे सेलिब्रेशन गर्ने ।
५. Inspire to Develop Moral Values and Ideals
– महिला, दलित, जनजाती लगायत सिमान्तकृत जातिको सम्मान गर्ने ।
– मानसिक एवं शारीरिक समस्या हुनेहरुलाई माया, सद्भाव र सहयोग गर्ने
– एक क्लब एक मोरल भ्यालु सम्बन्धी तालिम वा अभियान संचालन गर्ने ।
– अस्पतालमा भएका बिरामीहरुलाई खाना आदि सहयोग गर्ने ।
– साना बाबु नानीहरुलाई सम्मान गर्ने ।
– राइड शेयरिंग ।
– राष्ट्रिय सम्पत्तिको माया र जगेना गर्न प्रेरित गर्ने ।
– समाजमा आफुले, आफ्नो क्लबले र कुनै सामाजिक व्यक्तित्वले गरेका राम्रा कामहरुको छोटो भिडियो क्लिप बनाई सकारात्मक कामहरुको प्रचार प्रसार गर्ने ।
६. Inspire to Serve
– अंगदान–महादानका लागि जनचेतनामुलक कार्यक्रम गर्ने । Brain Death भएका वा मृत्यु भईसकेका – व्यक्तिहरुको अंग दान गर्न सकिने र जिवित मानिसले मृत्यु पछि अंग दान गर्न क्याम्पियन सञ्चालन गर्ने ।
– स्वास्थ्य क्याम्पहरुको आयोजना गर्ने ।
– सेवाका कार्यहरु गर्दा समाजमा लायन्सको ब्राण्डिङ हुने स्तरका कामहरु गर्ने ।
– स्कुलहरु र विशेष गरि बैकल्पिक विद्यालयहरुलाइ सहयोग गर्ने ।
– रक्तदान, खाना खुवाउने, खाद्यान्न वितरण जस्ता कार्यक्रम गर्ने ।
– एक क्लब एक सरसफाई कार्यक्रम आयोजना गर्ने ।
– E–Waste संकलन र व्यवस्थापनका कामहरु गर्ने ।
– आवश्यक थप कार्यहरु गर्ने ।
यी माथिका सबै कामहरु एउटै क्लबले गर्न सक्दैन त्यसैले माथि उल्लेखित ६ वटा बुँदाहरु मध्ये प्रत्येक बुँदाहरुको कुनै न कुनै १/१ वटा मात्र भए पनि कामहरु गर्न सकिन्छ साथै यस बाहेकका क्लबका आफ्ना कुनै स्थायी परियोजनाहरु छन् भने ती र अन्य सेवाका कामहरु समेत गर्न सकिन्छ । विश्वास छ हामीले अघिल्ला वर्षहरुमा जस्तै सफलता यस वर्ष पनि प्राप्त गर्ने छौं । हाम्रा क्लबहरुलाई चलायमान बनाउने छौं र हाम्रा काम र क्रियाकलापले समाजमा लायन्सको सकारात्मक छाप छोडी थप मानिसहरुलाई सेवाका कार्यहरु गर्न उत्प्रेरित गर्ने छ र आगामी वर्षको नेतृत्वलाई सफल र सबल क्लब तथा डिष्ट्रिक्ट हस्तान्तरण गर्नेछौं भन्नुहुँदै सम्पूर्ण अफिसर्सहरुलाई यि डिष्ट्रिक्टले लिएका उद्देश्यहरु प्राप्तिका लागि दत्तचित्त भई लाग्न समेत सम्बोधनका क्रममा आग्रह गर्नुभएको छ ।
उक्त कार्यक्रममा लायन सञ्जय खेतान, लायन राजन लम्साल, लायन इन्दु लम्साल, लायन रामबहादुर बसेल, लायन विनोद ढुंगाना, लायन पार्वती खरेल पाण्डे, लायन सूर्य केसी लगायतका लिडरहरुले अफिसर्सहरुलाई लायन वर्ष ०२३/२४ लाई उचाइमा पु¥याउनको लागि शुभकामना सहित निर्देशन दिनुभएको छ । कार्यक्रमको सञ्चालन डिष्ट्रिक्ट क्याबिनेट सेक्रेटरी लायन महेश पाण्डेले गर्नुभएको थियो । कार्यक्रममा आर्थिक प्रतिवेदन डिष्ट्रिक्ट क्याबिनेट ट्रेजरर लायन सन्तोष रावलले प्रस्तुत गर्नुभएको थियो भने कार्यक्रमको सौजन्य लायन्स क्लब अफ देउराली दियालोले सफलतापूर्वक गरेको थियो । उक्त कार्यक्रममा उत्कृष्ट योगदान पु¥याउने लायन लिडरहरु र लायन्स क्बलहरुलाई प्रमाणपत्र र पदकद्वारा सम्मान गरिएको थियो ।
प्रभातफेरी अनलाईन
बनेपा नपा-५,राजदास मार्ग
९८५११२८४५०,९८४१४२८४५०
प्रा.फम द. नं.: ९६७९/०७६/०७७
सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५
संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |
समाचारदाता : | बिपशना शाक्य सम्पर्क: ९८४३७२९१७५ |