Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८३ बैशाख २४, बिहिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

के हो गुंलाँधर्म (पर्व) ?

प्रभातफेरी अनलाइन ५१४ पटक पढिएको प्रकाशित मिति: २०८० भाद्र १, शुक्रबार (२ साल अघि)
के हो गुंलाँधर्म (पर्व) ?

बिपशना शाक्य
“गुंलाँ” अर्थात नवौं महिना । नेपाल भाषामा ‘गुं’ को अर्थ नवौ र ‘लाँ’ को अर्थ महिना हो । नेपाल सम्वतअनुसार, उपत्यका लगायत बौद्धमार्गी र नेवार समुदायका लागि गुंलाँ एक महत्वपूर्ण महिना हो ।
गुंलाँधर्म कहिलेबाट सुरु भएको हो भन्ने कुरा यकिनका साथ कहिँ कतै उल्लेख भएको पाइँदैन । राजा विक्रमदेवले बौद्ध अनुयायीका लागि यो पर्व चलाएका थिए भनी भाषा वंशावलीमा उल्लेख भएको पाइछ । किंवदन्तीअनुसार मञ्जुश्रीले तालका रूपमा रहेको उपत्यकाको पानी बगाएपछि यहाँ बस्ती सुरु भएको भनिएको छ । यसरी मञ्जुश्रीले आफ्ना अनुयायीहरूका लागि स्वयम्भु चैत्यलाई केन्द्रमा राखेर शुरु भएको बागमती सभ्यताको शुरुवाती दिनमा मञ्जुश्रीले शुरु गर्नुभएको चैत्य सेवाको चलन नै पछि गुंलाँधर्म (पर्व) लाई मान्दै आएको किंवदन्तीमा उल्लेख गरिएको छ । यो गुंलाँ धर्म (पर्व) विक्रम सम्वत् अनुसार साउन शुक्लपक्ष प्रतिपदादेखि भाद्र शुक्लपक्ष प्रतिपदासम्म एक महिनासम्म मनाउने गर्दछ ।
यो अवधिभर शाक्य, बज्राचार्य, मानन्धर लगायतका नेवा:समुदायका अर्थात् बौद्धमार्गीहरू स्वयम्भू, चैत्य भएको ठाउँमा प्रत्येक दिन बिहान बाजागाजासहित पूजापाठ गर्ने गर्दछ भने कतिपय ठाउँमा साँझ भजनकिर्तन र बुद्ध स्तुति पाठ गर्ने गर्दछ । साथै गुंलाँधर्म सुरुको दिनदेखि अन्तिम दिनसम्म बुद्धका शील पालन गर्ने, प्रवचन सुन्ने, व्रत बस्ने चलन रही आएको छ ।
विशेष गरि गुंलाँबाजा धाः यस पर्वको मुख्य पाटोको रुपमा रहेको छ । किंवदन्तीका अनुसार गुंलाँ बाजाको ताल सिद्धार्थ राजकुमारलाई निकै मन पर्दथ्यो ।
गुंलाँधर्म अवधिभर धेरै चाडपर्वहरू जोडिएका छन् । नागपञ्चमी, यलपञ्चदान, गुंपुन्हि (जनैपूर्णिमा, क्वाती खाने दिन), कुम्भेश्वर मेला, गाईजात्रा, दीपयात्रा मतयाः, श्रीकृष्ण जन्माष्टमी, पञ्चदान र कुशेऔँसी (बुबाको मुख हेर्ने) यसै महिनामा पर्दछ ।
गुंलाँधर्मको अन्तिम दिन हर्षोल्लासका साथ बाजागाजा सहित भोज खाई (जसलाई पारु भ्वय: भनिन्छ) समापन गर्ने गर्दछ ।
तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
लेख सम्बन्धि थप
  • प्रविधि, पुस्ता र शक्ति-सन्तुलन: बदलिँदो हाम्रो सामाजिक सम्बन्ध र चरित्र

    प्रविधि, पुस्ता र शक्ति-सन्तुलन: बदलिँदो हाम्रो सामाजिक सम्बन्ध र चरित्र

  • Post Thumbnail

    अहिलेको बहस नाराको शासण कि नीतिको शासन

  • तत्कालीन अवस्थामा जनबिद्रोह किन भयो ? बहस गरौं !

    तत्कालीन अवस्थामा जनबिद्रोह किन भयो ? बहस गरौं !

  • Post Thumbnail

    देश विदेशमा आफूलाई चिनाउन सफल मोहन दुवाल

  • प्रभातफेरी ई-पेपरथप

    २०८३ साल वैशाख २३ गते बुधबार

    २०८३ साल वैशाख २३ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    कार्य विभाजनले सकारात्मक संकेतहरु प्रवाह गर्नेछ : नेकपा

    कार्य विभाजनले सकारात्मक संकेतहरु प्रवाह गर्नेछ : नेकपा

    सुकुम्वासी बस्तीबाट विस्थापित तेस्रोलिंगीहरूका लागि छुट्टै बसोबासको व्यवस्था गरिदिन सरकारसँग आग्रह

    सुकुम्वासी बस्तीबाट विस्थापित तेस्रोलिंगीहरूका लागि छुट्टै बसोबासको व्यवस्था गरिदिन सरकारसँग आग्रह

    जलेका गाडीमै तेल खर्च : स्वास्थ्य मन्त्रालयभित्र कुपन काण्ड

    जलेका गाडीमै तेल खर्च : स्वास्थ्य मन्त्रालयभित्र कुपन काण्ड

    नेपाल-चीन सांस्कृतिक सहकार्यमा यो अभियान अनुकरणीय कदमका रुपमा लिएका छौं : प्रमुख छाओ लिन

    नेपाल-चीन सांस्कृतिक सहकार्यमा यो अभियान अनुकरणीय कदमका रुपमा लिएका छौं : प्रमुख छाओ लिन

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0