Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८० मंसिर १३, बुधबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

साहित्य साधनाको इतिहास गोमा

प्रभातफेरी अनलाइन ४४ पटक पढिएको प्रकाशित मिति: २०८० भाद्र ५, मंगलबार (३ महिना अघि)
साहित्य साधनाको इतिहास गोमा

मोहन दुवाल, वरिष्ठ साहित्यकार

कविवर सिद्धिचरण श्रेष्ठ, क्रान्तिकारी जनकवि युद्धप्रसाद मिश्रका समकालीन साहित्य साधक गोमालाई नेपाली साहित्यिक इतिहासको क्रममा उल्लेख गर्नुपर्ने प्रतिभाका रुपमा चर्चा गर्नु आवश्यक देखिन्छ । वि.सं. १९९४ सालदेखि अर्थात् उनी १२ वर्षकी छँदादेखि कविता लेख्न थालेको प्रमाण शारदामा जलन कविता १९९४ मा छापेर आफूलाई प्रस्तुत गरिन् । वि.सं. १९८२ जेठ १५ गते मणिचौर, पर्वतमा माता नन्दकुमारी र पिता लक्ष्मीकान्त (लालु) उपाध्यायका छोरीका रुपमा यिनको जन्म भयो । पढ्ने र लेख्ने प्रोत्साहन र प्रेरणा हजुरबुबाबाट प्राप्त गरेकी यिनले जीवन बाँच्ने क्रममा पारिवारिक संघर्ष र व्यथा निकै भोगिन् । फुपाजूको घरमा फुपूको काखमा लुटपुटिन बाध्य गोमाले आमाका रुपमा फुपूलाई र बुबाको रुपमा फुपाजूलाई चिन्न बाध्य भइन् । यसरी धेरै कष्टले जीवन क्रम गुजारेर दुःखै दुःख भोगेर जीवन बाँच्न बाध्य यिनले जीवन–साथीका रुपमा साहित्यलाई स्वीकारेको देखिन्छ । त्यसताका प्रकाशित हुने शारदा, उद्योग, गोरखापत्रमा यिनका थुपै्र कविताहरु प्रकाशित भएको देखिन्छ । त्यसताका साहित्यमा देखापर्दै आएकी महिला साहित्यकारहरुमा लोकप्रियादेवी, प्रेम राजेश्वरी र गोमा मात्रै हुन् ।


नारी हस्ताक्षरहरुको मूल्याङ्कन गर्दै साहित्यिक इतिहास नियाल्दा यिनीद्वारा लिखित इन्दु खण्डकाव्य नै पहिलो खण्डकाव्य मानिन्छ । साधारण शिक्षा ग्रहण गरी साहित्य लेख्न थालेकी यिनले केही वर्षसम्म शिक्षणसेवा पनि गरेको देखिन्छ । संकटसँगै सङ्घर्ष गरेर जीवन गुजारेकी गोमा शारदाकालीन चर्चित कवि थिइन् । कवि सिद्धिचरण श्रेष्ठजस्ता प्रसिद्ध कविले यिनलाई सम्बोधन गरेर कविता कोरेको घटना–क्रम नियाल्दै भन्न सकिन्छ यिनी त्यसताकाका उत्कृष्ट कवि प्रतिभा हुन् । सुरु सुरुमा साहित्यिक लेखनमा निकै सक्रिय रहेकी गोमा २००० सालदेखि २०२५ सालसम्मको अवधिमा व्यावहारिक कारणले अल्झेको हुनाले हो (कि ?) हराएको देखिन्छ । आफै घोटिएर, आफैमा आफै भएर जीवनमा धेरै सङ्घर्ष गरेर यिनले २०३६ सालतिर स्नातक परीक्षा उत्तीर्ण गरेको देखिन्छ । धर्मोदय कन्या पाठशालामा शिक्षिका, पाटनको कन्या प्राविका प्रधानाध्यापिका भई सेवा पु¥याएका पछि यिनी सहिद शुक्र माविका शिक्षिका हुनाका साथै २०२२ सालदेखि २०४५ सालसम्म दरबार हाइस्कुलका शिक्षिका भई सेवा पु¥याएको देखिन्छ ।
गाउँले समाजमा जन्मेकी र त्यतै अभाव र कष्टसाध्य जीवन बोकेर सङ्घर्षका अनगिन्ती पाठहरु पढेर आफूलार्ई साहित्यिक कर्म र साधनामा लगाउँदै आएकी गोमा सङ्घर्षबाट हुर्केकी एकजना स्रष्टा र द्रष्टा हुन् । यिनले आफूले बुझेअनुसारका कुरा र घटनाहरुलाई साहित्य बनाइन् र फुर्सदको समयमा आफूलाई साहित्य साधना र सिर्जनामा लगाइन् । जीवनपथमा धेरै दुःख, दर्द, व्यथा खपेर शिक्षण सेवालाई जीविकाको आधार बनाएर बचेको समयमा यिनले साहित्यमा मन दिए । शारदाले जन्माइदिएका साहित्यकारलाई पछि रत्नश्री साहित्यिक पत्रिकाले मलजल दिई हुर्किन मद्दत गरेको जस्तो देखिन्छ । थुपैै्र समालोचना, लेख रचना र कविताहरु यिनले रत्नश्रीमा छपाएको देखिन्छ । रत्नश्री स्वर्ण पदकबाट पनि यिनी विभूषित भइन् । त्यसैले उनी लेख्छिन् –“साँच्चै भनूँ भने मलाई शारदाले जन्मायो भने रत्नश्रीले बढ्न, हुर्कन र परिमार्जित हुनमा मद्दत ग¥यो ।” यिनका प्रकाशित पुस्तकहरुमा जलन (कवितासङ्ग्रह २०३७), साहित्यिक फूलबारीका फूलहरु (समालोचना, २०३७), बाँच्ने रहर (कवितासङ्ग्रह २०३९), कार्यशील महिलाको भूमिका (निबन्धसङ्ग्रह २०३९), मातृव्यथा (कवितासङ्ग्रह, २०४१), इन्दु (खण्डकाव्य, २०४२), कवि म.वि.वि. शाहका काव्यप्रवृत्ति (समालोचना, २०४२), तिरस्कृत आत्मा (खण्डकाव्य, २०४३), नेपाल भारतका केही नारी प्रतिभा (खण्डकाव्य, २०४६), पौराणिक नारी परिचय (जीवनीसङ्ग्रह, २०४८), मानव धर्म र आस्था (कवितासङ्ग्रह २०५०), चाँदनी शाहको काव्य संसार (समालोचना, २०५१), मानव धर्म र आस्था (कवितासङ्ग्रह २०५१) प्रकाशित भएको देखिन्छ ।
लोकप्रियादेवी पुरस्कार (२०४४), मैना पुरस्कार (२०४०), गोपाल पाँडे असीम पुरस्कार (२०५३), युगकवि सिद्धिचरण श्रेष्ठ काव्य पुरस्कार (ई.सं. २००१) आदि पुरस्कार, सम्मान प्राप्त गर्न सफल साहित्यकार गोमाले कविता, काव्य, निबन्ध, समालोचना आदि विधामा सक्रियतापूर्वक कलम चलाएको देखिन्छ । अँध्यारो युगमा कलम चलाएकी यिनले साहित्यलाई हजुरबुबाको घर आँगनबाट अर्थात् गाउँमै आत्मसात गरेकी हुन् । यसै सन्दर्भमा यिनले लेखेकी छन् –“गाउँबाट काठमाडौं छिरेपछि लक्ष्मीप्रसाद देवकोटा, सिद्धिचरण श्रेष्ठ, भवानी भिक्षु, विजय मल्ल, भीमनिधि तिवारी, युद्धप्रसाद मिश्रसँगको भेटले मलाई लेख्न प्रेरणा र बल थप्यो ।” शिक्षणसेवामा जीवनका अधिकांश समय गुजारेकी यिनका लागि पछिल्लो समयको कालक्रममा छोरी डा. गार्गी शर्मा र ज्वाइँसाहेबले निकै भरथेग र साथ दिएको देखिन्छ । यो देशमा निकै रुचाइएका, चर्चामा आएका साहित्यकारहरुसम्मको मूल्याङ्कन नहुने देशमा साहित्यकार गोमाको चर्चा नहुनु, मूल्याङ्कनमा नपर्नु अनौठो विषय रहेन । तर सेवा साधना र सिर्जनाको मूल्याङ्कन जसको पनि हुनुपर्छ – गोमा लगायत स्रष्टाहरुको जति हुनुपर्ने त्यो राज्यबाट भएको देखिँदैन । यही विडम्वना र विसंगति हो देशको । यिनको अवसान २००२ जुलाई ३० मा भयो ।
गोमा दिदीसँग जनमत मार्फत् मेरो परिचय २०४६ सालतिर भएको हो । साहित्यिक कर्म रोजेर सक्रिय भएर लाग्दा थुप्रै साहित्यकारसँग मेरो आत्मीय सम्बन्ध बढ्दै गएको हो । आज पर्यन्तसम्म यही पथमा लागेर हजारौं हजार संख्यामा साहित्यकारसँग मेरो परिचय भएको छ । यही क्रममा राखेर मूल्याङ्कन गरेर भन्नुपर्दा म भन्न रुचाइरहेछु – सरल, शिष्ट, सोझी देखिने गोमा दिदीसँग चारचोटी भेटमा निकै मनोरम ढङ्गले मन साटासाट गर्न पाएका क्षणहरु मनमा याद आइरहन्छ । नयाँ र पुरानोमा भेद देखाउन नचाहने उनीभन्दा २४ वर्षले कान्छो मसँग पनि परिचयको क्रममा उनले कहिल्यै पनि ‘ठालुपन’ देखाएनन् । रामायण र भक्तमालाको प्रभावमा परेर साहित्य लेख्न थालेकी, कृष्णचरित्र, चण्डी, दुर्गाकवच, रामायण सानै छँदादेखि नै कण्ठ गरेकी यिनी सानी छँदा आमाविहीन टुहुरी भएर हुर्किएकी हुन् । बाँच्ने रहर बोकेर जीवनका कहरहरु काट्न सफल अभियन्ता हुन् उनी । मातृव्यथाभित्रका गहिराई कस्तो हुन्छ अनुभूति साँचेर साहित्य सिर्जना गर्दै आएकी गोमाले साहित्यिक फूलबारीका फूलहरु मन परेजति सबै बगैंचाबाट टिप्न प्रयास गरे ।
सरलताका धनी गोमा दिदीसँग प्रत्यक्ष भेटघाट र उनीभित्रका साहित्यिक उच्छवासहरु छाम्न पाएको २०४६ सालमा म कार्यरत विद्यालय महेन्द्र माविमा साथीहरुसँग आउँदा हो । छिन्नलता, गार्गी शर्मा, इल्या भट्टराई, शशि रिमाल लगायत थुप्रै महिलाहरुसँग नारी साहित्य मन्दिरका तर्फबाट साँगास्थित महेन्द्र माविमा गोमा दिदी आउनुभएको मलाई सम्झना छ । कवि गोष्ठीको विशेष आतिथ्य गरेकी यिनले मलाई र त्यस ठाउँको वातावरण मन परेर बोलेका यी शब्दहरु सधैं मनमा गुञ्जिरहन्छ । उनले भनेकी थिइन् –“कति मज्जाको डाँडामा दुवालको स्कुल, बसिरहूँजस्तो ।” साहित्यकार गोमा दिदी यस्तै यस्तै भावना र सन्दर्भमा मेरो मन मझेरीमा झुलिरह्यो । म गोमा दिदीलाई साहित्यिक मर्ममा र साहित्यिक प्रसङ्गहरुमा राखेर साहित्यिक इतिहासको क्रममा सम्झिरहेछु ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
साहित्य सम्बन्धि थप
  • Post Thumbnail

    टुक्का साहित्य

  • जनप्रतिवद्ध कवि केवलपुरे किसान

    जनप्रतिवद्ध कवि केवलपुरे किसान

  • Post Thumbnail

    टुक्का साहित्य

  • आधुनिक कविताका जरा मोहन कोइराला

    आधुनिक कविताका जरा मोहन कोइराला

  • प्रभातफेरी ई-पेपरथप

    २०८० कार्तिक ०६ गते

    २०८० कार्तिक ०६ गते
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    महानन्द वाङमय प्रतिस्ठान काभ्रेले मनायो देवकोटा जयन्ती

    महानन्द वाङमय प्रतिस्ठान काभ्रेले मनायो देवकोटा जयन्ती

    पनौतीका जात्रापर्वहरूको दोस्रो संस्करण लोकार्पण

    पनौतीका जात्रापर्वहरूको दोस्रो संस्करण लोकार्पण

    गोवर्धन पुजाको महत्व

    गोवर्धन पुजाको महत्व

    लक्ष्मीपूजाको महत्त्व

    लक्ष्मीपूजाको महत्त्व

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५
    समाचारदाता : बिपशना शाक्य
    सम्पर्क: ९८४३७२९१७५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0