Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Advertisement
SKIP THIS
Logo
२०८२ माघ १९, आईतबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

भ्रष्टाचार विरुद्ध जनमत तयार पार्नु ३ महिने अभियानको दायित्व पनि हो

प्रभातफेरी अनलाइन १८०५ पटक पढिएको प्रकाशित मिति: २०८० भाद्र १९, मंगलबार (२ साल अघि)
भ्रष्टाचार विरुद्ध जनमत तयार पार्नु ३ महिने अभियानको दायित्व पनि हो

० रुपान्तरण अभियान अन्तर्गत कार्यक्षेत्र परिवर्तन गर्नुभएछ किन ?
यो पार्टी हेड क्वाटरको निर्देशन अनुसार मेरो जिम्मेवारी सारिएको हो । केन्द्रीय सदस्यहरुलाई वडा–वडासम्म पु¥याउने अन्तर जिल्ला, अन्तर पार्टी कमिटी, अन्तर पालिकामा जिम्मेवारी दिने केन्द्रको निर्देशन बमोजिम ३ महिनाका लागि मेरो जिम्मेवारी महाभारत गाउँपालिकामा परेको छ । हामी पार्टीका सिपाही हौं, हाम्रो नाफाको जिन्दगी जहाँ पार्टीले भन्छ, त्यहीँ समर्पित गर्न तयार छौं । त्यसैको एउटा फड्को मेरो बाँकी जीवनमा केही गर्ने अवसरका रुपमा यो ३ महिनालाई लिएको छु । जसको कारण केन्द्रीय नीति अनुरुप हामी आ–आफ्नो जिम्मेवारीमा रहेर माओवादी केन्द्रलाई चयालमान बनाउनुको साथै शक्तिशाली राजनीतिक शक्तिका रुपमा उठाउनेछौं ।
० के केन्द्रको नीति अनुसार अपेक्षाकृत परिणाम आउने देख्नुभएको छ ?
हामी योद्धाहरुले केन्द्रको नीति अनुसार परिणाम आउनेमा विमति छैन । हिजो जुन किसिमको एजेण्डासहित हामी जनताका माझ १० वर्ष बितायौं, त्यही एजेण्डालाई आज सुसूचित गर्दै हामी हजुरहरुबाट टाढिएका छैनौं । तपाईंहरुलाई हिजो बाँडेका सपनाहरु विस्तारै पूरा गर्न गइरहेका छौं । त्यसको लागि फेरि हामी तपाईंहरुसँग हातेमालो, सहकार्य र सामञ्जस्यता कायम गर्दै यात्राका क्रममा भएका उतारचढावहरुलाई समिक्षा गर्दै गुट उपगुटको अन्त्यका लागि पनि हाम्रो उपस्थिति जनताका बिचमा कोसेढुंगा सावित हुनेछ । जसबाट जनतामा नयाँ तरंग पैदा हुनेछ र इतिहासले छोडेका गर्न बाँकी कामहरु पूरा गर्नेछौं । अझ भन्नुहुन्छ भने हिजो १० वर्षे जनयुद्धकालमा मेरो राजनीतिक उर्वरा भूमिकै रुपमा रहेको अहिलेको महाभारत गाउँपालिकामा मैले आफ्ना विचारहरु जनताका बिच राख्ने अवसरका रुपमा पनि यो अभियानलाई लिएको छु ।
० तपाईंले अन्तरविरोधका कुराहरु गर्नुभयो, के यो ३ महिने अभियानले अन्तर्विरोधहरु, गुट उपगुटहरु अन्त्य हुन्छन् भन्ने लाग्छ ?
स्वभाविक लाग्छ । गुट उपगुट र अन्तर्विरोधहरु अन्तबाट आएका होइनन् । हामीबीचबाटै सिर्जना भएका हुन् । त्यसको अन्त्य गर्ने दायित्व पनि हाम्रो हो । त्यसैले यो ३ महिने अभियानमा टोल, बस्तीमा संगठनको अवस्था के कस्तो छ, नेतृत्वहरुले कस्तो भूमिका निर्वाह गरिरहेका छन्, जसका कारण कुण्ठित भावनाहरुलाई सकारात्मक रुपमा बाहिर ल्याएर संगठन सुदृढिकरण गर्न पनि यो अभियान कोसेढुंगा सावित हुनेछ । किनकी स्थानीय नेतृत्वले काखा र पाखा गरेकै कारण गुट उपगुट सिर्जना भएको हो । जसले अन्तर्विरोधहरु जन्माए । जसको परिणाम नेकपा माओवादी केन्द्रले व्यहोर्नुपरेको छ । हिजो ८० प्रतिशत भूभागमा जनयुद्धको प्रभाव थियो । जसको परिणाम २०६४ को मत परिणामले पुष्टि गरेको थियो । आज यो अवस्थामा आउनुमा हामीभित्र मौलाएको विचलन पनि हो । हामीले जनयुद्धका क्रममा जनताका माझ कबुलेका वाचाहरु बिर्सियौं । जसको परिणाम माओवादी यो अवस्थामा पुग्यो । यो सबैको पछाडि अरु कसैलाई औंला ठड्याउने अवस्था छैन । यो सबैको भागिदारी आफूलाई माओवादी भन्ने कार्यकर्तादेखि नेतृत्वसम्मले लिनुपर्छ ।
अतितबाट पाठ सिक्दै यो अभियानमा आत्म आलोचनासहित जनताका माझ जान सक्यौं भने नेपाली जनताले गुमाएको विरासत फिर्ता हुनेछ । यो नै यस अभियानका मुख्य उद्देश्य रहनेछ भन्ने ठम्याइ मैले लिएको छु ।
० संगठन उठ्न नसक्नुमा को दोषी छ र किन ?
यहाँ दोष कसको भनेर खोजेर एकअर्कामा दोषारोपण गर्नुभन्दा पनि संगठनका बारेमा हामी को, कहाँ, कसरी चुकेका छौं, त्यसतर्फ समस्याको चुरो पत्ता लगाउन सक्यौं भने संगठन पूर्ववत् अवस्थामा अगाडि बढ्न सक्छ । संगठन पछि पर्नुका कारणहरु त विशेष प्रचारप्रसार नै पहिलो लाग्छ । पार्टीले उठाएका विषयवस्तु, हासिल गरेका उपलब्धी लगायत जनजीविकासँग जोडिएका विषयवस्तुका बारेमा हामीले सार्वजनिक रुपमा जनताका बिच लान सकेनौं । त्यो नै समस्याको पहिलो चुरो हो । यदि हामीले अहिले सरकारले गरेका सकारात्मक कामका बारेमा मात्र भुईंमान्छेसम्म जानकारी पु¥याउन सक्ने हो भने दर्बिलो संगठन बन्छ । हामीले बनौं भन्नै पर्दैन जनता आफैंले बनाउँछ । तर त्यो क्षमता जसले राख्नुपर्ने हो, त्यसतर्फ पार्टीको समेत कम ध्यान पुगेको मैले महसुस गरेको छु । जसको कारण हाम्रो संगठन जुन रुपले उठ्नुपर्ने हो, त्यो रुपमा नउठेको यर्थाथ हो ।
० फेरी पनि तपाईंको कार्यक्षेत्रका बारेमा केही खुल्दुलीहरु छन्, किन महाभारत नै तपाईंको रोजाइमा प¥यो ?
हुन त पार्टीले दिएको जिम्मेवारी हो । फेरी पनि तपाईंले सोधिहाल्नु भो, हिजो जनयुद्धकालमा पार्टीको आधार क्षेत्रको रुपमा परिचित भूगोल हो । जहाँ हामी सयौं योद्धाहरु परेट खेल्थ्यौं । जनताका जनजीविकाका सवालमा हातेमालो गथ्र्याैं । जसका कारण तत्कालिन राज्यसत्ताले ठूलो दमन ग¥यो । सयौं हताहत भयो, फेरि पनि त्यो भूगोलमा सामन्तवादका पिछलगुहरुले विचलन ल्याउन सकेनन् । सामन्तवादका विरुद्ध बिगुल फुक्यौं । जसका कारण आज पनि ७० प्रतिशत भूगोमा तिनै योद्धाहरुको स्मरणमा संगठन चलेको छ । यस्तो क्षेत्रमा गएर फेरि जनताका माझ हातेमालो गर्दै संगठन सुदृढिकरण गर्न पाउनु मेरा लागि एउटा अवसर हो । त्यो अवसर उपलब्ध गराइदिएकोमा सिंगो पार्टी पंक्तिप्रति हृदयदेखि आभार व्यक्त गर्न चाहन्छु ।
आशा, छ महाभारतको संगठन अझ अब्बल र शक्तिशाली भएर समाजवादको एउटा ईंट्टा थप्न योग्य भूगोलको रुपमा आफूलाई अग्रदस्ताको रुपमा राख्न सफल हुनेछ भन्ने विश्वास लिएको छु । त्यहि अनुसार महाभारतका सबै वडा कमिटीको बैठक बसेर १६ गतेबाट सुरु भएको केन्द्रीय नीति अनुसार सर्वाेच्च कमाण्डर प्रचण्डबाट निर्देशन भएबमोजिम विशेष रुपान्तरण अभियानको शुभारम्भ गरेका छौं । जहाँ प्रत्येक वडा, एरिया, सेल कमिटी र गाउँपालिकाले केन्द्रीय नीति अनुरुप घरघरमा माओवादी, जनजनमा माओवादी अभियानलाई ग्रासरुटका रुपमा लिएका छौं । लाग्छ, समग्र जिल्लामध्ये महाभारत गाउँपालिकाले उचाइ चुम्नेछ र उदाहरणका रुपमा आफूलाई स्थापित गर्नेछ भन्ने अपेक्षा लिएको छु र सोहि अनुरुप नै मैले आफ्नो जिम्मेवारी र भूमिका निर्वाह गरेको छु भन्ने महसुस गरेको छु ।
० तपाईंले महाभारतको बखान गरिरहँदा समग्र जिल्लाका बारेमा के देख्नुभएको छ ?
केन्द्रीय निर्देशन अनुसार अभियानबाट सबै उत्साहित छन् । जसलाई जुन जिम्मेवारी दिएको छ, स्वतस्फूर्त रुपमा आफ्नो कार्यक्षेत्रमा गएर नेताहरुले जिम्मेवारी बहन गर्नुभएको छ । जसका कारण काभ्रे जिल्लालाई चलायमान बनाएको छ । समय फरक भयो होला तर १ सय ३५ वटै वडाहरुमा यो अभियानको सुरुवात भएको छ भन्ने रिपोर्ट पाएको छु । कार्यक्षेत्रमा खटिनुभएका नेतृत्वजनबाट यथार्थमा भन्नुपर्दा मृत अवस्थामा पुगेको संगठनलाई जानकारी पाएसम्म जुरुक्कै उठाउनुभएको छ । यसले संगठन नयाँ धारबाट उठेको मैले महसुस गरेको छु । अब प्रत्येक नेतृत्व, प्रत्येक जनसँग साक्षात्कार गर्न पुग्नेछ । त्यसबाट २०६४ कै परिणाममा हामी पुग्नेछौं भन्ने विश्वास म लगायत पार्टीपंक्तिले लिएको छ ।
हिजो कमी कमजोरीहरु भए होलान्, असन्तुष्टिहरु सम्बोधन हुन सकेनन् होला । जसका कारण कति साथीहरु निष्क्रिय बस्नुभएको छ, कतिले पार्टी छोड्नुभएको छ । केही स्वार्थ बोकेर गएका साथीहरुलाई सच्चिने अवसर पनि दिनेछौं । ईंट्टा भट्टामा राखिएका सबै ईंट्टाहरु राम्रोसँग पाकुन्, घर बनाउन योग्य होऊन् भन्ने नै हुन्छ तर कति ईंट्टाहरु सोचेजस्तो हुँदैन । हामीभित्र पनि विगतमा ति प्रवृत्तिहरु मौलाए । अब ति सबै घटनाक्रमबाट माथि उठेर साथीहरुलाई पुरानो संगठनमा फर्काएर संगठनलाई सुदृढ र सबल बनाउने प्रतिबद्धताका साथ हामी बस्ती पसेका छौं । आशा छ, यसले निस्वार्थ मुक्तिका खातिर सबल संगठनको अभियानमा हामी छौं ।
० मैले सोध्न छुटेका यहाँलाई राख्न मन लागेका केही हरफहरु छ भने खुलाइदिनुस् न ।
अहिले प्रचण्डको नेतृत्वमा रहेको सरकारले जुन अत्यन्तै महत्व राख्ने अभियान अगाडि बढाएको छ । ति अभियानका बारेमा जनजनलाई जानकारी गराउनु पहिलो प्राथमिकता हो । हाम्रो मुलुक अन्तर्राष्ट्रिय क्षेत्रमा समेत भ्रष्टाचारले दुर्गन्धित बन्न पुगेको अवस्थामा भ्रष्टाचारका विरुद्ध जुन किसिमको संग्राम सुरु भएको छ, त्यो सरकारको एकल प्रयासले मात्रै सफल हुनेछैन । त्यसका लागि प्रत्येक नेपाली जनताले भरथेक गर्नुपर्छ । अन्यथा हात्ती आयो हात्ती आयो फुस्सा हुनेछ । यहाँहरुलाई जानकारी नै छ, सिआइबीलाई सम्पूर्ण अधिकार सरकारले दिन खोज्दा महिनौं दिन संसद अवरोध भयो । यसले पनि प्रष्ट गर्दछ, सरकारले चालेका कदमहरुमा अवरोध आउनेछन् । यो या त्यो बाहानामा सरकारले उठाएका विषयवस्तुका बारेमा प्रत्येक नेपालीलाई जानकार हुनुपर्छ र सरकारको पक्षमा जनमत तयार हुन आवश्यक छ । तब मात्र भ्रष्टाचार विरुद्धको अभियानले सार्थकता प्राप्त गर्नेछ । जति पनि नेपालमा भएका अनियमितताहरु छन्, त्यसमा राजनीतिक शक्तिको संरक्षण छ । त्यो संरक्षण तोड्नका लागि नेपाली जनता नै उठ्नुपर्छ । अन्यथा सरकारले विषयवस्तु उठाउने मात्र हुनेछ, कार्यान्वयन गर्नसक्ने अवस्था रहन्न ।
त्यसैले यो भ्रष्टाचार विरोधी आन्दोलनका बारेमा भुईंमान्छेसम्म चेतना पु¥याएर सरकारले चालेका सकारात्मक अभियानलाई सार्थक बनाउनका लागि सुसूचित गराउनु पनि यो ३ महिने अभियानको महत्वपूर्ण पक्ष रहनेछ । हामीले कुरा त ग¥यौं, काम गर्ने सवालमा आरोह अवरोहहरु सिर्जना भएका छन् । त्यसका बारेमा जनजनलाई जानकारी गराएर भ्रष्टाचारका पक्षधरहरुलाई समाजबाटै बहिष्कृत गर्नसक्ने वातावरण सिर्जना गरेर सरकारको अभियानलाई बनाउनु पनि यो अभियानको मूल मर्म रहनेछ भन्ने विश्वास आम नागरिकसम्म पु¥याउनु यो अभियानको अर्काे दायित्व पनि हो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
३%
प्रतिक्रिया दिनुहोस
अन्तरबार्ता सम्बन्धि थप
  • मेरो साहित्यिक सिर्जनाको स्रोत मेरी आमा हुन्ः स्रष्टा पौडेल

    मेरो साहित्यिक सिर्जनाको स्रोत मेरी आमा हुन्ः स्रष्टा पौडेल

  • कृषि उत्पादनलाई बजारमुखी बनाउने हो र किसानलाई समृद्ध देख्ने हो भने पोलिब्याग प्रविधि खेतीमा राज्यले चासो राख्नुपर्छः श्रेष्ठ

    कृषि उत्पादनलाई बजारमुखी बनाउने हो र किसानलाई समृद्ध देख्ने हो भने पोलिब्याग प्रविधि खेतीमा राज्यले चासो राख्नुपर्छः श्रेष्ठ

  • आजको शिक्षाले कामलाई त छिटो बनाएको छ तर मस्तिष्क विकास भने बोधो हुँदै गएको छः शिक्षाविद् दाश

    आजको शिक्षाले कामलाई त छिटो बनाएको छ तर मस्तिष्क विकास भने बोधो हुँदै गएको छः शिक्षाविद् दाश

  • Post Thumbnail

    जनप्रतिनिधि र स्वास्थ्यकर्मीहरूको सम्बन्ध न· र मासुको जस्तो छ, पाँचखालमा जेष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा प्रदान गरेका छौं

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल माघ १४ गते बुधबार

    २०८२ साल माघ १४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    दुमो बचत तथा ऋण सहकारीको १६औँ स्थापना दिवस विविध कार्यक्रमसहित सम्पन्न

    दुमो बचत तथा ऋण सहकारीको १६औँ स्थापना दिवस विविध कार्यक्रमसहित सम्पन्न

    प्रतिनिधि सभा निर्वाचनको माहोल क्रमशः तातिँदै

    प्रतिनिधि सभा निर्वाचनको माहोल क्रमशः तातिँदै

    बनेपा : चण्डेश्वरी र जगत्केशरीको चण्डेश्वरी स्तोत्र

    बनेपा : चण्डेश्वरी र जगत्केशरीको चण्डेश्वरी स्तोत्र

    पूर्व कृषि मन्त्री हुमागाँईको उदघाेष : पाँचखाललाई कृषि ‘हब’ बनाउन पहल गर्छु

    पूर्व कृषि मन्त्री हुमागाँईको उदघाेष : पाँचखाललाई कृषि ‘हब’ बनाउन पहल गर्छु

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0