Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Advertisement
SKIP THIS

पुरा विवरण यहाँ क्लिक गर्नुहोस

Logo
२०८२ बैशाख २६, शुक्रबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

आधुनिक कविताका जरा मोहन कोइराला

प्रभातफेरी अनलाइन ५३४ पटक पढिएको प्रकाशित मिति: २०८० आश्विन १६, मंगलबार (१ साल अघि)
आधुनिक कविताका जरा मोहन कोइराला

मोहन दुवाल, वरिष्ठ साहित्यकार
आधुनिक गद्य कवितामा एउटा नयाँ प्रयोग भई कवितामा आफ्नै बिम्ब–शैली बोकेर क्लिष्ट शब्द–शैलीलाई आफ्नो पहिचान जस्तो बनाई कविका रुपमा प्रख्यात प्रयोगवादी कवि हुन् मोहन कोइराला । महाकवि देवकोटा, गोपालप्रसाद रिमालपछि गद्य कवितामा आफ्नो छवि प्रस्तुत गर्न सफल यी कविले आफू स्थापित हुन निकै सङ्घर्ष गरे । कविता सिद्धान्तमा बाँधिएर लेखिंदैन; कविले कविता पो लेख्ने हो भनी कविता र कविको उच्चताबारे आफ्नै परिभाषा बनाएर साहित्यिक क्षेत्रमा देखापरेका यिनी सर्वसाधारणका लागि नबुझ्ने कविका रुपमा मात्र प्रख्यात रहेको प्रगतिवादी समालोचकहरु उल्लेख गर्छन् । कवितामा बिम्ब प्रयोग हुनुपर्ने, आधुनिक सन्दर्भभित्र रुमल्लिन सिक्नुपर्ने, शब्द संयोजन मिलाउन जानुपर्ने भन्ने दृष्टि–चेत् बोकेर कविता लेख्न सुरु गरेका कवि मोहन कोइराला निरन्तर कवितामा समर्पित भइरहेका कविहरुमध्ये आधुनिक शब्द–शिल्पबाट आफूलाई प्रभावित तुल्याउन जानेका कवि हुन् ।
वि.सं. १९८३ मङ्सिर ११ गते काठमाडौं डिल्लीबजारमा जन्मेका कवि मोहन कोइरालाले जीवनका उकाली–ओरालीहरुमा सङ्घर्षका कदमहरु चाल्दै जस्तोसुकै स्थितिमा पनि कवितामा मन साट्दै एकोहोरो कवितामा आफूलाई देखाइरहन खोज्ने एकजना सिर्जनशील कवि हुन् । सर्वसाधारणले पटक्कै नबुझ्ने शैलीमा कविता लेख्दै आएको कारणले यिनका कविताहरु सर्वसाधारण जनमनका लागि प्रिय कविता बनेनन् । तर पनि एकखालका बुद्धिजीवी र साहित्यकारहरुका लागि यिनी प्रिय र सफल कविका रुपमा प्रख्यात छन् । दुरुह यिनको कविताको भाषाशैली बनेकै कारणले धेरैजसो प्रगतिशील कविहरुले पनि यिनका कविताहरु त्यति मन पराएर चर्चा गरेका छैनन् । टी.एस. इलिअटकै कविताबाट प्रभावित यिनी अस्पष्ट, साङ्केतिक, प्रतीकात्मक र बिम्बात्मक शब्दशैलीमा कविता लेख्छन् । निस्सारतावादी जीवन–दर्शनका आधारमा कविता कोर्ने कविका रुपमा पहिचान देखाएर गएका यिनी कवि नवीन बिम्बको प्रयोग गर्न प्रयत्न गर्दा–गर्दै कवितालाई क्लिष्ट बनाउँछन् । जे जस्तो यिनको बारे भनिए तापनि आधुनिक नेपाली कवितामा प्रयोगवादी धारालाई सम्प्रेषण गरेर जाने समकालीन चेतनाका एउटा काव्यात्मक धार हुन् भन्न सकिन्छ मोहन कोइराला ।
स्वच्छन्दतावादी कविका रुपमा पनि प्रख्यात मोहन कोइराला आफ्नो कवितामा बिम्ब, प्रतीक भर्न सिपालु छन् । केही कविताका हरफहरु यहाँ प्रस्तुत छन् ः
म तेरो सौन्दर्य– शाहज्यादीको पहिलो गायक पन्छी हुँ 
म तेरो ताजमहलको पहिलो जगको मरमर हुँ 
म सौन्दर्यको राजमहल, ए नरम रेशमकी काँचुली,
म त्यो कुञ्चलाई नजिकैबाट हेर्न चाहन्छु 
म प्रकृतिको अञ्चललाई नजिकै तान्न चाहन्छु
म तेरो यौवनलाई दिन दुई दिन माग्न चाहन्छु ।
यौन भावनाका कारणले हो वा प्रेम मायाभित्र राखेर यौन बुझ्ने गर्दाले हो मोहन कोइरालाका कवितामा प्रेमका उत्सर्गहरुमा यौन स्फुरण अप्रत्यक्ष÷प्रत्यक्ष देखिन्छन् । जस्तै ः
हिपटाइट, फ्रक कसले लाउने स्टेजमा निस्कँदा 
मलाई अलि नशा लागेको छ हगि 
मलाई चाँडै नशा लाग्दछ । 
हुन पनि तिम्रो अनुहारमा त्यस्तै के पोखिदिएको छ 
जति हेर्दिनँ भन्दछु उति नशा भएर आउँछ  । 
हुनत यस खालका कविताहरुलाई युगको कुण्ठा, आधुनिक जीवनको विसङ्गति, निराशाबाट प्रकट हुने विद्रोहका रुपमा व्याख्या भएका छन् । त्यसैले त यिनी यस्तै खालका कविताहरु लेख्न मन पराउँछन् ।
०००
जीवन जिउने क्रममा यिनी विद्यालयका शिक्षक बने, अड्डाका कर्मचारी भए । यस्तै–यस्तै क्रम भोगेर प्रज्ञा प्रतिष्ठानका मर्यादित कुर्सीमा रमेर उपकुलपति पनि बन्न सफल भए । जीवनमा कविता भोगेर, कविको नाममा आधुनिक बनेर आधुनिक प्रयोगवादी कविका रुपमा पहिचान छोड्न सफल कवि कोइरालाले २०६३ माघ ८ गते मधुपर्कमा जीवनका अन्तिम क्षणमा यसरी बोलेका छन् –“भौतिक, मानसिक र बाह्य प्रभाव नै कविताका आधार हुन् । मानिसको जीवन, बाध्यता कविताको आदर्श हो । कवितामा मानव संवेदना भएपछि कविता हुन्छ । मानव संवेदना नभएको कविता प्राणहीन हुन्छ । यसो भनेर संवेदनामात्र पनि कविता हुँदैन । कविताको भाषा संवेदनशील हुन्छ । त्यसैले रङ्गीन मात्र पनि कविता हुँदैन र सामाजिक परिस्थितिले नै मलाई कविता लेखाउँछ ।” उनी आफ्नो कविताका सम्बन्धमा यस्तो भन्छन् –“सुरुमा मात्र हैन, अहिले पनि मेरा कविताहरु प्रयोगमै छन् । मेरा कविता रुचाउने, नरुचाउने अहिले पनि छन् । नयाँ विचार मन नपराउनेहरु अहिले पनि छन् ।” २०६३ फागुन १० गते यिनको निधन भयो ।
यही नयाँ विचारका सृष्टिकर्ता भन्न रुचाउने मोहन कोइराला कवितामा यसरी लेख्छन् – म फर्सीको पात हुँ, क्षितिज उचालिरहेको÷म फर्सीको जरा हुँ पृथ्वी पक्रिरहेको । यिनै कवि मोहन कोइरालाका हालसम्म प्रकाशित कृतिहरुमा सूर्यदान (२०२१), लेक (लामो कविता, २०२५), पलङ नम्बर २१ (२०२८), मोहन कोइरालाका कविता (२०३०), नुनका शिखरहरु   (लामोकविता, २०३१), सारङ्गी बोकेको समुद्र (२०३४), कविताबारे केही चर्चा (समीक्षा, २०३५), हिमचुली रक्तिम छ (२०३५), नदी किनारका माझी (लामो कविताहरुको सङ्ग्रह, २०३८), ऋतुनिमन्त्रण÷गरलपान (लामाकविता÷काव्य – २०४१), नीलो मह (लामोकविता÷काव्य, २०४१), एउटा पपलरको पात (२०४७), गजपथ (२०४९), आज कसैलाई बिदा गर्नुछ (२०६०), सिमसारका राजदूत (लामोकविता÷काव्य, २०६३) छन् ।
साढे छ दशकसम्म नथाकिकन यिनले कविता लेखे, कविताकै चर्चा र व्याख्या गरे, कविता गोष्ठी, संगोष्ठी, पत्रिकाकै सम्पादन गरे । अर्थात् यिनी कवितामा चलखेल गर्दै कविता नै लेखेर गएका कविताकै कवि हुन् । जे जस्तो भनिएता पनि यिनी कवितामा एउटा तरङ्ग दिन सफल गतिशील आधुनिक कवि हुन् । मित्रप्रिया र ईश्वरीप्रसाद माता÷पिताले नाम दिएका डकारप्रसादले स्वाध्यायन गरेर नै आफूलाई मोहन कोइराला नामको कवि बनाए ।
०००
कवि मोहन कोइरालासँग त्यति नजिक रहेर सरसङ्गत गर्न पाइएन । मैले दुइचारपल्टमात्र जम्काभेट गर्न पाएको सम्झना छ । उपकुलपति छँदा एकपल्ट भेटेको र साधारण कुराकानी भएको सम्झना छ । दुइचार ठाउँमा साहित्यिक यात्रा गर्दा सँग–सँगै पुगेको याद छ । सबभन्दा सम्झिन लायकको घटना भनेको जनमतको वार्षिकोत्सवमा मोहनदाइ मुख्य अतिथि भई आउँदाका क्षण हो । जनमतबाट प्रकाशित पुस्तकहरुको विमोचन गर्दै उनले प्रज्ञाको सभाकक्षमा जनमतको साहित्यिक अभियानबाट आफू धेरै प्रभावित भएको तथा पुस्तक प्रकाशन, स्रष्टाहरुको सम्मान, जनमत पत्रिकाको प्रकाशन गरेर जनमत प्रकाशनले ऐतिहासिक काम गरिसकेको रहेछ – बल्ल मलाई आज थाहा भयो । साहित्यमा मन दिंदै आएको संस्थाको उत्तरोतिर प्रगति होस् भनी उनले प्रशंसा गरेका सन्दर्भहरु बिर्सिनसक्नु छ ।
०००
ईश्वरीप्रसाद कोइरालाका दुवैजना छोराहरु मोहन र शङ्कर प्रख्यात साहित्यकारका रुपमा परिचित छन् । उपन्यासकार शङ्कर कोइरालाका दाइ मोहन कोइराला प्रसिद्ध आधुनिक कवि बने । कविता बुझिंदैन – मोहन कोइरालाको कविता के पढ्ने ? भनेर धेरैले भन्ने गर्छन् तर यिनले नथाकिकन त्यस्तै नबुझ्ने कविताहरु मात्र लेखिरहे । बुझाउने छैनन्; त्यसैले बुझेर पढ्ने हो – बुझेर नपढ्नेहरुले मेरो कविता पढ्नुको अर्थ छैन भनेर मन बुझाउँछन् उनी ।
एस.एल.सी.सम्म उत्तीर्ण गरेका यिनी आफ्नो कविता– शक्तिमार्फत् विद्यावारिधीसम्मका लागि विषय र सन्दर्भ बने । यिनका कविताहरु नबुझे पनि पढ्नुपर्ने कविता भइदियो । सधंै मनमा कविता राखेर कविता खोज्दै गरेकाले अर्थात् कवितामा पूर्णकालीन समय दिएर कविता खोजिरहने चरित्र बनेकैले यिनी सबैका आँखामा कवि बने । कसैले नबुझ्ने कवि भने त कसैले आधुनिक कविताका एउटा धरोहर भने । यिनै कवि कसरी प्रेरणा बोकेर कवि बने उनकै शब्दहरु सुनौं –“केही सेवा भावले, त्याग भावले नेपालीभाषा साहित्यमा सेवा गर्न सकिन्छ कि भन्ने प्रेरणा मनमा लागेर कविता क्षेत्रमा लागेको हुँ ।” यसबाट प्राप्त गर्नु को सट्टा यसलाई निस्वार्थ सेवा गर्नु नै निस्वार्थ दान गर्नु आजको साहित्य सेवा हो भनेर बुझ्नु नै सत्य हुन्छ । बौद्धिक लगानी शून्य नेपाली साहित्य जगत्मा केही गर्छु केही साधना गर्छु भन्ने कवि लेखक कसैले पनि त्यही शून्य प्राप्तिबाट सहर्ष साहित्यको सुरुवात गर्नुपर्छ । जसले जेसुकै भनून् उनी त आफूलाई सधैं यस्तै भन्दै रहेका छन् । जस्तो ः
मलाई हिँड्ने हिम्मत देऊ 
म फर्सीको मुन्टा हुँ ।
तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
साहित्य सम्बन्धि थप
  • किशोर पहाडी र फूलमान बललाई जनमत राष्ट्रिय सम्मान

    किशोर पहाडी र फूलमान बललाई जनमत राष्ट्रिय सम्मान

  • जनमत र साहित्यिक पत्रकार मोहन दुवाल

    जनमत र साहित्यिक पत्रकार मोहन दुवाल

  • अन्तर्मनका यात्रीः जगदीश घिमिरे

    अन्तर्मनका यात्रीः जगदीश घिमिरे

  • साहित्यिक जगत्कै सुन्दर नाम “पारिजात”

    साहित्यिक जगत्कै सुन्दर नाम “पारिजात”

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल वैशाख १७ गते बुधबार

    २०८२ साल वैशाख १७ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    किशोर पहाडी र फूलमान बललाई जनमत राष्ट्रिय सम्मान

    किशोर पहाडी र फूलमान बललाई जनमत राष्ट्रिय सम्मान

    जनमत र साहित्यिक पत्रकार मोहन दुवाल

    जनमत र साहित्यिक पत्रकार मोहन दुवाल

    एक जिल्ला एक पालिका स्वस्थ सहरको अवधारण अघि बढाउछौँ : मन्त्री थापा

    एक जिल्ला एक पालिका स्वस्थ सहरको अवधारण अघि बढाउछौँ : मन्त्री थापा

    यस्ताे हुनेछ आईतबारकाे माैसम

    यस्ताे हुनेछ आईतबारकाे माैसम

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0