Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८३ बैशाख २१, सोमबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

किशोर पहाडी र फूलमान बललाई जनमत राष्ट्रिय सम्मान

प्रभातफेरी अनलाइन ३४६ पटक पढिएको प्रकाशित मिति: २०८२ बैशाख २३, मंगलबार (१२ महिना अघि)
किशोर पहाडी र फूलमान बललाई जनमत राष्ट्रिय सम्मान

काभ्रेपलाञ्चोक/ जनमत वाङ्मय प्रतिष्ठानले गत महिना २०८१ चैत्र २३ गते ४१ औँ वार्षिकोत्सव मनाएर २० जना सर्जकलाई सम्मानित गरेको थियो । अरनिको पार्टी प्यालेस, बनेपामा आयोजित उक्त उत्सवमा कारणवश उपस्थित हुन नसकेका दुई सर्जक किशोर पहाडी र फूलमान बललाई आज ललितपुरस्थित आइ ओपनर मिडियाको कार्यालयमा समारोह आयोजित गरी सम्मान अर्पण गरिएको खबर प्राप्त भएको छ ।
प्रमुख अतिथि वरिष्ठ साहित्यिक पत्रकार रोचक घिमिरे लगायत राजभाई प्रधान, प्रेम श्रेष्ठ, सिद्धिबहादुर कर्माचार्य, दियेशरत्न शाक्यबाट दुवै सर्जंकलाई सम्मानपत्र, दोसल्ला, जनमत पदक, नगद रहेको खामद्वारा सम्मानित गरिएको थियो । किशोर पहाडीलाई गणेश-खिलकुमारी दुवाल–जनमत सम्मान र  फूलमान बललाई जनमत–ज्ञानरत्न- मङ्गलतारा राष्ट्रिय सम्मानद्वारा सम्मानित गरिएको थियो । कार्यक्रममा सम्मानित पहाडी र बल दुवैले गत महिनाको मुख्य कार्यक्रममा छुटेकाहरूलाई यसरी समारोह नै आयोजना गरी सम्मान अर्पण गरेकोमा जनमतप्रति आभार व्यक्त गरे । प्रमुख अतिथि रोचक घिमिरेले आफू मोहन दुवालद्वारा साहित्यिक पत्रकारितामा पुर्याउनुभएको योगदानको प्रशंसक भएको कुरा व्यक्त गर्नुभयो । प्रतिष्ठानका अध्यक्ष मोहन दुवाल सभापति रहनुभएको कार्यक्रममा उहाँले नै सबैको स्वागत गर्नुभएको थियो भने प्रतिष्ठानका सचिव सिर्जना दुवालले धन्यवाद ज्ञापन गर्नुभएको थियो।
मोहन दुवालले ‘जनमतको ३३० ओैँ अङ्क प्रकाशित गरिसक्नुभएको कुराको प्रमुख अतिथि घिमिरे लगायत सम्मानित स्रष्टाद्वय पहाडी र बलले मुक्तकण्ठले प्रशंसा गरे भने दुवालले चाहिँ जनमत प्रकाशनबारे विस्तृत जानकारी दिनुभयो ।  कविहरू फूलमान बल, दियेशरत्न शाक्य, चेतनाथ धमला आदिले कविता वाचन गरेको उक्त कार्यक्रममा जनमत वाङ्मय प्रतिष्ठानका सदस्यहरु मात्र होइन दक्षिणकाली नगरपालिकाको सुसेली साहित्यिक प्रतिष्ठानका पदाधिकारीहरूको पनि भव्य उपस्थिति थियो । कार्यक्रमको सञ्चालन रामसुन्दर देउजाले गर्नुभएको थियो ।
तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%
प्रतिक्रिया दिनुहोस
प्रमुख समाचार सम्बन्धि थप
  • कार्य विभाजनले सकारात्मक संकेतहरु प्रवाह गर्नेछ : नेकपा

    कार्य विभाजनले सकारात्मक संकेतहरु प्रवाह गर्नेछ : नेकपा

  • जलेका गाडीमै तेल खर्च : स्वास्थ्य मन्त्रालयभित्र कुपन काण्ड

    जलेका गाडीमै तेल खर्च : स्वास्थ्य मन्त्रालयभित्र कुपन काण्ड

  • स्वामित्व विवादले खोला तस्करलाई फाईदा

    स्वामित्व विवादले खोला तस्करलाई फाईदा

  • गुणस्तरीय शिक्षाका लागि एक पटक भ्रमण गर्नै गन्तव्य एबिएम

    गुणस्तरीय शिक्षाका लागि एक पटक भ्रमण गर्नै गन्तव्य एबिएम

  • प्रभातफेरी ई-पेपरथप

    २०८३ साल वैशाख १६ गते बुधबार

    २०८३ साल वैशाख १६ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    कार्य विभाजनले सकारात्मक संकेतहरु प्रवाह गर्नेछ : नेकपा

    कार्य विभाजनले सकारात्मक संकेतहरु प्रवाह गर्नेछ : नेकपा

    सुकुम्वासी बस्तीबाट विस्थापित तेस्रोलिंगीहरूका लागि छुट्टै बसोबासको व्यवस्था गरिदिन सरकारसँग आग्रह

    सुकुम्वासी बस्तीबाट विस्थापित तेस्रोलिंगीहरूका लागि छुट्टै बसोबासको व्यवस्था गरिदिन सरकारसँग आग्रह

    जलेका गाडीमै तेल खर्च : स्वास्थ्य मन्त्रालयभित्र कुपन काण्ड

    जलेका गाडीमै तेल खर्च : स्वास्थ्य मन्त्रालयभित्र कुपन काण्ड

    नेपाल-चीन सांस्कृतिक सहकार्यमा यो अभियान अनुकरणीय कदमका रुपमा लिएका छौं : प्रमुख छाओ लिन

    नेपाल-चीन सांस्कृतिक सहकार्यमा यो अभियान अनुकरणीय कदमका रुपमा लिएका छौं : प्रमुख छाओ लिन

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0