Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८३ बैशाख २४, बिहिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

बजार अनुगमनलाई प्राथमिकता देऊ

प्रभातफेरी अनलाइन ४८३ पटक पढिएको प्रकाशित मिति: २०८० आश्विन २३, मंगलबार (२ साल अघि)
Post Thumbnail

नेपालीहरुको महान पर्वको रुपमा मनाउंदै आएको चाडपर्व (बडादशैं, शुभदिपावली तथा छठ पर्व नजिकिँदै छ, यस्तो समयमा उपभोक्ताहरु सचेत हुन जरुरी रहन्छ । विगत बर्षहरुलाई नियाल्दा पर्वको समयमा केही कालाबजारिया तथा विचौलियाले दैनिक उपभोग्य सामाग्रीहरु दाल, चामल, तेल, चीनी, माछा मासु, लत्ताकपडाको लगायतका सामाग्रीहरुमा कृतिम अभावको सृजना गराएर अस्वाभाविक मूल्य बृद्धि गराएर उपभोक्ताहरुलाई मारमा पार्ने कार्य हुन्छ । यस्तो जटिल समस्यालाई स्थानिय सरकार तथा जिल्ला प्रशासन कार्यालयकोे पहल गरी नियन्त्रण गर्न जरुरी रहन्छ । बजारमूल्य नियन्त्रण गर्न, अखाद्य पदार्थको मिसावट रोक्न साथै म्याद गुज्रेका खाद्यपदार्थ विक्रिवितरणमा रोक लगाउन बजार अनुगमन प्रभावकारी हुन जरुरी रहन्छ । पर्वको मौका छोप्दै वजारमा मूल्य बृद्धि, अखाद्य पदार्थको मिसावट र म्यादगुज्रेका खाद्य सामाग्रीहरुको विगविगी रहेको छ । बजार अनुगमनको जिम्मेवारी वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले नियमित रुपमा गर्नुपर्ने बजार अनुगमन नगर्दा आएको समस्या समाधानको लागि स्थानीय तहले अग्रसरता हुन जरुरी छ ।
पर्वलाई मध्यनजर राख्दै ‘साल्ट टेडिङ्ग कर्पोरेशन र खाद्यव्यवस्था कम्पनी लिमिटेडले बजारमा दैनिक उपभोग्य सामाग्रीहरु विक्रिवितरण गर्दै आएको छ । जुन कार्यले गर्दा उपभोक्ताहरुमा केहि राहत मिलेको छ । बजारमा उपभोग्य सामाग्रीहरुको कस्तो अवस्थामा कती मुल्यमा विक्रि वितरन भएको भन्ने बिषयमा जानकारी राख्न आवश्यक छ । बजारमा बिक्रि मुल्य उपभोक्ताले देखिने गरी नराख्नु, नापतौलमा झुक्याउनु, म्याद गुजे्रका सामानहरुमा उत्पदन तथा उपभोग मिती मेटेर विक्रि गर्ने, गुणस्तरहिन सामाग्रीहरु मिसावट गरी बिक्रि वितरण, दुध डेरीहरुमा खान अयोग्य भएका पुराना नौनीहरु खान योग्य नौनिहरुमा मिसावट गरी घ्युउ बनाउने, दहिमा प्रयोग गर्ने गुलियोमा चिनिको बदलामा अखाद्य पदार्थको गुलियो प्रयजोग गर्ने, मिठाई पसलहरुमा धेरै पुराने मिठाईलाई ताजा भन्दै विक्रि गरीने साथै म्याद गुजे्रको खाद्यपदार्थ तथा तेल, घिउ प्रयोगमा ल्याउने, मासु पसलहरुमा बिक्रि गरीने रातो मासुमा (खसीको मासुमा राँगाको) मिसावट गर्ने, लोकल कुखुरामा बोईलर कुखुरा, खसीकोमा बाख्राको मासु मिसावट, मरेको कुखुराहरु विक्रि गर्ने जस्ता कार्य नियन्त्रण जरुरी छ ।
बजार अनुगमन कार्य वाणिज्य विभाग, जिल्ला प्रशासन कार्यालय, खाद्यप्रविधि तथा गुण नियन्त्रण विभाग, स्थानीय तह लगायत सबै निकायहरु मिलेर अनुगमन हुन नसके समस्या समाधान हुन सक्दैन । जनताको हितको लागि कार्य गर्ने कसम खाएर अगाडि बढेका जनप्रतीनिधिहरुले निस्पक्ष ढंगबाट अनुगमन गर्न उत्तिकै आवस्यक रहन्छ । तर विगता भएको कतिपय अनुगमनको क्रममा ठुला व्यपारीलार्य अनुगमन हुँदै छ भनी अग्रीम जानकारी गराउने कार्यले गर्दा उपभोक्ताहरु मारमा पर्ने गरेका छन् । अनुगमन हुँदै छ भनि पहिलानै जानकारी गराउनुमा रहस्य लुकेको हुन सक्छ । जुन कार्य गोप्य ढंगबाट हुनु पर्नेमा व्यपारीहरु लाई जानकारी किन गराइन्छ । अनुगमनको क्रमकमा उद्योग वाणिज्य संघलाई पनि सहभागि गराईएको हुन्छ जसबाट पनि उपभोक्ताको स्वास्यमा भन्दा व्यापारीहरुको हितमा लागेको पाईन्छ । नियमित रुपमा बजार अनुगमनको लागि बजेट तथा स्रोत साधन नभएको भन्दै सम्बन्धित निकायहरु पन्छिने गरेको पनि पाइन्छ । तर विभिन्न बाहना बनाएर बजार अनुगमनलाई निष्पक्ष, गोप्य, निरन्तरता नदिनु भनेको गाईकाटेर गधा पोस्नु सरह हो । आम उपभोक्ताको स्वास्थ्यलाई मध्यनजर राख्दै बजारमा सुपथ मुल्यमा स्वच्छ सामाग्री खरिद गर्न पाउने वातावरण निर्माणमा सरोकारवालाहरुले कन्जुसाई गर्न हँुदैन ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
सम्पादकीय सम्बन्धि थप
  • प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप अस्वीकार्य छ

    प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप अस्वीकार्य छ

  • Post Thumbnail

    आगलागी नियन्त्रणमा जनचेतना आवश्यक

  • Post Thumbnail

    सरकार जनउत्तरदायी बन्नुपर्छ

  • Post Thumbnail

    परीक्षालाई मर्यादित बनाउने दायित्व परीक्षार्थीको पनि हो

  • प्रभातफेरी ई-पेपरथप

    २०८३ साल वैशाख २३ गते बुधबार

    २०८३ साल वैशाख २३ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    कार्य विभाजनले सकारात्मक संकेतहरु प्रवाह गर्नेछ : नेकपा

    कार्य विभाजनले सकारात्मक संकेतहरु प्रवाह गर्नेछ : नेकपा

    सुकुम्वासी बस्तीबाट विस्थापित तेस्रोलिंगीहरूका लागि छुट्टै बसोबासको व्यवस्था गरिदिन सरकारसँग आग्रह

    सुकुम्वासी बस्तीबाट विस्थापित तेस्रोलिंगीहरूका लागि छुट्टै बसोबासको व्यवस्था गरिदिन सरकारसँग आग्रह

    जलेका गाडीमै तेल खर्च : स्वास्थ्य मन्त्रालयभित्र कुपन काण्ड

    जलेका गाडीमै तेल खर्च : स्वास्थ्य मन्त्रालयभित्र कुपन काण्ड

    नेपाल-चीन सांस्कृतिक सहकार्यमा यो अभियान अनुकरणीय कदमका रुपमा लिएका छौं : प्रमुख छाओ लिन

    नेपाल-चीन सांस्कृतिक सहकार्यमा यो अभियान अनुकरणीय कदमका रुपमा लिएका छौं : प्रमुख छाओ लिन

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0