Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ९, सोमबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

अबको शिक्षा ईलर्निङको माध्यमबाट पठनपाठन हुनुपर्छः प्रमुख भण्डारी

प्रभातफेरी अनलाइन ७४५ पटक पढिएको प्रकाशित मिति: २०८० कार्तिक १४, मंगलबार (२ साल अघि)
अबको शिक्षा ईलर्निङको माध्यमबाट पठनपाठन हुनुपर्छः प्रमुख भण्डारी

काभ्रे । बालोद्वार माध्यमिक विद्यालयद्वारा आयोजित सम्मान तथा छात्रवृत्ति वितरण कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा पनौती नगरपालिकाका प्रमुख रामशरण भण्डारीले शिक्षालाई समयानुकुल परिवर्तन गर्न ईलर्निङको माध्यमबाट पठनपाठन गर्नुपर्ने बताउनुभएको छ ।
नगरभित्रका सामुदायिक विद्यालयहरुमा गुणस्तरीय शिक्षा खस्किनुको मुख्य समस्या समय सापेक्षित ढंगबाट परिवर्तन नहुनु नै मुख्य समस्या रहेको तर्फ इंकित गर्दै नगर प्रमुख भण्डारीको थप कथन थियो– सूक्ष्म रुपमा यसतर्फ नगर शिक्षा समिति लागिपरेको बताउनुभएको छ ।


यो समस्या आउनुमा शिक्षकहरु जागिरमुखी भावना लिएर विद्यालय प्रवेश गर्नु नै मुख्य समस्या रहेको छ । जबसम्म शिक्षकहरुले समाजको एउटा परिवर्तनको अंगका रुपमा आफूलाई लिँदैनन्, तबसम्म सामुदायिक विद्यालयहरुमा गुणस्तरीय शिक्षा प्राप्त हुन कठिन छ । तसर्थ शिक्षकलाई क्षमतावान्सँगै कर्तव्यनिष्ठ बनाउन स्थानीय सरकार लागिपरेको छ । क्षमतावान् शिक्षक कसरी बनाउन सकिन्छ भन्ने सवालमा नगरले छिट्टै नै अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्दैछ । त्यस कार्यक्रममा सामुदायिक विद्यालयमा अध्यापन गराउने शिक्षकहरुलाई सहभागी गराइने छ । जसले प्राविधिक शिक्षालाई व्यवहारिक रुपमा प्रयोग गराउने छन् र विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षाको एउटा प्रतिबिम्बको रुपमा स्थापित गर्नेछन् भन्ने अपेक्षा सहित नगरले कार्यक्रम लिएर आएको छ । यसो गर्न सकियो भने सम्बन्धित शिक्षकले सम्बन्धित विषयमा दक्षता हासिल गर्नेछ र अभिभावक तथा बालबालिकाहरुको रोजाईको रुपमा सामुदायिक विद्यालयहरु पर्नेछन् ।


जबसम्म यस विषयमा हामी गम्भीर हुँदैनौं त्यसतर्फ अभिभावक तथा बालबालिकाहरुको चासो रहँदैन । यो चिन्ताको विषय हो । तसर्थ पनि हामीले भौतिक रुपमा सम्पन्न हुँदाहुँदै पनि त्यहाँ गुणस्तरीय शिक्षा छैन भने त्यसको कुनै अर्थ रहँदैन । स्थानीय सरकारको एकतर्फी चासाले पनि परिवर्तनमा कुनै अर्थ राख्दैन, जबसम्म शिक्षकहरुले आफ्नो जिम्मेवारीलाई भावनात्मक रुपमा सामाजिक दायित्वसँग जोड्नुभयो भने मात्रै सामुदायिक विद्यालयको शिक्षा पूर्ववत् अवस्थामा फर्कन सक्छ तर त्यसका लागि सबै पक्षमा चासो र जिम्मेवारी बहन हुनुपर्छ । आज सामुदायिक विद्यालयप्रति समाजको हेराई नकारात्मक भइसकेको छ । त्यसलाई चिर्न त्यति सहज छैन । यो समाजमा जकडिएको अवस्थामा छ ।

आज शिक्षामा जुन समस्याहरु देखिएका छन्, जुन चुनौतीहरु थपिएका छन् त्यसतर्फ पनौती नगर गम्भीर छ भन्नुहुँदै नगर प्रमुख भण्डारीको कथन छ– सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरु नै यसका प्रमुख जिम्मेवार पात्र हुन् । ति शिक्षकहरुले आफूले पढाएको विषयमा आफैं जिम्मेवार हुन आवश्यक देखिएको छ । किनकी हामीले अध्यापन गराउने विद्यालयमा हाम्रा बालबालिकाहरु पढाउने वातावरण बनाउँदैनौं, तबसम्म स्थानीय सरकारले गुणस्तरीयताको जति नै रटान गरेपनि कुनै अर्थ राख्दैन भन्नुभएको छ ।


उक्त सम्मान कार्यक्रमलाई सम्मानित व्यक्तित्व विज्ञान सिजापति, वडा नं. ४ का वडा अध्यक्ष दिपक दाहाल, समाजसेवी विदुर बञ्जारा, श्याम कुँवर, प्रधानाध्यापक वासुदेव बञ्जारा, राजेशराज महत लगायतले सम्बोधन गर्नुभएको थियो । कार्यक्रममा संस्थापक ब्यबस्थापन समिति अध्यक्ष भोगेन्द्र बहादुर कुँवर, विद्यालयलाई निरन्तर रुपमा आर्थिक र विद्यार्थीहरुलाई पोशाक र स्टेशनरी सहयोग गर्नुहुने बिज्ञान सिजापतिलाई सम्मान गरिएको थियो । त्यसैगरी ४ नं. वडा कार्यालयबाट निरन्तर कक्षा १ देखि ९ सम्म प्रथम हुने छात्रछात्रालाई छात्रवृत्ति प्रदान गर्नुहुने वडा अध्यक्ष दिपक दाहाल लगायतलाई सम्मान गरिएको थियो । कार्यक्रमको अध्यक्षता विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अर्जुन बहादुर कुँवरले गर्नुभएको थियो ।
कार्यक्रममा विद्यार्थी, शिक्षकहरुले विविध साँस्कृतिक कार्यक्रम गरेर कार्यक्रममा मनोरञ्जन प्रदान गरेका थिए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
प्रमुख समाचार सम्बन्धि थप
  • कुनै पनि भ्रमित हल्लाको पछि नलाग्न नेत्ता प्रचण्डको आग्रह

    कुनै पनि भ्रमित हल्लाको पछि नलाग्न नेत्ता प्रचण्डको आग्रह

  • काभ्रे/काभ्रे क्षेत्र नम्बर २ को निर्वाचन जहिल्यै रोचक हुने गर्छ

    काभ्रे/काभ्रे क्षेत्र नम्बर २ को निर्वाचन जहिल्यै रोचक हुने गर्छ

  • नेकपाका युवा संगठनद्वारा निर्वाचनमा ‘एक बुथ, २० युथ’ अभियान सञ्चालन

    नेकपाका युवा संगठनद्वारा निर्वाचनमा ‘एक बुथ, २० युथ’ अभियान सञ्चालन

  • जेष्ठ नागरिक सम्बन्धी बसुन्धराको प्रतिबद्धता : जेष्ठ नागरिकलाई सम्मानजनक, सुरक्षित र आत्मनिर्भर जीवनको सुनिश्चितताका लागि पहल गरिने

    जेष्ठ नागरिक सम्बन्धी बसुन्धराको प्रतिबद्धता : जेष्ठ नागरिकलाई सम्मानजनक, सुरक्षित र आत्मनिर्भर जीवनको सुनिश्चितताका लागि पहल गरिने

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0